Saturday, August 22, 2015

In The News (31)

भैरहवामा आजबिहान ११ बजेदेखि बुधबार साँझ ६ बजेसम्म निषेधाज्ञा
भैरहवामा भदौ ३ गते बन्दकर्ता र प्रतिकार गर्नेहरुबीच भएको झडपको क्रममा हराइरहेका एक प्रदर्शनकारी बिहीबार स्थानीय डण्डा खोलामा मृत अवस्थामा फेला परेपछि .... लुम्बिनी नगरपालिका– १० बस्ने १८ वर्षीय सुनील भन्ने

सुधीराम यादव

को मृत्यु भएपछि आन्दोलनकारीले शव यात्रा गरेर शहिद घोषणा गर्न माग गर्दै आन्दोलन चर्काउने भएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले निषेधाज्ञा जारी गरेको ...... भैरहवा(लुम्बिनी सडकखण्डको बनगाईमा रहेको प्रहरीको अस्थाई चौकीमा रहेका सामानहरु बाहिर निकाली आन्दोलनकारीहरुले जलाएका छन्। .... मर्यादपुरमा रहेको प्रहरी चौकी आक्रमणको प्रयास भएपछि प्रहरीले हवाई फायर गरी आन्दोलनकारीलाई तितरवितर पारेको ..... बिहीबार भैरहवामा भएको घटनामा प्रहरीले वेवास्ता गरेको भन्दै शुक्रवार दिनभर सदरमुकाम बाहिरका प्रहरीमाथी आन्दोलनकारीले निशाना बनाएका थिए। आन्दोलनकारीहरुले बनगाईमा एउटा मोटरसाईकल समेत जलाएको बताइएको छ। ..... जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रबार सर्वपक्षीय भेला गरेको छ। भेलामा मधेशी मोर्चा र थारुहटका नेताहरु भने सहभागी भएनन्।
जनकपुरको अवस्था विहानै देखि तनावपुर्ण
शनिवार विहानै देखि देखिएको आन्दोलनकारीको जमातले जनकपुरमा साना देखि ठूला कुनै पनि सवारी साधन चल्न सकेको छैन् भने शैक्षिक संस्थान, कलकारखाना पूर्ण रुपमा ठप्प रहेको छ । .......... बन्दले विगत १० दिन देखि मधेशको जनजीवन प्रभावित हुदा पनि सरकारले अहिले सम्म बार्ता तथा आन्दोलनकारीहरुको मागलाई सम्वोधन गर्नतिर कुनै पहल गर्न चाहेका छैनन् । ... बरु मधेशमा आन्दोलन चर्काउनकालागि शुक्रबार जारी गरिएको ७ प्रदेशको सिमांकनले पर्सको ठोरीलाई टुक्राएर अन्य प्रदेशमा मिलाइएको नेपाल सद्भावना पार्टीका महासचिव राजीवकुमार झा बताउँछन् । मधेशमा आन्दोलन गरि मधेशमा मधेशीको हत्या गर्ने योजना सरकारको रहेको उनको आरोप छन् ।
एमाओवादी विघटन भइसक्यो, घोषणा हुन मात्र बाँकी छ
शनिबार राजधानीमापूर्व एकताकेन्द्रको अलग्गै भेला गर्नमा पोखरेलको महत्वपूर्ण भूमिका थियो । अब उनकै सक्रियतामा पार्टीभित्र केन्द्रदेखि जिल्ला तहसम्म नयाँ पुनर्गठन अभियान चल्ने बताइको छ । ........

उनले प्रचण्डबाट अब एमाओवादी पार्टी रुपान्तरण हुने सम्भावना सकिएको

..... हाम्रो बुझाइमा एमाओवादी पार्टी विघटन भइसक्यो, यसको औपचारिकरुपमा घोषणा मात्रै गर्न बाँकी छ । कोमामा रहेको बिरामीलाई डाक्टरले मृत घोषणा गर्न बाँकी रहेको जस्तै अवस्थामा छ पार्टी । यो अवस्थामा कसैले अनुशासनको डण्डा लगाउने अवस्था नै छैन । पार्टी विघटनको घोषणा कसले गर्ने भन्ने मात्रै बाँकी छ अब । ...... पार्टी विघटन भए पनि व्यक्तिहरु छन्, उनीहरुका वीचमा एकता गरेर नयाँ धाराको पुनर्गठन गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष हो । ..... विश्व कम्युनिष्ट आन्दोलनको अनुभव हेर्दा मुख्य नेतामा विचलन आएपछि तिनै नेताको नेतृत्वमा पार्टीको रुपान्तरण सम्भव भएको उदाहरण काहीँ पनि छैन । प्रचण्ड यसको अपवाद बन्न सक्नुहुन्न भन्ने हाम्रो निश्कर्ष हो । प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको नेतृत्वमा रुपान्तरणको सम्भावना एकदमै कम छ ।

प्रचण्डको नेतृत्वमा त पार्टी अगाडि बढ्नै सक्दैन, बाबुराम र नारायणकाजीलाई हेर्न बाँकी छ ।

