Thursday, September 24, 2015

बिजय गच्छेदार देखि होशियार

बिजय गच्छेदार लाई संघीय गठबंधन मा फेरि ल्याउने हो भने बरु प्रचंड लाई संघीय गठबंधन को अध्यक्ष पनि बनाए हुन्छ। यी तीनै दुई व्यक्ति हुन जसले गर्दा हामीले यत्रो क्रांति गर्नु परेको छ, मान्छे शहीद भएका छन, हजारौं घाइते भएका छन, अर्थतंत्र ले खरब बढीको मार खाएको छ।

यो चरित्रहीन, सिद्धांतहीन मान्छे। सुध्रिन नसक्ने मान्छे। २००५ मा सात पार्टी र माओवादी एक भए पछि त्यो गठबंधन को अध्यक्ष बन्न ज्ञानेंद्र अथवा तुलसी गिरी लाई डाकन मिल्थ्यो? अथवा अलायन्स मा तिमी पनि आउ भनेर भन्न मिल्थ्यो?

मान न मान मैं तेरा मेहमान। यो मान्छे ले क्रांति को कमांडर म भन्दै सरकारी पक्ष सँग चिया बिस्किट खाएको खायै छ। पार्ले-जी। यो चरित्रहीन, सिद्धांतहीन मान्छे।

थरुहट बन्छ, थरुहट संघीय गठबंधन को कमांड मा रहन्छ। नेता पैदा गर्ने क्रांति ले हो। नया नया नेता पैदा हुन्छन्। क्रांति ले शहीद पैदा गर्न सक्छ भने नेता कुन डयांग को मुला हो?

बिजय गच्छेदार देखि होशियार। The only acceptable policy is no contact. लोकतंत्र हो। जाउ सड़क मा उफ्र। कसैले रोकेको छैन। क्रांति शुरू भएको तीन हप्ता पछि उसले अख़बार पढेर थाहा पाएको, एह, मधेसमा त क्रांति पो भएछ।

यो मान्छे को एक मात्र एजेंडा हो यस क्रांति लाई तुह्याउने। झापा देखि कंचनपुर सम्म को मधेस थरुहट बन्छ अनि क्रांति टुङ्गिन्छ भने त्यो पनि क्रांति तुहिएको हो। पहाडका जनजाति लाई खोई?

यो नेपाल को इतिहासको अंतिम क्रांति हुनुपर्छ। बिजय गच्छेदार त्यो हुन दिन चाहँदैन। मधेसी क्रांति १ र २ को मोमेंटम चकनाचूर परेको मान्छे यो। पाप उसको तर गलती उपेन्द्र यादव को। उसलाई पार्टी सुम्पेको! गलती फेरि नगर्ने।

यो सरकार र संविधान ढल्छ।



No comments: