The Underworld: Jungle Raj In Nepal

यसरी जन्माईन्छन् डन ! डन, नेता र प्रहरी बिचको जालो
‘सर्वेन्द्र खनाल त बर्दिवाला गुण्डा हो यार । सिभिल ड्रेसमा पुरा गन राखेर आएको थियो, घैंटेले मज्जाले लखेट्यो ।’ कसैले भनेको शब्द मेरो कानमा परेको थियो । कुरा सायद २०६२ तिरको होला । रेष्टोरेण्ट बिक्रिमा छ भन्ने हेतुले एउटा साथिले हामीलाई देखाउन लगेको थियो । नेपालका चर्चित ब्यक्तित्व नै हुन जसलाई घैंटेले दाई भन्थ्यो अर्थात उनि हस्ति नै थिए । तर त्यो रेष्टोरेण्ट डान्स बार रहेछ, हामी त्यतिकै फर्कियौं जुन

रेष्टोरेण्टमा सर्वेन्द्र खनाल र घैंटे बिच ढुंगा हानाहान भएको थियो ।

त्यो घटनाको लगत्तै सर्वेन्द्र खनाललाई तुरुन्त उपत्यका बाहिर सरुवा गरियो । जुन घटना सायद प्रहरीको अफिसियल ड्युटी अनुरुप थिएन । यता भने समाजमा घैंटेको प्रभाव बढ्न सुरु भयो । ....... २०६२/६३ पछि ति ब्यक्तिको नाम घैंटे डन भनेर आयो । उनको कर्तुत पत्र पत्रिकामा पढें र आफुलाई पहिला छुटाउन मद्धत गरेकोमा आत्मग्लानी भयो । ...... आफु बिदेशबाट ७/८ बर्ष पछि बल्ल नेपाल फर्केको, समाजमा डनगिरी मौलाई सकेको पत्तै भएन । तर मैले बिदेश बस्दा ईटालीमा भने डन भन्ने शब्द एकदम आदरिणय शब्द थियो र हो र यसलाई सम्मान गरेर कसैलाई सम्बोधन गरेर डनब्रास्को, डनमारियो, डन पाओलो, डन फलानो भनेर गरिन्थ्यो, गरिन्छ । तर यता भने डन भन्ने शब्दले समाजमा डर लाग्दो, त्रासदीपूर्ण र कहालीलाग्दो तर्साउने रुपले हेरिंदो रैछ । ......

आम जनताले त भन्छन् डनको उत्पादन नै नेता र पुलिसले गरेका हुन् ।

डनलाई प्रयोग गरेर नेता, उद्योगपति, दलालहरुले आफ्नो आर्थिक अभिष्ट पुरा गर्न, धम्क्याउन, त्रास देखाउन र चुनावमा जित्न प्रयोग गरेका पाईन्छन् । त्यस्तै प्रहरीहरुले बालुवाखानी, बिभिन्न मेनपावर कम्पनिबाट यि डनहरुलाई नै प्रयोग गरिरहेको सुनिनमा आउँछ । ...... सम्झन्छु ति पञ्चयतका दिनहरु, सायद राजनीतिक पृष्ठभूमिका परिवारबाट नआएकोले होला पञ्च्यायत मलाई अत्यन्त स्वर्णिम युग लाग्छ । त्यतिबेलाको अखवारमा कुकुर किचेर मारेका खवर, अझ भनौं भारतमा मान्छेले दिन दहाडै मान्छेलाई छुरा घोपेर मारेका खवर महिनौं दिन सम्म घरको आँगन, पाटि पौवा, टोल टोलमा गफ चुटने बिषय बन्थे । ..... स्वर्गिय राजा बिरेन्द्रले आफ्ना भाई अधिराज कुमार स्वर्गिय धिरेन्द्र बिभिन्न सांगठित अपराधिक क्रियाकलापमा मुछिदैं आएको सर्ब साधारणको मर्मलाई महशुष गरि उनलाई अधिराज कुमारबाट हटाएकै हो । ........... एक पटक मेरो काका राजा बिरेन्द्रको एडिसि भएर युरोपको यात्रामा जाने अवसर मिल्यो । ...... पछि दरबारमा यस बिषयलाई लिएर जाबो ईन्सपेक्टरको हैसियतले गाडि कसरी मग्यो भनेर हल्ली खल्ली नै भयो । काकाको जागीर नै जाने माहोल बन्यो । काकाको स्पष्टिकरणले र दाईको पर्यटन ब्यवसाय भएको कारण तथा हुनेखाने परिवार भएकोले होला दरबार सन्तुष्ट भएछ र जागिर बच्यो । ....... अचम्म छ राजनीति, कोहि नेता साम्प्रदायिक द्ववेश फैलाउन उद्धत हुन्छन । मधेशी जाग्नु पर्यो खुँडा तरबार लिएर पहाडिको घरमा जाई लाग्नु परयो भन्छन भने कोहि नेता जनताको जिवनको अवमुल्यन गर्दै देश टुक्रयाउनेलाई शहिद घोषणा गरिन्छ, ५० लाख दिईन्छ । पैंशा आफनै खल्तीबाट दिईने हो जस्तो गरि । ....... देशमा ठूला नेता भ्रष्टाचारमा मुछिन्छन, जेल चलान हुन्छन्, लाउडा धमिजा काण्डमा देशका प्रधानमन्त्री मुछिन्छन, न्यायालयका न्यायाधिश मुछिन्छन, कानुनका रखवाला प्रहरी प्रशासन मुछिन्छन् ।

डिबि लामा पछिका प्रायः जसो सबै आईजिपि भ्रष्टचारमै मुछिएका छन् ।

........... यहाँ सबैलाई संरक्षण चाहिएको छ, संरक्षण बापत डनहरुलाई ब्यापारिक साझेदारी तथा पैंशा चाहिएको छ । अहिलेको गुण्डा तथा साधारण कार्यकर्ताको खल्तीबाट डिआईजी निस्कन्छन् ।

तल्लो दर्जाको ईन्सपेक्टर र डिएसपीलाई अगाडि राखेर तर्साउनको लागि तेरो डिआईजी मसँग मुत्छ भनि स्पिकर अन गरि फोन गर्छन ।

ठूला दर्जाका प्रहरी अधिकृत पनि आप्mनो प्रमोसनको लागि मालदार ठाउँमा जान गणेश लामा जस्ता डनलाई सर र हजुर भन्दै नजराना चढाउन जान्छन र पछि त्यहि डनको कन्डो पछाडि कुरा काटछन् । ............

चरी उड्दा एमाले तथा सुरेन्द्र पाण्डे जस्ताले बिलौना गरि नैं रहन्छन्, घैंटो फुट्दा कांग्रेस र जगदिश नरसिंह आघात नै भई नै रहन्छन् र यता एकछिनको खुशिको क्षण आम जनता बाडि नै रहन्छन् ।

......

के साच्चिकै प्रहरी पनि लाईसेन्सवाला डन नै हुन त ?

...... के तैले पहिलाको जस्तो अवस्था सोचेको छस् ? के तैले भ्रष्टाचार गर्न, घुस खान सक्छस्, के तैले नेताको चाकडी र गुलामी गर्न सक्छस् ? यि शब्दले प्रहरीको मान सम्मान भन्दा घृणा र बितृष्णा मात्रै पाउने रहेछ भन्ने ठानी बिदेशमा उच्च अध्ययन गर्नको लागि पलायन भएँ । ...... बारम्बार प्रश्न उठ्छ प्रहरीले फ्रेम गरेर ईन्काउन्टर गर्छ, कसैलाई लागुमा फसाउँछ । गुण्डा नाईके चक्रे मिलन लागुमा जेल चलान हुँदा प्राय जसो चल्ता पुर्जा डनहरु कहि कतै गाडि पार्किगं गर्नु परयो भने प्रहरीले पोका हालि दिन्छ भनेर गाडिको पुरै शिसा बन्द गर्नुपर्छ भन्थे । त्यस्तै रमश बाहुनले मलाई बरु ईन्काउन्टरमा मारि दिएको भए हुन्थ्यो, म जस्तालाई पोकामा फसाएर जेलमा सडाउने जुन प्रपंच छ त्यसलाई मेरो आत्माले पनि मान्दैन । उनलाई समाउने प्रहरी अधिकृतलाई त म तेरो नाम जिन्दगी भरि भुल्दिन भनेका थिए रे । जेलमै हेर्न गए पुग्छ, त्यहाँ बसेका प्रहरी गार्ड नै भन्छन

कैंदी मध्येमा ७५ प्रतिशत त प्रशासन, प्रहरी, नेता तथा ठूला बडा भन्नेले, डन भन्नेहरु एकले अर्कालाई नै फसाएर पुगेका छन् । चोर, फटाहा, जाली जति आरामले घुमेर बसेका छन् ।

......... सोझा साझा जो झेल्लि गर्न जानेका छैनन ति बिचराहरु भित्रै सडेर बसेका छन् भने चोर जाली फटाहाहरु बाहिर आरामले घुमेर बसेका छन् । अझ मुद्धा छिनोफानोको लागि दलालहरुको मोलमोलाईले त न्यायालयप्रति आम जनता सशंकित हुनु परेको छ । ....... एउटा डनको आमा त छोरा डन भएकोमा गर्व गर्दछिन् । एकजना पिडित डनबाट भेटे पिच्छे गोदाई खाई आजित भएर ति डनका आमालाई कुरा लाउन पुगेछन् । बिचरो केटो आस्वासन पाउला भनेर आशा गरेको त उल्टै पो डनकी आमाले “भो भो चुप लागेर बस्, कुटाई मात्र खा को छस् त्यसले त खुकुरीले काट्छ, बरु त्यसको छेउमै नपर” भनिछन् । झगडा पर्दा छोरालाई ला यो पनि लिएर जा भनेर खुकुरी थमाउथिन् । ....... युवा वर्गमा त चार दिन कुनै कारणले थाना पुग्दा पनि चार दिन जेल बसेर आएको भनेर गर्वको साथ भन्छन् । .......

प्रहरी प्रशासनलाई गृह, डन र कार्यकर्ताले आफ्नो खल्तीमा राख्नुको साटो पूर्ण स्वतन्त्र संस्थाको रुपमा बिकास गरेर लानु पर्दछ ।

जस्तै महाराजगंजको डिएसपी त ईश्वर पोखरेलको मान्छे रे उनले भनेको मान्छन् भन्ने मान्यतालाई पूर्ण रुपले हतोत्साहि गरि प्रहरी जनताको सेवा गर्नको लागि जनतासँगै अगाडि बढ्नु पर्छ भन्ने मान्यतालाई स्थापित गर्नुपर्दछ । ....... प्रहरी र न्यायलयमा एक आपसमा विस्वासको खाडल छ त्यो पुर्न जरुरी छ । जस्तैः प्रहरी प्रशासनले समातेर ल्याएको अपराधीलाई न्यायालयले फसाएर ल्याएको बुझनु र न्यायालयले सफाई दिदा प्रहरीले न्यायालयलाई अन्यथा बुझनु एक आपसमा बिश्वासको खडेरी देखिन्छ । त्यस्तै समाजमा अपराध र बिकृति बढेन भने हाम्रो ब्यवसाय कसरी चल्छ भन्ने मान्यतालाई कानुन ब्यवसायीले सोच्ने हो भने समाजमा अपराध र बिकृति ठप्प हुन्छ त ? कानुन त सेवा हुनुपर्ने हो, तर कानुन कसरी ब्यवसाय भयो ? ........ जब सम्म नैतिकताको घैंटो प्रत्येक समाज, घर मात्र नभई ब्यक्ति ब्यक्तिमा खुलिदैन नैतिकताको खडेरी तब सम्म परि नै रहन्छ तब सम्म देश र समाजमा त्यस्तो

घैंटो फुटि नै रहन्छन्, चरि उडि नै रहन्छन्, यसरी अपराधको चक्र घुमि नै रहन्छ ।

...... प्रहरी प्रशासनलाई राजनीतिक दल, नेता तथा जनता बाधकको रुपमा नभई सहयोगिको रुपमा अगाडि उभिन जरुरी छ । ..... चरी र घैंटे घटनाप्रति त्यसबेलाका एसएसपी पुष्कर कार्कि तथा अहिलेका एसएसपी सर्वेन्द्र खनाल सम्पूर्ण आम जनताले हार्दिक आभार ब्यक्त गरेकोमा म लेखक पनि नतमस्तक भई हार्दिक नमन गर्न चाहन्छु । यसैगरी नेपाल प्रहरीले निस्पक्ष भएर न्याय, शुसासन र समाजमा शान्ति, अमन चयन कायम राख्न भूमिका खेलि रहोस् । जय नेपाल, नेपाल प्रहरी । ............................. त्यो घटनाको अगाडि २०६०/०६१ तिरको कुरा होला एका बिहान मलाई फोन आयो र राजा हजुरले एउटा सानो काम गरिदिनु पर्यो भनेर कसैले आग्रह गरे । मलाई भनिएको कुरा यस्तो थियो, “सोह्रखुटटे थानाबाट आएका प्रहरीले राती ति ब्यक्तिका भाईलाई उठाएर लगेका रहेछन् । प्रहरीले लगेका ति ब्यक्तिलाई प्रेसर, सुगर रहेछ । बिरामी मान्छे बेला बेला औषधी खानु पर्ने रहेछ, केटा साह्रै सोझो तर अनाहकमै समातिएछ । बरु अरुलाई अनुसन्धानको रुपमा राखेपनि उनलाई चाहि छोडाई दिनु परयो,” मलाई फोन गर्ने ब्यक्तिले यसै भने । ....... आफ्नो ठुलो बुवा आईजिपि, काकाहरु डिआईजी, नातामा पर्ने प्रधानमन्त्री, बाजे पर्ने गृहमन्त्री, मामा आर्मिको चिफ हुँदा पनि साधारण हवल्दार देखेर पनि मन ढुक्क फुल्थ्यो । टिनएजको उमेर भएता पनि त्यस्ता उछृगंल, अपराधिक गतिबिधी, झैं झगडामा त्यति ध्यान जादैन्थ्यो । अझ डिआईजीपि जस्ता ब्यक्तिले तालिम केन्द्र महाराजगञ्जबाट गाडिमा फुत्त निस्केर म फुच्चे लाई “राजा दर्शन भनि सम्बोबन गरि, मेरो लवाई हेर्दै के हो हँ राजा गु को पोका झुण्डेको जस्तो पाईन्ट लगाएर, क्या हो यस्तो चाला कैचिले काटि दिउ ? ढंगको जुत्ता लगाउने हैं ” भन्दा सातो जान्थ्यो । त्यो बेला लामो कपाल काटिदिने, ब्यागि पाईन्ट काटेर कट्टु बनाईदिने, डिंगो जुत्ता काटेर आधा बनाईदिने प्रहरीले अभियान नैं थालेका थिए । त्यो बेलाको संस्कारै यस्तो थियो कि प्रहरी भनेपछि सातोपुत्लो उडिहाल्थ्यो । अझ गाउँघरमा एउटा बर्दिवाल हवल्दार पस्यो भने सोध खोजको बिषय हुन्थ्यो । गाउँघरमा फलानो गाउँमा आज किन प्रहरी छिरेछ भनेर लाज हुन्थ्यो । समाजमा शान्ति सु ब्यवस्था गर्न प्रहरी प्रशासन तथा राज्य सफल थियो । ......

नेताले डन खेलाउने, डनले प्रहरी खेलाउने फेरी प्रहरीले त्यही डन खेलाउने ! यस्तै छ यहाँको सिस्टम ।

हिन्दी फिल्म सिंगममा झैँ यहाँका सिस्टम हि ऐसा छे सर एक हवल्दार भन्दै थिए । जब सम्म राजनीतिमा फोहोरी खेल भईरहन्छ तब सम्म प्रहरी प्रशासन, समाज, ठेक्का पटटा तथा डनको सिस्टम यसरी नै चलिरहन्छ । जब सम्म नेपालमा सिंगममा झै नायक प्रहरी अधिकृत जन्मदैन, देशमा यस्तै भई नै रहन्छ । ........ डन मारेर प्रमोसन भईन्छ भन्ने नजिर जब सम्म प्रहरी प्रशासनमा स्थापित रहन्छ तब सम्म डन जन्मि नै रहन्छन् । किनकी डन, उसका गतिबिधीलाई प्रहरीले नदेखे झैं गरी उसलाई त्यो काम गर्न नदेखिदो रुपमा सुरुमा हौसला थपि दिन्छन् । प्रहरीले चाहने हो भने, यहाँ मान्छे मार्न त परै जाओस, अनुमति बिना कसैले कसैको सिन्को सम्म भाच्न सक्दैन ।


Clearing the Jungle Raj: Bihar State, India, 2005 - 2009
Nitish Kumar was elected chief minister of Bihar, India’s poorest state, in December 2005, when the state’s government was weighed down by two decades of institutional decline, widespread lawlessness and a society deeply divided by caste and religion. Improving law and order was a major priority of his new government. The main challenges were rampant criminal activity that curtailed social and economic life, a shortstaffed and under-motivated police force, widespread corruption in the ranks, and the poor image of the Bihar police. Using innovative measures, Kumar and his top police officers set out to rid Bihar of its so-called jungle raj, or law of the jungle. ........ When he came to power, Kumar worked to empower senior officers of the Bihar police to recruit, train and professionalize the rank and file. He impressed upon them the need to improve law and order as part of an effort to attract investment and stimulate civic life.

With Kumar’s backing, senior officials undertook bold measures.

.......... They developed a system that came to be known as “speedy trials” to expedite police procedures involved in convicting criminals. They invoked a little-used clause of the Indian Arms Act to target illegal possessors of firearms, who were considered most likely to be involved in other serious crimes. They created a temporary auxiliary police force by hiring retired army infantrymen.

Comments