Friday, August 21, 2015

In The News (29)

मधेस भरी आन्दोलनमा दसौ हजार जनता सडकमा, भारदहमा बिरोध सभा, भैरहवामा गोली चल्यो, कर्फ्यु जारी
किन पटकपटक मधेश जलिरहन्छ?
हिजो एक किसिमको उत्पीडनबाट गजेन्द्र नारायण सिंह जन्मे । आज अर्को किसिमको उत्पीडनबाट सिके राउत जन्मेका छन् । ...... ‘अहिलेसम्म राष्ट्रियता र जनताको नाममा इमान्दार पार्टी र नेता देखिइएन ।’ लहान मधेश आन्दोलनका अगुवा नेता कृष्णबहादुर यादव भन्छन्,

‘केही नेताहरु धोका र गद्दारी गरेपनि मधेश अधिकार निम्ति संर्षघको विकल्प छैन ।’

...... राकेश गुप्ता रोशनको तर्क छ, ‘केही मधेशी नेताहरु मिलेर सहिद र आन्दोलनलाई बदनाम गरे । सत्ता सम्पर्ण र मुद्दा विर्सजनको बाटोमा लागे ।

सामुहिक मुद्दासँग दलाली गरेर निजी स्वार्थ पुरा गर्ने तिर अग्रसर देखिए ।

मधेशको मुल मुद्दाको भनेको एक मधेश स्वायत प्रदेश रहेको बताउनु हुन्छ । जसको निम्ति मधेशीले प्राण उत्र्सग गरे ।’ ..... थारु कल्याणकारीका अगुवा नेता रमाकान्त चौधरी र आन्नद चौधरीका अनुसार, पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको २२ जिल्लालाई जनसंख्या र पहिचानको आधारमा स्वायत मधेश प्रदेशको अवधारणमा अगाडि लैजानुपर्ने बताउँछन् । उनीहरुका अनुसार तिन प्रदेशको नयाँ सिमांकनसहितको नयाँ संविधानको खाँचो छ ।
नेपालमा पनि आतंकवादी जन्मिए : गृहमन्त्री
सरकारको गम्भीर ध्यानाकर्षण, संसदले कारवाही गर्ने
वामदेव गौतमले मधेसी मोर्चालाई आतंकवादी संगठनसँग तुलना गरेका छन् ।
मधेस आन्दोलनमा पर्साका क्रियाशिल १५ वटा संघसस्थाको एक्यवद्धता
वीरगंज ४ भदौ मधेसी पत्रकार समाज पर्साको अध्यक्ष संतोष पटेलको सभापतित्वमा पर्सामा क्रियाशिल संघ संस्था एवं पेशागत संगठनहरुको बैठक सम्पन्न भएको छ । बैठकले हाल भईरहेको मधेस आन्दोलनमा आफनो एक्यवद्धता जनाउदै मधेस जनबिद्रोह २०६३÷६४ को दौरान राज्यसंग भएको २२ बुदें र आठ बुदें सम्झौताको पुर्ण कार्यान्वयनको जोडदार माँग गर्दछ । साथै अन्तरिम संबिधानको मर्म र भावना अनुरुप बन्न लागेको संबिधानमा मधेसी, थारु, आदिवासी जनजाती, महिला , मुस्लिम, दलित एवं सिमान्कृत समुदायहरुको स्वभिमान , पहिचान र अधिकारको ग्यारेन्टी गरिनु पर्दछ । साथै हाल भईरहेको अधिकार प्राप्तिको आन्दोलनमा प्रशासनद्वारा भईरहेको चरम दमनको बैठकले घोर र्भत्सना गर्दै जनताको मौलिक हकको रुपमा रहेको मानव अधिकार र असमान्ता बिरुध लड्ने अधिकारको सुनिश्चिता को लागि सरकार संग जोडदार माँग गरिन्छ । बैठकमा

मधेस अध्यन केन्द्रका अध्यक्ष बिजय महासेठ,लोकतान्त्रिक प्रध्यापक संघका अध्यक्ष सुरेश कुशवाहा,मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल,नेपाल बार एसोसियसन पर्साका पुर्व अध्यक्षद्वव पन्नालाल गुप्ता र सुधिर कर्ण, मधेसी स्वास्थ्य कर्मी फोरमका केन्द्रिय अध्यक्ष बाल किसोर यादव,राष्ट्रिय मधेसी उद्यायन समितीका सह अध्यक्ष हबिब मियाँ, मधेस मानव अधिकार आँखाका अध्यक्ष बालदेव साह,पर्सा अध्यक्ष लालबहादुर कोईरी , नेपाल ईन्जिनियर एसोसियसन पर्साका पुर्व अध्यक्ष मुना सर्राफ,मधेस क्रान्ति चिन्तन प्रतिष्ठान वीरगंजका अध्यक्ष सुरेन्द्र कुर्मी, मधेसी शिक्षिक फोरमका अध्यक्ष बृजमोहन तिवारी,नेपाल सिएमए संघ पर्साका अध्यक्ष सोनालाल चौरसिया,नेपाल चिकित्सक संघ वीरगंजका सचिव डा. राजदेव कुशवाहा,द राईजिङ्ग नेपाल वीरगंजका अध्यक्ष ओम प्रकास सर्राफ,प्रध्यापक संघका पुर्व सचिव डा. प्रमोद कुशवाहा ,स्वतन्त्र तराई नागरिक समाजका उपाध्यक्ष प्रमानन्द चौधरी

लगायतको बैठकमा सहभागिता रहेको थियो । मधेसी पत्रकार समाज पर्साको कार्यालयमा बसेको १५ वटा पेशागत संघसंस्थाले एक्यवद्धता जनाएको छ । मधेस मुक्तिका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा , संघिय मधेसी मोर्चा र अन्य संगठनको नेतृत्वमा भइरहेको आन्दोलनमा समेत सहकार्य एवं समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।
भारदह घटनामा प्रहरीको लापरवाही: सुन्दरमणि दिक्षित
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले मधेसमा जारी आन्दोलनमो मुद्दा राजनीतिक भएकाले ठूला दलहरुले यसको समाधान त्यही रुपमै खोज्नु पर्ने बताएका छन् । ..... उनले भारदहमा प्रहरी तर्फबाट ठूलो कमजोरी भएको बताए । 'भीडलाई नियन्त्रण गर्ने अनेक उपाय हुँदा हुँदैपनि प्रहरीले मान्छे ताकेर गोली चलाएको देखिन्छ,' उनले भने । ...... प्रहरीको गोली लागि मृत्यु भएका राजीव राउतको बारेमा र घाईतेहरुको उपचारमा समेत सरकारी स्तरबाट उदासिनता देखिएको उनले बतए । 'घटनाबारे सरकारी स्तरबाट अनर्गल प्रचारवाजी भईरहेको हाम्रो ठहर हो,' दिक्षितले भने- 'घटनाबारे न्यायीक छानबिन गठन गरी र दोषीलाई कारवाही गर्न सरकारले ढिला गर्नु हुँदैन ।' मधेसको माग सम्बोधन गर्न सरकारले जति ढिला गर्छ मुलुकको माहौल त्यति बिगि्रदै जाने उनले बताए । ..... डा. दिक्षितको नेतृत्वमा चरण प्रसाई, दिनेश त्रिपाठी, बिमल अर्याल तथा गणेश मण्डल सहितको टोली मंगलवार भारदह आएको हो ।
संविधान निर्माण प्रक्रिया स्थगित गर्दै सार्थक वार्ता थाल : मधेशी तथा थारु अभियन्ता
आन्दोलनरत पक्षसँग वार्ता थाल्नुअघि संविधान निर्माणसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गर्न समेत आग्रह गरेका छन् । .....

थारु नागरिक मोर्चाका संयोजक राजकुमार लेखी, राइटस् फर मधेशका संयोजक डा. रामकेवल साह, मधेशी नागरिक समाजका संयोजक गणेश मण्डल, मधेशी बुद्धिजीवी समाजका संयोजक सीताराम अग्रहरि, स्वाभिमान मधेशका संयोजक बिक्की यादव, समृद्ध मधेश नागरिक अभियानका संयोजक मोहन सिंह

.....

आन्दोलनको क्रममा प्रहरीको गोली लागेर निधन भएका सप्तरीका राजीव राउत र कैलालीका चिनक थारुको परिवारलाई ५०/५० लाख क्षतिपूर्ति उपलब्ध गराउन समेत अपिलमार्फत् सरकारसँग माग गरिएको छ ।

No comments: