Wednesday, September 16, 2015

धर्म निरपेक्षता र जातीय निरपेक्षता को कुरा

धर्म निरपेक्षता र पहिचान सहितको संघीयता खोज्ने उही उही व्यक्ति र समुह हरु छन। यो कुरा बाझिएको हो? होइन। अहिले भएको जातीय राज्य (state) हो। ७% बाहुन पुरुष ले ९०% स्पेस ओगटेको अवस्था छ। संघीयता र आरक्षण जस्ता औजार हरु को प्रयोग ले हामी ले समानुपातिक समावेशी राज्य बनाउन चाहेको। हाम्रो लक्ष्य जातीय निरपेक्षता नै हो। एउटा दुर भविष्य मा हामी ले १००% खुला प्रतिस्प्रधा नै चाहेको हो।

नेपाल देश को नाम, नेपाली भाषा को प्रयोग। एउटा खस समुदाय को पहिचान झल्कियो। प्रदेश स्तर मा बहिष्करण मा परेका मधेसी र जनजाति को पहिचान लाई समेट्नु त्यसैले जरुरी छ। तपाइँ ले देश को नाम त देश नंबर २१५ राख्ने प्रयास गर्नु भएको छैन। प्रदेश स्तर मा पनि नपर्ने हरुलाई स्थानीय स्तर मा समेट्नु पर्छ। 

पछि जातीय पहिचान को नाम भएका अझ साना प्रदेश हरु बन्न सक्ने संभावना सहित नंबरीकन गरिएकै यी ६ प्रदेश मा गए हुन्छ अहिले लाई। अंतरिम संविधान ले व्यवस्था गरेको तराई मा ५०% सीट हुने गरी अहिले लाई ७५ जिल्ला राखे हुन्छ, पछि हटाउने गरी। तर त्यस्तो लचकता मा पनि जाने प्रयास भएको छैन।

पहाड़ सँग बिजली निस्किने नदी होला, मधेस सँग सुर्य छ। हामी १००,००० मेगावाट बिजली सुर्य बाट निकाल्न सक्छौं। हामी राजनीतिक अधिकार को कुरा गर्दा ढिस्का का कुरा कृपया नगरौं।


No comments: