Wednesday, August 19, 2015

In The News (23)

सीमाङ्कनमा नयाँ विकल्प, कहिलेकाँही ‘प्रसव वेदना’ लम्बिन्छ : भट्टराई
सङ्घीयताको सीमाङ्कनको पुनरावलोकनबारे सात घन्टा लगातार बैठक गरेका चार दलका शीर्ष नेतालाई पत्रकारले सोधे,

‘छलफल जारी छ, भोलि सहमति हुन्छ भन्नेबाहेक नयाँ कुरा के छ?’

नेताहरुको जवाफ आयो, ‘भोलि (बिहीबार)चाहिँ पक्का टुङ्गिन्छ।’ ...... नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने पाँचदेखि आठ प्रदेशसम्ममा जाने भन्ने विभिन्न प्रस्ताव प्रस्तुत भएको तर कुनै निर्णय नभएको बताए। छ प्रदेशमा जाने भन्ने पछिल्लो सहमतिपछि विभिन्न क्षेत्र र जिल्लामा भएका बन्द, हड्ताल र विरोधलाई कसरी सम्बोधन गर्ने भन्नेमै सबैको चासो रहेको पौडेलले उल्लेख गरे। उनले सुदूरपश्चिम र मध्यपश्चिमलाई एकै प्रदेश र राजधानीको थप नयाँ प्रदेश गरेर कूल छ प्रदेशमा पनि जान सकिने आफ्नो धारणा रहेको स्पष्ट गरे। .... एमालेका उपमहासचिव विष्णु पौडेलले ‘भोलि (बिहीबार) चाहिँ पक्का टुङ्गिन्छ र छ प्रदेशभन्दा माथि जाँदैन’ पत्रकारलाई आश्वस्त पारे
संविधान सभाबाट राजिनामा दिने पार्टीको संख्या बढ्छ : अनिल झा
अध्यक्ष झाले भनेका छन्,‘मधेशको मागप्रति यस्तै लाचारि देखाउँदै जाने हो भने संविधान सभाबाट राजिनामा दिने पार्टीहरुको संख्या बढ्दै जानेछ । मेरो पार्टीले केही दिनमै संविधान सभाबाट राजिनामा दिन सक्छ ।’ ....... पहिलो संविधान सभाको समिति र आयोगले तयार पारेको प्रतिवेदनअनुसार सीमांकन हुनु पर्ने धारणा राखे । ...... अहिलेको प्रदेशको अधिकार जिल्ला विकास समितिको भन्दा कम भएको बताए । ..... उनले सबै निकाय संघीय हुनु पर्ने मिथिला र लुम्बिनी भएकादेखि मधेशी भएकोले उनीहरुलाई अंगिकृत नागरिकता दिने प्रावधान मान्यत नहुने चेतावनी दिए ।
रात्रीबस लगायत सम्पुर्ण यातायात नचलाउन मोर्चाको आहवान
संयुक्त लोकतान्त्रिक मोर्चा पर्साले अनिश्चितकालीन मधेश तथा थरुहट बन्दलाइ अझ सशक्त बनाउने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिव यादवको अध्यक्षतामा सोमबार साझ वीरगन्जमा बसेको मोर्चाको बैठकले केन्द्रले आहवान गरेको अनिश्चित कालीन मधेस तथा थरुहट बन्दलाइ अझ सशक्त बनाउने निणय गरेको हो । साथै मोर्चाले वीरगन्जबाट सचांलित हुने सम्पुर्ण रात्री कालीन तथा दिवा सेवामा चल्ने वस तथा अन्य सार्वजनिक यातायातका साधनलाइ ठप्प पारी बन्दलाइ सफल गर्न मोर्चा अनुरोध पनिगरेको छ ।मोर्चाको बैठकले आपतकालीन मर्मत कार्यमा प्रयोग हुने विद्युत प्राधिकरणको गाडी , एम्बुलेन्स , दुग्ध तथा पत्रपत्रिका ओसार्ने गाडी , वारुण यन्त्र , विवाहका सवारीसाधन भने निर्वाध रुपमा सन्चालन हुन दिने निर्णय पनि गरेको फोरम नेपाल पर्साका अध्यक्ष यादवले जानकारी दिनु भयो । बैठकमा तराइ मधेश लोकतान्त्रिक पार्टीका पर्सा संयोजक पुरुषोत्तमलाल झा , फोरम नेपालका केन्द्रिय सदस्यद्धय करिमा बेगम र वीरेन्द्र यादव ,सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी , जिल्ला अध्यक्ष इमदाद गद्धी , तराइ मधेश सदभावना पार्टी पर्साका सचिव श्रीराम गिरी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

No comments: