Saturday, August 29, 2015

In The News (42)

लिम्बुवान नेताहरुले भने, ‘सरकारले अधिकार नदिए आफै खोस्न लिम्बुहरुले जानेका छन्’
मुलुकमा आन्दोलनको आँधीबेरी ल्याउने लिम्बुवानका नेताहरुले चेतावनी दिएका छन् । .... कार्यक्रममा बोल्दै संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले लिम्बुवान प्राप्तीको लागि जस्तोसुकै बलिदान दिन तयार रहेको बताए । ..... पूर्वको केन्द्र इटहरीबाट लिम्बुवानले आन्दोलनको बिगुल फुकिएको र आन्दोलनकै आदिबेरीले सिंहदरबारमा बसेका जिम्मेवार राजनीतिकदलहरुलाई हल्लाउने


अखण्ड भनेर प्रचण्डले भनेको भएपनि त्यो संघीयता विरोधी होः शर्मा
प्रदेशको संख्या र सीमांकनमा परिवर्तन हुँदैनः लेखक
एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बाबुराम भट्टराईले ४० बुादे माग पत्र बुझाउँदा नमानेर मुलुक जनयूद्धमा भएको उल्लेख गर्दै थारुहरुको माग नसुन्दा भोली अझै खतरनाक अवस्था आउने आशंका ब्यक्त गरेका छन् ।
सात प्रदेश र सीमांकनमा कुनै हेरफेर हुँदैनः ज्ञवाली
नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले सात प्रदेश र सीमांकनमा कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् । उनले त्यसमा धेरै संकट आएसीमांकन विनाको ८ प्रदेशमा जाने चार दलको १६ बुँदे सम्झौतामा नै फर्किने स्पष्ट पारे । ...... ज्ञावलीले थरुहट राज्य दिए पनि राना थारु र डगौरा थारुहरुवीच नै द्धन्द हुने दावी गर्दै जति प्रदेश दिए पनि समस्याको समाधान नहुने बताए । ..... नाईजेरियामा ३ बाट ३६ प्रदेश भईसक्यो अब ५० प्रदेशको कुरा आईरहेको छ । भारतमा पनि २९ वटा प्रदेश बनिसक्यो । प्रदेश धेरै बनाएर समस्याको समाधान हुँदैन । .... उनले भुकम्पको बेलामा तत्कालै सेना परिचालन गर्दा राष्ट्रपतिले केही नबोल्ने तर अहिले देशमा दंगा हुँदा ऐन अनुसार सेना परिचालन हुँदा राष्ट्रपतिले असन्तुष्टि जनाउनु गमलत भएको बताए । .... डा. सुन्दरमणी दिक्षितले सीमांकनसहितको संविधान जारी गर्दा अहिले द्धन्द बढ्ने भन्दै सीमांकनको कुरा थाति राख्दै आयोगको जिम्मा दिएर संविधान जारी गर्नु पर्ने बताए ।
संविधान जारी हुने बेलामा माओवादी मोर्चाद्वारा संविधानसभा विघटनको माग
आन्दोलनकारीविरुद्व सरकार दमनमा उत्रेको आरोप
कफ्र्यु र सेना परिचालन गरेर जबरजस्ती रुपमा तीन दलका नेताहरु संविधान बनाउन जिद्दी गरिरहेका छन्
सकिने सीमासम्म असन्तुष्टहरुको माग सम्बोधन गरौं : आचार्य
दमन र प्रतिशोधबाट समस्या समाधान हुँदैन : महरा
शुक्रबारसम्म करिब ३२५ सभासद्ले आआफ्ना सुझाव प्रस्तुत गरिसकेका छन् । ...... कैलालीको घटना राजनीतिक घटना हो यसको आडमा कुनै तत्वले खेल्न खोजे पनि यसको सम्बोधन राजनीतिक तवरमा गर्नुपर्छ तर दमन र प्रतिशोधबाट नहुने बताए । ..... यो मस्यौदामा व्यापक परिवर्तन नगरी यो मुलुक बचाउन र जनताका आवाज सुनिश्चित हुन सक्दैन भन्दै उनले यो संविधान निर्माणमा जुन बाटो अपनाइरहेका छौँ त्यसमा

राजा, देवताको पनि आवश्यकता हुन सक्छ

तर त्यसमा जान सकिरहेका छैनौँ भने ।
दलितका मागबारे चार दलमा छलफल हुने
अहिलेको अवस्थामा आन्दोलनभन्दा पनि सहमति आवश्यकः प्रधानमन्त्री
नयाँ संविधानमा दलित–दलितबीच प्रतिस्पर्धा हुने छुट्टै निर्वाचन क्षेत्र तोकिनुपर्ने ..... दलित आन्दोलनका अगुवा नेताहरू मानबहादुर विश्वकर्मा, छविलाल विश्वकर्मा, विश्वभक्त दुलाल र पर्शुराम रम्तेल ...... पहिलो र दोस्रो संविधानसभाबाट पारित दलित समुदायको अधिकारलाई संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएको
सात नेता र मानवाधिकारकर्मीलाई खेद्न लेखीको आह्वान
थारु आन्दोलनको स्वरुप परिवर्तन हुने .... शुसील कोइराला, केपी ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, भीम रावल, लेखराज भट्ट, शेरबहादुर देउवालाई खेद्न भनेका हुन्। .... कर्फ्यु लागेको समयमा थारुहरुको घर जलाउँदा मानवअधिकारकर्मीले वास्ता नगरेको ..... ‘कोही मानवाधिकरकर्मी हुँ भनेर खुलेआम हिड्छ भने कठालो समातौं,' उनले भने, ‘दुई हप्तासम्म कहाँ रक्सी खाएर लडेको थिइस्, डलर पचाउने संस्था बन्द गर् भनेर भन्नुहोस्।’ .....

लेखीले भोलिदेखि नै आन्दोलनको स्वरुप परिवर्तन हुने र गाविसहरुबाट विद्रोहको बिगुल फुक्ने बताए। ‘प्रत्येक गाविस, नगरपालिका, शहरबाट अब आन्दोलन सुरु हुन्छ, शहरमुखी मात्र हुने छैन,’

उनले भने। ....... तराईमा चार प्रदेश हुनुपर्ने ..... अबको वार्ता तराइमै हुनुपर्ने .... वार्ताको लागि संविधान सभाका सभासद्हरुपनि तराई आउनुपर्ने ..... वार्ताअघि पक्राउ परेका कार्यकर्ता छाड्नुपर्ने, सेना र कर्फ्यु हटाउनुपर्ने .... टीकापुर घटनामा कति स्थानीयलाई गोली लाग्यो भन्ने सत्यतथ्य बाहिर नआएको .... ‘टीकापुरको विषयमा जे जस्तो समाचार निरन्तर आइरहेको छ, त्यो सही छैन,’ उनले भने, ‘कसैको इशारामा पूर्वाग्राही समाचार लेखेर आफ्नो पेशालाई बद्नाम नगराउनुहोस्।’




प्रधानमन्त्रीले भने-अमरेशलाई कारबाही हुन्छ
सुशील कोइरालाले पार्टी नीति बिरुद्ध गई सामाजिक सद्भाव भडाउने अभिव्यक्ति दिएका सभासद् अमरेशकुमार सिंहलाई कारबाही हुने बताएका छन्। ..... 'तपाईहरू ढुक्क हुनुहोस् त्यस्तोलाई कारवाही हुन्छ' ..... 'तपाईहरुले भन्नु अघि नै मैले कारवाही प्रकृया अघि बढाईसके को छु ।' पाहडीया र मधेशीबीचको सामाजिक सदभाव खल्बलाउने अभिव्यक्ति दिदै आएका सिंहमाथि कारवाही नभएको भन्दै सभासद्हरुले नेतृत्वको चर्को आलोचना गरेका थिए। ..... छलफलमा बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि थिए।


टीकापुरमा १७ घरमा तोडफोड र आगजनी, त्रास कायमै
टीकापुरमा एसएसपी सहितको सात सुरक्षाकर्मीको हत्यामा संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना गिरफ्तार गरिएका छन् । फोरम लोकतान्त्रिकका कैलाली ३ नं क्षेत्रीय अध्यक्ष ४४ वर्षका रामप्रसाद चौधरी, जोशीपुर४ का ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्कबहादुर चौधरी, दरख६ नारायणपुरका १७ बर्षीय रामजनम चौधरी, मनुवा१ का २० बर्षीय रामकुमार कठरिया, २७ बर्षीय सुन्दरलाल कठरिया, २० बर्षीय दिलबहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया, मनुवा४ का २२ बर्षीय हरिनारायण चौधरी तथा भजनी५ का ४१ बर्षीय प्रेमबहादुर चौधरी पक्राउ गरिएको नेपाल प्रहरीेले जनाएको छ । ...... रामजनम चौधरी, खडकबहादुर चौधरी तथा सुन्दरलाल चौधरीलाई आवश्यक सोधपुछ पछि खोजी गरेको बेला हाजिर हुने गरी आफन्तको जिम्मा लगाएर छाडिएको जिप्रका कैलालीले जनाएको छ । गिरफ्तार गरिउकालाई यातना दिने काम भएको थरुहट संयुक्त संघर्ष समितिले जनाएको छ । ..... प्रहरीको गस्ती टोलीले टीकापुर नगरपालिका आसपासको दुर्गौली, मुनुवा, जोशीपुर, धनसिंहपुर, प्रतापुर, पथरैया, बौनियालगायत गाविसस्थित थारू वस्तीमा गस्ती बढाएको हो । स्थानीयबासीहरुका अनुसार प्रहरीको गस्ती टोलीले थारू युवहरुलाई अनुसन्धानको नाममा धमाधम पक्राउ गर्न थालेपछि त्रासमय अवस्था रहेको ......

त्रासले हाल थारू युवाहरु गाउँ छोड्न बाध्य छन् ।

..... केन्द्रमा के भइरहेको छ भनेर समाचार सुन्न कैलालीबासी थारु तथा कैलालीमा के भइरहेको छ, सुन्न पुरै देशका थारुहरु आतुर छन् । ..... थारुहरुले आतंक मचाएको एकतर्फी समाचार आइरहेको छ ।


मधेसी मोर्चाको बन्दबाट पूर्वमा मात्रै ५० अर्बको नोक्सानी
पर्साको बहुवरी गाँउमा सस्शत्र प्रहरीको जादती आन्दोलन र्चकाउने प्रहरीको प्रयास
वीरगञ्ज १२ भदौ स्थानीय प्रशासनले पर्सा विभिन्न स्थानमा घोषणा गरेको निषेधित क्षेत्रमा गएराति पनि मधेशी दलका कार्यकर्ताहरुले निषेधाज्ञाको उल्लंघन गर्न अगाडीनै सयैको संख्यामा सस्शत्र प्रहरी बलले गाँउमा छिरी गाँउले महिला तथा पुरुस माथी जादती गर्न थालेका छन । शुक्रबार राती वीरगन्जको बहुवरी गाँउमा ११ बजेको सम्यमा सस्शत्र प्रहरीबलले गाँउमा छिरेर प्रतेक गाउलेको घरको ढोक झालमा लाताले हान्दै अस्लील गाली दिदै गाँउलाई नै आतकीत बनाएको बहुवरी गाउका नरेस महतोले बतएका छन । एता पर्सा प्रहरीले शान्तिपुर्ण पर्सामा भईरहेका आन्दोलनेमा आन्दोलन कारी कार्यकर्ताहरु लाई फोनगरी धम्काउने जस्ता काम पर्सा प्रहरीले आन्दोलनलाई उग्रहबनाउने काम गरिरहेको गुनासो छपकैया निवारी मुस्तुफा ले बताएका छन ।


गृह मन्त्रीले राजिनामा नदिए सम्म वार्ता हुदैन , नेता कर्ण
सुशील, केपी र प्रचण्डलगायतलाई भौतिक कारबाही गर्ने चेतावनी (भिडियो)
शनिवार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखीले भने, 'अधिकार प्राप्तीको लागि जारी थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला लगायत शीर्ष नेताहरु लागि परेको आरोप लगाउँदै तरार्इ र थारुहटका गाउँमा आए उनीहरुलाई भौतिक कारबाही हुनसक्छ।' ...... लेखीले प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहाललाई भौतिक कार्वाहि गर्ने चेतावनी दिरहदा काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङ र एमाओवादीका नेता सन्तोष थारु पत्रकार सम्मेलनमै हाँसिरहेका थिए। ...... तराईका २२ जिल्लामा चार प्रदेश निर्माण गर्नु पर्ने


टीकापुर घटना : त्रासले रित्तिँदै गाउँ
हिंसात्मक घटनापछिटीकापुर र आसपासका गाउँमा करिब एक सातादेखि २४ घण्टे कफ्र्यु छ। सुरक्षाका लागि सरकारले नेपाली सेनासमेत परिचालन गरेको छ। यद्यपि असुरक्षित महसुस गर्दै स्थानीयले घर छाडेपछि गाउँ खाली भएका छन्। महिला र बालबालिका मात्रै गाउँमा भेटिन्छन्। ..... त्रास कतिसम्म भने नयाँ अनुहार देख्नासाथ स्थानीय नजिकै पर्न चाहँदैनन्। .... ‘अहिले एकअर्को समुदायलाई देखेर डराउने अवस्था छ। त्यसैले गाउँ युवाविहीन छन्।’ ..... दुवै समुदाय लम्की, धनगढी, बर्दियाको राजापुरलगायतका आफन्त र छिमेकीका घरमा गएका छन्। टीकापुर आसपासका जोशीपुर, मनिकापुर, कञ्चनपुर, मुनुवा, दुर्गौलीलगायतका युवाले गाउँ छाडेपछि महिला, वृद्ध र बालबालिका मात्रै बाँकी छन्। ..... स्थानीय प्रशासनले सुरक्षाको अनुभूति गराउन सक्ने हो भने घर छोड्ने रहर कसैलाई छैन,’ स्थानीय गिरिराज चौधरीले भने, ‘घटनाको निष्पक्ष छानबिन गरी समस्या समाधान गर्न आवश्यक छ।’ .... घटनापछि गाईभैंसीका लागि घाँस काट्नसमेत जानसक्ने अवस्था नरहेको कञ्चनपुर गाउँका दिलु चौधरीको गुनासो छ। ..... सेना, प्रहरी र सशस्त्र प्रहरीले टीकापुर नगरपालिकासहित आसपासका क्षेत्रमा चौबीसै घण्टा गस्ती गरिरहेका छन्। .... केही महिला तथा बालबालिका कान्तिपुर संवाददातालाई देखेर भाग्न खोजिरहेका थिए।
भयको भुमरी
आक्रोशको सिकार सर्वसाधारण थारूहरू भए । उनीहरूलाई पिट्नेदेखि घर–पसल जलाउने, तोडफोड गर्ने घटना कफ्र्युबीच पनि भइरह्यो, नेपाली सेना नउत्रिँदासम्म । ..... यसले पहाडी मूलका बासिन्दा र थारू समुदायबीच विभाजन गराउँदै लगेको छ । ‘अहिलेको सबभन्दा ठूलो चिन्ता भनेकै दुई समुदायबीच फेरि साम्प्रदायिक दंगा नहोस् भन्ने हो,’ टीकापुरमा खटिएका एक सुरक्षा अधिकारीले बताए । ...... जलाइएको एउटा रेडियो स्टेसनबाट दुई दिनपछि पनि धूवाँ आइरहेको छ, निभाउन कोही गएको छैन । तोडफोड गरिएको घरमा पस्ने आँट कसैले गरेको छैन । ध्वस्त पारिएका सवारी साधन, कम्प्युटर, टीभी र अरू सामग्रीका जल्न बाँकी अवशेष सडकमै असरल्ल छन् । ..... वर्षौंदेखि मिलेर बसेका दुई समुदायका छिमेकीहरूसमेत एकअर्कासँग तर्सने अवस्थामा छन् । थारू समुदायका धेरै युवा त भागीभागी हिँडेका छन् । ..... आम मानिस मात्र होइन, सुरक्षाकर्मीको सन्त्रास पनि उस्तै छ । आफ्ना कमान्डर नै गुमाएपछिको पीडाबाट नेपाल प्रहरी गुज्रिरहेको छ । एसएसपी मारिन लाग्दा सशस्त्र प्रहरीले सघाएन भन्ने चित्त दुखाइ उनीहरू खुलेरै प्रकट गर्छन् । सोमबारको झडपका क्रममा प्रहरीले गुमाएका चार हतियार र वाकीटाकीहरू अझै फेला परेका छैनन् । नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल भुवन सत्यालको कमान्डमा करिब चार सय सैनिक यहाँ तैनाथ गरिएपछि चाहिँ प्रहरीलाई ठूलो ढाडस मिलेको छ । ..... दाङदेखि ‘नयाँ मुलुक’ भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई मिलाएर थारू समुदायको पहिचानमा आधारित थरुहट वा थारूवान प्रदेश बनाइनुपर्ने मुद्दा माओवादीले द्वन्द्वकै बेला उठाएका थिए । ..... यी सबैले गर्दा थारू समुदायका युवाहरू ‘जनयुद्ध’ भर्तीकेन्द्रको मुख्य स्रोत बन्न पुगे । तर, अपेक्षा जे थियो, त्यो माओवादीले पूरा गरेनन् । बरु कैलालीकै मुख्य माओवादी नेता लेखराज भट्टले ‘अखण्ड सुदूरपश्चिम’को नारा दिन थाले । ..... अन्य दलका थारू नेता–कार्यकर्ता थारूवानका पक्षमा उभिए भने पहाडी मूलकाले ‘अखण्ड सुदूरपश्चिम’को वकालत गर्न थाले । कांग्रेस वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वयं ‘अखण्ड’का संरक्षक बनिदिएपछि त्यसले केन्द्रीय ओज पनि पायो । ..... माओवादीका उपल्ला थारू नेता लक्ष्मण थारू अन्तत: पार्टीबाट बाहिरिए र विभिन्न दल हुँदै अहिले फोरम लोकतान्त्रिकमा छन् ..... पूर्वकांग्रेस नेता रामजनम चौधरी पनि फोरम लोकतान्त्रिककै महासचिव बनेर संविधानसभामा पुगेका छन् । पूर्व सुनसरीका विजय गच्छदार नेतृत्वको

फोरम लोकतान्त्रिकलाई कैलालीका राम र लक्ष्मणको साथले पश्चिम तराईको थारू समुदायभित्र पुर्‍याएको छ ।

दोस्रो संविधानसभा निर्वाचनमा यो पार्टीले कैलालीका दुई क्षेत्र (१ र ३) पनि जितेको छ, जसले स्थानीय राजनीतिमा महत्त्वपूर्ण हैसियत राख्छ । ..... ‘लक्ष्मणको एजेन्डा थियो थरुहट, उनको समूह नै फोरममा गएपछि हाम्रो एजेन्डा उठाउने माओवादी होइन फोरम नै हो भन्ने भयो । अनि थारूहरूले मधेसीलाई पनि अलि नजिकबाट हेर्न थाले,’ टीकापुरका शिक्षक चित्रबहादुर चौधरीका भनाइमा, ‘राष्ट्रिय छवि बनाएका थारू नेता कोही पनि भएनन्, त्यसैले मधेसी पार्टीले नै लिड गर्ने अवस्था आयो । हाम्रो आवाज उठाउनेहरू मधेसी नेताहरू नै हुन भन्ने पर्‍यो ।’ ............. कुनै बखत ‘एक मधेस एक प्रदेश’को सबभन्दा चर्काे विरोधी थारू समुदाय थियो, अहिलेको परिस्थिति उल्टो बन्दै गएको छ । मधेसी नेताहरूले ‘एक मधेस दुई प्रदेश’ भनेर पश्चिमका थारू जनाधार आकर्षित गर्न खोजिरहेका छन् । र, त्यसको असर कैलालीमा पर्याप्त पर्न थालेको छ । .....

२४ जिल्लामा सञ्जाल रहेको पुरानो संस्था– थारू कल्याणकारिणी सभा

...... देउवाले ‘कैलाली र कञ्चनपुरको रौं पनि छोड्दिन’ भनेपछि भट्टराईले ‘के कैलाली तपाईंको ठेक्का हो ?’ भनेको विवरण मिडियाबाट कैलालीवासीले पनि सुने । थारू समुदाय थप भड्कियो । ......

६ बाट सात प्रदेश बनाउँदा पनि आफ्नो माग पूरा नगरिएकोमा थारू समुदाय ‘आगो’ भयो ।

..... ‘६ बाट सात हुन्छ भने आठ, नौ, दस प्रदेश किन नहुने भन्ने मनस्थिति भयो मान्छेमा । मानिसहरूलाई उत्तेजनामा पुर्‍याउन प्रेरित गर्‍यो काठमाडौंको त्यो निर्णयले ।’ ..... भदौ ६ गते संविधानसभामा सात प्रदेश नै राखिएको संविधानको विधेयक दर्ता भयो । आफ्नो माग सम्बोधन भइहाल्ला कि भन्ठानेका थारू अगुवाहरूले त्यसपछि पुरै आशा मारे । प्रतिक्रिया आक्रोशित र विध्वंसक बन्दै गयो । ..... भदौ ७ गते निषेधाज्ञा तोडेर भए पनि

टीकापुरस्थित सरकारी कार्यालयहरूका बोर्डमा ‘थरुहट स्वायत्त प्रदेश’ लेख्ने निर्देशन जारी गर्‍यो थारू कल्याणकारिणी सभा

ले, जुन अभ्यास ग्रामीण भेगमा गर्न थालिसकिएको थियो । ‘सबै थारू गाउँहरूमा बडघरमार्फत आमसभामा जानैपर्ने, नजाने घरले एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भनेपछि मान्छेहरू ह्वारह्वार्ती आए,’ भदौ ७ को घटना नियालेका एक स्थानीय जानकारले बताए । माघी पर्वका बेला चुनिने ‘बडघर’ थारू गाउँका मुखियाजस्ता हुन्, जसले भनेको समुदायका सबैले मान्ने चलन छ । त्यसबाहेक थरुहटको एजेन्डाले पनि प्रदर्शन आउन प्रेरित गरेकै थियो । लठ्ठी टेकेका वृद्धवृद्धा र महिलाहरू पनि देखिए त्यो हजारौंको जुलुसमा । ............. हिजो माओवादीमा लागेका, तर अहिले घरको न घाटको भएका केटाहरू धेरै छन् । तिनको पनि भूमिका हुनसक्छ । ......

हिजोसम्म हामी थारू गुलाम हुँदा देशभक्त हुने, अहिले अलिकति अधिकार माग्नेबित्तिकै आतंककारी हुने ?’

..... थारू संघर्ष समितिका संयोजक रेशम चौधरीको फूलबारी एफएम स्टेसनदेखि थारू समुदायका दर्जनौं घर, पसल भदौ ७ मै तोडफोड गरिएको थियो । भोलिपल्ट सेना सडकमा नआउँदासम्म त्यस्ता थुप्रै घटना भएका थिए । .... टीकापुर बहुमुखी क्याम्पसका अध्यापक नाथुराम चौधरीको ब्लक नम्बर १३ मा रहेको घर उनकै आँखा सामुन्ने केही केटाहरू आएर तोडफोड गरे, तर पिटिने त्रासले उनी जान सकेनन् । ‘अहिले पनि म डरले छरछिमेकको घरमा बसिरहेको छु । त्यस दिन कफ्र्यु लगाइसकेपछि पनि आगजनी, तोडफोड हुनुचाहिँ दुर्भाग्य भयो टीकापुरका लागि । साम्प्रदायिक हिसाबले यो एकदमै चिन्ताको विषय हो .....

‘तर यो समाधान होइन । यो राजनीतिक समस्या हो, यसको समाधान सुरक्षा निकायले गर्न सक्दैन,’ नेपाली सेनाका एक उच्च अधिकारीले प्रस्टसँग भने, ‘हामीले त तत्कालको तनाव घटाउन सघाउने मात्र हो । समस्याको स्थायी समाधान त केन्द्रीयस्तरबाट लिइने राजनीतिक निर्णयबाटै हुन्छ ।’

No comments: