Wednesday, August 05, 2015

In The News (5)

प्रमुख दलहरुबीच ६ प्रदेशमा कुरा मिल्यो, कहाँ-कहाँ बन्ने भयो नयाँ प्रदेश?
भेरी, कर्णाली, सेती, महाकाली गरी मध्य र सुदूर पश्चिमका ४ अन्चलको एउटा प्रदेश बन्यो । मकवानपुर र चितवन ताम्सालिंगमा गएर नेवा: अर्थात उपत्यकासंग जोडियो । मेची,कोशी लिम्बुवान,कोचिला या किराँतमा मिसमास भए । सप्तरी,रौतहट,बारा,पर्सा,जनकपुर वीचको एक भागमा मधेस प्रदेश हुने भयो । नवलपरासीपश्चिम कैलालीसम्म थरुहटको लामो एरिया रह्यो । कैलाली आधा र कन्चनपुर पहाडमा गयो । तमुवान र मगराँत एक भए । सबैतिर हिमाल,पहाड़,तराई चिरियो । धर्म निरपेक्षताको ब्याख्या गरियो,नागरिकतामा आम वा बा भनिने भो । भदौ १० सम्म नयाँ सरकार पनि आउने । कंग्रेस प्रतिपक्षमा बस्ने खतरा देखियो
विवादित विषयको टुङ्गो लगाउने प्रयास असफल
प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुबीच नयाँ संविधानका अधिक चासोका विषय बुधबार नै टुङ्ग्याउने लक्ष्यका साथ भएको बैठक बिहीबारसम्म लम्बिएको छ ।
सीमांकनको सत्ता स्वार्थ
समाचार टिप्पणी
प्रधानमन्त्री सुशील कोइरालाले आइतबार उद्योगी, व्यवसायीसँगको भेटमा भने, ‘हामी संघीयताको सीमांकन पनि टुंग्याएर पूर्ण संविधान जारी गर्नुपर्छ भन्नेमा छौं । तर, एमालेका कारण त्यसो हुन सकिरहेको छैन । मैले संविधान बनेपछि सत्ता छाड्छु भनेको हुँ । तर,

कसैलाई सत्ता दिनकै लागि जस्तो पायो त्यस्तो संविधानमा सम्झौता गर्दिनँ

।’ ..... जेठ २५ गते भएको १६ बुँदे सहमतिमा आयोग बनाएर ६ महिनाभित्र उसले दिने सुझावका आधारमा प्रदेशको सीमांकन गरिने उल्लेख छ । तर, साउनभित्रै संविधान जारी गर्ने प्रतिबद्धता जनाएका दलहरू मिति नजिकिँदै जाँदा सीमांकनमा जोड दिइरहेका छन्, यसमा सत्ता स्वार्थ जोडिएको छ । ...... मस्यौदाको संक्रमणकालीन व्यवस्थाअनुसार संविधान जारी भएको एक साताभित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख–उपसभामुख र एक महिनाभित्र राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन हुनेछ । कोइराला सरकार निर्माण गर्दा कांग्रेससँग संविधान जारीपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएको एमालेको दाबी छ । राजनीतिक समीकरणले साथ देला, नदेला तर एमाले अध्यक्ष

केपी शर्मा ओली साउनभित्रै संविधान जारी गरेर भदौ पहिलो साताभित्र प्रधानमन्त्री बन्न आतुर छन्

। जति समय घर्किंदै जान्छ, आफ्नो सत्तारोहण त्यति अनिश्चित बन्ने उनको बुझाइ छ । त्यही कारण उनले मस्यौदाका त्रुटि सच्याएर र छुटेका केही विषय समेटेर १६ बुँदे सहमतिअनुसार यथाशीघ्र संविधान जारी गर्नुपर्ने बताउँदै आएका छन् । १६ बुँदेबाट यताउता गर्न खोजे संविधान नै नबन्ने खतरा रहेको उनको भनाइ छ । .....

कांग्रेस सभापतिसमेत रहेका कोइराला पार्टीको आसन्न महाधिवेशनसम्म सत्ता नछाड्ने उपायको खोजीमा छन्, जुन सीमांकनको विषय हुन सक्ने उनको बुझाइ छ ।

...... अर्को एक कार्यकाल सभापतिमा निर्वाचित भएर आफूअनुकूललाई पार्टीको कमान्ड सुम्पने ध्याउन्नमा छन् कोइराला । साउनभित्रै संविधान जारी भए भदौभित्र नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने छ, यस्तोमा राष्ट्रपतिको चाहना राखे पार्टी कमान्ड र सभापतिको चाहना राखे राष्ट्रपति गुमाउनुपर्नेछ उनले । संविधान निर्माण पर सरे मात्र पहिले सभापति बन्ने र पछि पार्टी कमान्ड आफूअनुकूललाई सुम्पेर राष्ट्रपति बन्ने दुवै चाहना पूरा हुन सक्छ, कोइरालाको । ...... दाहालसँग उताको चासोबारे ‘ब्रिफिङ’ लिएका देउवाले त दिल्ली प्रस्थान गर्ने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमै भनिदिए, ‘सीमांकन टुंग्याएरै संविधान जारी गरिन्छ ।’ ....... एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईको संविधान निर्माणका सम्बन्धमा केही समययता देखिएको ‘क्रान्तिकारीपन’ पनि रहस्यमयी छ । आफ्नै पार्टीले गरेको १६ बुँदे सहमतिअनुरूप, आफ्नै नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमतिबाट अनुमोदन भएको मस्यौदा प्रतिकूल अन्तक्र्रिया र बहसमा उत्रिएका छन्, उनी । भट्टराईले भन्न थालेका छन्, ‘बन्न लागेको संविधानमा हस्ताक्षर गर्नु मृत्युपत्रमा हस्ताक्षर गरेझैं हुन्छ ।’ संवाद समितिको सभापतिको हिसाबले असन्तुष्ट समूहलाई पनि सहमतिमा ल्याउने जिम्मा पाएका भट्टराईले आदिवासी, जनजातिको भेलामा त सीमांकन र पहिचानसहितको संघीयताका सम्बन्धमा भनिदिए, ‘तपाईंहरू एक लाख जनता सडकमा उतार्नुस्, म त्यसको नेतृत्व गर्छु ।’ बेलाबखत ‘नयाँ शक्ति’ निर्माणको चर्चा गर्ने भट्टराईका पछिल्ला अभ्यास त्यसैको तयारीअनुरूपको बौद्धिक विलास हो वा ती मुद्दा संविधानमा स्थापित गर्न पार्टीभित्रबाट फरक मतसहित उभिनेछन्, त्यो हेर्न बाँकी नै छ ।
महेश बस्नेतको खुलासाः यसकारण ‘चरी’लाई युथफोर्स प्रवेश गराएँ
बस्नेतले खोले डनहरुसँगको रहस्य
आफूसँग नाम जोडिएका डनहरुको बारेमा पनि उनले पुस्तकमा खुलाएका छन् । गत वर्ष प्रहरी इन्काउन्टर मारिएका डन दिनेश अधिकारी ‘चरी’ लाई बाईसिएलको आतंकविरुद्द प्रयोग गर्न पार्टीमा भित्राएको उनले उल्लेख गरेका छन् । अखिल नेता ऐन महरले चरीलाई भित्राउने बारेमा प्रस्ताव ल्याएको उल्लेख गरेका छन् । ‘तपाईंले एउटा मौका दिनूस् दाइ, हामी सुध्रिएर देखाउँछौं’ भनेपछि आफूले युथफोर्समा प्रवेश गराएको बस्नेतले आफ्नो पुस्तकमा लेखेका छन् । बुटवल अधिवेशन चलिरहेका बेला एक व्यक्तिलाई गोली हानेर चरीले बस्नेतलाई फोन गरेका थिए । चरीसँगको सम्बन्धका बारेमा उनले आफ्नो किताबमा लामो लेख लेखेका छन्
मस्यौदा : नयाँ बोतलमा पुरानै रक्सी : अशोक राई
अन्तरिम संविधानले दिएको अधिकार भन्दा बाहिर गएर ४ दलको मानोमानीमा संविधा जारी हुन लागेको र उक्त संविधान विधान बिआदिवासी÷जनजाति,मधेशी,मुस्लिम,महिला, दलित तथा उत्पिंडित र पछि पारिएका वर्गहरुको बिरुद्धमा आउन लागेकोले आफूहरुले यो आन्दोलन गर्नु परेको बताए । ..... राईले भने–

‘भूकम्प र बाढी पैरोले देश शोकमा डुबेको बेला अनि बर्खाको समयमा सारा नेपालीहरु खेतीपातीमा व्यस्त भएको समयमा जारी हुन लागेको संविधानको अर्थ के ?

त्यसैले हतारमा ल्याउन लागिएको संविधान निश्चित दलका सिमित नेताहरुको मात्र हो जनताको होईन । त्यसैले अहिले आन्दोलन गरेर सबैको अधिकार सुनिश्चित गर्नुको बिकल्प छैन । ’

No comments: