Thursday, September 24, 2015

सरकार र संविधान नढली व्यवस्था कहिले ढलेको छ?

सरकार र संविधान नढली व्यवस्था कहिले ढलेको छ? निर्दल ढल्दा? राजतंत्र ढल्दा? यस पटक केही फरक हुने छैन। एकात्मक व्यवस्था निर्दल र राजतन्त्र भन्दा झन बढ़ी जटिल व्यवस्था हो। राजा ढालन १९ शहीद ले पुगेको। एकात्मक व्यवस्था? १०० शहीद ले पनि पुगेको छैन? और कितनी बलिदानी मांगेगी ये क्रांति?

सुटुक्क चोर बाटो बाट संविधान संसोधन गरेर समाधान हुने समस्या नै होइन यो। बहुदल दिँदा काँग्रेस लाई दिने, वाम मोर्चा लाई नदिने भएको थियो? गणतंत्र दिँदा माओवादी लाई दिने कांग्रेस लाई नदिने भएको थियो? संघीयता को सवाल मा हामी मधेसी र थारु ले पाउने, पहाडका हिमालका जनजाति ले नपाउने कुरा कसरी सोँच्न सक्छौं?

देश मा वाक स्वतंत्रता आउँदा एक करोड़ लाई आउने, दुई करोड़ लाई न आउने भन्ने हुन्छ? संघीयता अधिकार हो, वाक स्वतंत्रता जस्तो। आयो भने सबैलाई आउँछ।

भारत को नाकाबंदी ले मधेसी लाई बल पुगेको छ। पहाड़ का जनजाति लाई मधेसी लाई भन्दा गार्हो छ। तर तिनीहरु पनि आउँदैछन्। मधेसी ले जनजाति प्रति धैर्य र compassion देखाउनु पर्छ। २००६ अप्रिल मा ३ करोड़ मध्ये १ करोड़ मात्र सड़क मा आएको हो।

People's Movement I (1990)
2006 democracy movement in Nepal












No comments: