Tuesday, September 01, 2015

मुक्ति को बाटो तपाइँ को स्थानीय वड़ा मैं छ

मुक्ति को बाटो तपाइँ को स्थानीय वड़ा मैं छ। देश भरिका मधेसी जनजातिले आफ्नो इच्छा को संघीय गठबंधन का सदस्य राजनीतिक पार्टी को सदस्यता लिने। काँग्रेस एमाले को सदस्य छ भने ती पार्टी छोड्ने। ती दुई पार्टीको सदस्यता अहिले को अवस्थामा मधेसी र जनजाति का लागि गुलामी को जंजीर हो। ती काँग्रेस एमाले का बाहुन जन्म का आधारमा राजा जस्तो सत्ता मा पुगेका होइनन्। तपाइँ ले सदस्यता लिएर उसको संगठन बलियो बनाउनु भएको छ। तपाइँ ले वोट दिनु भएको छ। तपाइँ ले सान्तिनो पद लिनु भएको छ। ती सब गुलामी का सम्बन्ध हुन। तोड्नुस। मुक्त हुनुस्।

आफ्नो इच्छा को संघीय गठबंधन का सदस्य राजनीतिक पार्टी को सदस्यता लिनोस। आफ्नो वड़ा मा देश भरि गाउँ गाउँ मा संगठन विस्तार गर्नोस।

अधिकार शासक को भखारीमा रहेको चामल होइन कि उसले दिने। अधिकार भित्र ह्रदय बाट नै आउँछ। तपाइँ को अनुमति बिना कसैले तपाइँ को शोसन गर्न सक्दैन। संघीयता तपाइँ को अधिकार हो। गुलामी को जंजीर चुँडाल्नोस, काँग्रेस एमाले त्याग गर्नोस, आफ्नो इच्छा को संघीय पार्टी को सदस्य बननोस, त्यस को संगठन विस्तारमा मद्दत गर्नोस।

शक्ति तपाइँ सँग छ। वड़ा स्तर मा संगठन विस्तार गर्नोस।



आज मगरात बन्द, मगर सभासद्हरुको पूर्ण समर्थन
सभासद्हरुको तर्फबाट संयोजक शिवलाल थापाद्वारा विज्ञप्ति जारी गर्दै समर्थन जनाइएको हो । ...... वक्तव्यमा भनिएको छ, ‘मगर जाति लगायत आदिवासी जनजातिसँग सरकारले विभिन्न चरणमा गरेको सम्झौताहरुको कार्यान्वयनको माग राख्दै संयुक्त मगर संघर्ष समितिद्वारा आह्वान गरिएको २०७२ भदौ १४ गतेको बन्दलाई हाम्रो पूर्ण समर्थन भएको जानकारी गराउँदछौं ।’ ..... संविधानसभाबाट ‘नेपालको संविधानको परिमार्जित विधेयक-२०७२’ जारी भएपछि मगरहरु पनि चर्को संघर्षमा उत्रने प्रयत्न गरिरहेका छन् । ..... मगरहरुको बाहुल्य रहेको र आदिमथलोलाई प्रदेश नम्बर ४, ५ र ६ मा विभाजित गरिएपछि मगरहरु संघर्षमा उत्रिएका हुन् ।
Howard Dean: The Case for Hillary Clinton
नेपालको जातीय विविधता : समस्याको जरो कि सकारात्मक स्रोत ? [अन्तिम भाग]
हिन्दुस्थानभित्रैका थुपै्र अवैदिक जनजाति (जसलाई बाहुनहरुले सधँै राक्षस, दैत्य दानव भन्ने गर्थे) ..... कालान्तरमा बाहिरी–भित्री दुवैतिरबाट लखेटाइ, थिचाइ, मिचाइ र धपाइको मारमा परेका ब्राह्मणहरु भागेर कोही दक्षिणको विन्ध्या पहाडतर्फ र कोहीचाहिँ उत्तरको हिमाल पहाडतर्फ जान बाध्य भए । उसै क्रममा आजको नेपालको खसानतर्फ आइपुगेका ब्राह्मणहरुलाई खस शब्दहरुको उच्चरणअनुकूल ‘बाहुन’ भनी सम्बोधन गर्ने र उनीहरुको सम्पूर्ण जीवनपद्धतिलाई ‘बाहुनवाद’ भन्ने गरियो । त्यसबेलासम्म पनि ‘बाहुनवाद’ शब्दले नकारात्मक अर्थ बिलकुलै जनाउँदैन थियो । पछि खसहरुलाई क्रमिक रुपमा वर्णव्यवस्थाभित्र समाहित गरी उनीहरुलाई आफ्ना जजमान बनाउँदै लगियो । खसहरुबाट सिदा, दान, दक्षिणा, बिर्ता, गुठी लिएर आफ्नो जीविका चलाउनुपर्ने भएकोले यो चाँजोपाँजो मिलाउने क्रममा बाहुनहरुलाई झुठो काल्पनिक कथा, पुराण, पुख्यौली, वंशावलीहरु निर्माण गर्ने बाध्यता हुन आयो । यप्रकार धर्मका नाममा षडयन्त्र सुरु भयो । ...... सुरुमा खसका र पछि मगरका राजारजौटा र भारदारहरुलाई फकाएर उनीहरुले बिलकुलै नबुझेको, नसुनेको नयाँ धर्ममा विश्वास दिलाउन बाहुनहरुलाई मनग्गे झूठको सहारा लिन परेको थियो । त्यसमाथि आफूलाई कुनै पनि शारीरिक कार्य गर्न नहुने बाहुन द्यौताको रुपमा प्रस्तुत गर्न पनि उनीहरुलाई कम प्रपञ्च रच्न परेको होइन । यसरी जानाजानी झूठ बोल्नेको मनस्थिति कमजोर हुनु स्वाभाविक हो । त्यस्ताले आफूलाई सधैँ असुरक्षित ठान्छन् । उनीहरु आतङ्कित र आन्दोलित मानसिकतकाबाट थिचिएका हुन्छन् ।

त्यस्तो अवस्थामा सानो छायाँ देख्दा पनि तर्सिने मानसिकता बाहुनहरुले बोक्नु स्वाभाविकै थियो ।

........ मध्ययुगमा खसान र मगराँत क्षेत्रतर्फ पस्ने क्रममा धर्मको नाममा राजनीति गर्ने राम्रै तालिम पाइसकेको हुनाले आज पनि धेरै बाहुनहरु सबैभन्दा सजिलो पेसाका रुपमा राजनीतिलाई नै पछ्याउने गर्दछन् । ...... बाहुनवादमार्फत् प्रवर्धन र प्रतिपादन गरिएको भाग्यवाद नेपालका बहुसंख्यक मतुवाली जनजातिलाई तल्लो स्थानमा राखेर आफूलाई मात्र पवित्र तथा उच्च स्थान ओगट्ने षड्यन्त्र थियो भन्ने कुरालाई आजका प्रबुद्ध नेपालीले बुझनु र स्वीकार गर्नुपरेको छ । .....

कोही पनि बाहुनहरु आफ्ना लागि भाग्यवादी विचारधारामा विश्वास गर्दैनन् भन्ने कुरा आज सबैले बुझिसकेका छन् ।

...... तर यो कुरा नबुझ्नेहरुले यस सिद्धान्तले फलाकेका अप्ठेरा नियमभित्र अड्ने प्रयत्न गर्दाखेरी निकै असजिलोमा पर्न गएका उदाहरण धेरै छन् । धेरै जनजाति समूहमा पाइने गरेको बाल–विवाहको प्रथा यसको एउटा उदाहरण हो । यसको अर्काे उदाहरण जुम्लाको चौधबिसेका खसको गाई पाल्ने चलन हो । उनीहरु गाई पालेर दूध र दुग्ध पदार्थको उत्पादन झिक्नेभन्दा गाई पालेर प्रतिष्ठा कमाउने कुरामा बढी विश्वास गर्दछन् । अनि सबै खस क्षेत्री हुन् भनेर आफ्नै अस्तित्व र हजारौं वर्षको खसको इतिहासलाई मेटिदिने काममा अघिसरेर हिँड्ने गर्छन् विचरा खसका ठालूहरु ! ........ अरुलाई भाग्यवादी बन्न सिकाउनेहरु आफै भाग्यवादी भएका भए आज क्रान्तिकारीहरुका अग्रपंक्तिमा यत्तिका बाहुनहरु अवश्य हुने थिएनन् न त सरकारी सेवाको उच्च ओहोदा ओगट्नेमा त्यति धेरै बाहुन हुनसक्ने थिए । ........ आफ्नै देशभित्र रोजगारका वैकल्पिक अवसरहरुको खोजी र तयारी गरेर नेपाली जनजातिका युवाहरुलाई स्वदेशमै बस्ने आकर्षण दिने काम गर्ने जाँगर देखाउनुको सट्टा गोरखा भर्तीकेन्द्र बन्द गराउने नारामा बढी जोड दिनेहरु सबै बाहुन हुनु अनि आज अमेरिकामा ग्रीनकार्ड लिएर स्थायी बसोबास गर्ने नेपालीमध्ये अस्सी प्रतिशतभन्दा बढी शिक्षित र उच्च घरानाका बाहुन तथा पाँच प्रतिशतभन्दा थोरैमात्र जनजातिका मानिस हुनुले यो भनाइ र गराइप्रतिको इमान्दारी र विवेकशीलतामाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ । .......

भाग्यवादको प्रचार त केवल नेपालका बहुसंख्यक मतुवाली जनजातिलाई अविकसित राख्न र उनीहरुको पसिनाको कमाइलाई कामै नगरी आफूले खाने पार्न मात्र थियो

...... जो जो बाहुन भारतबाट भागी आए उनीहरुका लागि सिदा मागेर खानुबाहेक अरु उपाय थिएन । काठमाडौं उपत्यकामा जस्तो निम्ता दिएर कुनै पनि बाहुनलाई खसान र मगराँतमा बोलाइएको थिएन । ...... मध्ययुगसम्म खसान र मगराँतका राजाहरु सबै बौद्ध धर्मावलम्बी थिए । कोही पनि हिन्दु भइसकेका थिएनन् । ..... असुुरक्षित ठान्ने भावना र व्यवहारमा पनि बेलाबखत अनावश्यक तरिकाले प्रतिरक्षात्मक हुने प्रवृत्ति देखिन गएको हुनसक्छ । ..... मैथिली बाहुनहरु निम्त्याइएर काठमाडौं उपत्यकामा आइपुगेका हुनाले उनीहरुले त्यस्तो अवस्था ब्यहोर्नु परेन, जस्तो पश्चिम पहाडमा आइपुग्ने बाहुनहरुले ब्यहोर्नु परेको थियो । ......

अनुहार र भाषामा सामिप्य भएको हुनाले खसानमा खस राजाहरुको शक्ति कमजोर भइसकेपछि पनि ठकुरी र क्षेत्री बनाउने काम रोकिएन । त्यसै कारणले सम्पूर्ण खस अलपत्र पर्न पुगे । त्यत्तिको बिचल्ली त मगरहरुको पनि भएको छैन । पूर्वका किराँतको त झन भएकै छैन ।

....... मगर, किराँत र अरु जनजातिको आर्थिक उन्नति नभए पनि उनीहरुको स्वाभिमान भने त्यत्ति खस्न पाएको छैन । किनभने उनीहरुमध्येका उच्च वर्ग धेरैले ठकुरी र क्षेत्री बनेर जनै लगाएका छैनन् । त्यसले गर्दा उनीहरुलाई आफ्नै दाजुभाइलाई आफैले शुद्रको दर्जामा धकेल्ने आवश्यकता परेन । ........

अलिकति मात्रै टाठो हुने बित्तिकै बाहुनले उसलाई क्षेत्री वा ठकुरी बनाइहाल्छ । त्यसले गर्दा दशौं लाख खसहरुको अवस्था आजसम्म पनि अत्यन्तै दयनीय हुन पुगेको छ ।

....... सप्रेको उच्च वर्गको एक जना खस पनि खस भएर बसिदिएन । बाहुनहरुलाई ठूलठूलो रकम दान–दक्षिणा (आजभोलिको भाषामा घूस) दिएर क्षेत्री नै बने । ...... खस राजा, रजौटा र भारदारहरुले उच्चतहमा पुगेपछि आफ्नै दाजुभाइलाई तल्लो दर्जामा खसालिदिनाले खसको जस्तो दुर्दशा भयो त्यस्ता उदाहरण संसारको इतिहासमा अन्त कतै पाइँदैन । ...... खस र मगरबाट ठकुरी र क्षेत्री बनेका .....

आफैलाई मात्रै उच्च र पवित्र ठान्नेहरुले फकाईफुलाई जनै लगाइदिएर क्षेत्री बनाइएका मानिसबाट सधै‌ं दक्षिणा र सिदा मिल्ने हुनाले तिनको चाकरी गर्दै अरु सबै जनजातिलाई अपमानित गर्ने बाहुनवादको चाला

....... हालका राजाका पुर्खा मगरका दाजुभाइ सावित भइदिएमा र आजका थारुका पुर्खा सिद्धार्थ गौतमका दाजुभाइ सावित भइदिएमा कसैलाई दुख्ने कुरा के छ ? ...... सिधासादा जनजातिका युवालाई फकाइ–फुल्याइ सित्तैमा जनै लगाइदिएर क्षेत्री बनाइदिँदै ...... २००७ सालमा नेपाली जनताले सशस्त्र क्रान्ति गर्नुपर्‍यो । सशस्त्र शक्तिकै बलमा अडेको त्यसबेलाको व्यवस्थाको विरोधमा नेपाली जनता आन्दोलित भएका थिए । त्यसबेला हतियार खरिद र सम्पूर्ण क्रान्ति सञ्चालन गर्ने काममा ठूलो धनराशी लगानी गर्नेहरुमा सत्तासीन राणाहरुका आफ्नै बाजेका नाति अर्थात काकातर्फका छोराहरु नै थिए । अनि उपत्यकाभित्रै बसी राणाहरुको सरकार ढाल्न अन्तिम र निर्णायक धक्का दिनेहरुमा पनि एउटै बाजेका अर्काथरी नातिहरु थिए । त्यसबेलाको नेपाली आकाश गुञ्जाउने “राणा शासन मुर्दाबाद”का नाराले सबै राणाहरु तर्सिएनन् आत्तिएनन् । ........... जस्तोसुकै अपराध गरेता पनि बाहुनलाई नमार्नु भन्ने अर्ति मात्र होइन कानुनी प्रावधान समेत बनाएर जाने प्रतापी जनजातिका पुर्खाले बाहुनलाई ठूलो गुण लगाएर गएका छन् । ..... निकै सम्पन्न र शक्तिशाली रहँदै आएका खसान र मगराँत राज्यका प्रतापी खस र मगरका पुर्खा त्यति बिध्न लाटा थिएनन् । लाटा भएका भए आफ्नो देश र समाजलाई त्यत्रो सम्पन्न अवस्थामा पुञ्याउन सक्ने थिएनन् । उनीहरु सम्पन्न नभएका भए ती बाठा बाहुनहरु खसान र मगराँतसम्म आइपुग्ने थिएनन् । यसरी आइपुगेका आफूभन्दा शिक्षित र परिष्कृत देखिएका बाहुनलाई पुरोहितको स्थान दिई आफ्नै पसिनाको कमाइले पाल्नसक्ने उदारता त्यस बेलाका खस मगरहरु असभ्य भएका भए देखाउने थिएनन् ।
Revolution of 1951

No comments: