Monday, September 14, 2015

संवाद को क्रम मा रूद्र पाण्डे


भारतमा बशोबाश गर्ने पहाडी नेपालीलाई पुरा भारत भरि बहादुर भनेर होच्याइन्छ भारतले पहिले आफ्नै देशमा बस्ने नेपालीहरुलाई (...
Posted by Dr. Rudra Pandey - Economist on Monday, September 14, 2015


भारतमा बशोबाश गर्ने पहाडी नेपालीलाई पुरा भारत भरि बहादुर भनेर होच्याइन्छ

भारतले पहिले आफ्नै देशमा बस्ने नेपालीहरुलाई (दार्जलिंग तिरका नेपालीहरु) सम्मान दिन सिक्नु पर्यो। यो ज्यादै दुख लाग्दो कुरा होकी हामी पहाडी नेपालीलाई भारतमा चौकीदार भनेर तल्लो श्रेणीको दर्जा दिइन्छ। त्यो व्यवहार हामी नेपाल बाट जाने पहाडीलाई मात्र होइन भारतमै बस्ने पाहाडीलाई पनि गरिन्छ। भारतमा मात्रै होइन अमेरकामा समेत एउटा इण्डियनले मलाई "तिमीहरु बहादुर त हौ नि" भनि खसाल्न खोज्यो। यो कुरा हाम्रो प्रधानमन्त्रीले मोदी संग उठाउनु पर्छ।

भारतले नेपाललाई सामजिक सद्भावको पाठ सिकाउनु भन्दा पहिले आफ्नै देशमा बस्ने नेपाली भाषीहरुलाई सम्मान दिन सिक्न पर्यो। भन्न त सजिलो छ, गरेर देखाउन पर्यो नि भैया।

हामी नेपालमा सबै नेपालीहरु एक आपशमा मिलेर बसौं र एकले अर्कोलाई होच्याउने काम नगरौं। हामी सबै नेपाली। एकले अर्कोलाई सम्मान गर्न सिकौं।


रूद्र पाण्डे लाई जवाफ
Rudra Pandey Would Be An Excellent Directly Elected Prime Minister

मेरो लागि बिहार को मान्छे जे हो, एउटै संस्कृति को मान्छे, रूद्र पाण्डे का लागि भारतीय नागरिक जो नेपाली बोल्छन्, जो एक करोड़ बढ़ी संख्यामा छन, त्यो रूद्र जी का लागि त्यही हो। जातीयता मिल्ने, आफ्नो जस्तो लाग्ने। र त्यो एउटा स्वस्थ कुरा हो। संसार भरिका मुसलमान को एउटा हामी एउटै nation भन्ने feeling छ र त्यो धार्मिक मात्र होइन। म त्यसलाई राम्रो र स्वाभाविक मान्छु। जति धेरै पहिचान claim गर्दै जति धेरै मान्छे हरु सँग बाँधियो त्यति राम्रो हो।

मलाई र रूद्र पाण्डे लाई के ले जोडेको छ? नेपाली नागरिकता ले। काठमाण्डु को गल्ली कुच्ची दुबै लाई थाहा हुनुले। कुनै कारण छ कि रूद्र जी नेपाल को समाचार बड़ो चाख मानेर follow गर्नु हुन्छ, म पनि बड़ो चाख मानेर follow गर्छु। स्वेच्छा ले। हामी सँग शायद follow नगर्ने option पनि छैन। त्यो देशप्रेम पनि होइन। त्यो एउटा biological कुरा। आफ्नो जिंदगी को पहिलो पाँच वर्ष को memory सबभन्दा बलियो हुन्छ --- त्यो biology हो। त्यो रूद्र जी को लागि पनि र मेरो लागि पनि नेपाल हो। रूद्र जी मुख मा चाँदी को चमचा लिएर जन्मेको मान्छे होइन। जन्म ले बाहुन हो, तर बाहुन भएर फाइदा भयो भने रूद्र जी लाई त्यो बोस्टन मा भयो, नेपालमा होइन। अर्थात सेल्फ मेड मैन हो। नेपालमा उच्चतम लोकतंत्र को संस्कृति स्थापना हुन्छ त्यस देश भित्रै थुप्रै रूद्र पाण्डे कहानी हरु कालांतरमा आउँछन्।  देशमा सही संविधान आउनु त्यस कारणले पनि बड़ा जरुरी छ। आफ्नो बलबुता मा अमेरिका को सबै भन्दा धनी नेपाली बनेको मान्छे रूद्र पाण्डे।

नेपाल, भारत, भुटान, बांग्लादेश को १० वर्ष भित्र आर्थिक एकीकरण गर्ने agreement मा सही भएको छ। त्यो भनेको के? ती चार देशका मानिस ती कुनै देशमा गएर काम गर्न पाउने। एउटै मुद्रा चल्ने। अंततः त्यो राजनीतिक एकीकरण हुने बाटो हो। म त्यसको पक्ष मा छु। चारै देशका जनताको जीवनस्तर उकासिन्छ। आखिर नेपाल बाट मलेशिया कतार गएका अधिकांश मानिस ले महिना को नेपाली १०-१५ हजार कमाइ राखेका हुन्छन्। त्यस्ता जागीर स्थानीय स्तर मा सिर्जना हुने हुन्छ। जुन कि राम्रो कुरा हो।

प्रशांत तामांग त नेपाल मा जनजाति हो। तर नेपाली भाषा उसको। हिंदी मेरो मातृभाषा होइन तर हिंदी त्यसै गरी मेरो हो। हिन्दी भाषा नेपालमा मधेसी पहिचान को केंद्र बिंदु मा छ।

खस आर्य भन्छन। मधेसी के हो? मधेसी पनि आर्य नै हो। मधेसी जनजाति गठबंधन सांस्कृतिक होइन राजनीतिक हो।

जे गलत हो त्यो गलत हो। मधेसी लाई मदिसे/धोती/भैया/मर्स्या भन्नु hate speech हो, नेपाली लाई भारत मा बहादुर भन्नु hate speech हो र गलत हो। तर मधेसी को विरुद्ध को hate speech उसको संस्कृति सँग जोडिएको छ जुन उसले बदलन सक्दैन। नेपाली विरुद्ध को hate speech व्यवसाय सँग जोडिएको हो, जुन out of date छ। भारत जाने अधिकांश नेपाली लाई low wage काम गरेका छन। तर सबैले होइन। नेपाल मैं हिंदी सिकेर, १० क्लास पढेर, सिकर्मी/डकर्मी/नर्स vocational training लिएर भारत पसे कमाइ बढ़ी हुन्छ। (नंबर एक कुरा शिक्षा हो)

भारत मा नेपाली मात्र होइन North-East का अनुहार ले Chinese/Tibetan/Mongol जस्ता देखिने मानिस प्रति एउटा racism टाइप को छ। जसलाई कुनै अर्थ मा सही भन्न मिल्दैन।

यो त यस्तो भयो। गरीबी अमेरिका मा पनि छ। तर त्यसैले अफ्रीका गरीब हुनु समस्या होइन भन्ने तर्क अगाडि सार्न सकिँदैन। जुन देशमा सबै लाई मताधिकार छ, जुन देशमा गाढ़ा लोकतंत्र छ, जुन देशमा संघीयता छ, जुन देशमा पछाडि परेका समुदाय का लागि आरक्षण छ, त्यहाँ पनि जुन विभेद पाइन्छ, त्यसलाई लोकतंत्र, संघीयता, समावेशीता को संवैधानिक र कानुनी प्रावधान नै नरहेको देश को बिभेद सँग दाँज्न मिल्दैन। गोरखालैंड अलग राज्य बनने कुरा। बीजेपी ले त्यसको समर्थन गरेको छ। पश्चिम बंगाल मा कुनै समय बीजेपी को सरकार बन्छ भने त्यो हुन्छ।

कति कुरा छन जो सामाजिक हुन्छन्। एउटा राजनीतिक चेतना मा उच्च, परिष्कृत विचार को मान्छे ले अर्को लाई होच्याएर बोल्दै बोल्दैन। तर त्यो विवाद मा हामी अहिले नेपाल मा छैनौं। हामी त आधारभूत कुरा गर्दैछौं। नागरिकता र मताधिकार को कुरा।

नेपालका खस १००% भारत बाट आएका। कोही ६ वर्ष अगाडि कोही ६०० वर्ष अगाडि। तर मधेसी को continuous history छ, going all the way back to Ramayana. गोरखालैंड बन्न भ्याएको छैन तर उत्तराखंड त बन्यो। खस हरुको हो त्यो।

In Summary:
  • Hate speech is wrong everywhere. 
  • Stereotyping is wrong everywhere. 
  • Citizenship, the right to vote, democracy, federalism, inclusion are political tools that every person and community deserves to have as rights. That is true in India. That needs to be true in Nepal. 
खस हरुले अर्काको देशमा आएर उल्टै तिम्रो अधिकार नदिने जुन भन्दैछन् नेपालमा आजका मिति मा, that will not stand. 


सप्तरीको भारदहमा मागेर खादै आएका एक वृद्धलाई बुधबार प्रहरीले निर्घात कुटपिटगरी ढाँढ भाचिदिएपछि घिस्रीदै गरेको ।

Posted by Online Saptari on Sunday, September 13, 2015

No comments: