Tuesday, August 25, 2015

In The News (36)

हत्यारा नेतातन्त्र मुर्दाबाद भन्ने बेला आयो कि!
नेतातन्त्रले देशभर भिडन्तको परिस्थिति सृजना गरेरनिर्दोष सुरक्षाकर्मी र जनताको हत्या गर्ने योजना बनाएको हो कि हैन ?शासकहरु अन्तिम लडाइँ लड्दैछन् भन्ने कुराथरुहटको माग सम्बोधन गर्नुको सट्टा सेना परिचालन गर्नुले प्रस्ट भएको छ ।१०४ वर्षको जहाँनिया निरङ्कुश शासनकालमा शासकहरु जे चाहन्थे जनताले त्यही गर्नुपर्थ्यो । तीसवर्षे पञ्चायतकाल पनि त्यस्तैरहयो । फरक कति रहयो भने राणाकालमा श्री ३ हरुले चाहेजस्तो हुन्थ्यो भने पञ्चायतकालमा श्री ५ हरुले । उनीहरुले आफूले भनेको नमान्ने कति मान्छेहरु मारे कुनै लेखाजोखा छैन । उनीहरुले जसरी चाहे त्यसरी नै शासन गरे, चाहे जो कसैलाई मार्न किन नपरोस् ।शासन शक्तिमा जो जो व्यक्ति पुगे पनि ती सबै राणा, राजा र पञ्च उस्तै थिए । कसैले जनताले के चाहन्छन भन्ने बुझ्नै परेन, सोध्नै परेन, जान्नै परेन । ......

सडकमा भएसम्म जनता प्यारो, सत्ताशक्तिमा गएपछि तिनै जनता आतंककारी

........ नेताहरुमा कल्पनै नगरेको परिवर्तन एकाएक देखिन थालेपछि भने जनताहरु छाँगाबाट खसेजस्तो भए .....

लोकतन्त्रमा जनताले जसरी शासित हुन चाहन्छन् त्यसरी शासन गर्नुपर्ने नियमलाई एकाएक उल्टाइयो र आ-आफ्ना तुच्छ चाहना र नितान्त व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नेतर्फ नेताहरु दिनदहाडै उद्यत हुन थाले । जनताले जेसुकै भनिरहेका होऊन् जस्तोसुकै चाहना व्यक्त गरिरहेका होऊन् राणाकाल र पञ्चायतकालमा जस्तै आफूले जे चाहेको हो, त्यो जसरी पूरा हुन्छ त्यसरी शासन गर्नेतर्फ उनीहरु उद्यत हुन थाले ।

...... खै सुनेका यी नेताहरुले ? खै जनताको चाहनाअनुसार संविधान बनाएको ? खै जनतासँग गरेका प्रतिबद्धता, सम्झौता र सहमति पालना गरेको ? .... के यी शासकहरुलाई ती थारु समुदायका चाहना र माग थाहा थिएन ? यदि ती चाहना रमाग पूरा भएनन् भने यस्तो दिन पनि आउँछ भन्ने थाहा थिएन ? थाहा हुँदाहुँदै भिडन्तको परिस्थिति किन सृजना गरियो ? यति धेरै भिडन्त हुनुको कारण शासकमध्येकै पुराना प्रधानमन्त्री र मन्त्रीका अखण्डे हठ हैन ।

प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसको नेता शेरबहादुर देउबा, मन्त्री भइसकेका एमालेका नेता भीम रावल, मन्त्री भइसकेका एमाओवादीका नेता लेखराज भट्टको नितान्त व्यक्तिगत अखन्डे चाहना पूरा गर्नकै निम्ति यो भिडन्तको अवश्था जानी जानी सृजना गरिएको हैन ? त्यसो भए यी सुरक्षाकर्मी र थारु जनताको हत्यारा को हो त ?

...... अहिले पनि सिङ्गै आदिवासी जनजाति, मधेशी, मुस्लिम, शिल्पीहरु आफ्ना चाहना र माग पूरा गर्न आन्दोलित छन् । आन्दोलनकै क्रममामधेशमा १ जना मरिसकेका छन् र सयौं घाइते भइसकेका छन् । ......

भोलि मुलुकभर टीकापुरमा जस्तै भिडन्तको अवस्था आउनेवाला छ भन्ने यी शासक बनेर बसेका नेताहरुलाई थाहा छ । भोलि अरु पनि धेरै सुरक्षाकर्मी र जनता मर्नेवाला छन् भन्ने तथ्य यिनीहरुलाई थाहा छ ।

...... यी जनताका नेता भनाउँदाहरु पनि श्री ३ जंगबहादुर राणा र श्री ५ महेन्द्र र उनका चम्चे पञ्चहरुभन्दा के फरक भए ? ..... अबचाहिँ लोकतन्त्र आयो भनेको त नेतातन्त्र पो आएको रहेछ त ! ....

हत्यारा शासकहरु अन्तिम लडाइँलड्दैछन् भन्ने कुरा थरुहटको माग सम्बोधन गर्नुको सट्टा सेना परिचालन गर्नुले प्रस्ट भएको छ ।

विगतमा राणाशासन मुर्दाबाद भनियो, पञ्चायती व्यवस्था पनि मुर्दाबाद भनियो, अब नेतातन्त्र मुर्दाबाद भन्ने बेला आएको हो कि!
कैलाली घटनामा सय जना थारु मारिएको दावी
प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुगेको थारु सभासदहरुको टोलीले प्रहरीले आधा घण्टासम्म निरन्तर गोली चलाएर आफ्ना एक सय भन्दा बढी कार्यकर्ता मारेको दावी गरेका हुन् ।
नेपालगञ्जमा ड्युटीमा खटिएका प्रहरीमाथि पेट्रोल बम प्रहार
ड्युटीमा खटिएको प्रहरी माथि पेट्रोल बम प्रहार गरेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने १८ बर्षीय समीर अन्सारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । ..... घटनामा परी केही प्रहरी जवान घाइते भएका थिए ।
को को रहेछन् पक्राउ पर्ने चार थारु?
टिकापुर घटनामा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरिएको भनिए पनि अहिलेसम्म नाम सार्वजनिक गरिएको छैन ।

प्रहरीले सामान्यतः पक्राउ परेको २४ घण्टाभित्र उसलाई पुर्जी दिनुपर्ने हुन्छ या उनकोबारे आफन्तहरुलाई जानकारी दिनुपर्ने हुन्छ तर टिकापुरमा पक्राउ गरिएकाहरुलाई गुमनाम राखिएको छ ।

..... स्थानीय स्तरमा खटिएका मानवअधिकारकर्मी तथा वकिलहरुबाट प्राप्त सूचनाअनुसार पक्राउ पर्नेमा टिकापुर बजार निवासी वर्ष ४० का फुलराम चौधरी, जोशीपुरका रामप्रसाद चौधरी र खड्ग चौधरी र जोशीपुरका भलमन्साका सुन्दर चौधरी रहेका छन् । .....

थारु बस्तीहरुमा प्रहरी तथा सेनाले घरमा सर्च गर्ने, खानतलासी र कुटपिट गरिरहेका छन् ।

...... प्रहरीले अन्य धेरैलाई पक्राउ गरेर लगेको बुझिएको छ तर कहाँ लगेका छन् केका लागि हो, कस्तो अवस्थामा छ भन्ने परिवारजन तथा कसैलाई पनि थाहा जानकारी दिइएको छैन । उनका अनुसार

टिकापुर अस्पताललाई अखण्ड पक्षधरहरुले घेरा हालेका छन् । त्यहाँ थरुहट पक्षधर कोही पनि घाइतेलाई उपचार गर्न दिइएको छैन ।



कैलालीदेखि सुनसरीसम्म तनावग्रस्त मधेश : कतै झडप कतै शवयात्रा; कतै प्रदर्शन कतै कर्फ्यु
नेपालगञ्जमा कर्फ्यु जारी गरिएकोले नजिकैको गाउँ मटैहयामा मधेशी तथा थरुहट आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । .... थरुहटका कार्यकर्ता घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि स्थानीय प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु जारी गरेको ...... रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा ..

बन्द प्रतिकार गर्नेहरुलाई प्रहरी र प्रशासनले सहयोग गरेको स्थानीय आन्दोलनकारीमा आक्रोश व्याप्त रहेको र निषेधाज्ञाको समय सकिएलगत्तै उनीहरुले आन्दोलन चर्काउने

...... पर्साको सदरमुकाम तथा औद्योगिक नगरी वीरगञ्जमा स्थानीय जनताको सहयोगमा मधेशी मोर्चाका कार्यकर्ताले आज विशाल लाठी जुलुस प्रदर्शन गरेका छन् । ..... संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवले वीरगञ्जस्थित स्कुल, कलेज, कलकारखाना, बजार र पसलसहित सरकारी कार्यालय पनि पूर्ण रुपले ठप्प रहेको जानकारी दिए । ..... उनले स्थानीय प्रशासनले अर्धकर्फ्यु लगाएर रक्सौल नाकाबाट आउने मालबाहक ट्रकलाई रातिको समयमा वीरगञ्ज हुँदै भित्र्याउने गरेको बताए । ........ बाराको सदरमुकाम कलैया ...

आन्दोलन अनिश्चितकालिन भएकोले त्यसलाई रचनात्मक बनाउन सांस्कृतिक नाचगान र कलाकौशल प्रस्तुत गर्ने गरिएको गुप्ताको भनाइ छ ।

...... रौतहटको सदरमुकाम गौर आज शान्त र सुनसान देखिएको छ ।

घरेलु हतियारसहित नगर परिक्रमा गरेका हजारौं प्रदर्शनकारीले जिल्ला सरकारी कार्यालय र प्रहरी कार्यालय घेराउ गर्न थालेपछि सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गरी कर्फ्यु लगाएको छ ।

तर जिल्लाको अर्को ठूलो बजार गरुडा क्षेत्र भने आज तनावगस्त रहेको ...... सर्लाहीको मलंगवामा हिजो मंगलबार मधेशी मोर्चाका कार्यकर्ताका साथै स्थानीय जनताले

घरेलु हातहतियारसहित विशाल शक्ति प्रदर्शन गरेपछि

हिजैदेखि मलंगवालाई पनि दंगाग्रस्त क्षेत्र घोषणा गरी कर्फ्यु आदेश जारी गरिएको छ । फलतः मलंगवा आज शान्त र सुनसान रहे पनि अन्य ग्रामीण र बजार क्षेत्र भने आन्दोलनमय रहेको ........ महोत्तरीको सदरमुकाम जलेश्वर पूरै ठप्प छ भने मधेशी दलसम्बद्ध कार्यकर्ताहरुले दिनहुँ शान्तिपूर्ण जुलुस र प्रदर्शन गरिरहेका छन् । .. मधेशी पार्टीहरु तथा संघसंस्थाहरुको अनिश्चितकालिन आन्दोलनका कारण धनुषाको जनकपुर पनि पूर्ण रुपमा बन्द छ । ......

हजारौंको संख्या दिनहुँ जुलुस निस्किने गरेको छ

.... सिराहाको सदरमुकाम सिराहा बजार, लहान नगरपलिका, राजमार्गमै रहेको गोलबजार र मिर्चैया बजार आन्दोलन तथा प्रदर्शनबाट अत्यधिक प्रभावित छ । तर आन्दोलन र प्रदर्शन दिनहुँजसो शान्तिपूर्ण हुने गरेको ...... सप्तरीमा भदौ १ गते प्रहरीको गोली लागी मृत्यु भएका राजीव राउतको शवयात्रा निकालिएको छ । ...... नेपाल सरकारले राउतका परिवारलाई दश लाख रुपैयाँ तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउने लगायतको निर्णय गरेपछि राउतको शव पोष्टमार्टम गराई सोमबार राति जन्मस्थान भारदह ल्याइएको थियो । ...... हज्जारौं जनसमुदाय तथा राजनीतिकर्मीहरु सम्मिलत राउतको शवयात्रा जन्मस्थान भारदह हुँदै हनुमाननगर, इनर्वा, मन्सापुर, तोपा, तेतरीगाछी हुँदै सदरमुकाम राजविराज ल्याइएको छ । राजविराजको गजेन्द्र चौकमा समेत राउतको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि केही समय राखिएको थियो । ...... नगरको विभिन्न भाग परिक्रमापश्चात् उनको शवयात्रा सिरहाको लहानतर्फ प्रस्थान गरेको छ । त्यस क्रममा रुपनी, ट्राफिक चौक शम्भुनाथ, कठौना, कल्याणपुर, बिसनपुर, खर्चुहिया, कडरबोना, कुशहा, कदमाहा लगायका स्थानहरुमा समेत स्थानीय वासिन्दाहरुले राउतलाई श्रद्धाञ्जली दिएका छन् । ........ सुनसरीको सदरमुकाम इनरुवा पनि भदौ १ गतेदेखि नै पूर्ण रुपले ठप्प छ । बजार, पसल, विद्यालय, सरकारी कार्यालय र यातायात बन्द छ भने

हरेक दिन ४ देखि ५ हजारको संख्यामा जुलुस र प्रदर्शन निस्किने गरेको

सद्भावना पार्टीका प्रवक्त तथा स्थानीइ नेता संन्तोष मेहताले जानकारी दिए । ........ विराटनगर .. पहिलो र दोस्रो मधेश आन्दोलनको झल्को दिनेगरी विराटनगरमा विरोध तथा प्रदर्शनका कार्यक्रमहरु दिनहुँ हुने गरेको ...... विराटनगरको बजार, सरकारी कार्यालय, यातायात, शिक्षण संस्थाहरु पूर्ण रुपले बन्द छन् भने जोगबनी नाकाबाट मालसामान दिउँसो आउन दिने गरिएको छैन ।

राति भने जोगबनी भन्सार तथा नाकाबाट मालसामान ल्याउने गरिएको स्थानीय प्रहरुलिे जनाए ।

देउवा ज्यू ! ‘थारुहरुलाई रौं पनि दिन्न’ भन्ने को ?

शेरबहादुर देउवाले पत्रकार सम्मेलन गरीवरी एमाओवादी नेता बाबुराम भट्टराईका कारण थारु आन्दोलन हिंसात्मक भएको बताए ।

..... आन्दोलन रौं पनि दिन्न भन्नेले भड्काएको हो कि अधिकार दिउँ भन्नेले भड्कायो ? -...... सरकारले त्यसलाई संयमता अपनाएर समस्या सल्टाउनुको सट्टा सेना परिचालन गरेर आन्दोलनलाई भड्काउने दिशातिर गइरहेको छ । ...... संविधानसभाका प्रमुख दलका शिर्ष नेताहरुले दश बर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनले उठाएको एजेण्डामध्ये पहिचानको आधारमा संघीयता बनाउने बिषयलाई दलहरुले बेवास्ता गरेपछि देशैभरिको स्थिती तनावग्रस्त बन्दै गइरहेको थियो । सुदुरपश्चिमको हकमा विभिन्न आन्दोलनहरुमा दलहरुले आश्वासन दिएको थरुहट प्रदेशको मागलाई सम्बोधन नगरेपछि आन्दोलनले चर्को रुप लिएको हो । .......

सिंहदरबारमा बसेको प्रमुख दलका शिर्ष नेताहरुको बैठकमा ‘थारुहरुलाई रौँ पनि दिन्न’ भनेपछि एमाओवादी नेता बाबुराम भट्टराईले देउवाले हठ नछोडे र संघीयता नमाने अर्को जनयुद्धमा जाने बताएको

...... यदी देउवा अधिकार दिन तयार छन् भने आजको पत्रकार सम्मेलनमा थारुहरुको मागका बारेमा किन बोलेनन् ? केही जवाफ छ ?
दंगाग्रस्त क्षेत्रमा कसरी परिचालित हुन्छ सेना ?
जनकपुरमा ओर्लियो मानव सागर
१० औं दिनसम्म पनि राज्य पक्षले कुनै चासो नदेखाएपछि ..... नागरिक समाज, बुद्धिजीवी, व्यवसायी, प्राध्यापक, शिक्षक, विद्यार्थी, ईन्जिनीयर, वकिल, कर्मचारी लगायत विभिन्न पेशाकर्मी, अधिकारकर्मी सहित

३० हजार भन्दा बढी

स्थानीयहरुको सो मौन विरोध जुलुसमा सहभागिता रहेको थियो । ....... जनकपुरको जनक चौकबाट शुरु भएको सो विरोध जुलुस शिव चौक, भानु चौक, रेलवे स्टेशन र मिल्स एरिया हुंदै नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चौकमै पुगी कोण सभामा पुगी सम्पन्न भएको थियो ।.... कोण सभालाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक भोगेन्द्र झाले भने

प्रमुख खसवादी दलहरुले मधेशीमाथि वर्षौदेखिको दमन शोषण कायम राख्न संघीयताको नाममा मधेशलाई टुक्रा टुक्रामा विभाजन गरेको छ । मधेशीलाई दोश्रो दर्जाको नागरिक बनाउने पंचायती शैलीलाई राख्ने मनसायले नागरिकतामा विभेद गरी मधेशीमाथि अन्याय गरेको

आरोप समेत उनले लगाए । .......

आजको मानव जनसैलाबलाई देखेर आफूलाई विश्वास भएको छ कि यस्तै आफ्नो अधिकारका लागि मधेशीले संघर्षलाई जारी राख्ने भने राज्य पक्ष एकदिन अवश्य नै घुटना टेक्ने छ र हामी मधेशी अधिकार पाउन सफल हुनेछौ । ...... खसवादी सत्ताधारीको मधेशीमाथि दमन शोषण अब बढी दिनसम्म चल्नेवाला छैन किनकी आज मधेश तांती सकेको र मधेशी जनता संघर्षका लागि सडकमा उत्रिसकेको छ ।

सिरहाको मिर्चैयामा मधेशबादी नेताहरु द्वारा आन्दोलन सभाको संम्बोधन

विगतमा भएका सम्भौताहरु अहिले सम्म कार्यन्वयन नभएका कारण अब उधारो सम्झौता गरेर मधेशी जनता नठकिने बताएका छन् । अब उधारो सम्झौता होईन संविधानमै मधेश प्रदेश र समानुपातिक समावेशी समेत लेखिनुपर्ने र नागरीकतामा गरिएको विभेद लाई सच्याउनु पर्ने महतोको तर्क थियो ।

No comments: