Sunday, August 30, 2015

किरात प्रदेशको संघर्षको घोषणा

किरात प्रदेशको संघर्षको घोषणा
२०७२ भदौ १३ गते
संघीय समाजवादी फोरम, नेपाल किरात प्रदेश सचिवालयको बैठक ओखलढुंगाबजारमा भदौ ११ र १२ गते प्रदेश अध्यक्ष राजकुमार राईको अध्यक्षतामा बस्यो । सो बैठकमा किरात प्रदेश इञ्चार्ज एवंम पार्टी उपाध्यक्ष हेमराज राईको समेत उपस्थितिले हाल भइरहेको मधेश र थरुहट आन्दोलनको क्रममा सरकारले गरेको दमन र सेना परिचालनको विरुद्धमा किरात प्रदेश स्तरीय संघर्षको घोषणा गर्दै आन्दोलनमा एक्यबद्धता जनाएको छ । आन्दोलनलाई परिचालन गर्न अध्यक्ष राजकुमार राईको संयोजकत्वमा सदस्य भीम राई, सनबहादुर राई, घनश्याम कटुवाल र देवराज राई रहेको आन्दोलन परिचालन समिति प्रदेशस्तरमा गठन गरिएको छ भने जिल्लास्तरमा पनि आन्दोलन परिचालन समिति बनाउने निर्णय गरेको छ ।
कार्यक्रमहरु
भदौ १५ गतेसम्म पर्चा पोष्टर वितरण गर्ने
भदौ १६ गते जिल्ला सदरमुकाममा जुलूस र कोणसभा
भदौ १७ गते किरात प्रदेशस्तरीय आमहडताल गर्ने
यसै अनुसार सम्बन्धित सबै समिति, नेता तथा कार्यकर्ताहरुले आआफनो क्षेत्रमा सक्रियताकासाथ कार्यक्रम सम्पन्न गर्न गराउनसमेत आन्दोलन परिचालन समितिले अनुरोध गरेको समाचार प्राप्त छ ।

No comments: