Tuesday, September 29, 2015

बिचरा विजय

संकटको पृष्ठभूमी र समाधानका सुत्र by विजय कुमार
भर्खरै मैले भारतलाई लक्षित जुन अनुच्छेदमा यी शब्द लेखे ‘नेपालका सामान्यजनको जीवन थप कष्टकर तुल्याउने कृत्यमाथि तत्काल पुनर्विचार गर्नुहोस’ तब अचानक मलाई मधेशको याद आयो। ..... विचराहरू महिना दिनदेखि कर्फ्युको छायाँमा बसेका थिए। चालिसौं मृत्युपछि पनि काठमाडौं संवेदनहिन थियो। म आफू लगायत हाम्रो मिडियाको ठूलो अंश हुनुपर्ने मात्रामा संवेदशिल हुन नसकेकै हो।



मैले अहिलेसम्म जिंदगी मा ethnic prejudice ले ग्रस्त नभएको पहरिया एउटा पनि भेटेकै छैन। विजय कुमार अपवाद होइन। अमिताभ बच्चन सँग अंग्रेजी मा अन्तरवार्ता लिने दुस्साहस गरेको मान्छे। उसले खोजेको एउटा न्यूट्रल भाषा। अमिताभ बच्चन सँग हिंदी मा अन्तरवार्ता लिने हो भने त नेपालको राष्ट्रियता माथि आघात पर्छ। यस्ता मान्छे हरुले नै मानव अधिकार संगठन चलाउँछन्, कृष्ण पहाड़ी जस्तो रेसिस्ट मान्छे। मंत्रालय र सरकार चलाउँछन्। मीडिया चलाउँछन्।भारत प्रति घृणा पहिलो धर्म भएका मान्छे हरु। घृणा गर्न औकात को जरुरत नपर्ने रहेछ। साईकल चढ़े पनि हुने रहेछ। मधेसी भारतीय हो भन्दै आएका हरु अहिले एकाएक मधेसी भारतीय होइन भन्न थालेका छन। विजय कुमार का लागि यो फरकीकरण बड़ो जरुरी हुन आएको छ। अहिले अवस्था यस्तो आइसक्यो कि मधेसी भारतीय हो भन्नु मधेसी बलियो हो भन्नु बराबर जस्तो भइसक्यो। अनि किन भन्ने मधेसीलाई भारतीय? बलियो भनेको लाई हेप्न मिल्दैन होला।

बेचारा वीरू, नजाने अब क्या करेगा बेचारा!

Indophobia भन्ने ह्रदय रोग को इलाज संघीयता होइन। संघीयता भनेको तिम्रो ह्रदय रोग तिमीलाई सलाम, हामी आफ्नो ताकतले आफ्नो राज्य चलाउँछौं भनेको हो।

No comments: