In The News (25)

चरी र घैंंटेको अवसान ‘मुतको न्यानो’ मात्रै
चरी नामक राजनीतिज्ञ–संरक्षित अपराधी मारिएको एक वर्ष एक महिना नहुँदै प्रहरीले अर्का उस्तै व्यक्तिलाई ‘दोहोरो भीडन्त’मा मारेको छ। .... अचानक नेपाल प्रहरी मानिसहरूको प्यारो बनेको छ र घैंटेजस्ता मानिसलाई संरक्षण दिने राजनीतिक नेताहरु आलोचना र निन्दाको पात्र बनेका छन्। .... अपराधीलाई जति पटक पक्रे पनि तिनलाई छोड्न भनेर आउने राजनीतिक दबाबबाट आजित भएको प्रहरी, राजनीतिक हस्तक्षेपबाट थिल्थिलो भएको न्यायालय र ओरालो लाग्दै गरेको विधिको शासन ....... देशका नेता भ्रष्ट र अपराध–मैत्री भए, न्यायालयले आफ्नो भूमिका निभाउन सकेन, प्रहरीलाई दलीय स्वार्थका लागि जानाजान कमजोर बनाइयो .....

चरी र घैंटे व्यक्ति कम र प्रवृत्ति ज्यादा थिए । ती आफूमा अपराधी त थिए नै, तिनले क्रमशः एमाले र काँग्रेस पार्टीको आपराधिक कित्तालाई प्रतिनिधित्व गर्थे ।

...... दुवै जना रातारात चुलिंदै गरेको देशको कालो अर्थतन्त्रका शक्तिशाली खेलाडीहरु थिए । यता हाम्रो सेतो वा वैध अर्थतन्त्र खुम्चिंदै गर्दा उनीहरुले धानेको कालो अर्थतन्त्रले गरेको तरक्कीले हाम्रा सबैजसो प्रमुख पार्टीलाई तानेको हो। ..... प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका घैंटेलाई प्रधानमन्त्रीले फूल माला पहिरेर भूकम्पको राहत बाँड्न पठाएको । त्यो दृश्य व्यक्तिका रुपमा सुशील कोइरालाले कुमार घैंटेलाई विश्वास गरेको भन्दा पनि आफू प्रमुख भएको देशको वैध अर्थतन्त्रमा उनलाई विश्वास नभएर अवैध अर्थतन्त्रसितको नाता जोडिराख्ने लालसाको द्योतक थियो ।

कांग्रेससित कुमार घैंटेहरु नहुँदा हुन् त कालो अर्थतन्त्रको हिसाबकिताबमा चरीहरुले गुँड लगाएको एमालेसित ऊ कसरी भिड्दो हो?

......... जति एमालेको संरक्षणमा चरीले गरेका अपराधहरु एमालेको राजनीतिका निकृष्ट हिस्सा थिए, उति नै घैंटेले गरेका अपराधहरु कांग्रेसको राजनीतिका निकृष्ट हिस्सा थिए ।

यी दुई मरे तर यिनको प्रवृत्ति ज्यूँदो छ । ठेक्कापिच्छे राज्यको करोडौं रुपैयाँ हडप्ने र नागरिकहरुलाई बिग्रेका सडकमा र भत्केका पुलमा यात्रा गर्न बाध्य पार्ने यी डनहरु हाम्रो राजनीतिबाट अलग पटक्कै छैनन्।

........ चरी र घैंटे त अब रहेनन् तर राज्यको स्रोत साधन आफूले बुत्याएर तथा जिम्मेवार निकायमा अकर्मण्य पार्टी कार्यकर्ताहरुलाई भर्ती गरेर लाखौं नेपालीको पेट भर्ने, शिक्षित हुने र स्वस्थ हुने अधिकार खोस्ने नेताहरु हामी सामू नै छन् । ...... इमानको राजनीतिमा न चुनाव जित्न त्यस्ता वैशाखी चाहिन्छन्, न त ठेक्कापट्टामा घोटाला गरेर कार्यकर्ता पाल्न नै पर्छ । .... आफ्ना दुष्कर्मका लागि चरी र घैंटे जति जिम्मेवार थिए, त्योभन्दा बढी जिम्मेवार तिनलाई संरक्षण दिने पार्टीका प्रमुखका हिसाबले केपी ओली र सुशील कोइराला हुन्। ..... प्रधानमन्त्रीले पनि अपराधीलाई संरक्षण दिन्छन् भने उनीमाथि कारवाही चलाउने थिति बसालिनुपर्छ । अहिले झैं देश

कानुनमुनिका नागरिक र कानुन माथिका नेता र डन

गरी दुई भागमा विभक्त हुनु हुँदैन। ......... दीर्घकालमा हामीलाई हिंसा र अराजकताबाट मुक्ति दिने घैंटेको शरीरलाई क्षत विक्षत बनाएका गोलीहरुले हैन, कानुनमाथि कोही पनि नरहने विधिको शासनले हो ।
प्रहरीको स्कर्टिङ लिँदा मधेशी मोर्चाका नेताविरुद्ध हुटिङ
मधेशमा जारी आन्दोलन मधेशवादी दलकै नियन्त्रण बाहिर !
मोर्चाका एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव हिजो राती नै सिन्धुलीको बाटो हुँदै सप्तरीका लागि आफ्नो नीजि गाडीमा हिडेका थिए तर महोत्तरीको बर्दिवासमा प्रवेश गर्ने वित्तिकै उनलाई आन्दोलनकारीले रोकेका थिए । तपाई आफै बन्द गराउने आफै गाडिमा हिड्ने ? भन्दै यहाँबाट तपाई गाडिमा जान पाउनु हुन्न भनि आन्दोलनकारीले भनेपछि उनी बर्दिवासमा रोकिएका थिए । तर, जसोतसो भनसुन गरी उनी धनुषाका ढल्केवरसम्म पुगेका थिए । त्यहाँबाट उनलाई अगाडि बढ्न निकै मुस्किल भयो । त्यसपछि उनी प्रहरीको सहयोग लिएर स्कर्टिगंमा सप्तरी हिडे । बाटोमा उनको विरोध हुँदै गयो । तर प्रहरीको स्कर्टिगं भएको कारणले आन्दोलनकारीले रोक्न सकेनन् । सप्तरी पुग्ने वित्तिकै त्यहाँका आन्दोलनकारीले हुटिंग गर्न थाले । ‘हामीलाई जुन प्रहरीले यत्रो यातना दिएका छन्, घर घरमा छिरेर हामीलाई कुटेका छन्, हामीमाथि गोली बर्साएका छन्, आज उसैको स्कर्टिगंमा आउनु भयोࡤ’ भन्दै आन्द्योलनकारीले हुटिगं गरेका थिए । त्यसपछि कार्यक्रम विथोलियो । ....

यता बिराटनगरबाट सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आफ्ना कार्यकर्ताका साथमा बाइकमा गएका थिए । यद्यपी आफ्ना सभासद्लाई सविधानसभाबाट राजिनामा गराएको कारण उनको सम्मान मधेशमा बढेको छ । ठाउँ ठाउँमा उनको पक्षमा नारा पनि लागेको थियो ।

.... त्यसै गरीहवाई जहाजबाट विराटनगर पुगेका तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महन्थ ठाकुर भारत हुँदै एउटा नीजि गाडिमा नेपाल पसेका थिए । प्रहरीहरुले थाह पाउने वित्तिकै अध्यक्ष ठाकुरलाई पनि स्कर्टिगं गरेका थिए । ..... अध्यक्ष ठाकुरलाई प्रहरीले स्कर्टिगं गरेर ल्याएको देखेर आन्दोलनकारीले प्रहरी र अध्यक्ष ठाकुर विरुद्ध पनि हुटिगं गरेका थिए । यिनै घटनाले निर्धारित कार्यक्रम हुन सकेन । मोर्चाका नेताहरु आज राती सप्तरीमै बास बस्ने भएका छन् र भोलीको कार्यक्रममा सहभागि हुने बताइएको छ ।
सकिने बेलाको अहङ्कार
हिरण्यकश्यपुदेखि गिरिजाप्रसाद र राजा ज्ञानेन्द्रसम्मको अहङ्कार जसरी चूर भएको थियो ‘चार नेता’को हालत पनि त्यस्तै हुने दिन नजिकिएको आभास हुँदै छ ।
कुनै मानिसको शक्ति, मान, प्रतिष्ठा र हैसियत समाप्त हुनुअघि उसमा अहङ्कार पैदा हुने हो कि अहङ्कार पैदा भएपछि मानिस सकिने हुन्, यस प्रश्नको जवाफ पाउन सजिलो छैन । हैसियत विसर्जन हुनुअघि संसारको इतिहासमा धेरै मानिसमा अहङ्कार भएको देखिन्छ र वर्तमान इतिहासका नेपाली राजनीतिकर्मी अगुवाहरूमा पनि ठीक त्यस्तै तहको अहङ्कार प्रकट हुन थालेको छ । ...... नेपाली जनताको सर्वाधिक ठूलो हिस्साका विपरीत जाने ‘साहस’ जुन चार दलका प्रमुख नेताहरूले दर्शाएका छन्, यसले उनीहरूमा रहेको अहङ्कारलाई सतहमा ल्याइदिएको छ । पञ्चायती व्यवस्थाका आखिरी दिनहरूमा पञ्च नेता, राजा र राजाका वरिपरि रमाउनेहरू जनतासमक्ष जसरी प्रस्तुत हुने गर्दथे, अहिले चार दलका प्रमुख नेताहरूको प्रस्तुति र मनोविज्ञानमा तात्िवक अन्तर भेटिँदैन । सत्ताको उन्मादले तिनलाई जस्तो बनाएको थियो र बाहिरबाट हेर्नेहरूले पञ्चायतका अगुवाहरूलाई जस्तो देख्थे, ठ्याक्कै त्यही काँटी, कोटी र शैलीमा चार दलका अगुवाहरूलाई देख्न थालिएको छ । ........ ज्ञानको सत्ताप्राप्त व्यक्तिको उन्मादले ऊ आफैँलाई मात्र सिध्याउँछ भने धनको सत्ताका मालिकले परिवार मात्रलाई क्षति पु-याउन सक्छ, तर राजनीतिक सत्ताका मालिकमा पैदा हुने अहङ्कारले मुलुक नै बर्बाद गर्न सक्छ– - ........

सत्तामै रहेका व्यक्तिमा ‘म जे पनि गर्न सक्छु’ भन्ने भाव पैदा भयो भने त्यस्तो व्यक्तिको पतन नजिकिएको बुझ्नुपर्छ

..... बालीको पतनमा रामको छलकपटभन्दा बढी जिम्मेवार उनको आफ्नै दम्भ थियो । दुर्योधन र रावणको पतनमा पनि तिनका आफ्नै अहङ्कार कारण बनेर आएको हो । ....... ०५१ मा संसद्मा बहुमत प्राप्त हैसियतका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामा उत्पन्न अहङ्कारले उनमा दुईतिहाई बहुमत प्राप्त गर्न सक्ने ‘आत्मविश्वास’ पैदा गरायो, कोइराला आफैँले गराएको निर्वाचनमा काङ्गे्रसलाई संसद्को दोस्रो शक्तिमा परिणत गरिदियो । ....... उनी कसैलाई देख्दैनथे–गन्दैनथे, आफ्नै पार्टीका नेताहरू कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई समेत उनी परचक्री ठान्थे र उहाँहरूलाई आफ्नो हैसियत देखाइदिन गिरिजाप्रसाद मध्यावधि निर्वाचनमा गएका थिए । ....... ०६२ को राजनीतिक परिवर्तनपश्चात् सर्वशक्तिमान बनेका गिरिजाप्रसादमा उत्पन्न उन्माद स्मरणयोग्य छ । त्यसबेला कोइरालामा आफूले चाहे जेसुकै गर्न सक्ने भाव पैदा भएको थियो । तात्कालिक राजा ज्ञानेन्द्रले ‘पीएम तपाईंलाई जनताले भ्रष्टाचारी भन्दारहेछन्’ भनी भनेका कुराले कोइरालालाई क्रूद्ध तुल्याएको रहेछ । ....... युद्धनायकबाट प्रधानमन्त्री बन्दासम्म एमाओवादी अध्यक्ष प्रचण्डमा अहङ्कार बढेर उत्कर्षमा थियो । कुनै समयका गिरिजाप्रसादमा झैं प्रचण्डमा पनि ‘म जे पनि गर्न सक्छु’ भन्ने अहङ्कारपूर्ण भ्रम भएकैले प्रचण्ड सेनापति हटाएर राज्यसत्तालाई सम्पूर्ण रूपले आफ्नो काबुमा लिन अग्रसर भएका थिए । .......

आफूलाई सत्ताबाहिर राखेर कसैले सरकार चलाउन सक्ने कल्पना पनि प्रचण्डले गरेका थिएनन् ।

........ ०६५ पुस २ गते बिहान सात बजे बालुवाटारस्थित प्रधानमन्त्रीका रूपमा प्रचण्डसँग भेट हुँदा मैले उहाँलाई सेनासँग जिस्किनु गल्ती हुने र सेनापति रुक्माङ्गद कटवाललाई आफ्नो कार्यकाल पूरा गर्न दिनु उपयुक्त हुने राय दिएको थिएँ । प्रचण्डलाई मेरा सुझाव उपयुक्त लागेनन्, उनले भने, ‘यो सेनापतिलाई निरन्तरता दिनु उपयुक्त हुँदैन ।’ त्यसपछि मेरो प्रतिक्रिया थियो, ‘यदि सेनापति बदल्ने खेलमा लाग्नुभयो भने तपाईंले धेरै नराम्रो परिणाम भोग्नुपर्ने हुन्छ, तपाईं सकिनुहुन्छ ।’ .......... आफूपछि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारलाई चुट्कीको भरमा विस्थापित गर्न सकिन्छ भन्ने विश्वासका कारण प्रचण्डले राजधानीकेन्द्रित अनिश्चितकालीन घेराउको आयोजना पनि गरेका हुन् । तर, प्रचण्डका कुनै पनि प्रयासले उनलाई सत्तामा पुनस्र्थापित गर्न सकेन । ....... सरकारलाई लागेको हुनसक्छ कि ‘टेकओभर’ गरेपछि सफल भइएन भने संवैधानिक राजतन्त्रमा सम्झौता हुन्छ, तर अब आन्दोलन सुरु भयो भने गणतन्त्रसम्म पुग्नसक्छ, संवैधानिक राजतन्त्रको बिन्दुमा सहमति हुन सक्दैन भन्ने मेरो भनाइको जवाफमा राजाले भने थिए–

सबै नेपालीले देश बनाउन पाउने मैले मत्र नपाउने ?

....... अहिले राष्ट्रियताको निम्ति जुर्मुराएका जनतालाई पनि नवमरिचमानहरूले ‘मुठ्ठीभर’ ‘प्रगतिमनकारी’ देखेका छन् ।

हाल तर्जुमा हुँदै गरेको संविधान जस्ताको त्यस्तै जारी हुँदा देश बहुआयामिक हिंसात्मक युद्धमा फस्ने देख्दादेख्दै पनि बलात्कारीको शैलीमा बलजफ्ती संविधान नामको एउटा खोस्टो सार्वजनिक गर्न उनीहरू जसरी कस्सिएका छन्, यसले तिनको नियतमाथि नै प्रश्न उठाउनुपर्ने भएको छ ।

........... अहिले पूर्णता दिँदै गरिएको संविधान उर्फ ‘चार नेताहरूको सुरक्षा कवच’ लाद्न प्रयास भइरहँदा प्रमुख नेताहरूका अभिव्यक्ति जुन स्तरको दम्भपूर्ण एवम् अहङ्कारजन्य देखिएको छ, यसले सम्बन्धित नेताहरूको पतन मात्र नभई देश बर्बादीको सङ्केत पनि गरेको छ ।
जुम्ला प्रशासन कार्यालयमा ‘कर्णाली प्रदेश’को साइनबोर्ड
आन्दोलनको १२ औ दिन आन्दोलनकारीहरुले जिल्ला प्रशासन कार्यालयमा ‘कर्णाली प्रदेश’ लेखिएको साइनबोर्ड टाँगेका छन् । .... जिल्ला प्रशासनले कार्यालयदेखि एक सय मिटर परसम्मको क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको थियो । साइनबोर्ड टाँगिएको आफूलाई थाहा नभएको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौड्यालले बताए ।


मधेसमा विकसित नयाँ आत्मबोध

मधेसको उपेक्षा यस राष्ट्रको एकताको हत्या हो ।

मस्यौदाकारी पक्ष आफ्नो अनुकूलको संविधान ल्याउन स्वच्छन्द छन् । तर त्यसलाई सबै नेपालबासीमाझ स्वीकार गराउन स्वतन्त्र छैनन् । ....... मधेस विद्रोहलाई कुनै नेतृत्व वा सड्डठन विशेषले परिभाषित गर्न सक्दैन, नत सडकमा उर्लिएका जनआकांक्षालाई सम्झौताका केही बुँदाहरूको गोलघरभित्र सीमित गरेर राख्न नै सकिन्छ । ........ मधेसका दलहरू पनि सरकारमा सहभागी भए, तर पनि राज्य र मधेसको दूरी घटेन । सरकारमा पुगेर पनि बलियो सेतुको काम गर्न नसकेका मधेसी दलहरूलाई जनताले मतादेशमार्फत दण्डित गरे .......

मधेस विद्रोहपश्चात् प्रायोजित रूपमा थारु, मुस्लिम, दलित, पिछडा वर्ग, सन्थाल लगायतकालाई यो साझा पहिचानबाट पृथक देखाउने प्रयत्न गरियो

र जब मधेसी पहिचान अन्तरध्वंस हुने व्यूहमा फँस्यो, तब विस्तारै त्यसका मान्यताहरूलाई हरण गर्ने कुटिल प्रयत्नहरू हुनथाल्यो । ...... अहिले थारु, मधेसी, कोच, मुस्लिमले राज्यसँगको सङ्घर्षमा सहयात्राको संकेत दिँदा काठमाडौंले त्यसलाई विभिन्न अफवाहमार्फत कमजोर बनाउन चाहँदैछ । काठमाडौं चाहन्छ– यिनीहरू माझको सहयात्राले घनत्व प्राप्त नगरोस् । ..... एकथरी काठमाडौं सम्पोषितहरू भन्छन्– पहिला सीमाङ्कन गरेनौ भनेर विरोध गरे, अहिले सीमाङ्कन मिलेन भनेर विरोध हुँदैछ । .. यो त ‘बखेडा’ हो । ....... पहाड वा मधेस दुवैतिरका मध्यमार्गी नागरिक समाज यतिखेर चेपुवामा छन् । यसको प्रत्यक्ष परिणाम के देखिँदैछ भने ध्रुवीकृत हुँदै गएको राजनीतिले समाजलाई पनि विभाजित गर्ने खतरा छ । .....

काठमाडौंका एकथरीले भन्छन्– ‘मधेस टुक्रिन्छ भने जाओस् । सबैभन्दा बढी कोलाहल गर्ने समतल क्षेत्रलाई एउटै प्रदेशमा राखिदिएका छौं । जे मन लाग्छ, त्यो गरुन् ।

......... यता मधेसका एकखाले मध्यमार्गीहरूले समेत व्याख्या गर्न थालेका छन्, पहाडिया शासकीय अहंकारले घाँटीमा हात दिएर चौखटसम्म ल्याइपुर्‍याउँदा अब घरमा बस्ने अवस्था कहाँ रह्यो ? ...... सरकार र मस्यौदाकारी पक्ष केवल दमनको भाषा बोल्दैछ, भडकाउमा स्वयं उद्यत छ । यस्तो अवस्थामा राज्यमाथिको एकल सामुदायिक बर्चस्वलाई रूपान्तरण गर्न भइराखेका प्रयत्न ......

लोकतान्त्रिक फ्रेमवर्कभित्र मधेस विद्रोहको स्वीकारोक्ति, सम्मानजनक नागरिकता प्रावधान, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र सबल मधेस प्रदेशका रूपमा सीमाङ्कनको ढोका खोल्न सकिन्छ । चुरे पर्वत शृंखला तथा भित्री मधेस सहितको मधेस/थरुहट प्रदेश निर्माण गर्न सकिन्छ ।

भिडन्त रोक, संवाद थाल
खासगरी सीमाङ्कनको विषयलाई लिएर स्थानीय प्रतिवाद चर्कनु, सरकारले त्यसलाई साम्य पार्न गोली चलाउनु र नागरिक मारिने स्थितिसमेत आउनु दुर्भाग्यपूर्ण हो । ..... अहिले संघीय सीमाङ्कनका सवालमा आ–आफ्ना एजेन्डा अगाडि सारेर तराई–मधेस, मध्य–सुदूरपश्चिम र कर्णाली क्षेत्रमा निरन्तर भइरहेका प्रदर्शनलाई बेवास्ता गरेर संविधानसभाको प्रक्रिया टुंगिने देखिन्न । ....

संघीयताजस्तो राजनीतिक अधिकार विकेन्द्रित गर्ने पद्धति लादेर लागू गर्न सम्भव छैन, त्यसमा स्थानीय समुदायको अपनत्व गाँसिएको हुनुपर्छ ।

..... तथापि पहिचान र सामथ्र्यका पूर्वनिर्धारित मापदण्डमा आधारित हुनुको साटो कतिपय क्षेत्रको सीमाङ्कनमा केही नेताविशेषको रुचि जोडिएको सार्वजनिक भएपछि असन्तुष्टिको बीउ रोपियो । ..... मधेसको सबभन्दा पुरानो– सद्भावना पार्टी
सार्क ‘इकोनोमिक युनियन’ मा जोड
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई आगामी १० वर्षभित्र युरोपेली युनियन (ईयू) मोडलमा लैजाने विषयमा सार्क अर्थमन्त्रीस्तरीय बैठक केन्द्रित हुने भएको छ। ...... सार्कलाई आर्थिक संघ (इकोनोमिक युनियन) का रूपमा विस्तार गरी अघि बढाउन सार्क राष्ट्रका अर्थसचिवहरू सहमत भइसकेका छन्। ..... एक अर्का मुलुकमा आफ्नो मुद्रालाई सम्बन्धित मुलुकमा सहजै उपयोग गर्न मिल्ने व्यवस्था ..... सार्क देशहरूबीच लगानी सुरक्षा तथा प्रवद्र्धन सम्झौताको मस्यौदा ‘करेन्सी स्वाप एरेन्जमेन्ट’ र सार्क विकास कोषको उचित परिचालनबारे एक खाका तयार गरेका छन्। यसको सही परिचालन हुन सके सार्क युरोपेली युनियनभन्दा राम्रो विकास मोडल बन्न सक्नेछ। ..... ‘करेन्सी स्वाप एरेन्जमेन्ट’ सम्बन्धी सार्क देशबीच सम्झौता भएमा एक अर्काको देशमा सहज रूपमा मुद्रा प्रयोगमा ल्याउन सकिनेछ। जसले गर्दा युरोपेली युनियनको झैं पछि साझा मुद्रामा जानसमेत सहज हुने ...... ‘एसियाली पूर्वाधार लगानी बैंक तथा ब्रिक्स बैंक स्थापना भइसकेको अवस्थामा अब सार्क विकास बैंक
भैरहवामा स्थिति नियन्त्रणबाहिर, ८ बजेदेखि कर्फ्यू लगाउने तयारी
संयुक्त मधेसी मोर्चाको बन्दले सप्तरी ठप्प
मोर्चाको बन्दले पूर्व–पश्चिम राजमार्गमा हजारौँ सवारीसाधन रोकी राखेका छन् भने राजमार्गका ठाउँठाउँमा बन्दकर्ता घुमिरहेका छन्। ..... त्यस्तै, मोर्चाका कार्यकर्ताले सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न दिएका छैनन् भने राजमार्गअन्तर्गतको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा थुपारेर सडक अवरुद्ध पारेका छन् ..... साथै, जिल्लामा रहेका कलकारखाना, उद्योग, बजार, पसल, शिक्षण संस्थासमेत बन्द रहेका बताइएको छ ।
सांसद पाण्डेको प्रश्न: धनुषामा ४० पुल, १६ जिल्लामा ३५ पुल?
सांसद राजेन्द्र पाण्डेले धनुषा एउटा जिल्लामा ४० वटा पुल, १६ जिल्लाका लागि ३५ वटा पुल, यो कहाँको सन्तुलित विकासको अवधारणा हो भनी प्रश्न गरे। ...... सांसद प्रेम सुवालले सरकारमा गएका पार्टीले नेपालमा सियोसमेत बनाउन नसकेको भन्दै विद्युत्मा परनिर्भरता बढ्दै गएको, मन्त्रालयहरुमा पार्टी कार्यकर्ताको वर्चश्व बढेकामा आपत्ति जनाए। ..... ठेकेदारले धेरै कामको जिम्मा लिने तर कम काम गर्ने प्रवृत्ति रहेको
प्रधानमन्त्रीको अनुपस्थितिमा विशेष समिति अनिर्णयको बन्दीः भट्टराई

Comments