Monday, August 31, 2015

In The News (50)

राष्ट्रपतिले अश्लिल गाली गर्दै भने, ‘ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री बन्छ’
राष्ट्रपति रामवरण यादवले केही दिनअघि एक अनलाईनमा छापिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्तरवार्ताको प्रिन्ट कपी मगाए । त्यो अन्तर्वार्तामा ओलीले सुई घोच्ने डाक्टरले राजनीतिक दलका निर्णयमा अनावश्यक टिकाटिप्पणी गर्न नसुहाउने आसयको अभिव्यक्ति दिएका थिए । ...... सो अन्तर्वार्ता पढेपछि यादवले ‘सार्वजनिक रुपमा प्रयोग गर्न नमिल्ने अश्चिल शब्द निकाल्दै

‘मादर …. केपी ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री हुने रहेछ,’

भन्दै शीतल निवासमै रडाको मच्चाएको सुरक्षा स्रोतले जनाएको छ । .......... त्यसको केही दिनपछि भारतीय राजदूतावासले पनि ऋषि धमलामार्फत् त्यो अन्तर्वार्ताको खोजीनीति गरेको थियो । त्यो अन्तर्वार्ता बोकेर हिँडेका कांग्रेस सभासद अमरेशकुमार सिंहले केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन आफू पार्टीको केही नेताहरुको लाइन अनुसार नै हिँडिरहेको बताएका थिए । ...... स्रोतका अनुसार, ओली विरुद्ध राजदूतावासदेखि साउथ ब्लकसम्म कुरा लाउने टिम पनि शीतलनिवासबाटै परिचालन गरिएको छ । एमाले अध्यक्ष ओलीसँग यादव रुष्ट हुनुको कारण भने त्यो अन्तवार्ता अघिकै घटना हो । ...... खासमा कांग्रेससँग सरकारमा जाने बेलामा एमाले कांग्रेसबीच भएको सात बुँदे सहमतिमा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने उल्लेख्य गराएको थियो । त्यहीँदेखि राष्ट्रपति एमाले र ओलीविरुद्ध नियोजित रुपमा विभिन्न समूह उचाल्ने पछार्ने खेलमा लागेका हुन् ।


आरपारको लडाई लड्ने संकेतमा जनकपुर,गाउ गाउबाट आन्दोलनकारीहरु बढदै
मधेशमा जारी लामो संघर्षमा गाउ गाउबाट आन्दोलनकारीहरु जनकपुर आउन थालेको छ । लामो समय देखि वन्द रहदा पनि सरकारले वहिरो जस्तो बसेपछि जनकपुरमा आरपारको लडाई लडनका लागि जनसमर्थन बढन थालेको छ । .... आइतवार मात्रै जनकपुर आसपास क्षेत्रका गाविसहरुका जनताले समर्थन जनाउदै जनकपुरमा आन्दोलन गरिराखेका संयुक्त मधेशी मोचा र संयुक्त लोकतानित्रक मधेशी मोर्चालाई मार्च पास दिएको छ । ..... जनकपुर नजिक रहेको कुर्था गाविसले मधेश जनआन्दोलन संघर्ष समिति गठन गरेर मोर्चालाई आन्दोलनमा साथ दिने भएको छ भने कनकपटी गाविसका युवाहरुले मधेशी समाज नामक समिति गठन गरि जनकपुरमा आइतवार विशाल जुलुस प्रर्दशन गरेको छ । ...... यता आन्दोलनमा जनसमर्थन बढन लागेपछि आन्दोलन हिंसक हुने अनुमान लगाउन थालिएको छ । प्रशासनले आन्दोलनमा जनलहर बढेको देखेपछि प्रहरीको संखया बढाएको छ भने प्रतयेक दिन एकचोटी जनकपुर नगरमा सेनाले पनि गस्ती गरेको देखिएको छ ।


रौतहटमा सयौं राउण्ड गोली चल्यो, ३० जना प्रर्दशनकारी घाईते एम्बुलेन्स समेत जलाईयो
रौतहटको सदरमुकाम गौरमा प्रहरी र प्रदर्शनकारी बिच मmडप हुदा १ जना सुरक्षाकर्मी सहित ३१ जना प्रर्दशनकारी घाइते भएका छन भने स्थानिय प्रसाशनले दिउसो साढे चार बजे देखि बिहान ५ बजे सम्म गौर नगरपालिका क्षेत्र भित्र कर्फयु लगाएको छ । ...... उग्र प्रदर्शनलाइ नियन्त्रण गर्न

प्रहरीले करीब दुई सय राउण्ड अश्रु ग्यास र सयौं राउण्ड रबर गोली र मेटल गोली चलाएको

स्थानियले बताएका छन् । ....... झडप पश्चात प्रदर्शनकारीले गौरको अदालत चौक र विपी चौकलाई रणभुमीमा परिणत गरीएको थियो । ..... प्रहरीहरु संयमित तरीकाले कार्यालय हाता भित्र बसी रहदा एक्कासि प्रर्दशनकारीहरु द्धारा ढुङ्गा मुढा प्रहार भएपछि शान्तिसुरक्षा कायम गर्न बाध्यताबस बल प्रयोग गर्नु परेको प्रजिअ भुजेलले जानकारी दिनुभयो । ...... यता कर्फयु लगाईए पश्चात उग्र झडप साम्य भए पनि सर्पको टोकाईबाट घाईते एक सर्व साधारण लाई प्रहरीले बिना कसुर बाटोमा घेरा हालि निर्मम तरीकाले कुटे पछि शान्त भएको झडप पुन शुरु भएको थियो । दोबारा शुरु भएको भडप समाचार तयार पार्दा सम्म जारी रहेको छ भने प्रर्दशन कारीले बन्दको अवज्ञा गर्दै एउटा एम्बुलेन्स जलाएका छन ।
देश हाक्ने आश्वसान बाड्दै देश दौडाहामा दर्शन रौनियार
नेपालमा राजनीतीले गती लिन नसकेपछी देशलाई राजनीती निकास दिने उद्धेश्यका साथ उनी देश तथा विदेशका युवाहरु माझ पुगिरहेका छन । ...... अमेरीका बस्दै आएका रौनियार नेपालमा भुकम्प गएपछी उद्धारका लागी खटिए । देशको विकास गर्नका लागी राजनीतीक परिवर्तन आवश्यक रहेको भन्दै उनी खाडी मुलुक यूएई हुदै कतार आईपुगेका थिए । विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरकिाको शक्तिशालाी राजनीतीक पार्टी कंग्रेसबाट पहिलो नेपालीको रुपमा सिनेटमा पुगेका उनले अमेरिकाको ह्वाईटहाउसबाट नेपाललाई चिनाउने प्रयास गरेको बताउछन । परिवर्तनका लागी अभियान भन्ने नाराका साथ विभिन्न देशको भ्रमणमा निक्लेका उनी ४० देश घुमिसकेका छन । ...... आफु नजन्मदै बुबा गुमाएका उनी जग्गा बेचेको पन्ध्र सय डलर लिएर पढ्का लागी अमेरिका छिरेका थिए । अमेरिका पुगेर भाडा माझ्ने काम समेत गरेका उनले तल्लो तहबाट निर्वाचीत हुदै ह्वाईटहाउस सम्म पुग्ने पहिलो नेपाली रहेको बताउछन । अहिले सिनेटमा धेरै नेपालीहरु अघी बढीरहेका छन उनी भन्छन । ..... नेपालको राजनीती अवस्थाको बारेमा स्पष्ट पार्दै उनले भने ‘दुई महिना देखी नेपालका राहातको लागी दुर्गम गाउसम्म पुगें , नेपालका २ सय वटा कलेज र युवाहरुका संघसंस्थाहरुमा पुगें , जनताहरु निराष छन , देश बचाउनका लागी दुरदृष्टि भएको नेताको खाचो छ भन्छन ’ । नेपालका सबै राजनीती दलका नेताहरुसँग भेटेको बताउने उनले नेपालभन्दा बाहिर बसेर त्यहाँको रिती र संविधान बुझेको दुरदृष्टी नेताको खाचो रहेको भन्छन । ‘ नेपालमा राजनीतीको व्यपार भएको छ आजकल एनजिओले समेत व्यपार थालेका रहेछन । अमेरिकाको संविधान २ पानाको छ । संविधान आएमा मात्र देशको विकास हुन्छ भन्ने होईन । त्यहाँ जिवन , स्वतन्त्रता र खुसीयाली जस्ता तिन कुराहरु छन । त्यो समयानुसार परिवर्तन भएको छ । त्यसैले नेपालको विकासका लागी सबैभन्दा पहिला राजनीतीक निकास चाहिन्छ । नेपाललाई विकास र राजनीती निकासको गती दिन म तयार छु । ’, उनी भन्छन । देशलाई नेतृत्व दिन तयार रहेको बताउदै नेपालले सुनको कचौरामा भिक मागिरहेको उनको अनुमान छ । ...... नेपालमा राजनीतीक पार्टी र नेताहरुको विकास भएतापनी जनताको विकास नभएको उनको बुझाई छ । परिवर्तका लागी अभियानले देशको विकास खोजेको छ त्यसलाई पुर्णता दिन सबैभन्दा महत्वपुर्ण नेपालीलाई शिक्षा दिनुपर्ने बताउछन । ...... अन्य विकसित देशलाई बुझेका व्यक्तिहरुले मात्र अहिलेको अवस्थालाई परिवर्तन गर्न सक्ने उनले अन्र्तक्रिया कार्यक्रममा बताए । परिवर्तका लागी अभियानको बच्चा जन्मने वित्तिकै नागरिकता , ५ बर्ष सम्म निशुल्क स्वास्थ्य , २० बर्ष सम्म निशुल्क शिक्षा र २० देखी ४० बर्ष सम्मका युवाहरुलार्य देशको विकासमा लगाउनु पर्ने पहिलो प्राथमिकतामा रहेको बताउछन । ‘हामी सबै नेपालीमा देशभक्ती छैन । हामी एनआरएन हैनौ । हामी त एआरए हौ । त्यसैले यो पुस्ताले देशमो जिम्मेवारी लिनुपर्छ ’, उनी भन्छन । ........ आफुले अभियानको क्रममा धेरै युवाहरुलाई प्रत्यक्ष भेटेको बताउदै

नयाँ पार्टी खोलेर अघाडी बढ्न प्रेरणा मिलेको

उनी भन्छन । अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुको जिज्ञाषा मेटाउदै उनले भने ‘ देशको विकासका लागी संविधान चाहिन्छ भन्ने वाहाना मात्रै हो । संविधान ठुलो कुरा हैन त्यसलाई ४ घण्टामा तयार गर्न सकिन्छ ।

भष्ट्रचार हुने अरबौ रकम निशुल्क स्वास्थ्य र शिक्षामा लगाउन सकिन्छ । दिल्लीमा केजरीवालले गर्न सक्छन भने नेपालमा हामी गर्न किन सक्दैनौ ? ’



No comments: