Thursday, August 27, 2015

In The News (39)

शीर्ष नेताहरुका कारण टीकापुर घटना घट्यो : डा.कोइराला
'चारदलका केही नेताहरु बन्द कोठामा बसेर खस–आर्यका मात्र हकअधिकारको सुनिश्चितता गर्ने, तर मगर, थारु लगायतका आदिवासी जनजातिका नाममा राजनीतिमात्र गर्ने गरेका कारण मुलुकमा जातीय द्वन्द सुरु भएको ....... टीकापुर घटनामा गृहमन्त्री दोषी भएको आरोप लगाउदै ,उनले भने-'प्रहरी संगठनहरुमा राजनीति गरेर एकअर्काप्रति अविश्वास जगाउने काम गृहमन्त्रीले नै गरेका छन ।' 'निहत्था प्रहरीहरुलाई मारिरहदा गृहमन्त्रीले संगै रहेको सशस्त्र प्रहरी परिचालन गर्न किन निर्देशन दिएनन?' उनले भने ।
कर्फ्युबीच अखण्ड पक्षधरहरु थारु समुदायका घरघरमा आक्रमण गर्दै
सरकारले सेना परिचालन र अनिश्चितकालीन कर्फ्यु गरे पनि अखण्ड सुदूरपश्चिम पक्षधर कार्यकर्ता कैलालीको टीकापुरमा कर्फ्यु अवज्ञा गर्दै सडकमा ओर्लिएका छन् । ....... थरुहटको विरोधमा उभिएका अखण्ड सुदूरपश्चिमवालाहरुले अनियन्त्रित भएर हुलहुज्जत गर्नुका साथै थारु समुदायका व्यक्तिको घरघरमा आक्रमण गर्ने प्रयास पनि गरेका छन् । ...... सेना परिचालन र कर्फ्यु लागेकै बेलामा सोमबार राति चर्चित रेडियोकर्मी रेशम चौधरीको होटल तथा रिसोर्टमा आजगनी र तोडफोड गरिएको छ ।
जेपी गुप्ताले भने, ‘मधेश केन्द्रित दलका नेता र मधेश आन्दोलनमा हाम्रो समर्थन छैन’
‘मधेशमा चलेको आन्दोलनको दिशा छैन । यसले मधेशी जनताको अधिकारको रक्षा गर्दैन ।’ उहाँले बरु थारु आन्दोलनलाई आफ्नो समर्थन रहेको बताउनुभयो । ..... मधेश केन्द्रित दलका नेताहरू विजय गच्छदार, उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतोसहितका नेताहरूप्रति कठोर टिप्पणी गर्नुभएका संयोजक गुप्ताले मधेशमा चलेको आन्दोलनले लक्ष्य र दिशा भुलेको बताउनुभयो । ..... उहाँले अहिले मधेशमा चलेको आन्दोलन सत्ता समर्पणमा गएर सकिने टिप्पणी गर्नुभयो । ‘यो आन्दोलन सत्ता समर्पणमा केन्द्रित छ’, उहाँले भन्नुभयो । ..... ‘सत्तामा रहँदासम्म मधेश र मधेशीका मुद्दा, हकअधिकार नदेख्ने’, संयोजक गुप्ताले भन्नुभयो, ‘सत्ता बाहिर आउनासाथ आन्दोलन गरिहाल्नुपर्ने । अझ देश टुक्राउनेसम्मको चेतावनी दिने ?’ .... ‘सत्ता स्वार्थको यो मधेश आन्दोलनमा हाम्रो समर्थन छैन । हाम्रो सरोकार र स्वार्थ पनि छैन ।’ .......... कुरामा फरक पर्यो । मधेसको बिद्रोह स्वभाविक हो । यसमा मेरो तथा तमरा अभियानको पुरा समर्थन छ । हामी तन मनले लागेका छाै । तर, यसलार्इ मधेसी मोर्चाले दिशा दिन सक्दैन । उनिहरू समर्पणवादी हुन । बीचमै राज्य सतासंग सम्झाैता गछर्न । तसर्थ हामी तमरा अभियानको उनिहरूसंग सहकार्य छैन । हामी अलग्गै अान्दोलनमा छाैं । आन्दोलन सत्ता समर्पणमा केन्द्रित छ भनेको छैन बरू मधेसी मोर्चाका नेताहरू सतामुखी छन भनेको हुं । आन्दोलनले मधेशी जनताको अधिकारको रक्षा गर्दैन–यो पनि भनेको छैन । जारी आन्दोलनका सारथीहरू भनिने कथित मोर्चा भने सत्तास्वार्थीको झुंड नै हो यो सत्य हो ।


कैलाली घटनामा सात सय मारिएको दावी !
एक महिनामा अनिष्ट हुने भविष्यवाणी गर्दै साउन ७ मा रुदै अमेरिका उडेका थिए आदित्य, भदौ ७ मा यस्तो भयो
टीकापुर भीडन्तमा मारिएका केशवकी श्रीमतीले सोधकी थिईन– थाहा पाउनुस्त् तपाईं कैले र कहाँ मर्नुहुन्छ ?
टिकापुरमा बलात्कार पछी महिलाको हत्या

No comments: