Friday, August 21, 2015

In The News (28)

आन्दोलनमा अनावश्यक उक्साहट
सरकारी दमनको अमेरिकाबाट निन्दा
अमेरिकास्थित नेपाली अमेरिकन सोलिड्यारिटी फ्रन्ट फरडेमोक्रेसी इन नेपाल संस्थाले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै भनेको छ– ‘सरकारले प्रदर्शनकारीमाथि पंचायतकालिन शैलीमा दमन गर्न खोजेकोमा हामी प्रवासबाट यसको घोर निन्दा र भर्त्सना गर्दछौ ।’ संयोजक लुईसाङ वाईवाद्वारा जारी विज्ञप्तिमा घटनाका मृतक राजीव राउतको परिवारलाई सरकारले उचित क्षतिपुर्ति दिनुपर्ने माग पनि छ । त्यस्तै संस्थाको तर्फबाट सह-संयोजक सतेन्द्र साहले मृतक राउतको परिवारलाई रु. १ लाख सहयोग उपलब्ध गराउने जानकारी विज्ञप्तिमार्फत दिइएको छ ।
अरू डनहरू पनि निगरानीमा, सर्वेन्द्र भन्छन्-गुन्डाले दुःख दिएका छन् भने सूचना दिनुहाेस्
देशमा चलिरहेको गुन्डागर्दी शून्यमा झार्न प्रहरीले अभियान नै चलाएको बताएका छन् । उनले भने-‘अब गुन्डाराज चल्नेवाला छैन, हाम्रो लक्ष्य फ्री अफ फियर सोसाइटी बनाउने हो, गुन्डाहरूबाट कोही पनि डराउनुपर्दैन, कसैले दुःख दिएका छन् भने गोप्य रूपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छाैं ।’
समृद्धि र सद्भावको बहस
राज्य संरचनामा खस—आर्यको उपस्थिति अत्यधिक रहे पनि कर्णालीमाथि क्षेत्रगत विभेद भएको थियो । तराईका धरतीपुत्र थारू समुदाय र पहाडका आदिवासी जनजातिहरूमाथि सांस्कृतिक विभेद भएकै कारण तिनीहरू राज्यको मूूलप्रवाहमा आउन नसकेका हुन् । ...... विगतमा संविधानसभा अन्तर्गतका राज्य पुनर्संरचना समिति र आयोग तथा प्राध्यापक कृष्ण खनाल, पिताम्बर लगायतका विज्ञहरूको टोलीले सीमाङ्कन बारेमा केही सुझावहरू दिएका थिए । ती सबैले तराई—मधेसको पहिचानलाई संरक्षण गर्दै पहाडी क्षेत्र नमिसाई प्रदेशहरूको निर्माण हुनुपर्ने सुझाएका थिए । ..... तर अहिले ल्याइएको ६ प्रदेशको खाकामा तराई–मधेसका २० जिल्लामध्ये मधेसलाई आठ जिल्ला (प्रदेश नम्बर २) दिएर १२ जिल्ला पहाडसँग मिलाएको छ । यसले नत बहुसङ्ख्यक मधेसीहरूको पहिचानलाई सम्बोधन गरेको छ, न तराईका धरतीपुत्र थारूहरूलाई पहिचान दिन खोजेको छ । ......

पछिल्लो मानव विकास प्रतिवेदनमा दुइटा क्षेत्र सर्वाधिक कमजोर देखिएका छन् । कर्णाली र मधेसका पर्सादेखि सप्तरीसम्मका जिल्लाहरू ।

मानव विकासमा साक्षरता दर, औसत आयु, प्रतिव्यक्ति आय लगायतका कुराहरूलाई प्रधानता दिइएको हुन्छ । पहाड र मधेस मिलाएरै क्षेत्रीय विकासको अवधारणा लागू रहेको अवस्थामा कर्णाली त भौगोलिक विकटताको कारण पछाडि परेको मान्न सकिन्छ । तर पर्सादेखि सप्तरीसम्मको जिल्लाहरू किन मानव विकासमा पछाडि पर्न गए ? ..........

२०२० सालसम्म काठमाडांै उपत्यकापछि सबैभन्दा बढी साक्षरता दर भएको जिल्ला सप्तरी थियो । पञ्चायतकालमा हुने गरेको स्नातक काउन्सिलको निर्वाचनमा सबैभन्दा बढी मतदाता सप्तरीबाट हुन्थे । नेपालका अधिकांश पुराना स्कुल, कलेजहरू सप्तरीदेखि पर्सा भेगमा छन् । तर आज नेपालका सबैभन्दा कम साक्षरता प्रतिशत भएका दस जिल्लाहरूमा छ जिल्लाहरू त्यसै भेगका छन्, किन ?

आज नेपालमा सबैभन्दा बढी गरिबहरूको सङ्ख्या भएको जिल्ला सप्तरी हो । सबभन्दा कम साक्षरता दर भएको जिल्ला रौतहट हो । ............. आज नेपालको विभिन्न राज्य संयन्त्रहरू (प्रशासन, सेना, प्रहरी, न्यायक्षेत्र लगायत) मा लगभग पाँच लाखको हाराहारीमा सरकारी कर्मचारी छन् । त्यसमा कतिजना मधेसी, दलित, जनजाति छन् ? किन कम भए होलान् ? शिक्षाको माध्यम भाषा, भर्ना प्रक्रियाले त्यसमा कुनै भूमिका खेल्यो कि खेलेन ? ....... विगत ६० वर्षको निजामती प्रशासनको इतिहासमा नेपाली भाषालाई ज्यादा वजन दिइयो । ....

एकल जातीय राज्यको पुनर्संरचनाबारे बोल्दा उल्टै जातीय कुरा गरेको आरोप लाग्छ ।

मधेसी समुदायको बदलिँदो मनोविज्ञान बुझ भन्दा विखण्डनकारीको आरोप लगाएर घृणित पात्रको रूपमा चित्रित गरिन्छ ।
Encounter Of A Don
संघीयताविरोधीलाई किन सघाउँदै छन् महरा
महराको रवैयालाई लिएर रोल्पाली आक्रोसित
आफैंले जिताएर पठाएका नेताले जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराको आलोचना भएको छ । र, यसले पार्टीमा खैला बैला मच्चिनपुगेको छ । ....... उनले मगर जातीको पहिचान भन्दा पनि संघीयतामा अखण्ड मध्यपश्चिमको विषय उठाएपछि महराको रोल्पा–रुकुमका मगर समुदायले असन्तुष्ट देखिएका छन् । लामो समयदेखि मगरात राज्यका लागि लडेका त्यहाँका बासिन्दा

आफ्नै सभासद्ले अन्तिम समयमा आएर धोका दिएको

निष्कर्षमा छन् ।माओवादी जनयुदका बेला महरा राप्ती ब्युरोका प्रमुखसमेत भएका थिए । ...... ‘काग्रेस एमालेका नेताहरुबाट हामीलाई अपेक्षा पनि थिएन । एमाओवादीले पनि धोका दिएजस्तो भयो । अझ आफैं जिताएर पठाएका नेताले पहिचानको कुरा नगरिदिएपछि त मन दुख्दो रहेछ’, रोल्पा लिवाङका सागर पुनले दुखेसो गरे । ......

महरालाई अखण्डको ललीपपले किनतान्यो भनेर पेरीस डाँडामा समेत कार्यकर्ताहरुले प्रश्न गर्न थालेका छन् । रुष्ट रोल्पालीहरु महरालाई अखण्डको हिसाब किताब अर्को निर्वाचनमा देखाइदिने भन्दै हिड्न लागेकाछन् ।

कुमार घैँटे मारिनुको कारण प्रहरीभित्रको दुई धार
कुमार घैँटे मारिनुको कारण प्रहरीभित्रको दुई धार हो । अहिले अपराध महाशाखामा रहेका प्रहरीको घैँटेको समूहसँग दुस्मनी छ । त्यही कारण उनी नै टार्गेट भएको स्रोत बताउँछ । अर्काेतर्फ घैँटेको केही उच्च प्रहरी अधिकारीसँग लेनदेनको विषयलाई लिएर विवाद बढेको थियो । ..... त्यस्तै एमालेनिकट डन दिनेश अधिकारी चरीलाई मात्र इन्काउन्टर गरेर अरूलाई सहयोग गरेको आरोप प्रहरीमाथि थियो । घैँटे र चरी कट्टर दुस्मन थिए । प्रहरी व्यक्ति होइन गुन्डागर्दीविरुद्ध आफू सक्रिय रहेको सन्देश दिन चाहन्थ्यो ।
इन्काउन्टरपछि सर्वेन्द्र खनाललाई गृहमन्त्री र आइजीको फोन
प्रधानमन्त्रीले संविधान निर्माण प्रक्रिया लम्ब्याउन चाहेको एमाले–एमाओवादी आशंका
संविधान विवाद : दलहरू आरोप प्रत्यारोपमा
ओलीले प्रधानमन्त्री साँझको बैठकमा नआएको र नआउनुको कारण पनि थाहा नभएको बताए । प्रधानमन्त्री आएको भए सहमति हुन्थ्यो भन्ने प्रश्नको उत्तरमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘गरेको भए हुन्थ्यो ।’ ..... कृष्णप्रसाद सिटौलाले भने प्रधानमन्त्रीका तर्फबाट उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र आफूहरू उपस्थित भएको बताए । ‘प्रधानमन्त्री नआएकै कारण सहमति हुन नसकेको होइन,’ उनले भने । ...... ‘बिहीबार बिहानको अनौपचारिक छलफलमा

प्रधानमन्त्रीले सात प्रदेशमा जाने भए मेरो भेरी, कर्णाली र राप्तीको एक प्रदेश हुनुपर्छ भनेर हिँड्नुभयो ।

त्यसपछि फर्किनुभएन’ ........ गच्छदारले आफूले विगतमा पनि नोट अफ डिसेन्ट लेखेर ६ प्रदेशको सीमांकनमा सहमति जनाएको उल्लेख गर्दै भने, ‘मैले त्यतिबेलै नेताहरूलाई यो सीमांकन जनताले मान्दैनन्, आन्दोलन चर्किन्छ भनेको थिएँ । त्यस्तै भयो ।
कुमार घैंटेको विगत : टोले गुन्डादेखि ‘समाजसेवी’सम्म
सामाखुसीलाई आधार बनाएर १८ वर्षदेखि गुन्डागर्दी गर्दै आएका घैंटे राजधानीका पुराना डनमध्ये एक हुन् । ०५५ देखि सामाखुसीमा टोले गुन्डा गरेका उनले पटक–पटक ग्याङफाइट खेलेका थिए । डान्सबार सञ्चालन र हप्ता असुलीबाट गुन्डागर्दीमा लागेका उनले पछिल्ले समय नेताहरुसँग मिलेर ठेक्कापट्टाबाट पैसा कमाउँदै आएका थिए । क वर्गको निर्माण कम्पनी गजुरमुखी कन्ष्ट्रक्सनका उनी मालिक हुन् । जसले दर्जनौं ठूला सरकारी ठेक्काहरु हात पारेको छ । आफ्नो विरोधीलाई पेस्तोल देखाएर उनले धम्क्याउने गरेका थिए । कांग्रेसका प्रभावशाली नेताहरुसँग राम्रो सम्बन्ध भएकाले त्यही आडमा उनको जबर्जस्ती असुली र ठेक्कापट्टाको व्यापार मौलाउँदै गएको थियो । ......... करिब एक वर्षअघि टेबलमा करिब करोड रुपैयाँ राखेर आफ्नो फोटो खिची फेसबुकमा राखेका थिए । राजनीतिक संरक्षणकै कारण उनको सम्पत्ति शुद्धिकरण अन्तर्गत अनुसन्धान भएको थिएन । ०६० को आसपासमा उनले आफूलाई सामाखुसी क्षेत्रको डनका रुपमा स्थापित गरी त्यस क्षेत्रका हरेक व्यवसायीबाट पैसा असुल्ने गरेका थिए । त्यसबेला प्रहरीहरु पनि डनसँग मिल्ने भएकाले स्थानीयहरु हप्ता बुझाउन बाध्य भएको स्रोतको भनाइ छ । ........ गुन्डागर्दीमा संलग्न काभ्रेली समूहसँग उनको सुरुदेखि नै तिक्ततापूर्ण सम्बन्ध थियो । दुईपटक उनले ग्याङ फाइट खेलेका थिए ।

हालका अपराध महाशाखाका डिएसपी खनाल सोही कार्यालयमा डिएसपीका रुपमा कार्यरत रहँदा खनालकै अगाडिबाट तरबार देखाउँदै उनी भागेका थिए ।

काभ्रेली समूहका विष्णु लामामाथि एकपटक गोली प्रहार गरेका थिए, जुन गोली झुक्किएर अमित लामालाई लागेको थियो । ........ ०६५ पछि उनीविरुद्द प्रहरीमा लिखित उजुरी परेको छैन । तर, पनि उनले आफ्नो धन्दा नछाडेको प्रहरी अधिकारी बताउँछन् । उजुरी गर्दा झन् असुरक्षित हुने डरले गुन्डाविरुद्द प्रहरीमा कम उजुरी पर्छन् । तर, गुन्डाविरुद्द प्रहरी कडारुपमा प्रस्तुत भएपछि पछिल्लो समय मौखिक उजुरी भने बढेका थिए । पैसा कमाएपछि उनले सामाजिक संघसंस्थामा लागेर छवि सुधार्ने प्रयास गरेका थिए । उनी सामुदायिक प्रहरी सेवा केन्द्र सामाखुसीका अध्यक्ष थिए । त्यस्तै खेलकुद क्षेत्रमा पनि सक्रिय थिए । स्नुकर तथा बिलियार्ड संघका अध्यक्षसमेत थिए । कांग्रेसका खेलकुद समितिमा पनि उनी सक्रिय थिए । उनले सामाखुसी युवा क्लबको अध्यक्षका रुपमा आफूलाई समाजसेवीसमेत भन्ने गरेका थिए । तर पनि उनले आफ्नो पुरानो धन्दालाई राजनीतिक आडमा चलाइरहे र त्यही कारण प्रहरी कडा रुपमा प्रस्तुत भयो ।
अरु डनहरु पनि निगरानीमा
भैरहवामा आन्दोलनको प्रतिकार
झडप १८ घाइते, शुक्रबार बिहानसम्म कफ्र्यु
प्रतिकार समूह र आन्दोलनकारीबीच भएको झडपमा डेढ दर्जन घाइते भएका छन् । .... आन्दोनकारीले प्रयोग गरेका २ ट्रयाक्टर र आन्दोलनमा सहभागी एक नेताको गाडी प्रतिकार समूहले जलायो ।
को थिए घैंटे ?
घैंटे नुवाकोटका हुन् । कांग्रेसका नुवाकोटे नेताहरूको छत्रछायाँमा रहेर गुन्डागर्दी गरेका उनलाई प्रहरीले पटकौंपटक पक्राउ गरेर छाड्ने गरेको थियो । सुरुआतमा २०५९ सालतिर उनले दीपक मनाङे र चक्रे मिलनको समूहमा बसेर काम गरे । गुन्डागर्दी सिकेपछि अलग्गै समूह खडा गरे । कन्स्ट्रक्सन, ठेक्कापट्टा लगायतमा धम्क्याउने र रकम असुली गर्ने काम सुरु गरे । ......

महाशाखा प्रमुख खनाल महाशाखामै डीएसपी हुँदा २०६० सालमा घैंटे समूहले उनीमाथि आक्रमण गरेको थियो । निमित्त प्रमुख रहेका बेला खनाल रातो नम्बर प्लेटको गाडीमा गइरहेका बेला बागबजारमा आक्रमणमा परेका थिए ।

उनको गाडीमा माथिबाट ढुंगा, बियरको बोतल लगायतले हानेका थिए । ...... महाशाखाका अनुसार घैंटे पहिलोपटक २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा समातिएका थिए । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । जेलबाट छुटेपछि उनी सुध्रिएनन् । झन् बढी अपराधमा लाग्दै गए । ..... २०६३ असारमा फेरि समातिए । महानगरपालिका वडा नम्बर १९ को सिद्धिगणेश माविअगाडि प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए । लामा ट्याक्सीमा गइरहेका थिए । घैंटेमाथि फेरि ज्यान मार्ने उद्योगमा मुद्दा चल्यो । त्यही भदौमा गोंगबुमा रहेको शो गर्ल रेस्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोली प्रहार गरेका थिए । २०६३ कै चैतमा सामाखुसी गल्कोपाखामा सिंह थरका एक व्यक्तिलाई खुकुरी हाने । पक्राउ पनि परे । तर धरौटीमा रिहा भए । ...... २०६५ कात्तिकमा दरबारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाइते बनाएर फरार भए । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चल्यो । त्यही मुद्दामा उनलाई खोज्दै गरेको प्रहरीले लाजिम्पाटको एउटा होटलमा स्विमिङ गरिरहेका बेला गोली हानेर घाइते बनाई पक्राउ गरेको थियो । काठमाडौं परिसरबाट गएको टोलीले उनलाई तिघ्रामा गोली हानेको थियो । त्यसबेला उनी पेस्तोलसहित समातिएका थिए । हातहतियार मुद्दा र पुरानो ज्यान मार्ने उद्योगमा पक्राउ परेका उनी रिहा भए । ...... घैंटे पछिल्लो समयमा आफूलाई राजनीतिक पर्दामा राख्दै गुण्डागर्दी र असुलीमा व्यस्त थिए । खासगरी चरीलाई मारिएपछि यिनले राजनीतिक आवरणमा बसेर काम गर्न थालेका थिए । चरीपछि प्रहरी इन्काउन्टरको सूचीमा अरू गुण्डा समेत रहेको खबर फैलिएसँगै उनी भागेर मलेसिया पुगे । लामो समय उता बसेर भूकम्पपछि नेपाल फर्किएका थिए । ...... उनले आफूलाई ‘नेपालको छोरो’ भन्दै ‘देशका लागि अब केही गर्नेछु, यो देशमा युवाहरूको खाँचो छ’ बेहोराको फेसबुक स्टाटस राखेका थिए । उनी सत्तारूढ कांग्रेस निकट थिए । खासमा कांग्रेसका नुवाकोट सभासद जगदीश्वरनरसिंह केसीका दाहिने हात झैं थिए । उनी पटकपटक पक्राउ पर्दा छुटाउने दबाब दिने यिनै हुन्थे । .....

वैशाख १२ को भूकम्पपछि पीडितलाई सहयोग गर्न कांग्रेसले बनाएको संयन्त्रमा उनी उपसंयोजक थिए । बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले उनी लगायतलाई जिम्मेवारी सुम्पिएर पठाएका थिए । कांग्रेसको खेलकुद विभागको भूकम्पपीडित सहयोग स्वयंसेवक टोलीको उपसंयोजक भएर भूकम्प प्रभावित स्थलमा गएका थिए ।

No comments: