Saturday, August 15, 2015

पूर्वाग्रह (prejudice) ले ओतप्रोत ६ प्रदेश को वर्णन

नेपालमा प्राकृतिक सम्पदा चार दल ले हिजो ल्याइदिएको होइन, राणा शासन मा पनि थियो प्राकृतिक सम्पदा। देश को विकास गर्ने natural resource ले होइन, human resource ले हो। इजराइल मा खाने पानी पनि थिएन। सिंगापुर जापान मा के छ प्राकृतिक सम्पदा? तराई को प्राकृतिक सम्पदा जंगल, मासे त पर्वते ले आएर। मधेस को सम्पदा मधेसी हो। पहाड़ मा जलबिद्युत ले ४०,००० मेगावाट उत्पादन गर्ला। मधेस ले सौर्य ऊर्जा ले १००,००० मेगावाट उत्पादन गर्न सक्छ। मोदी ले राजस्थान घाम लाग्ने ठाउँ मा १०० गीगावाट बिजुली उत्पादन गर्न लागेको छ। सौर्य। नेपाल को असक्षम पहाड़ी नेता हरु देखेर वाक्क भएको मान्छे मोदी। एक वर्ष मैं वाक्क। बामे र सुशील ले देश को नाम रोशन गरेका छन।

देशमा संघीयता स्थापित भयो भने एउटा प्रदेश बाट अर्को प्रदेश जान वीसा लाग्छ भन्ने सोंच देखियो विश्लेषण मा। कर्णाली मा जुन ९०० मेगावाट को काम हुँदैछ, त्यस माथि सारा देशको अधिकार हुन्छ। प्रदेश ६ ले मात्र पाउने होइन। पुर्व पश्चिम राजमार्ग केंद्र सरकार को मातहत मा रहन्छ। त्यस्तै नेपालको प्रत्येक हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट केंद्र सरकारको मातहत मा रहन्छ। मधेसी मधेस मा संगठित हुन्छन् भने केन्द्र मा सत्ता आफ्नो हातमा लिन्छन्। अनि जडीबुटी पनि, यार्चागुम्बा पनि, नदीनाला सबै मधेसी को। सारा देश मधेसी को। हो, त्यो संगठित हुन लाई एक मधेस एक प्रदेश चाहिएको।

पर्वते ले मासेको जंगल फेरि उमार्छ मधेसी ले। चुरिया माई भन्छ मधेसी। फेरि एक पटक हराभरा गर्छ।

संघीयता नबुझ्ने बाहुन काँग्रेस एमाले पार्टी हरुमा मात्र होइन, मीडिया मा पनि छताछुल्ल छन।

तथाकथित "प्राकृतिक सम्पदा" ले नेपाल लाई अहिले सम्म दुनिया को  नंबर एक कंगाल देश बन्न रोकेको छैन त। जनता सशक्तिकरण हुनुपर्छ विकास हुन लाई। सशक्तिकरण गर्ने लोकतंत्र र संघीयताले हो।

नेपालको संविधान र ज्यामिति




प्रदेश-६ : व्यवस्थापन गर्न सके सम्पन्न
क्षत्री ४५ प्रतिशत, बाहुन १३ प्रतिशत, दलित १२ प्रतिशत र ठकुरी ७ प्रतिशत छन् । कैलाली देशकै सबैभन्दा धेरै थारू समुदायको बसोबास भएको जिल्ला हो भने आठ जिल्लामा क्षत्रीको जनसंख्या १ लाखभन्दा धेरै छ । ........ सुदूर पश्चिम जलस्रोतमा देशकै धनी क्षेत्र हो । अझ मध्यपश्चिमको कर्णाली र भेरी गाभिएर बन्ने छैठौं प्रदेश नेपालकै जलस्रोत र अन्य प्राकृतिक सम्पदाले निर्माण हुने भनिएका सबै प्रदेशमध्ये अग्रस्थानमा देखिन्छ । ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना यही प्रदेशमा पर्छ । त्यस्तै प्राकृतिक पर्यटकीय गन्तव्यहरू रारा, से–फोक्सुन्डो ताल, माथिल्लो डोल्पा, जुम्ला सिजा, मानसरोवरको प्रस्थानविन्दु हुम्ला सिमकोट–हिल्सा यसमै पर्छन् । कर्णालीलाई बहुमूल्य जडिबुटी यार्सा, गुच्छी च्याउ, शिलाजितको खानी मानिन्छ । ....... कर्णाली, महाकाली, सेती र बुढीगंगासँंगै यिनका सहायक नदी—खोला—खहरेहरूबाट २४ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न सकिने विज्ञहरूको ठहर छ । ‘जलविद्युत मात्र होइन, जडिबुटी र जैविक विविधताले पनि यो क्षेत्र सबै प्रदेशभन्दा सम्पन्न देखिन्छ’, डा. पन्त भन्छन्, ‘एउटै कर्णालीवाट १० हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुनसक्छ । समृद्ध राज्य हुन प्रकृतिले यसलाई धेरै दिएको छ ।’ ....... देशकै सबैभन्दा बढी जंगल क्षेत्र पनि सुदूर पश्चिममा नै रहेको तथ्यांकमा देखिएको छ । ......

अथाह जलस्रोत हुंँदाहुंँदै पनि यो क्षेत्र अति पिछडिएको छ ।

.... ‘सुदूर पश्चिम त्यसै त विपन्न थियो, झन् कर्णाली गाभेपछि समस्या थपिने भयो’ ..... कैलाली सुदूर पश्चिमको प्रमुख व्यापारिक केन्द्रसँंगै औद्योगिक विकास भएको जिल्ला हो । ...... कैलाली, कञ्चनपुरमा रहेका ३४ प्रतिशत थारू समुदायले थरुहट राज्यका लागि संघर्ष चर्काएका छन् । थारू समुदायभित्र पनि राना थारू र डगौरा थारूका बीच थरुहटका विषयमा भिन्न मत देखिएको छ । राना थारूहरू कुनै न कुनै सम्झौतामा पुगेर यो आन्दोलन टुंग्याउने पक्षमा देखिएका छन् भने डंगौरा थारू भने थरुहटको मागभन्दा पछाडि फर्कने मनस्थितिमा छैनन् ।
प्रदेश- ५ : सन्तुलित भूगोल
नारायणी, राप्ती, बबई र कर्णालीबाट सिंचाइ नहरहरू विस्तार भइरहेकाले कृषि उत्पादन दोब्बर हुने ..... ‘तराईको फाँटमा कृषि उत्पादन र पहाडमा पर्यटनको सम्भावना छ । ..... बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई अन्नको भण्डारका रूपमा विकास गर्न सकिने उनी बताउँछन् । त्यस्तै दाङको कोइलाखानी तथा अर्घाखाँची र पाल्पामा चुनढुंगा खानी प्राकृतिक स्रोतका रूपमा छन् । ...... सबैभन्दा धेरै १५.३५ प्रतिशत मगर, त्यसको हाराहारीमा १५.१५ प्रतिशत थारू, १४.५० क्षत्री र १२.६८ प्रतिशत बाहुनको बसोबास छ । बर्दिया, बाँके र दाङमा थारूको उल्लेख्य बसोबास छ भने पाल्पा, रोल्पा, रुपन्देही, दाङ र प्युठानमा मगरको बाक्लो उपस्थिति छ । बर्दियामा जनसंख्याको आधा थारू छन् । ...... प्रदेश ३ पछि सबैभन्दा धेरै उद्योगधन्दा र कलकारखाना रहेको प्रदेश ५ नै हो । नवलपरासी, बुटवल, दाङ र नेपालगन्ज अहिल्यै औद्योगिक सहरका रूपमा परिचित छन् । तराईका फाँटमा सिंचाइ पुर्‍याउन अहिले राष्ट्रिय गौरवका सिक्टा सिंचाइ, बबई र भेरी–बबई डाइभर्सन आयोजना निर्माणाधीन छन् । ती ठूला आयोजना पूर्णरूपमा सञ्चालनमा आउँदा अहिले भइरहेको कृषि उत्पादनमा कम्तीमा दोब्बर वृद्धि हुने कृषि अधिकारीहरू बताउँछन् । ......... प्रदेश ५ लाई लुम्बिनी र राप्ती अञ्चलका पहाडसम्म तन्काउनुको सट्टा सुदूर पश्चिमका कैलाली र कञ्चनपुर जोडेर थारू बाहुल्यको प्रदेश बनाउनुपर्ने माग गर्दै बन्द–हडताल भइरहेका छन् । त्यस्तै अखण्ड मध्यपश्चिम र अखण्ड राप्ती अञ्चलको माग पनि विस्तारै बढ्दो छ । विकास अनुसन्धानकर्ता चौधरी भन्छन्, ‘अब पनि सीमांकन हेरफेर गर्न सकिने हो भने कम्तीमा कैलालीसम्म लैजाँदा राम्रो हुन्छ ।’ .......... कैलाली र कञ्चनपुरलाई प्रदेश ५ मा तानेर प्रादेशिक राजधानी सुर्खेत बनाउने गृहकार्य पनि राजनीतिक वृत्तमा भइरहेको छ । त्योभन्दा सहज समाधान प्रदेश नं. ७ बनाउनु रहेको कर्णाली विकास आयोगका अध्यक्ष डा. कलबहादुर रोकाय बताउँछन् । उनी भन्छन्, ‘प्रदेश १ देखि ५ सम्म सामान्य हेरफेर गरेर भएका त्रुटि सच्याउन सकिएला । तर प्रदेश ६ टुक्र्याउनुको विकल्प छैन । अहिले भावनामा आएर स्वीकारिए सुदूर पहाड र कर्णालीले दु:ख पाउनेछन् ।’ ..... अहिलेको सीमांकनमा केही हेरफेर भई कैलालीका आधा भू–भाग प्रदेश ५ मा तान्नसके एकातिर थरुहट आन्दोलन पनि मत्थर हुने र अर्कोतर्फ प्रादेशिक राजधानीको ‘लबिङ’ पनि बलियो हुने नेपालगन्जले ठानेको छ । ..... उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम पनि यही प्रदेशका सभासद हुन् । यो प्रदेशमा राप्ती अञ्चललाई मिसाउनसमेत उनको भूमिका भएको जानकारहरू बताउँछन् ।
प्रदेश- ४ : प्राकृतिक सम्पन्नताको भण्डार
आठवटा चालु हालतका जलविद्युत परियोजना र दर्जन हाराहारी निर्माणाधीन परियोजनाले यो प्रदेशमा विद्युत उत्पादन र वितरणका लागि सक्षम हुनसक्ने देखिएको छ । प्रदेशका अधिकांश भूभागलाई मोटरबाटोले छोएको छ । ...... साधन, स्रोत र अन्य अवस्थाले मात्रै प्रदेश सक्षम हुन्छ भन्ने छैन । ‘सही मार्गमा हिँड्ने दूरदृष्टि भएका नेताको खडेरी यस प्रदेशमा देखिएको छ’ ..... कालीगण्डकी र मस्र्याङदी करिडोरमा हजारौ मेगावाट विद्युत निकाल्न सकिन्छ । ...... तनहुँमा मात्रै पृथ्वी राजमार्गको ७२ किलोमिटर क्षेत्र पर्छ । सडकका दृष्टिले अधिकांश स्थान कालोपत्रे छ । ...... सहरोन्मुख बजारको संख्या दुई दर्जन हाराहारी छन् । ..... पर्यटन व्यवसायमा पोखरा उपत्यकामा मात्रै ५५ अर्बभन्दा बढीको लगानी रहेको सम्बद्ध व्यवसायी बताउँछन् ।
प्रदेश- ३ : प्राकृतिक स्रोतमा धनी
सबैभन्दा बढी काठमाडौंको १७ लाख ४४ हजार २ सय ४४ छ । त्यसपछि चितवनमा ५ लाख ७९ हजार ९ सय ८४ छ । तेस्रो जनसंख्या ललितपुरमा ४ लाख ६८ हजार १ सय ३२ छ । .... काठमाडौं उपत्यकाका तीन जिल्लामा नेवार समुदायको बाहुल्य छ भने वरपरका धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, ललितपुरमा तामाङ समुदायको बाहुल्य छ । चितवनमा थारू र दोलखामा थामी अनि जिरेल समुदायको पनि बाक्लो उपस्थिति छ । मकवानपुर र धादिङमा चेपाङ समुदायको उल्लेख्य उपस्थिति छ । काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, नुवाकोट र धादिङमा मुसलमान समुदायसमेत छन् । ..... यो प्रदेशमा एक काठमाडौं महानगरपालिका र दुई उपमहानगरपालिका (ललितपुर र भरतपुर) सहित ४८ नगरपालिका छन् । सबैभन्दा बढी नगरपालिका काठमाडौंमा (२०) छन् । त्यसपछि भक्तपुरमा ६ र चितवनमा ५ वटा छन् । मकवानपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा २/२ र धादिङमा एकमात्र नगरपालिका छ । यो प्रदेशमा रसुवामात्र नगरपालिका नभएको जिल्ला हो । ...... यो प्रदेशमा १३ वटै जिल्लाका सदरमुकाममा राजधानी काठमाडौंबाट पक्की सडकले छोएको छ । यो बाहेक भर्खरै वनेपा–बर्दिबास वीपी नमुना राजमार्गसमेत सञ्चालनमा आएको छ । काठमाडौं–तराई द्रुतमार्ग र काठमाडौं–हेटौंडा सुरुङमार्गसमेत यहींभित्र पर्छ । .......

मानव विकास सूचकांकमा सबैभन्दा उच्च स्थानमा रहेका १० मध्ये ५ वटा जिल्ला यही प्रदेशमा पर्छन् ।

..... औद्योगिक क्षेत्रसमेत सबैभन्दा बढी ९ सय ७९ यही प्रदेशमा छन् । उपत्यकामा बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रसहित मकवानपुरमा हेटौंडा औद्योगिक क्षेत्रसमेत यही प्रदेशमा छन् । युरोप र अमेरिकाका साथै जापान निर्यात हुने पिउने पानी कारखाना यही प्रदेश (रसुवा) मा पर्छ । ब्रोइलरमा सबैभन्दा बढी लगानी भएको र मेडिकल सिटीका रूपमा परिचित स्थान (चितवन) समेत यहीं छ । ....... मुलुकभरका १९ मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये आधा यही प्रदेशमा पर्छन् । .....

सबैभन्दा बढी ३८ वटा जलविद्युत यसै क्षेत्रमा पर्छन् । निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी, १११ को रसुवागढी, १०२ को मध्यभोटेकोसी यसै प्रदेशमा छन् । झन्डै १२०० मेगावाटको बूढीगण्डकी (४ नम्बर प्रदेशमा पनि पर्ने), १११० को सुनकोसी दोस्रो, ५२६ को सुनकोसी तेस्रो, ६५० को तामाकोसी तेस्रो र २१६ को माथिल्लो त्रिशूली १ यही प्रदेशमा पर्छ । सञ्चालनमा आएका ९२ मेगावाटको कुलेखानी, ६० को खिम्ती र ४५ को भोटेकोसी यही प्रदेशमा छन् ।

........ पर्यटकीय हिसाबले मुलुककै तेस्रो गन्तव्यका रूपमा अघि बढ्दै गएको चितवन निकुञ्ज यसै प्रदेशमा पर्छ । निकुञ्जका सहायक वार्डेन विष्णु थपलियाका अनुसार आर्थिक वर्ष २०७१/७२ मा उक्त निकुञ्जमा झन्डै दुई लाख पर्यटकबाट २५ करोडभन्दा बढी राजस्व जम्मा भएको थियो ।
प्रदेश-२ : स्रोतविहीन समथर
मधेसका ८ जिल्ला समेटेर प्रदेश २ बनाएपछि यहाँ असन्तुष्टि चुलिएको छ । प्रदेश प्राकृतिक स्रोतविहीन बनेको छ । ...... ‘सामथ्र्यको हिसाबले भविष्यमा यो प्रदेश सबैभन्दा पछाडि पर्छ,’ कांग्रेस महासमिति सदस्य राकेश सिंहले भने, ‘बिना चुरेको मधेस कल्पना गर्न सकिँदैन ।’ प्रदेशको माथिल्लो पहाडी भूभागलाई समेत यसमा गाभ्न आवश्यक रहेको उनले औँल्याए । ‘मकवानपुर, सिन्धुली र उदयपुर जिल्लालाई जोडिदिँदा प्राकृतिक स्रोतका साथै समावेशी समाज पनि निर्माण हुनेछ,’ उनले भने, ‘जानकी मन्दिरमा माला र पेँडा बिक्री गरेर प्रदेशको विकास हुँदैन ।’ पहाडी जिल्ला जोड्दा प्रदेश पनि जलविद्युत, वनजंगल, ढुंगागिट्टी जस्ता प्राकृत्तिक स्रोतमा धनी हुन्छ । हाल जलविद्युत्मा शून्य रहेको प्रदेशमा वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर, राजविराज, जनकपुर लगायतका क्षेत्रमा साना—ठूला गरी ८ सय १२ उद्योग सञ्चालनमा छन् । ‘मकवानपुरालाई जोड्दा कुलेखानी जलविद्युत योजना हाम्रो प्रदेशमा पर्छ,’ कान्तिपुरसित उनले भने, ‘चर्को मूल्यमा अर्को प्रदेशसँग बिजुली खरिद गर्नु पर्दैन ।’ ......... दैनिक करिब २० करोड राजस्व संकलन गर्दै आएको मुलुककै ठूलो भन्सार नाका यसै प्रदेशमा पर्छ । ‘भविष्यमा पनि यो भन्सारले यत्तिकै राजस्व संकलन गर्छ भन्ने छैन,’ उनले भने, ‘हालको सिमांंकनमा बाँकी ५ प्रदेशको नाका पनि भारतसित जोडिएको छ, दोहोरो कर तिर्नुभन्दा आफ्नै नाकाबाट सामान भित्र्याउन सक्छन् ।’ यसरी आयातित वस्तुबाट उठेको करबाट धेरै परिमाणमा केन्द्र सरकारबाट रोयल्टी पाउने सम्भावना न्युन बनेको छ । ‘यो सम्भावनालाई मलजल गरेको छ, प्रदेश नम्बर ४ को सिमांकनले,’ मधेस मामिलाका विश्लेषक चन्द्रकिशोरले भने, ‘नवलपरासी जिल्लालाई टुक्र्याएर चराको चुच्चो आकारमा भारतसँग जोडिएको छ ।’ ....... वीरगन्ज चिनी कारखाना लिमिटेड, जनकपुर चुरोट कारखाना, वीरगन्जको कृषि सामग्री कारखाना बन्द भएको वर्षौं बितिसक्यो । ‘पर्सादेखि सप्तरीसम्मका भूभागलाई कृषिको पकेट क्षेत्र मानिए पनि वर्षेनि उत्पादन घट्दो छ,’ चन्द्रकिशोर भन्छन्, ‘यस वर्ष पनि कडा खडेरीको सामना गर्दैछ, यो क्षेत्र ।’ .......

कुल जनसंख्याको ९० प्रतिशत मधेसी छन् । १० प्रतिशत पहाडी समुदाय छन् । मधेसी दलितमध्ये ८० प्रतिशत यही क्षेत्रमा बस्छन् । प्रदेशमा कुल जनसंख्याको ११.५७ प्रतिशत मुस्लिम छन् । सबैभन्दा कम साक्षरता यही प्रदेशमा छ । प्रदेशको औसत साक्षरता दर ४१ प्रतिशत छ । निर्माणाधीन र निर्माण भइसकेका जलविद्युत आयोजना नभएको यो प्रदेशको विकास सूचकांक ०.४२ विन्दु छ । मानव विकास सूचकांकमा ६ नम्बर प्रदेशभन्दा एक विन्दुले मात्र अगाडि छ, यो प्रदेश । ८ जिल्लामा ४८ निर्वाचन क्षेत्र छन् । तीमध्ये २३ क्षेत्र कांग्रेस एक्लैले जितेको छ ।

......

शैक्षिक सूचकांकमा सबैभन्दा पछि परेका मुलुकका १० जिल्लामा ६ वटा यही क्षेत्रमा पर्छन् ।

...... यसले यस प्रदेशमा गरिबीको गहनता तुलनात्मक रूपमा बढिरहेको देखाउँछ । प्रदेशका सबै ८ जिल्ला विकासमा कति पछाडि परेका छन् भनेर जान्न सन् २०१४ को मानव विकास सूचकांकका आधारहरू पर्याप्त छन् । राजधानीबाट मात्र ३ सय किलोमिटरको दूरीमा रहेको मध्यमधेसका महोत्तरी र रौतहट मानव विकास सूचकांकको सबैभन्दा तल्लो विन्दुमा छन् ।

भौगोलिक रूपमा सुगम र राजधानीबाट नजिकको दूरीमा रहेर पनि मानव विकास सूचकांकमा दुर्गम र विकट हुम्ला, कालिकोट र रौतहट, महोत्तरीको अवस्था एउटै छ ।

.......... समग्र तराईको मानव विकास सूचकांक ०.४६८ छ भने पहाडी क्षेत्रको ०.५२० रहेबाटै थाहा हुन्छ, मधेस विकासमा कति पछाडि छ भन्ने । ........ सर्लाही, धनुषा र सप्तरीमा तेली समुदायको बाक्लो बसोबास छ । ..... सीमावर्ती रक्सौल सहरमा भारतका विभिन्न राज्य जोड्ने रेल्वेसेवा उपलब्ध छ । रेलमार्गबाट जोडिएको एकमात्र सुक्खा बन्दरगाहसमेत यही प्रदेशमा परेको छ । ......

यस क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारमा गएका छन् । महोत्तरी र धनुषाबाट वैदेशिक रोजगारमा जानेको संख्या अधिक छ ।

पछिल्लो समय पर्सा र बाराका युवा पनि रोजगारका लागि विदेशिन थालेका छन् । ....... एमाले निकट लोकतान्त्रिक मधेसी संगठनका केन्द्रीय सदस्य मनोज चौधरीका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, चितवन र नवलपरासीको दाउन्नेसम्मको भूभागलाई समेटेर भोजपुरी प्रदेशको स्थापना गर्नुपर्छ । ‘यस विषयमा अन्य जिल्लाका सभासद र राजनीतिक अगुवासँग समेत छलफल भएको छ,’ उनले भने, ‘सुनवाइ नभए आन्दोलन गर्न बाध्य हुन्छौँ ।’ ....... बढी राजनीतिक आन्दोलन हुने क्षेत्र पनि हो यो । २००७ सालमा राणाशासनको विरोधमा भएको आन्दोलनमा तत्कालीन कांग्रेस मुक्ति सेनाले पहिलोपटक वीरगन्ज मुक्त गराएको थियो ।
प्रदेश-१ : धनी प्रदेश
जातीय बनावटका हिसाबले नेपालमा रहेका करिब सबै जाति यो प्रदेशमा छन् । बढी जनसख्या क्षत्रीको छ । यो कुल जनसंख्याको १४.७७ प्रतिशत छ । त्यसपछि राई जातिको जनसंख्या ११.३२ छ । तेस्रो ठूलो जाति पहाडी बाहुन हुन् । उनीहरूको जनसंख्या ११.२ छ । यस्तै चौथो जाति लिम्बुको जनसंख्या ८.०४ छ । यो प्रदेशमा पहाडी दलित ६.११ र मधेसी दलित ३.१३ प्रतिशत छन् । मुस्लिमको जनसंख्या ३.५८ प्रतिशत छ । पहिचान नभएका समूहको जनसंख्या ०.७८ प्रतिशत रहेको छ । .......

रोजगारी खोज्दै वैदेशिक रोजगारीमा जानेहरूको ठूलो संख्या छ । यसले गर्दा पहाडी क्षेत्रका उदयपुरबाहेक सबै जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक अवस्थामा छ ।

...... पहाड र हिमालबाट तराईमा भइरहेको बसाइँ—सराइले दुबै क्षेत्रमा बिभिन्न किसिमका असरहरू देखिएका छन् । पहाडमा खेतबारी बांँझै हुने र कृषि उत्पादन घट्ने, मधेसमा जनघनत्व बढेर धान फल्ने खेतमा घर बनाउने क्रमले कृषि उत्पादन घट्ने देखिएको छ । .......

२०६८ सालको जनगणना अनुसार यो प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या ३ लाख ४२ हजार ६ सय २३ छ । यो संख्या प्रदेशको कुल जनसंख्याको ७.५ प्रतिशत हो ।

...... इलाम सबभन्दा बढी साक्षर भएको जिल्ला हो । जहाँंको साक्षरता प्रतिशत ७८.३ छ । ...... अरुणपूर्वका नौवटा जिल्लालाई लिम्बुवान प्रदेशको माग गरेर लामो समयदेखि आन्दोलनमा रहेको संघीय लिम्बुवान पार्टीले चाहिँ १ नम्बर प्रदेशको भूगोल धेरै भयो भन्ने प्रतिक्रिया दिएको छ । ....... प्राकृतिक स्रोतबाट पूर्वी प्रदेशमा वार्षिक करिब ८७ अर्ब रुपैयाँ उपलब्ध हुने देखिन्छ । पूर्वी प्रदेशले प्राकृतिक स्रोतबाट सबभन्दा बढी फाइदा लिनसक्ने जिल्ला संखुवासभा हो । ......

प्रदेश धनी भए पनि प्राकृतिक स्रोतसाधनको उपयोग हुन नसक्दा प्रदेशका वासिन्दाचाहिँ गरिब नै छन् ।

नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या अर्थात दैनिक १ डलरभन्दा थोरै पैसा कमाउनेको संख्या २५.६ प्रतिशत छ । मानव विकास प्रतिवेदन २०१४ को मानव गरिबी सूचकांकका अनुसार पूर्वी प्रदेशका २८.२१ प्रतिशत बासिन्दा गरिबीको रेखामुनि छन् । यो प्रदेशमा सबभन्दा उच्च जीवनस्तर भएका मानिसहरू झापामा बस्छन् ।

No comments: