Thursday, September 17, 2015

अमेरिका ओली सँग असन्तुष्ट



निजी महत्वाकांक्षाको भरमा प्रक्रियालाई डोर्‍याउनु हुँदैन : राजदूत बोडी
अमेरिकी राजदूत पीटर डब्लु बोडीले ‘निजी राजनीतिक तथा दलगत महत्वाकांक्षाको भरमा संविधान निर्माण प्रक्रिया डोर्‍याउन नहुने’ बताएका छन् । तीनवर्षे कार्यकाल सकेर मंगलबार स्वदेश फर्किएका राजदूत बोडीले जाँदाजाँदै संविधान निर्माणका लागि नेपालमा भइरहेको घट्नाबारे यस्तो सुझाव दिएका हुन् । ..... ‘केही महिनाअघि लेखेझैँ, मलाई लाग्छ, नेपाल फेरि एक पटक निर्णायक मोडमा आइपुगेको छ । यस बेला सबै जनाले राष्ट्रको आवश्यक्तालाई पहिलो प्राथमिकतमा राख्नुपर्दछ र निजी राजनीतिक तथा दलगत महत्वाकांक्षाको भरमा प्रक्रियालाई डोर्‍याउन दिनु हुँदैन । यस ऐतिहासिक क्षणलाई खेर जान दिनु हुँदैन ।’ ..... ‘संविधान लेखन तथा घोषणाको अन्तिम चरणमा पुगेको नेपालले भावी आवश्यकताहरुलाई सम्बोधन गर्न नयाँ संविधान समावेशी र लचिलो हुनेछ भन्ने कुरा सुनिश्चित गर्न हरेक प्रयत्न गर्नुपर्दछ । साथै विगत दुई हप्तामा भएका हिंसात्मक घटनाहरु बन्द हुनुपर्दछ । बन्द र हड्तालहरुले नेपालको अर्थतन्त्रलाई गम्भीर रुपमा हानी पुर्‍याइरहेका छन् ।’

No comments: