Thursday, August 20, 2015

In The News (26)

बामदेवले भकाभक मान्छे मार्ने आदेश दिँदैछन्ः अर्जुन नरसिंह केसी
नेपाली कांग्रेसका नेता तथा सभासद अर्जुन नरसिंह केसी र जगदिश नरसिंह केसीले गृहमन्त्री बामदेव गौतमको ठाडो निर्देशनमा मान्छे मार्न थालिएको बताएका छन् । चर्चित गुण्डा नाइके कुमार श्रेष्ठ घैटे मारिएको सन्दर्भमा केसीद्वयले यस्तो प्रतिक्रिया दिएका हुन् । ...... नेपाली कांग्रेसको संरक्षणमा आफ्नो गुण्डागर्दी गर्दै आएका कुमार घैटे भिडन्तमा मरेको दावी गरे पनि कांग्रेस नेताहरुले भने यो नियोजित हत्या भएको आरोप लगाएका छन् । यो हत्या गृहमन्त्री बामदेव गौतमकै ठाडो निर्देशनमा भएको आरोप समेत उनीहरुको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीले घैटेलाई प्रहरीको मारेको भन्दै यस घटनाप्रति कडा आक्रोश पोखेका छन् ।

उनले घैटे सुध्रिएर राजनीतिक गतिविधिमा लागेपछि प्रहरीले मारेको भन्दै यो सरासरी राज्यको गुण्डागर्दी भएको बताए । उनले घैटेले आफ्नो राजनीतिक गतिविधिमा सहयोग गर्दै आएको पनि बताए ।

कस्ता थिए गुन्डा नाइके कुमार घैटेका अपराध ?
नुवाकोट घर भएका कुमार करिव १५ बर्षदेखि राजधानी लगाएतका शहरमा गन्डागर्दी गर्दै आएका थिए । ..... उनका गुन्डा गुरु दिपक मनाङे हुन् । उनले पहिले दीपक समुहबाट गुन्डागर्दी सुरु गरेका थिए । मनाङे समुहमा निकै चर्चा रहेका कुमार एकाएक उनको समुह छोडेर अर्का गुन्डा नाइके चक्रे मिलनको समुहमा प्रवेश गरेका थिए । दिपक मानाङेसँग दुस्मनी कायम गर्दै चक्रे मिलन समुहमा प्रवेश गरेका कुमार त्यहाँ पनि लामो समय टिक्न सकेनन् । आफ्नो प्रभाव बलियो बन्दै गएपछि उनी चक्रे मिलन समुहबाट पनि बाहिरिए । मनाङे र चक्रे दुवै उनका दुस्मन भए । ..... कुमार घैंटे पहिलो पटक २०६२ सालमा पक्राउ परेका थिए । केही समयको बन्दी जिवनपछि उनी छुटेका थिए । जेलबाट छुटे लगतै उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेसमा पनि उनी वर्तमान शिक्षामन्त्री तथा नेपाली कांग्रेसकी कोषाध्यक्ष चित्रलेखा यादव नजिक थिए । उनको दुस्मनी मनाङे, चक्रे मिलन पछि सुरु भयो गणेश लामासँग । तीन गुन्डा नाइकेसँग उनको बरावर दुस्मनी थियो ।
घैंटे मारिँदा कस-कसलाई टेन्सन? यस्तो छ घैंटेको राजनीतिक सम्बन्ध नालिबेली
घैंटे अवैध चन्दा असुली, हतियार देखाएर धम्क्याउने तथा गुण्डागर्दीमा संलग्न भएको लगायतका दजनौ मुद्दाको आधारमा प्रहरीले मोस्ट वान्टेडमाको सूचिमा राखेको थियो । एमाले निकटका गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएको १ वर्ष पछि अर्का गुण्डा नाइके घैंटेलाई प्रहरीले उस्तै स्टाइलको इन्काउन्टरमा अन्त्य गरिदिएको छ । ..... “प्रहरीमाथि जाई लागेपछि दोहोरो भिडन्तमा घाइते भएका घैँटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको हो” – नाइके समूहका सुरेन्द्र महर्जन र राज महर्जन घाइते भएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बमले भने । दुईजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान पनि घाइते भएको जानकारी दिँदै उनले ती तिनैजनाको वीर अस्पतालमा उपचार भइरहेको बताए । ..... गुण्डा नाइके कुमार घैटेको मृत्यु गृहमन्त्री वामदेव गौतमको ठाडो निर्देशनमा भएको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसको संरक्षणमा घैटेले गुण्डागर्दी चलाएको आरोप लाग्दै आएको बेला कांग्रेसले घैटेको प्रहरी इन्काउन्टरको नाममा सुनियोजित हत्या भएको बताएको हो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गुण्डा नाइके कुमार घैट मारिएकोप्रति आक्रोस पाखेका छन् । राजनीति गतिविधिमा सहयोग गर्दै आएका घैटको मृत्यु प्रहरी इन्काउन्टरमा नभएर सुनियोजित भएको उनले दावी गरेका छन् ।

घैटेको मृत्युपछि कांग्रेसका नेता तथा कार्यकर्ता ठूलो संख्यामा महाराजगन्जस्थिति शिक्षण अस्पतामा पुगेका छन् ।

मान्छे मार्न नपाइने भन्दै केसीले प्रहरीले कानुन हातमा लिएर जे पनि गर्ने छुट नभएको बताए । ...... कांग्रेसका अर्को नेता एवं सभाषद जगदिशनरसिंह केसीले गहृमन्त्रीको ठाडो आदेशमा इन्काउन्टर गरेर कुमार घैटेलाई मारिएको आरोप लगाए । ........ इन्काउन्टर भए उसलाई गोली हान्न जाने ५/६ जना को हुन्? जवाफ चाहियो । ..... जतिसुकै गुण्डागर्दी र अपराधका लागि कुख्यात भएपनि त्यस्ता ब्यक्ति मारिँदा समेत प्रहरीको आलोचना गरिनु र गैरन्यायिक हत्याको मुद्धा उठ्नु नेपालमा सामान्य जस्तै बनेको छ । ...... धेरै समय भएको छैन प्रहरीले नेकपा एमालेका जिल्ला नेता समेत रहेका दिनेश अधिकारी ‘चरी’लाई प्रहरीले इन्काउन्टरमा मारेपछि एमालेभित्र हंगामा भयो ।

आफ्नै गृहमन्त्री भएको समयमा पार्टी आवद्ध गुण्डा नाइके मारिएपछि एमालेभित्र नै गृहमन्त्रीको राजिनामा समेत मागियो । चरी मारिएको विरोधमा धादिङका सांसद राजेन्द्र पाण्डेले संसदमै तमासा देखाएका थिए । अव त्यस्तै संकेत नुवाकोटका कांग्रेसी राजनीतिज्ञद्व केसी दाजुभाइले देखाएका छन् ।

प्रहरीले पछिल्लो समय राजनीतिक संरक्षणमा रहेका भएपनि गुण्डाहरुलाई पालै पालो तह लगाउने रणनीति अपनाएको देखिन्छ । एमाले संरक्षणमा रहेका भनिएका चरी मारिएको करिव १ वर्ष पछि कांग्रेस संरक्षणका भनिएका घैंटेले पनि इन्काउन्टरको उस्तै नियती भोग्नुले अव राजनीतिक संरक्षणले मात्र गुण्डाहरु जोगिन सक्दैनन् भन्ने संकेत गरेको छ । ....... कुमार घैटे सम्पति सुद्धीकरण विभागले गलतबाटोबाट अकुत सम्पति कमाएको भनेर छानविनमा रहेका गुण्डा नायिके थिए । उनीमाथि विभिन्न हत्या देखि अपहरण र गुण्डागर्दीका मुद्धामा संलग्न भएको आरोप थियो । ..... प्रहरीले चरीको इन्काउन्टर गरेपछि केही हच्किएका भएपनि गुण्डा सर्कलमा घामड, लिंडे र निडरको रुपमा चिनिने गुण्डाका नाईके कुमार श्रेष्ठ ‘घैंटे’ भने आफ्ना सहयोगी परिचालन गरी असुली धन्दामा सक्रिय थिए । आफूलाई गोली हान्न सक्ने डनद्धय रमेश बाहुन जेल चलान र दिनेश अधिकारी ‘चरी’को प्रहरी कारबाहीमा मृत्यु भएपछि उनी अहिले निर्धक्क भएर गुण्डागर्दी र क्षेत्रविस्तारमा सक्रिय थिए । अघिल्लो वर्ष प्रहरी इन्काउन्टरमा मारिएका चरीलाई समेत घैंटेले नै जन्माएको हुन् । चरीसंग सम्बन्ध बिग्रिएपछि घैंटेले चरी बिरुद्ध बाफलका गुण्डा समिरमान बस्नेतलाई उभ्याएका थिए । ....... चरीको मृत्युसंगै चरीको क्षेत्रमा राज गर्ने उनको मनसाय थियो । सामाखुसि, बाफल, बालाजु क्षेत्रका प्राय कलेजहरुमा घैंटेले यी आपराधिक समूह परिचालन गरेर डीआईको नाममा विभिन्न कलेजहरुबाट रकम असुल्दै आएका थिए । .......

गुण्डा भनेर प्रहरी इन्काउन्टरमा परेका चरीलाई एमालेले झण्डा ओडाएर विदाइ गरेको थियो ।

अव घैंटे मर्दा सबैभन्दा बढी तनाव नुवाकोटमा राजनीति गर्ने नेपाली कांग्रेसका अर्जुननर सिंह केसी र उनका दाजु जगदिशश्वरनरसिंह केसीलाई भएको देखिएको छ । ....... केही समय अघि चर्चित गुण्डा नाइके कुमार घैंटेको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षामन्त्री चित्रलेखा यादव सहभागी भएपछि उनीहरुबीचको सम्बन्धका बारे अनेकथरी चर्चा चलेका थिए । गुण्डागर्दीबाट अकुत सम्पत्ति बटुलेका घैंटेले पैसा वितरण गर्नकै लागि आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री यादव सहभागी भएकी थिइन् । गत १७ गते सामाखुसीमा घैंटेले आयोजना गरेको पैसा बाँढ्ने कार्यक्रममा मन्त्री नै संलग्न भएपछि स्थानीयहरु अचम्ममा परेका थिए । ....... घैंटेका प्रमुख संरक्षक भनेर आलोचित कांग्रेस नेता जगदिश्वर नरसिंह केसी तथा सभासद् भिमसेनदास प्रधान समेत उक्त कार्यक्रममा सहभागी भएका थिए । समय समयमा घैंटेले कांग्रेस युवा नेता गगन थापाको नाममा धम्क्याउँदै पैसा उठाउँदै हिडेको समेत चर्चा चलेको थियो । ....... डिभिजन–४ र दक्षिण अमेरिकी देश बर्मुडामा आयोजना भएको डिभिजन–३ को छनोट खेल पार गरेको नेपाली क्रिकेट टिमलाई सम्मानमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सम्मान र पुरस्कार वितरणलाई भव्य बनाउन पार्टीका खेलकुद प्रमुख धनराज गुरुङले गुण्डा नाइके कुमार घैंटेको सहारा लिएपछि त्यसको ब्यापक आलोचना भएको थियो । कांग्रेस पार्टी कार्यालय सानेपामा क्रिकेट खेलाडी सम्मान कार्यक्रममा उनलाई पनि बोल्ने अवसर दिइएको थियो । घैंटेले बोल्दा तालीले कार्यक्रम हल गुन्जायमान बन्यो भने पार्टी सभापति सुशील कोइरालाले बोल्दा र सम्मान गर्दा खेलाडी मात्र थिए र ताली सम्म नबजेको भनेर समाचार नै बनेको थियो ।
यस्ता छन् कुमार घैंटेका अपराधकर्म
घैंटे यसअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले सूची नै जारी गरेको छ । ...... घैंटेले सामाखुसी, गोंगबुलगायतका क्षेत्रमा व्यवसायीहरुलाई धक्म्याएर रकम उसुल्दै आएको गुनासो प्रहरीसमक्ष आएको थियो ।

भूकम्पका बेलामा समेत धम्क्याएर राहत उठाउने र आफूले बाँडेको उजुरी प्रहरीमा आएको थियो ।

गिरिजाले १० लाख दिन्छु भनेका थिए, हामीले ५० भन्यौं : महतो
महन्थ ठाकुर भन्छन्- टेलिफोनका भरमा वार्तामा बसिन्न
राजेन्द्र महतोले

जनआन्दोलनका समयमा गिरिजाप्रसाद कोइरालाले पनि शहीद परिवारलाई १० लाख क्षतिपुर्ति दिने भनेको

बताएका छन् । ...... सप्तरीको भारदह जाने क्रममा बिराटनगर विमानस्थलमा विहीबार महतोले पत्रकारसँग भने- गिरिजाले १० लाख दिने बताएका थिए, हाम्रो मोर्चाले ५० लाख क्षतिपुर्ति दिने निर्णय गर्‍यो । ....... सभालाई सम्बोधन गर्न भारदह पुगेका उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले बेलेका ४ बज्दासम्म अविरल वर्षाका कारण सभालाई सम्बोधन गर्न पाएनन् । ...... दिउँसो १ बजे आमसभा गर्ने कार्यक्रम तय गरिएको थियो । पानी परे पनि स्रोताहरु ठूलो संख्यामा भेला भएकाले साँझमा सभा गर्ने भन्दै उनीहरुलाई आश्वासन दिएको
सिके राउत मधेशी दलहरुको आन्दोलनको विपक्षमा : १६ माग मध्ये कुनका लागि आन्दोलन



बाहुन-क्षेत्री मुर्दावादः अरु सबै जिन्दावाद
नेपालमा तीन थरीकालाई जे भन्दा र जे गर्दा पनि कानुन लाग्दैन् । ती हुन्, बाहुन क्षेत्री, हिन्दू धर्म र पूर्वराजा । यिनको बारेमा जे बोल्न, भन्न र गर्न छुट छ । कसैलाई केही हुँदैन् । सजिलै धज्जी उडाउन पाइने र मनलाग्दी बोल्न पाइने । किनभने यिनीहरुले नेपालको सबै लुटेका हुन । खाएका हुन । सबैमा यही धारणा कायम छ । ..... सुदूर भारतको नैनीताल तथा पिथौरागढ गएर कुण्डलको भारी बोक्ने बाहनु भन्दा बेलायत, सिंगापुर लाहुरे हुने र काठमाडौं लगयातका शहरमा बंगला हुने बाहुन क्षेत्री बाहेका सबै पीडित तथा शोषित छन्, किनभने उनीहरु बाहुन क्षेत्री हैनन् । उ जन्मदै शोषक सामन्ति र सिंहदरबारको कुर्सीमा आषिन हुन्छ । यसकारण पनि भन्नै पर्छ बाहुन क्षेत्री मुर्दावाद । अरु सबै जिन्दावाद ।
आफ्नै बन्दको फन्दामा मधेशी नेता पर्दा
तराईंबाहेक अन्त सरकारसँग वार्ता गर्दैनाैं : महतो
विराटनगरमा ठूलो वर्षा भएका कारण ठाकुर कार्यकर्ताले ल्याएको जिपमा चढेर भारदह लागे । कार्यकर्ताले जिपमा झन्डा राखेर बुढो मान्छेलाई दुख हुने भन्दै गाडी चढाएर पठाएका हुन् । उनका केही कार्यकर्ताले आफ्नै बन्दमा गाडी चढ्न नहुने भनेका थिए । ठाकुर बोलेरो गाडी चढेर विमानस्थलबाट विराटनगर बजार लागे । तर महतो भने जिपमा जान मानेन् । उनी आफ्नै बन्दमा आफैं गाडी नचढ्ने भन्दै पौने एक घण्टा विराटनगर विमानस्थलमा बसेर केहीअघि मोटरसाइकलमा निस्किएका छन् । यो बन्दमा मोटरसाइकल चलाउन छुट दिइएको छ । ठूलो वर्षामा उनी रेनकोट अोढेर ३०-४० मोटरसाइकल साथ श्रद्धाञ्जली सभामा सहभागि हुन उनी गएका छन् । ..... महतोले सरकारले वार्ताका आव्हान गरेमा तराईमा मात्रै वार्ता गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले सरकारले पहिले गरेका सहमति कार्यान्वयन गरेपछिमात्रै वार्ता गर्ने पनि बताए ।


चिनियाँ उच्चस्तरीय टोली नेपाल आउँदै
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट्ने कार्यक्रम तय भइसकेको ..... संविधानको मस्यौदामा सहमति नजुटिरहेको र प्रदेशको प्रस्तावित सीमांकनलाई लिएर विभिन्न ठाउँमा आन्दोलन भइरहेको अवस्थामा उनको नेपाल भ्रमण हुन लागेको हो ।

No comments: