मधेस लाई सीके राउत को खाँचो आज छ, १० वर्ष पछि होइन

यो नेपालको इतिहास मा अंतिम क्रांति हुँदैछ। यस पछि हुने भनेको आर्थिक क्रांति मात्र हो। चुनाव हरु मात्र हो।

जुन सुकै क्रांति मा युवा पंक्ति अग्रपंक्ति मा हुन्छ, यस क्रांतिमा पनि छ। सीके राउत को नजरबन्द केही पनि होइन। त्यो त क्रांतिले दुई मिनट मा तोड़दिन्छ। गजेन्द्र नारायण सिंह, उपेन्द्र यादव र सीके राउत मधेस अधिकार आंदोलन का तीन पीढ़ि को प्रतिनिधित्व गर्छन। त्यस मायने मा यी तीन उही उही उचाई का मानिस हुन, नेता हुन, व्यक्तित्व हुन, एउटा चुनाव को बाटो स्थापित भएको, अर्को आंदोलन को बाटो, सीके जेल को बाटो।

सीके ले नेपालको राजनीति मा मधेस अलग देश को एजेंडा सदा सदा का लागि स्थापित गरिदिएका छन। मानव अधिकार को चार्टर/घोषणापत्र रहिरहेसम्म मधेस अलग देश को संभावना रहिरहनेछ। तर मधेस अलग देश को एजेंडा एटम बम हो।कहिले प्रयोग नहुने। रहिरहने तर कहिले प्रयोग नहुने। मधेसी जनता मधेस अलग देश को चाहना भन्दा पनि माथि पुगिसकेको अवस्था छ। जस्तो कि नेपालको इतिहास मा हुँदै आएको छ:  जनता अगाडि, नेता पछाडि। मधेसी जनता काठमाण्डु को केंद्रीय सत्ता कब्ज़ा गर्न चाहन्छ। मधेसी जनता भारतीय शताब्दी को संखघोष नेपाल को भुमि बाट गर्न चाहन्छ।

सीके को लक्ष्य स्वराज हो। मधेस अलग देश त त्यहाँ पुग्ने बिभिन्न मध्ये एउटा बाटो मात्र हो। लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता ले मधेस लाई स्वराज सम्म पुर्याउँछ। अहिले को क्रांति त्यसै का लागि भइराखेको हो। सीके यस बाट अलग बस्न मिल्दैन। जनता को माझ आउनुपर्छ। सम्पुर्ण मधेसी पार्टी हरुलाई एक पार्टी बनाउने काम सीके ले मात्र गर्न सक्छ। मधेसी जनता आज एउटै एकीकृत मधेसी पार्टी माग्दैछ।

मधेस लाई सीके राउत को खाँचो आज छ, १० वर्ष पछि होइन। आज सीके मधेसी जनता सँग काँध मा काँध मिलाउँदैनन् भने भविष्य मा कहिले पनि सीके ले मधेसी जनता को साथ पाउने छैनन।

आज है मधेस की आवाज: सीके राउत जिन्दाबाद। सीके, बाहर खुली हवा में आओ। मुक्त हो जाओ।


Comments