...... पार्टीको मूल लिडरसीप ९९ प्रतिशत बिग्रिइसकेको छ । .... बाबुरामजीसँग यसबारे कुरा गरेनौं, उहाँ निकटका नेताहरुसँग छलफल गरेका थियौं । ..... हामी सबैसँग छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने पक्षमा छौं । बाबुराम, मोहन वैद्य र विप्लवसँग पनि छलफल गर्न तयार छौं । छलफल गर्छौं । ...... प्रचण्डकै नेतृत्वमा पार्टीको रुपान्तरण सम्भव छैन । पार्टी भन्नै नै नरहेको अवस्था सिर्जना भएकाले अब हामी समाजवादी वैचारिक आन्दोलनको ब्यानरमुनि कार्यक्रम गर्छौं । राजधानीका साथै तल पनि साथीहरुलाई समेट्दै छलफल अघि बढाउँछौं ।
झडपपछि हराएका आन्दोलनकारी मृत भेटिए
मृतकका मामा विक्रम यादवले झडपपछि प्रहरीले लखेट्दा डण्डा नदीमा खसेर उनको मृत्यु भएको दावी गरे । उनले आफ्ना भतिज यादवले मधेश आन्दोलनमा शाहादत प्राप्त गरेको भन्दै शहिद घोषणा गर्न माग गरेका छन् ।


कोहलपुरका सरकारी कार्यालयमा थरुहट प्रदेश लेखियो
पहिचान स्थापित नभएसम्म सडकमा बास
बाँके जिल्लाको कोहलपुरमा रहेका सरकारी कार्यालयहरु थरुहटका कार्यकर्ताले कब्जा गरेर ‘थरुहट स्वायत्त प्रदेश’ लेखेका छन् । ...... संयुक्त थरुहट संघर्ष समितिका संयोजक चन्द्रबहादुर चौधरीले

थारुहरुको पहिचान नै मेटिने गरी प्रदेशको सीमाङ्कन गरिएकाले

त्यसको विरोध जनाउनका लागि सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेशको नामाकरण गरिएको बताए । ..... आन्दोलनकारीले कोहलपुर नगरपालिका, विद्युत प्राधिकरण, टेलिकम, गोलपार्क तथा कोहलपुर चौराहमा थरुहट स्वायत्त प्रदेशको नामाकरण गरका छन् । ...... राज्यले धर्तीपुत्रका रुपमा रहेको थारु समुदायलाई अत्यन्तै कमजोर बनाउने उद्देश्य राख्दै थारुको पहिचान नै मेटिने गरी प्रदेशको सिमाङ्कन गरेकोले

वर्षातको झरी पनि नभनि आन्दोलनमा होमिनु परेको

..... ‘ पहिचान नै मेटिने गरी सीमाङ्कन गरियो अबको लडाइँ

पहिचान स्थापित नभएसम्मको लागि सडक मै बस्ने र सडकलाई नै आन्दोलन भरी आफ्नो घर बनाउने भन्दै सबै सरदाम लिएर आएका छौ ।’

....... आन्दोलन अवधि भरि सडकमै बस्ने र खाना पनि नजिकै आसपासमै पकाउने योजनामा रहेको ..... थारुहरुले कोहलपुरमा सञ्चालन गरेको

आन्दोलनको ११ औ दिनपनि पूर्व-पश्चिम राजमार्ग ठप्प छ ।

उनहरुले शनिबारदेखि मोटरसाईकल र रिक्सालाई समेत आन्दोलनमा निषेध गर्दै ठप्प पारेका छन् ।
पासाङ शेर्पाको चेतावनी-‘बाहुन नेताका घर खोजीखोजी आगो लगाउछौं’
सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पा .... आदिवासी जनजातीको अधिकारलाई निमोटेर प्रदेशबिनाको संविधान जारी भए खोजीखोजी बाहुन नेताका घरमा आगो लगाउने धम्की दिएका हुन् । ....... शेर्पा समुदायको छुट्टै स्वायत्त प्रदेश नभए नाम्चे र लुक्लासहित शेर्पा समुदाय बस्ने स्थानका विमानस्थल, यातायात र पर्यटकबाट आउने राजश्व आफूहरुले नै संकलन गर्ने बताए ।
आज देश र सम्पूर्ण मधेश जल्दै छ
तेस्तै कपिलबस्तु ,रुपन्देही ,नवालपराशी, कैलाली, कंचनपुर मा मधेशी माथि गोलि प्रहार भएको छ |

भैरहबामा त पुलिस प्रशासन र काँग्रेस ,एमाले का गुण्डा र भिजेलानतेहरु मिलेर पुलिस को सहयोग मा आन्दोलन प्रतिकार को नाम मा मधेशी जनतामाथि आक्रमण भएको छ र निर्मम हत्या गरिए को छ कैयन मधेशी का घर ,ट्रकमा, मोटरसाइकल जलाइएको छ धनसम्पति लुटेएको छ |

निर्मम तरिकाले पिटिएको छ पुलिस र प्रशासन को आडमा पहाडी समुदायबाट सम्प्रदियक बिथोलन खोजिएको छ कैलालीको टिकापुर , कपिलवस्तुको तौलिहबा , सप्तरी को भारदह मा कर्फु र निषेदअज्ञको नाममा सैकड़ो मधेशी आन्दोलनकारी लाई धरपकड ,कुटपिट र निर्मम यातना दिएको छ र झुटा मुद्दा चलाएको छ| अधिकारको आन्दोलन लाई बदनाम गराउन पहाडी मेडिया , पहाडी पत्रकार , केहि डलर लुट्ने पहाडी मनाबधिकारबादी लागिपरे का छन् उनीहरु दमन र हत्या र आन्दोलन लाई नजरअन्दाज गरेको छ | मधेशी जनतालाई अधिकार र समानता चाहियो भन्दा नेपाल का नैतिकहीन र हत्यारा गृहमन्त्री मधेशी जनतालाई जिहादी, आतंकबादीहरु संग तुलना गर्छन र पहाडी नेता सरकार, मनाबाधिकारबादी चुप्पी सदेका छन्| ........ कांग्रेस ,एमाले र एकीकृत मावोबादी नेता गम्भीर नभएको र सहमति र भएको सम्झौता उल्टाउने गरेको ले संबिधान सभा बाट मधेशका एक क्रान्तकारी पार्टी सद्भावना का सबै सभासद ले राजिनामा दिए र आन्दोलनमा होमिए | ......

मधेश मा बिगत १५ दिनदेखि निरन्तर आन्दोलन हुदा र मधेश जल्दा प्रचण्ड ,बाबुराम, केपी ओली र पाखण्डी प्रधानमन्त्री नदेखे गरेजस्तो गर्दै छन् |

....... पर्सा को ठोरी गाबिस लाई मधेश बाट अलग गरेको छ सम्पूर्ण मधेश एक प्रदेश को नारा सहित आन्दोलन हुदा पनि मधेश लाई टुक्रा परि पहाड मा मिलाउने गरियो जनता चाहना र भाबना नबुझने काँग्रेस, एमाले को सरकार नैतिकहिन , सत्तामोही , र लासका राजनीत गर्ने र आफुलाई परिवर्तनकरी भन्ने एकीकृत मावोबादी ले देश लाई आन्तरिक द्वन्द मा फसाई आफु राज्य गर्ने सोच मा छ होला | ...... यो सामन्ती काँग्रेस ,एमाले, एकीकृत मावोबादी लाई आफ्नो बालहट, बचपना त्यागी मधेशी को मांग सोम्बोधन गर्ने पर्छ | ...... समय र परिस्थिति लाई खयाल गरिएन मधेश मा शान्तिपूर्ण आन्दोलन मा निर्मम हत्या र बर्बर दमन रोकिएन र मधेशी जनता को मांग सम्बोधन भए न भने नेपाल को नक्शा फेरिन सक्छ| यो मधेशी जनता को बाध्यतात्मक निर्णय हुनसक्छ तसर्थ बेलामा सचेत होऊ र मधेशी आन्दोलनकारी जनता को मांग सम्बोधन गर |
यसकारण भैरहवामा ठुलो नोक्सानी (फोटोफिचरसहित )
घाईतेको संख्या २४ पुग्यो
मधेशी मोर्चाले भैरहवामा शक्ति प्रर्दशन गर्न रुपन्देही बिभिन्न ग्रामीण क्षेत्रबाट प्रर्दशनकारी उतारेको थियो । ..... बुधबार राती बन्दकर्ताहरुले पकाएको खानामा प्रहरीले पानी हाली बन्दकर्तालाई लखाटेको कारण उनिहरु आक्रोशित भएको एक बन्दकर्ताले बताए । ...... प्रर्दशनकारी र बन्दकर्ताहरु बिच झडप गराउनमा प्रहरीकै हाथ हुन सक्ने स्थानियहरुले आशंका गरेका छन । ..... बन्दकर्ता बेलहिया नपुग्दै प्रतिकार गर्नेहरुले बन्दकर्ताका ३ वटा मोटरसाइकल तोडफोड हुदा

प्रहरी ताली बजाईरहेका देखिन्थे ।

...... बिशेष गरि प्रतिकार गर्नेहरुले प्रहरीको मौन स्विकृतिमा नै आगजनी गर्न हौसिएका थिए । ...... यस बिषयमा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकाललाई सम्पर्क गर्दा उनले चेन अफ कमाण्डको कारण प्रहरीले हस्तक्षेप नगरेको बताए । “प्रहरीको हस्तक्षेपको कारण मानविय क्षति हुने सम्भावना भएको कारण हामीले केही गर्न सकेनौ ” ...... आन्दोलनकारीका केही मोटरसाईकल प्रतिकार गर्नेहरुले डण्डा खोलामा फालेको प्रत्यक्षदर्शिहरु बताए ।

No comments: