Saturday, August 22, 2015

The Neo Monarchs Of Nepal?






गणतन्त्रका श्री ५ हरु – आफैं आगो, आफैं दमकल
अहिले नेपाली गणतन्त्रमा श्री कोइराला, श्री ओली, श्री प्रचण्ड, श्री गच्छदार र श्री वावुराम गरेर श्री ५ को राज चलिरहेको छ ।

यी श्री ५ हरुले जनता र आफ्नै कार्यकर्ताहरुलाइ “सरप्राइज” नदिएकोभए शायद पश्चिममा अहिले आन्दोलन हुने थिएन । जनता र कार्यकर्ताहरुले पनि नेताहरुलाइ “सरप्राइज” दिएर आन्दोलन गरिरहेका छन्, पश्चिममा ।

..... नेपालको राजकीय सत्ता र नेपालको सार्वभौमसत्ता अहिले यी नै श्री ५ हरुको हातमा छ भन्ने स्पष्ट भैसकेको छ । नेपालको सत्ता र सार्वभौमसत्ता नेपाली जनताको हातमा छैन । ..... यी अहिलेका श्री ५ हरुले संघीयताको सीमांकन गर्दा न त कुनै सिद्धान्तको अवलम्वन गरे, न त वहुमत जनताको आवाजको कदर गरे । ...... अहिले पश्चिम नेपालमा थारु प्रदेश, कर्णाली प्रदेश र मगरात प्रदेश तथा सुर्खेतको आन्दोलनको आगो लगाउने काम यी नै श्री ५ हरुले गरेका हुन् । ..... घुसपैठले गर्दा पश्चिममा आन्दोलन चर्कियो भन्ने कुरा वकवास मात्र हो र यो पंचायती व्यवस्थाको बेला लगाइने अराष्ट्रिय तत्वहरुको घुसपैठको हल्ला गर्ने मण्डले प्रवृत्तिकै पुनरागमन हो । अरुलाइ दोष दिएर यी श्री ५ हरु पश्चिममा लागेको आन्दोलनको आगोवाट पन्छिन पाउँदैनन् । ..... तराई मधेश मात्रको २ नम्वर प्रदेश वनाउन मिल्छ भने पश्चिम नेपालमा थारु प्रदेश किन वनाउन नमिल्ने भन्ने प्रश्नको उचित र त्यहाँका थारु जनतालाई चित्त वुझ्ने उत्तर गणतन्त्रका श्री ५ हरु सँग छैन । त्यसैगरि नेपालको सबैभन्दा उपेक्षित र अविकसित कर्णालीका जनतालाई किन कर्णाली प्रदेश नदिने भन्ने उत्तर पनि यी श्री ५हरु सँग छैन । ....... मगरातको अलग प्रदेश वन्ने सम्भावना वढेको छ । .... ०६३ देखि ०७२ सम्म लडेकाले २ नम्वर मधेश प्रदेश पाए भने ०५२ देखि ०६२ सम्म लडेका मगर जनताले मगरात किन नपाउने भन्छन रोल्पा देखि पाल्पा सम्मका माओवादीहरु । ..... प्रदेशहरुको प्रादेशिक सरकार र संयन्त्रहरु गठनका क्रममा अहिले वहुजातीय वनेका प्रदेशहरुमा जातीय द्वन्द्व पुनः चर्किने हुन्छ । ..... जस्तै १ नम्वर प्रदेशमा खस आर्य जातीका प्रदेश प्रमुख भएमा राई, लिम्बू, राजवंशी आदिले नमान्ने, राई प्रदेश प्रमुख भएमा लिम्बू र अरुहरुले नमान्ने आदि हुन सक्दछ र आ आफ्ना अलग प्रदेशका लागि आन्दोलन पुनः सुरु हुन सक्दछ । ..... त्यस्तै नेवार, तामाङ, गुरुङ देखि सय भन्दा साना ठूला जातिहरुको अलग प्रदेश वा स्वायत्त क्षेत्र वा यस्तै अन्य नाराहरुका आधारमा आन्दोलनहरु भैरहने सम्भावना वढेको छ ।

राजनीतिक पर्यवेक्षकहरु नेपालमा केही समय भित्र प्रदेशको संख्या वढेर एघार प्रदेश वन्न सक्ने सम्भावना वताउँछन ।

No comments: