Thursday, September 17, 2015

हिंसा बारे महात्मा गांधी

अन्याय नसह। अन्याय को प्रतिकार गर। सकेसम्म अहिंसात्मक प्रतिकार गर। तर अन्याय सहनु भन्दा बरु हिंसात्मक प्रतिकार गरेकै राम्रो। त्यो महात्मा गांधी ले भनेको। यानि कि हिंसा अहिंसा पछि को कुरा हो। पहिलो कुरा हो अन्यायको प्रतिकार।

अहिंसा कमजोर हरु को हतियार होइन। वीर हरुको हतियार हो। गांधी ले भनेको।

स्वतंत्र भारत ले आफुसंग प्रहरी र सेना राख्न हुन्न भनेर गांधी ले भनेको कतै रेकॉर्ड छैन।

यस लाई अहिलेको क्रांति मा अनुवाद गर्दा के हुन्छ?

टीकापुर मा मान्छे मर्यो त के गर्ने? ९ जना पहाड़ी मर्नु अगाडि त्यसै भूमिमा ५,००० थारु पहाड़ी ले मारेको, रगत सुकेको पनि छैन। ती ५,००० को हिसाबकिताब हुँदैन? टीकापुर को अप्रत्याशित घटना अगाडि को तीन हप्ता को सशक्त शान्तिपूर्ण आंदोलन बारे कसैलाई मतलब भएन। राजनीतिक आंदोलन को राजनीतिक समाधान खोज्ने कुनै प्रयास भएन। मान्छे नमरे दिमाग नै नचल्ने सत्ताधारी र तिनका समर्थक समुदाय हरु मान्छे मर्ने प्रतीक्षा मा बसेका थिए, अनि मान्छे मरे। ती प्रतीक्षा मा बसेका हरुले मारेका हुन ती ९ जना लाई। टीकापुर को अप्रत्याशित घटना को जिम्मेवारी तुरुन्तै गर्ने ले लिए। पुराना माओवादी छापामार रहेछन्। हुन पनि तालिमप्राप्त मानिस ले गरेको जस्तो रिपोर्ट हरु आएको हो। तर त्यो घटना पछि जुन व्यवहार देखाइयो, त्यो ९ जना मारेको अखंड आतंकवादी हरुले भन्ने कुराको पुष्टि हुन्छ। अझ सरकारी पक्षले नै हो कि? टीकापुर को बदला जलेश्वर मा लिने? थारु भनेको मधेसी होइन भन्ने हरुले अझ!

मधेस को प्रहरी मधेसी मात्र हुन सक्छ। एक पटक फेरि प्रमाणित भएको छ। मधेसी को गृह मंत्री मधेसी मात्र हुन सक्छ। एक पटक फेरि प्रमाणित भएको छ। मधेसी को प्रधान मंत्री मधेसी मात्र हुन सक्छ। कुरा त्यहाँ पुग्न लागेको छ।

संघीयता कै बाटो हो भने दिनको २४ घंटा हप्ता को ७ दिन प्रत्येक १०० किलोमीटर मा ५०० मान्छे राजमार्ग मा सड़क मैं टेंट गाडेर काठमाण्डु को १००% नाकाबंदी गर्नु पर्ने हुन्छ। मधेस अलग देश को बाटो हो भने ५० मधेसी सभासद र ५० सीके सभासद को अंतरिम संसद भेला भएर, स्वतंत्र मधेस देशको घोषणा गर्दै मधेस प्रहरी र मधेस सेना खड़ा गरिहाल्नु पर्छ।

विगत चार हप्ता को उचाईंले पुगेन ,अब क्रांति लाई नया उचाईं मा पुर्याउनु पर्ने हुन्छ।

आश्विन संग्राम

No comments: