Tuesday, August 18, 2015

In The News (21)

टिकापुरमा बोलेकै हो, हिम्मत भए कारबाही गरेर देखाऊ
कैलालीको टिकापुरमा आयोजित सभा ऐतिहासिक रुपमा भब्य र सफल भएको थियो । हजारौं जनता सहभागी भएका थिए । तर त्यति ठूलो सभालाई नेपालका कुनै पनि मूलधारका मिडियाले कभरेज गरेनन् । नेपालका मिडिया पूर्णतः पूर्वाग्रही भए । तर हुँदै नभएको, बोल्दै नबोलेको कुरालाई बाहिर ल्याए । त्यहाँ हामीले गरेको अडियो टेप गृहमन्त्रीले संसदमा बुझाए । ...... विगतकै आन्दोलनबाट प्राप्त भइसकेको उपलब्धी चार दलले बनाएको संविधानको मस्यौदामा खोसिएको छ । मधेसी जनताको अधिकार खोसिएको छ । अन्तरिम संविधानले दिएको अधिकारसमेत नयाँ संविधानमा नहुने भयो । यो प्राप्त गर्न फेरि एक पटक आन्दोलन गर्नु पर्ने भयो । आफ्नो अधिकारका लागि आन्दोलन गर्न तयार हुनुहोस् भनेर हामीले जनतालाई भन्यौं । जनतालाई आन्दोलनका लागि आह्वान गर्ने कुरा बोलेकै हो । यदि अधिकार प्राप्तिका लागि गरेको आह्वान विखण्डनवादी हुन्छ भने, साम्प्रदायिक हुन्छ भने होस । हामीले बोलेकै हो, हिम्मत भए गृहमन्त्रीले कारवाही गरेर देखाउन् । ...... झापादेखि कञ्चनपुरसम्मको भूभाग मधेसको हो । तराइमा एउटा मधेस प्रदेश हुन्छ । त्यो झापादेखि पर्सासम्मको र अर्को नारायणीदेखि कञ्चनपुरसम्मको थरुहट हुन्छ । तराईमा हुने यी दुई प्रदेश मात्रै हुन् । उत्तरतर्फको चुरेसम्मको क्षेत्र सबै मधेसको हो । लिम्बुवान चाहिनेले झापा मोरङको पहाडी भाग लैजान्छन् । चुरे तलको भाग मधेस प्रदेशमा गाभिनु पर्छ । कैलाली कञ्चनपुरलाई अखण्डबाट झिकेर थरुहटमा मिसाउनु पर्छ । किनभने त्यस क्षेत्रका जनताले त्यही खोेजेका छन् । पचास वर्ष अघि पहाडबाट पश्चिम तराईमा झरेर थारुहरुलाई कम्लरी बनाउनेहरुकै फेरि पनि शासन हातमा गयो भने कसरी थारुको मुक्ति हुन्छ ? बाँके बर्दियाका जनताले रुकुम, रोल्पा गएर आफ्नो राज्य खोज्न सक्दैनन् । यो हुन सक्दैन । ....... हामीले खोजेजस्तो प्रदेश दिनु पर्छ । त्यस्तो भयो भने मधेसको दुईवटै प्रदेश सामथ्र्यवान हुन्छन् । हामीले प्रदेश मागिरहेका छौं । तर यी चार दलले देश माग्यो, विखण्डनकारी कुरा गर्यो भनेर हल्ला गरिरहेका छन् । सबै प्रदेशलाई भारतसँग जोडने गरी प्रदेश निर्माण गरिएको छ । वास्तवमा विखण्डनकारी काम त चार दलले गरिरहेका छन् । भारतसँग सीमा किन जोड्नु पर्यो ? के यो छुट्टै देश बनाएको हो र भारतसँग सीमा जोड्नु पर्ने ? संविधानको मस्यौदा प्रतिगमनकारी छ । नेपाली समाजलाई पचास वर्ष पछाडि धकल्ने मस्यौदा बनेको छ । प्रतिगमनको विरुद्ध राजा ज्ञानेन्द्रसँग लड्यौं । अहिले फेरि

यी चार दल चार वटा राजा भएर देखा पर्न खोज्दैछन् ।

........ मौद्रिक नीति, विदेश नीति, सुरक्षाबाहेक अधिकार प्रदेशलाई हुनुपर्छ । तर अहिलेको मस्यौदाले प्रदेशलाई जिल्ला विकास समितिलाई जति पनि अधिकार दिएको छैन । यस्तो संघीयता हामीले खोजेको होइन । सुरुमा हामीले सीमांकनसहितको संघीयता भन्यौ । अहिले सीमांकन त भयो तर गलत तरिकाले भयो । हामीले समावेसी समानुपातिक प्रतिनिधित्व खोजेका थियौं । अहिले समावेसी मात्रै बनाइयो । समानुपातिक छैन । तराईमा आधा जनसंख्या बस्छ । तर १६५ सिटमा ६५ सिट पनि तराईलाई छैन । एकात्मकवादी, खसवादी, केन्द्रीकृत राज्यप्रणालीबाट उत्पीडनमा परेका जनताको मुक्ति भएन । अधिकारसहितको संघीयता नभएसम्म हाम्रो आन्दोलन जारी हुन्छ । माग पुरा नभएसम्म तराईमा अनिश्चितकालीन आमहडताल चलिरहन्छ ।

मधेसी जनताले अधिकारका लागि रगत बगाएका छन् । रगत खेर जान दिनेछैनौं ।

बाँके बन्दले जनजीवन कष्टकर, दैनिक पाँच करोडको व्यापार घाटा
बन्दका कारण नेपालगन्जबाट बाहिर जाने र भित्रिने कुनै पनि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्, जसका कारण ठाउँठाउँमा यात्रु बिचल्लीमा परेका छन् ।
राष्ट्र टुक्र्याउन पैसाको खोलो बगाउने को होला?
तर यीनीहरुको गतिविधिमा बहालवाला मन्त्री र विदेश बस्ने नेपालका एक धनीमानीको आडभरोसा रहेको पुष्टि भएको छ । ..... उनीहरुलाई २८ गते सुरक्षाकर्मीले टिकापुरबाट एस्कर्टिङ गरेर नेपालगञ्जको सिद्धार्थ भ्यू होटल ल्याइपुर्याए । २९ गते दिनभर अलग–अलग र सामुहिक भेटघाट सकेर साँझ ५ः३० बजे बुद्ध एअरको अन्तिम उडानबाट काठमाण्डु लागे । ६ः३० बजे काठमाण्डु टेकेर अमरेशकुमार सिंह विमानस्थलबाट सोझै मन्त्री निवास पुगे । त्यहा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालसँग उनको डेढ घण्टा गोप्यवार्ता चल्यो । अमेरिकाबाट आएर देउवासँग निकट सही दक्षिणी क्यम्पतिर ढल्किएका मीनेन्द्र अन्ततः सोही समूह परिवर्तनका कारण पटक–पटक सत्ताको चास्नी चाट्ने तहमा पुग्न सकेका हुन् । भोलिपल्ट ५ः३० बजे भाटभटेनीस्थित उपेन्द्र महतोको भव्य निवासमा छिरे । ....... सबैजसो नेपाली नेता र दललाई वर्सेनि कुस्त रकम बाँडन सक्ने महतोसँग मध्यराति १२ बजेसम्म अमरेशले के के विषयमा वार्ता गरे होलान ? व्यापारिक परामर्श भनौ भने अमरेशको त्यो लाइन होइन । उता, उनको जिल्ला सिरहामा भाई वीरेन्द्र महतोले संविधान निर्माणविरुद्ध राजमार्ग जाम गरिरहेको अवस्था छ । वीरेन्द्र उपेन्द्र यादवको फोरमका समानुपातिक सभासद् हुन् । उपेन्द्रको पार्टी पनि ४ दलले गरेको संविधान जारी गर्ने प्रयत्नको विरोधमा छ । ....... कांग्रेसबाट निर्वाचित भए पनि आफूलाई हाकाहाकी भारतको दलाल भन्न रुचाउने अमरेश र उपेन्द्र यादव दुवै बाँके र कैलालीको यात्रामा सँगै थिए । उपेन्द्र महतोले करोडौं लगानी गरेर बहिनी जुलीलाई एमाले सभासद् बनाएका थिए भने भाई वीरेन्द्रलाई उपेन्द्र यादवको जिम्मा लगाएका थिए । एकातिर पार्टीलाई र राष्ट्रिय हितविरुद्ध बोल्दै हिँड्ने अमरेशलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति सुशील कोइरालाले कारवाही गर्न नसक्ने, टिकापुरमा दिएको विखण्डनकारी भाषणको कपी गृहमन्त्रीले संसदमा पेस गर्दा सरकारकै प्रवक्ताले चाहिँ राति बोलाएर खासखुस गर्ने र यस्ता मान्छेलाई आधा राष्ट्र किन्न पुग्ने पैसा कमाइसकेका व्यापारीले आधारातसम्म भेट्ने भएपछि साउन महिनाभित्र संविधान जारी गर्न कसले रोक्यो भन्ने स्पष्ट नै छ ।
गृहमन्त्रीलाई डिआइजीले भने, ‘तपाईंका कारण हाम्रो शिर निहुरिएको छ’
नेपाल प्रहरीका माथिल्लो तहका सबै अधिकृतहरुको सामु त्यसरी आफ्नै आलोचना सुन्नपर्ला भन्ने कुरा गृहमन्त्री बामदेव गौतमले सायदै सोचेका थिए होला । तर, गत शुक्रबार उनकै सामुन्ने प्रहरी अधिकृतले पचासौं जनाको बीचमा भने,

‘तपाईं कारण हाम्रो शिर निहुरिएको छ ।’

....... डिआइजी नवराज सिलवाल .... तालिममा सहभागी सात डिआईजी र १३ एसएसपीले गृहमन्त्री गौतमलाई सम्बोधन गर्दै भने, ‘अहिले नेपाल प्रहरीको अधिकार खोसेर सशस्त्रलाई दिने जुन काम भएको छ, त्यसबाट हाम्रो मनोबल खस्किएको छ । ताप्लेजुङको ओलाङचुङगोलामा नेपालको झन्डा फहराएर बसेको सिपाहीको पनि आज यहि कारणले शिर निहुरिएको छ । काम गर्ने जाँगर नै मरेको छ । ’
शीर्ष नेताले बामदेवलाई सिंहदरबार बोलाएर भने, ‘जथाभावी गोली हान्ने होइन’
बाबुराम भट्टराईले बैठकमा गृहमन्त्री बामदेव गौतमलाई बोलाएर जनतामाथि अनावयश्क बल प्रयोग नगर्न आग्रह गरिएको बताए । ‘गृहमन्त्रीलाई बैठकमै बोलाएर सिमांकनको विषयमा असन्तुष्टि जनाइरहेका जनतामाथि अनावश्यक बल प्रयोग नगर्न भनेका छौं’, भट्टराईले भने, ‘राजनीतिक समस्याको समाधान बलप्रयोगबाट होइन, राजनीतिक तरिकाबाटै गर्नुपर्छ ।’
जनताका माग के हुन् बुझ्नै सकिएन: पौडेल
जनताले के माग राखेर आन्दोलन गरेको भन्ने बुझ्न नसकिएको उनको भनाइ थियो । ...... ‘जनताको मागै थापा पाउन सकिएको छैन’, पौडेलले भने, ‘भारदह र कपिल्वस्तुको माग के हो बुझ्न सकिएन ।’
सन्तुष्टि समाधान गरेरै संविधान ल्याउने प्रमुख दलको निर्णय

प्रमुख राजनीतिक दल सिमांकनमा देखिएको विवाद मिलाएरै संविधान जारी गर्न सहमत भएका छन् ।

....... विजयकुमार गच्छदारले प्रमुख दल आठ प्रदेशको सहमतिबाट पछि हटेर ६ प्रदेशमा झरेकाले सिमांकनलाई लिएर देशव्यापी असन्तुष्टि बढेको बताए ।
‘अराजक’ बन्दै कर्णाली आन्दोलन
विशेष अधिकारसहितको कर्णली स्वायत्त प्रदेश माग गर्दै १० दिनदेखि जारी आन्दोलन

नेतृत्व अभावमा अराजक बन्दै गएको छ ।

आठौं दिनदेखि नेतृत्वविहीन बनेको छ । सात दिनसम्म राजनीतिक दलले पालैपालो अगुवाई गरेका थिए । ....... आन्दोलनको आठौँ दिन संविधानसभा बाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी आन्दोलनको अगुवाई गर्न दिइएको थियो । .... आठौँ दिनमै प्रदर्शनकारीले यहाँ सरकमारी कार्यालयका साइनबोर्ड फ्याँके, तोडफोड गरे । उनिहरुले शिक्षा र वन कार्यालयमा आगो लगाए । नवौँ दिनमा बागवानी, हुलाक र वनस्पति कार्यालयमा आगजनी भयो ।


चार सय गाडी गन्तव्यमा
सोमबार साँझदेखि मंगलबार बिहानसम्ममा सिरहा र सप्तरीस्थित राजमार्गमा अलपत्र १७५ यात्रुबाहक बस, मालबाहक ट्रक र निजी सवारी साधनलाई मोरङ र झापासम्म पु¥याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


दशौं दिन पनि जुम्लामा आन्दोलन जारी, बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश
बिहान कर्फ्यु हटेको समय पारेर आन्दोलनकारीहरुले सदरमुकाम खलंगामा नारा जुलुस गरेका थिए । ..... आन्दोलनकारीहरुले गाउँ छाड्न दबाब दिन थालेपछि गाउँमा रहेका प्रहरी चोकीहरु खाली हुन थालेका छन् । सबै चौकीमा रहेका प्रहरहिरु अहिले सदरमुकाम आइसकेको प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।
सदभावनाले संविधानसभाबाट राजीनामा दिए,मधेशभर उक्त कार्यको सराहना( विज्ञप्तीको पुर्ण पाठ सहित) भाका सार्दै शीर्ष नेता
सीमांकनविरुद्धको असंगठित आन्दोलन र तिनका मागबारे अस्पष्टताका कारण सम्बोधन गर्न अप्ठ्यारो भएको शीर्ष नेताहरू भनाइ छ । 'आन्दोलनबारे ध्यानाकर्षण भएको छ । तर आन्दोलनमा कसको के माग हो भन्ने स्पष्ट छैन,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, 'कपिलवस्तु र भारदह (सप्तरी) को माग के हो ? कसले के भनेका हुन् बुझ्ने कोसिस भइरहेको छ ।' ...... सप्तरीदेखि पर्सासम्मको प्रस्तावित प्रदेशमा सुरु भएको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै संयोजक भट्टराईले सबै प्रदेशको सीमांकन एकै मापदण्डका आधारमा हुनुपर्ने बताए । 'सुदूरपश्चिममा सेती-महाकाली एउटै हँुदा चित्त बुझ्ने, त्यहाँ एउटा नीति लागू गर्ने अनि अर्को ठाउँमा त्यो किन लागू नहुने ?,' उनले भने, 'यस्तो हुन सक्दैन ।' ...... शीर्ष नेताहरूबीच आम निर्वाचनमा निश्चित मत प्राप्त गर्ने दलहरूले मात्र राष्ट्रिय दलको मान्यता र समानुपातिकतर्फ सिट प्राप्त गर्नेगरी थ्रेसहोल्ड राख्नेमा सैद्धान्तिक सहमति भए पनि त्यसको प्रतिशत निर्धारण भएको छैन । ..... नयाँ संविधान जारी भएपछि संवैधानिक निकायका पदाधिकारीले स्वतः निरन्तरता पाउने व्यवस्थामा दलहरूबीच सहमति भइसकेको छ । 'नेपाली आमा वा बाबुबाट जन्मेका सन्तानले वंशजको नागरिकता प्राप्त गर्नेगरी' मस्यौदा परिमार्जन गर्नेमा पनि सहमति जुटेको छ । ...... कांग्रेस उपसभापति रामचन्द्र पौडेलका अनुसार प्रस्तावित जिल्लासभाका सभापतिले राष्ट्रियसभा सदस्य चयनका हुने मतदानमा भाग लिन पाउने/नपाउने, जिल्ला सभाको अधिकार कति हुने भन्नेमा पनि विवाद बाँकी छ । प्रमुख जिल्ला अधिकारी र वन अधिकृतले प्रयोग गर्दै आएको अर्धन्यायिक अधिकारबारे पनि छलफल चलेको पौडेलले बताए । प्रस्तावित मस्यौदामा गाउँ र नगरपालिकाको समन्वयनकारी निकायका रूपमा जिल्लासभा प्रस्तावित छ ।

सीमांकन पुनरावलोकनसहित बाँकी विवाद समाधानमा भएको ढिलाइले भदौको दोस्रो साताभित्र नयाँ संविधान जारी हुने सम्भावना कम हुँदै गएको छ ।

......

संविधान विधेयक निर्माणपछि सभासदलाई विधेयक वितरण, संविधानसभामा विधेयक पेस, विधेयकमाथि सैद्धान्तिक छलफल, सभासदलाई संशोधन प्रस्ताव दर्ता गराउने मौका, दफाबार छलफल, मतदान जस्ता प्रक्रिया बाँकी रहन्छन् ।

कहाँ बस्छन् प्रदेश प्रमुख ?
शीर्ष बैठकपछि बाबुरामले भने- पुच्छर छिर्‍यो, हात्ती अड्क्यो
'लोकतान्त्रिक' र 'वामपन्थी'हरू कमल थापालाई उछिन्न आतुरता देखिए
सम्पत्तिको हकमा “वौद्धिक सम्पत्ति” थप्ने, स्वतन्त्रताको हकमा ” नेपालको कुनै पनि भागमा पेशा, व्यवसाय…..गर्ने स्वतन्त्रता” थप्ने केही सकारात्मक सहमति भएका छन् । ...... नागरिकताको मुद्दामा लैंगिक समानता कायम गर्ने विषयमा परम्परगत पितृसत्तात्मक चिन्तनमाथि लाख कोशिश गर्दा पनि विजय हासिल गर्न सकिएन । यस मामिलामा हाम्रा मधेसी मित्रहरु झन् कन्जरभेटिभ पाइयो ! ....... धर्म निरपेक्षता परित्याग गर्न कांग्रेस र एमाले नेताहरूले कमल थापालार्इ उमेत उछिनेको ...... गणतन्त्रको अभिन्न पिलर धर्मनिरपेक्षता परित्याग गर्न ‘लोकतान्त्रिक’ र ‘वामपन्थी’ कित्ताकै मित्रहरुले कमल थापाहरुलाई समेत उछिन्ने गरी आतुरता देखाएको पाउँदा क्रान्तिको रापताप सेलाउँदै गए पछि सबै क्षेत्रमा प्रतिगमन कसरी मुखरित हुँदो रहेछ निकै चिन्तित तुल्याएको छ ।’
आन्दोलन संविधान बनाउनकै लागि : उपेन्द्र यादव
यो नाममात्रैको संघीयता भएको, केन्द्र बलियो बनाउने गरी मस्यौदा आएको उनको दाबी छ। तमलोपा, सद्भावना र तमसपासहित आन्दोलनरत ...... विगतमा मधेस आन्दोलनपछि राज्यले मधेससँग गरेको सम्झौताअनुसार यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेको हो। त्यो सहमतिमा राज्यले हस्ताक्षर गरेको थियो, अहिले कार्यान्वयन गर्ने बेला उसैले उल्लंघन गर्‍यो। स्वायत्त मधेस प्रदेश, समावेशिता, पहिचान यो मस्यौदाबाट उल्ट्याएर विश्वासघात गरियो। चार दलका केही नेताले बालुवाटारमा मध्यराति निर्णय गर्ने, त्यसलाई संविधान मानेर जनतालाई लाद्ने प्रवृत्तिविरुद्ध आन्दोलन गरेका हौं। ..... मस्यौदाले दलित, महिला, कर्णाली, अल्पसंख्यक, जनजाति, थारू सबैलाई विभेद गरेको छ। हिजो राज्य पुनर्संरचना गर्ने सहमति गरेका

नेताहरू अहिले मेरो घर यो प्रदेशमा, ससुराली र चुनाव क्षेत्र अर्को प्रदेशमा भन्न थालेका छन्।

उनीहरू मधेस, मगरातलाई खण्ड–खण्ड पारेर कमजोर पार्न लागेका छन्। कर्णालीलाई उपेक्षित गरेका छन्। जनताले पाएका अधिकारसमेत खोसेका छन्, यो प्रतिगमन हो। ......

यो मस्यौदाका आधारमा संविधान बने जातीय गृहयुद्धको विषवृक्ष रोपिन्छ। त्यो नरोपियोस् भनेर आन्दोलन गरेका हौं।

..... हामीले कुनै नयाँ माग थपेर निहुँ खोजेका छैनौं। सबै पुराना माग हुन्, विगतका सहमति कार्यान्वयन गर्नुस्, त्यसका आधारमा संविधान पुनर्लेखन गर्नुस्। उहाँहरूले त्यसलाई पालना गर्ने हिम्मत देखाउनुभएको छैन। उहाँहरू आफ्नै कुरामा प्रस्ट हुनुहुन्न। पहिचान र सामथ्र्यका ८ प्रदेश बनाउने निर्णय १६ बुँदेमा गर्नुभयो। अहिले आफ्नै निर्णय उल्टाएर ६ प्रदेश बनाउनुभयो। उहाँहरूमा गम्भीर विचलन छ। जनमत संकलनमा जनताले दिएका सुझावसमेत लत्याउनुभयो। ....... यो आन्दोलन संविधान नबनाउन होइन, बनाउनका लागि हो। संविधान नबनाउने खेल हुन दिइन्न। हाम्रो माग सहमतिका आधारमा राम्रो संविधान बनाउँ भन्ने मात्रै हो। नाममात्रका संविधान त अहिलेसम्म ६ वटा बनिसके, त्यसको के अर्थ भयो र? .......

हाम्रो नेपाली संघीयता कस्तो हुने भन्ने मापदण्ड बनिसकेको छ, उहाँहरूले त्यसलाई कार्यान्वयन हो भने त्योभन्दा थप हाम्रो केही माग छैन।

..... राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन सहमतिको बटमलाइन हुन सक्छ। विगतका सम्झौता त्यसका आधार हुन्। राज्यले हस्ताक्षर गरेको कुरा उसैले उल्टाएर गद्दारी गरेको हो।
'Acche din' for Bihar: PM Modi announces Rs 1.25 lakh crore package
Giving more than what he had promised to Bihar during the electioneering for 2014 Lok Sabha elections, Prime Minister Narendra Modi on Tuesday announced a financial package of Rs 1.25 lakh crore for "transforming the destiny of the state." ....... He said, the centre would also provide Rs. 40,000 crore to the state for the ongoing existing projects besides the financial package. "Thus, total financial assistance for Bihar would go upto Rs 1.65 lakh crore," Modi said amidst thunderous applause from a very responsive audience at local Ramna Maidan of this district headquarters town, about 60 km west from Bihar's capital Patna........... He also inaugurated the 83 km long Muzaffarpur-Sonbarsa national highway after its conversion into two-lane from the previous single lane road. ........ "While electioneering for Bihar during the 2014 Lok Sabha polls, I had promised you to give a package of Rs 50,000 crore. But after becoming the PM when I learnt the nitty-gritty of governance at the centre, I came to know that nothing concrete could be done for the state in Rs 50,000 crore. During my last visit, I could not talk about it since the Parliament was in session. Just four days ago, Parliament session concluded and I am here to fulfill my promise. From this land of 1857 revolt hero Kunwar Singh and Jayaprakash Narayan, I announce a package of Rs 1.25 lakh crore to change the destiny of Bihar," Modi said. ........ "The previous governments at Delhi and Patna had not necessary stamina to spent funds. I promise you I will implement this package fully. If we want to solve people's problems then the only way ahead is development," the PM said......... Bihar CM Nitish Kumar, though invited, preferred to skip the function.

No comments: