Saturday, August 22, 2015

Welcome To Awadh Tharuhat



सरकारी कार्यालयमा लेखियो ‘थरुहट स्वायत्त प्रदेश’
सडकबाटै 'अवध थरुहट स्वायत्त प्रदेश सरकार' घोषणा
नेपालगन्ज–बाँकेमा आन्दोलन गरिरहेको थरुहट, अवध संयुक्त संघर्ष समितिले शनिबार 'अवध–थरुहट स्वायत्त प्रदेश सरकार' घोषणा गरेको छ । संघर्ष समितिले नेपालगन्ज उपमहानगर क्षेत्रका विभिन्न ठाउँमा व्यानर टाँगेको छ। ......

दलहरुले सात प्रदेशको नयाँ सीमांकन गरेपछि आन्दोलनरत मधेसी मोर्चा र थरुहटका स्थानीय नेता, कार्यकर्ता झनै आक्रोशित भएका छन् ।

.... तराईको कन्चनपुरदेखि चितवन सम्मका जिल्लालाई अवध, थरुहट प्रदेश कायम गर्नुपर्ने, सम्वैधानिक मुस्लिम आयोग वा मधेसी आयोग बनाउनुपर्ने लगायत माग राख्दै आएको छ । यसअघि शुक्रबार थरुहट संयुक्त संघर्ष समितिले कोहलपुर नगरपालिका सहित विभिन्न सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेश लेखेर प्रदेश घोषणा गरेको थियो ।
सात प्रदेशको सीमांकनमा बाँकेबासी असन्तुष्ट
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको बेवास्ताका कारण बाँके, बर्दिया, दाङलगायतका जिल्ला सीमांकनका क्रममा उपेक्षित भएको बाँकेबासीको आरोप छ। ..... प्रदेशको पछिल्लो सीमांकनलाई आन्दोलनरत मधेसी मोर्चा र थरुहटले स्वीकार गरेका छैनन् । संघीय समाजवादी फोरम नेपाल निकट शिक्षक रामसिंह सोनीले मेचीदेखि महाकालीकसम्म तराईका जिल्लामा पहिचान सहितको संघीयताको माग सम्बोधन नभएकाले स्वीकार्य नभएको जिकिर गरे । उनले भने, 'विगताम पनि संविधान बनेकै हो, हतारमा बनाउन खोजिएको यो संविधान पनि विगत झै लामो समय सम्म नटिक्ने खतरा आउन सक्छ ।'


कर्णालीको माग सम्बोधन भएकोमा मुगुमा खुसियाली
गत साउन २३ गते राती शीर्ष चार दलका नेताहरुको सहमतीमा सार्वजनिक भएको ६ प्रदेशको संघीय नेपालको प्रादेशिक सिमाङ्गनले आफूहरुलाई राणाकालिन युगमा पु¥याएको महशुस गर्दै मुगुबासीले खुसियाली मनाएका छन्। ...... शान्तिपूर्ण आन्दोलनको शुक्रबार तेह्रांै दिनमा शीर्ष नेताहरुले सम्बोधन गरेपछि त्यसको स्वागतमा शनिबार मुगु जिल्लामा खुशी ¥याली निकालिएको छ। ..... गएराती शीर्ष नेताहरुले कर्णालीलगायत सुर्खेत,जाजरकोट, दैलेख र रुकुमको केही भाग समेटेर प्रस्तावित ६ प्रदेशको खाकामा थप प्रदेशको घोषणा गरी ७ प्रदेश बनाएपछि शनिबार दिउँसो १ बजे मुगुमा स्थानीय बाजागाजासहित खुशी जुलुस निकालिएको हो। .... संघर्ष समितीका संयोजक एवं पूर्वमन्त्री हस्तबहादुर मल्लको संयोजकत्वमा निस्किएको जुलुशले बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै नेपाली काँगे्रसका मुगु जिल्ला सभापति ऐनबहादुर शाहीले अखण्ड मध्यपश्चिम मागेपनि यो प्रदेशलाई मधेशसम्मको साईनो टुटाइएकाले केही दुःख लागे पनि

कुनै कालखण्डको विशाल कर्णाली राज्य पुनः कर्णाली प्रदेशको रुपमा हामीले पाएकाले

यसको सम्मृद्धि र समुन्नत प्रदेश बनाउन आआफनो क्षेत्रबाट लागी पर्ने बताए। यस्तै नेकपा एमालेका कार्यबाहक अध्यक्ष जितबहादुर मल्लले १३ दिने लामो संघर्षबाट प्राप्त यो प्रदेश संचालनमा कम कठिन भएको बताए। ... यस्तै एमाओवादी पूर्व मुगु जिल्ला ईन्चार्ज सुकवीर बुढा नयाँ प्रदेश निमार्ण बारे दलहरुले गरेको सहमति स्वागतयोग्य भएको बताए। नेकपा–माओवादी केन्द्रीय सदस्य मंगलबहादुर शाही नयाँ प्रदेश बनाएकोमा आफू पूर्ण खुशी नभएको बताउँछन्।
मान लिया जाय कि राम सेतु की जगह राम को नेपाल में संविधान बनाना होता तो?

No comments: