In The News (20)


 
हर्क गुरुङसँग रोचक र घोचक भेट
डा. हर्क गुरुङ आफ्नो मौलिक भाषा हराएका व्यक्तिमध्ये पर्नुहुन्थ्यो । उहाँ साहै्र ठूला अन्तर्राष्ट्रिय स्तरको विद्वान् हुनुभयो – नेपालका लागि गौरव । संसारकै लागि योजनाशास्त्रीहरुमा, योजनाविद्हरुमा प्रकाण्ड । भूगोलका ज्ञाता । तर मातृभाषामार्फत् आफ्नो माटोसँग जुन जरा जोडिएको हुन्छ, मातृभाषामार्फत् जुन पोषण पाउँछ व्यक्तित्वले, त्यो पोषण उहाँले पाउनुभएन । त्यसले गर्दा उहाँ हकी तर ठाडो बोल्ने हुनुभयो । ...... मेरो थप कुरा नसुनी फोन राखिदिनुभयो । ...... उहाँले मेरो नाम सोध्नुभो । मैले नाम भन्नासाथ उहाँले अंगे्रजीमा जवाफ दिन थाल्नुभो । जबकि म नेपालीमा बोल्दैथिएँ । पाँच–दश मिनेटसम्म म नेपालीमा, उहाँ अंग्रेजीमा जवाफ दिने क्रम चलेपछि मैले पनि अंग्रेजीमै कुरा गर्न थालें । ..... मैले उहाँलाई भनें, ‘म तपाईंलाई भेट्न चाहन्छु । मलाई तपाईंको बसाइँसराइसम्बन्धी प्रतिवेदन चित्त बुझेको छैन । म छलफल गर्न चाहन्छु ।’ ........ उहाँले भन्नुभो, ‘त्यो कमिटीको रिपोर्ट हो । गुरुङ रिपोर्ट भन्नु गलत हो । तपाईंले रिपोर्ट पढ्नुभाछ ?’ ........ अहिले मलाई ठ्याक्कै सबै कुरा सम्झना छैन । ३० वर्षअगाडिको कुरा हो यो । उहाँलाई भेट्ने तेस्रो प्रयास पनि विफल भयो । ........ उहाँसँग भेट भयो संयोगले । म कुनै पर्यटनबारे अंग्रेजीमा लेख्ने गर्थें । नगरकोट घुम्न जानुस्, भक्तपुर हेर्न जानुस् भन्नेखालका लेख लेख्थें । मेरो लेख दैनिक छापिन्थ्यो । त्यही पत्रिकाको एउटा रिसेप्सनमा उहाँ पनि आउनुभएको थियो । सायद माउन्टेनियरिङ एसोसिएनसँग सम्बद्ध हुनुहुन्थ्यो उहाँ । ..... परिचय भएपछि उहाँले सोध्नुभो, ‘के गर्नुहुन्छ ?’ ...... मैले भनें, ‘म इन्जिनियर हुँ ।’ ....... मैले उहाँलाई ‘तीन–तीनपटक फोन गर्दा पनि भेट हुन सकेन तर आज संयोगले तपाईसँग भेट भयो’ भनें । ....... उहाँले भन्नुभो, ‘नाउ वी क्यान मिट ।’ राम्रै कुराकानी भयो । ....... उहाँ मेरा लेखहरु एकएक पढ्नु हँुदोरहेछ । ....... उहाँले भन्नुभो, ‘भक्तपुरबारे राम्रो थियो । तर हिजो नगरकोटबारे एकदम रद्दी ।’ ....... मैले भनें, ‘डाक्टरसाब म मधेसी परें । मलाई सबै हिमाल उस्तै लाग्छ । बाटो बनाउँदा नगरकोट दशौंपटक गएको थिएँ । मलाई नगरकोटबारे थाहा थियो । मैले लेखिदिएँ । ...... हिमाल कुन हो, टाकुरा कुन हो ? म छुट्याउनै सक्दिनँ ।’ ........ उहाँसँग सन् १९८८ तिर पुनः भेट भयो । उहाँका आफ्ना व्याख्या थिए । उहाँ विद्वान् हुनुहुन्थ्यो । ....... उहाँसँग बसाइँसराइ प्रतिवेदनबारे कुरा भयो । उहाँले भन्नुभो, ‘तपाईंले रिपोर्ट पढें भन्नुभो, तर राम्ररी पढ्नुभा रहेनछ ।’ ...... मैले भनें, ‘होइन, मैले दुई–तीनपटक पढेको छु । मैले नेपाली नबुझेको पो हो कि ?’ ...... उहाँले भन्नुभो, ‘पढ्ने भनेको त्यससँग सम्बद्ध रिफ्रेन्सका कुरा हेर्नुपर्छ । त्यो रिपोर्टमात्र पढेर हुँदैन । त्यो आइडिया कहाँबाट आयो ? विचार कहाँबाट आयो ? त्यस्ता पुस्तक पढ्नुुस् । त्यसको समसामयिक वा तत्कालको ज्ञानको स्तर के छ, त्यस्ता लेख पढ्नुस्, जर्नल ल्याउनुस्, रिपोर्ट हेरेर पनि कोही जान्ने हुन्छ ?’ ...... सन् १९८९ तिर भारतले आर्थिक नाकाबन्दी गरेको थियो । यस्तो बेला सरदार यदुनाथ खनाल, मोहम्मद मोहसिन, हर्क गुरुङजस्ता नेपालका कहलिएका विद्वान्हरु भेटौं भनेर उहाँलाई भेटेको थिएँ । उहाँले नाकाबन्दीलाई खास अस्वाभाविक रुपमा लिनुभएन । उहाँले जे भइरहेको छ, त्यो त हुनु नै थियो भन्ने किसिमले मात्र लिनुभयो । ...... म पुल्चोकमा इन्स्टिच्युट अफ् इन्जिनियरिङमा मास्टर पढ्दै थिएँ । सायद सन् १९९६ तिरको कुरा हुनुपर्छ । मेरा एकजना शिक्षक हुनुहुन्थ्यो डा. अम्बिकाप्रसाद अधिकारी । उहाँ र डा. हर्क गुरुङ आइयुसिएनको कन्ट्री डाइरेक्टर पदका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । मैले एउटा लेखमा सन्दर्भवश उपयुक्त पात्रचाहिँ डा. हर्क गुरुङ थिए तर नोकरी पाए डा. अम्बिकाप्रसाद अधिकारीले भनेर लेखेको थिएँ । ........ मैले लेखमा ‘यो बाहुन–क्षेत्रीको देश हो । डा. हर्क गुरुङजस्ता विद्वान् त्यो पदका लागि उपयुक्त पात्र हुँदाहुँदै नोकरी पाउन अरु कुरा पनि चाहिँदो रहेछ’ भन्ने किसिमले एक–दुई अनुच्छेद लेखेको थिएँ । डा. अम्बिका अधिकारीको पुस्तकको समीक्षा गर्दा यति लेखेको थिएँ । डा. गुरुङले मेरो लेख पढ्नुभएछ । ....... कताबाट नम्बर खोजेर मलाई फोन गरेर भन्नुभयो, ‘तपार्इंले त मेरोबारे एकदम बढाइँचढाइ लेखिदिनुभएछ ।’ ........ मैले भनें, ‘मैले केही पनि बढाइँचढाइ लेखेको छैन । तपाईं उपयुक्त पात्र हुनुहुन्थ्यो भनेर लेखेको हुँ । त्योभन्दा अरु केही लेखेको छैन ।’ ...... उहाँले भन्नुभो, ‘भेटमा गफ गरौंला ।’ ............. उहाँले मलाई जिस्काउनु पनि भयो, ‘सबै पहाडीलाई मधेसमा ल्याएर बसायो भनेर तपाईंहरु मलाई गाली गर्नुहुन्थ्यो । अब गाली गर्न सक्नुहुन्छ ? हेर्नुस्, माओवादीहरुले बन्दुक चलाउँदै जाने हो भने चार–पाँच वर्षमा सबै मध्यपहाड खाली भएर मधेसमा झर्छ । तपाईंहरुले पहाडी जनता काठमाडौंमा आउँछन् भन्ने ठान्नुभाछ ? काठमाडौंमा कतिजनाले जग्गा किन्न सक्छन् ? तपाईंहरुले केही गर्नुभएन भने सब मधेस झर्छन् । जहाँजहाँ चिनजान छ, यो समस्या समाधान गर्नतिर लाग्नुस्, नत्र भाँडिन्छ ।’ .......... उहाँको दिमागमा एउटा कुरा गहिरिएर बसेको थियो । जतिपटक बहस गरे पनि उहाँ मान्न तयार हुनुभएन । ..... म उहाँसँग बहस गर्दै भन्थें, ‘त्यो तिरङ्गालाई सलाम गर्ने तपाईंको पुर्खा, युनियन जातिलाई सलाम गर्ने तपाईंको पुर्खा अनि भारतमुखी हुनेचाहिँ हामी ?’ ...... उहाँले त्यो त नोकरी हो नि, कमाइ गरेर यहीं ल्याएको हो नि भन्ने किसिमले मात्र लिनुभयो । .......... त्यत्रो विद्वान मान्छे ! ....... म त्यतिबेला नेपाली कांग्रेसका नेताहरुसँग सम्पर्कमा थिएँ । हामी कुरा गथ्र्याैं, त्यत्रो विद्वान मान्छे, कसरी यो राजाको तन्त्रमा लाग्या होला ? नेपाली कांग्रेसका अलि पढैयाहरुले भन्थे, विद्वानहरुले निरंकुश व्यवस्था नै रुचाउँछन् । किनभने त्यहाँ तिनलाई कसैले विरोध नगरी अनेक प्रयोग गर्न पाउँछन् । प्रजातन्त्रमा जनता बोल्छन्, प्रयोग गर्न गाह्रो हुन्छ । त्यसैले जो जति धेरै ठूलो विद्वान, उसले त्यति धेरै निरंकुश व्यवस्था मन पराउँछ । यसमा कुनै अचम्म छैन । .......... नरेन्द्र मोदीले नेपाल आएको बेला भनेर गए, ‘पानी र जवानी पहाडके काम नही आनी ।’ यो त्यसै भनको होइन । त्यो गढवालतिरको एकदम पुरानो उखानजस्तै हो । .. जसरी पानी बगेर जान्छ फर्केर जाँदैन, त्यसरी नै यो उत्पादन प्रक्रिया पनि समथरतिर गएपछि समथरबाट माथि जाँदै जाँदैन, सबै समथरतिरै आकर्षित हुन्छन् । ........ पोखराले बाहेक न धनकुटाले गति लिनसक्यो, न त सुर्खेतले गति लिनसक्यो । दिपायलको त कुरै छाडिदिउँ । जे जति सहर बसे, त्यो त मधेसमा, पूर्व–पश्चिम राजमार्गको छेउछाउमा मात्र बसे । ....... जति नै हिमाल हेरे पनि उहाँले टुरिष्ट भएर हेरिएको पुस्तकका आधारमा लेख्नुभएको थियो । बडो रमाइलो पढ्नचाहिँ, गज्जब राम्रो छ । उहाँको पढाइचाहिँ जम्मै पश्चिमा पुस्तकबाट भएका हुनाले त्यो अवधारणा नै एउटा गलत साबित भयो । ........ राजनीति र अर्थनीतिलाई छुटाएर राख्न मिल्दैन । अर्थराजनीति शब्द त्यत्तिकै बनेको होइन । आचार्य विष्णु गुप्त (चाणक्य) ले किताब लेखेका छन् राजनीतिको, नाम राखेका छन् अर्थशास्त्र । .... यो क्षेत्रीय योजना राजनीतिसँग कतै कहीँ पनि जोडिएको छैन । त्यो योजना असफल हुनुको दोस्रो कारण थियो । ...... तेस्रो कारण, उहाँको योजनामा जनता थिएनन् । भन्ने बेलामा पचहत्तर जिल्ला । दुईटा जिल्लाको जनसंख्या जोड्ने हो भने मेरो गाउँको जनसंख्या बराबर हुँदैन । ...... उहाँको राजनीतिलाई राजदरबारले प्रयोग गरेर फ्याँकीदियो । कागतीको रस निचोरेर फाल्याजस्तो उहाँलाई राजनीतिबाट फालिदियो । यसरी उहाँ राजनीतिमा असफल हुनुभयो । योजनामा पनि उहाँको योजना सफल भएन ।

उहाँको योजना सफल नभएको सबभन्दा ठूलो उदाहरण त अहिलेको नेपाल हो ।

....... उनीपछि जति पनि नेपालका योजनाविद भए, उनीहरु डा. हर्क गुरुङ सिद्धान्तको घेराबाट बाहिर निस्कनै नसक्ने । उहाँको बौद्धिकता कति धेरै भने जोसुकै त्यहाँ पुगे पनि आखिर डा. हर्क गुरुङ डक्ट्राइनमा गएर ठोकीहाल्ने । त्यहाँबाट बाहिर आँटै गर्न नसक्ने । ..... नेपालमा गुरुङको सिद्धान्त नै सीमा हो । त्योबाहेक अरु केही योजना आयोगबाट आजको मितिसम्म आएको छैन । ...... सन् १९९० पछि ‘डासाब पनि एनजिओ व्यापारमा लाग्नु भयो’ भने जिस्क्याएँ, उहाँ रिसाउनुभयो । .... त्यसपछि अनुसन्धानमा लाग्नुभयो, गहिरो अनुसन्धानमा । त्यसको कुनै पोलिसी इम्पिलीकेसनतिर त्यति चिन्ता नगर्ने । त्यसको नीतिको असर कति हुन्छ धेरै चिन्ता नगर्ने । उहाँले शुद्ध ज्ञानको खोजी थाल्नु भयो । त्यसपछि उहाँको रूपै फेरिन्छ । कम्प्लिटलि डिफेरेन्ट मानिस ! ...... भाषाचाहिँ त त्यस्तै । अलिकति पनि बेकुफीजस्तो देखाइयो भने कुरै गर्न नचाहने । ‘यसले त कुरै बुझ्दैन । यससँग कुरा गरेर के गर्ने ।’ भन्ठान्ने । ..... तपाईं एकदम आफ्नो कुरामा प्रतिबद्ध (डिटरमिन) हुनुहुन्छ भने प्रतिबद्ध भा’को मान्छेसँग के तर्क गर्ने ? अर्थै छैन । घोप्ट्याइएको भाँडामा के पानी राख्ने ? ठाडै नै भन्ने । उहाँको कुरा पोलिटिलकल करेटनेसतिर नलाग्ने । .......... उहाँ लेखाइमा पनि त्यत्तिकै बलियो । तथ्यांक केलाउन सक्ने क्षमता त्यस्तै । अन्तमा उहाँ समावेशिताको सिद्धान्तसम्म पुग्नुहुन्छ । मैले भेट्दासम्म लगभग

संघीयतालाई स्वीकार गर्नुभएन ।

......... सन् २००५ सुरुतिर व्यक्तिगत रूपमा र सन् २००६ तिर सार्वजनिक रूपमा भेट हुँदा उहाँले संघीयतालाई अन्तिमकालसम्म स्वीकार गर्न सक्नुभएको थिएन । ..... उहाँ समावेशिताप्रति एकदम मोहित भइसक्नुभएको थियो । सन् २००५ तिरै हो क्यारे, खासगरी मधेसको कुरा गर्दाखेरी उहाँ भन्नुहुन्थ्यो, ‘के बढ्त कुरा गर्छ यो सिके जहिले पनि । हारेको मान्छे पनि यति लामो कुरा गर्नुहुन्छ ? तिमीहरूको जे हालत छ, त्यो त युद्धमा हारेपछिको यो हालत भयो ।’ .. मैले भनें, ‘होइन डाक्टरसाब कहाँ कुन युद्धमा हारेको भन्या ?’ ... उहाँले भन्नुभयो, ‘हारेको त हो नि, नारै लागेको थियोः तिमीहरूको जनकपुर क्षेत्रमा, गोरखालीलाई चाहिँ सिन्धुली कटाउँछौं भनेर । कटाउन त कटाए अंगे्रजहरूले, गोरखालीले नै फिर्ता बोलाइदिए । हारेकोसँग जस्तो व्यवहार हुन्छ, गोरखालीहरूले त्यस्तै व्यवहार गरे । योभन्दा राम्रो व्यवहार गर्ने हो भने गोरखालीहरूभन्दा राम्रो बना, त्यसै राम्रो व्यवहार गरिहाल्छन् गोरखालीहरूले ।’..... तराईबासी चाहिँ भन्ने, तर गोरखाली भन्न अप्ठेरो नमान्ने । हुन त उहाँ लमजुङको पनि भएर होला, लमजुङ गोरखाछेउछाउ भएकोले गोरखाली भन्न उहाँलाई गा¥हो भएन । तर समावेशिताको नाममा एकदमै प्यासनेट ।
वीरगन्जवाट काठमाण्ढौ जाने ४ दर्जन गाडी तोडफोड
बन्दको अवज्ञा गरेको भन्दै मधेश केन्द्रित दलका कार्यकर्ताहरुले वीरगन्जका विभिन्द स्थानमा आज राति सवारी साधनहरुमा तोडफोड गरेका छन् । वीरगन्जको बाइपास , प्रतिमा चोक र परवानीपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले ५० वटा भन्दा बढि मालवाहक सवारीसाधनहरुमा ढुंगामुढा गर्दै तोडफोड गरेका हुन् । प्रहरीले स्कर्टिङ गर्दै लिएर जान थालेका ५० वटा भन्दा बढि मालवाहक ट्रकहरुमा फोरम नेपालका कार्यकर्ताहरुले तोडफोड गरेको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिनु भयो । उहाका अनु्सार बाइपासमा तीन वटा , प्रतिमा चोकमा ६ वटा र परवानीपुर स्थित अमृत वनस्पति घीउ उद्योगका अगाडि तीन दर्जन मालवहाक ट्रकमा तोडफोड भएको हो । गाडीमा तोडफोड गर्ने क्रममा मधेशी दलका कार्यकर्ताहरु माथि परवानीपुरमा प्रहरीले लाठी चार्ज समेत गरेको तराइ मधेश विद्यार्थी फ्रन्ट बाराका अध्यक्ष सन्तोष यादवले जानकारी दिनु भयो ।
मधेसीहरु अब हतियार उठाएर युद्ध गर्छन्ः तमलोपा महामन्त्री शुक्ला
“संविधान मस्यौदा कर्ताले समथर भूमिका जनताको पहिचान नै नरहनेगरि प्रदेशको सिमांकन गरेकोछ । यसले यहांका जनतालाई दमित बनाउंछ । आफ्नो स्वाभीमानकोलागी पनि अहिले नवलपरासी देखी कन्चनपुर सम्मका जनता उठेका छन् । राज्यले यस्तै गरिरह्यो भने मधेसी जनता बाध्य भएर युद्ध गर्न पनि तयार हुनेछन् । ” ...... तराईमा बस्ने पहाडी, मधेसी, थारु , जनजाति सबै जनताको हितकोलागी राज्यले नवलपरासीदेखी कन्चरपुर सम्म उठेको आवजलाई सम्बोधन गर्नुपर्ने समेत बताए । ..... बन्दका कारण रोजीरोटीकोलागी भारतको विभिन्न शहरमा गएर नेपाल फर्किएका सयौं नेपाली तथा पर्यटकहरु सीमावर्ति क्षेत्र बेलहियामा अलपत्र परेका छन् । यहांका शैक्षिक संस्था, उद्योगधन्दा, व्यवसाय सबै ठप्प छ भने जिल्लामा शसस्त्र र नेपाल प्रहरीको सुरक्षा तैनाथी पनि बृद्धि गरिएकोछ ।
अमरेश सिंहलाई कारबाही गर्न सुदूरपश्चिमका सभासद्को माग
उनीहरुले सुदूरपश्चिमाञ्चलको जनजीवन, भूगोल र प्रवेशद्वारको केन्द्रबिन्दुका रुपमा परिचित कैलाली जिल्ला टुक्रयाउन खोज्नेका विरुद्ध एकताबद्ध हुन तथा कैलाली र कञ्चनपुरमा वर्षौदेखि मिलेर बसेका राना थारु समुदायलाई विशेष अधिकार प्रदान गर्न आफूहरु दृढ सङ्कल्पित रहेको विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । ..... यसरी माग गर्नेमा सभासद् बद्री पाण्डे, गरिमा शाह, कृपाराम राना, प्रा डा प्रेम कुँवर, नेकपा(एमाले)का वैकल्पिक केन्द्रीय सदस्य झपट रावललगायत हुनुहुन्छ ।
मधेश–थरुहट अनिश्चितकालिन बन्दको घोषणा (मोर्चाको विज्ञप्तिसहित)
चार दलले घुँडा नटेकेसम्म बन्द जारी रहने मोर्चाका नेताहरुले दाबी गरेका छन् ।
फुटको संघारमा फोरम लोकतान्त्रिक
हामी बाध्य भएर त्यो बाटो रोज्नु पर्नेछ: नेता यादव
थारु र कोचलाई स्वतन्त्र मधेशका लागि लड्न डा.सीके राउतको आह्वान
जयकृष्ण गोइत भन्छन्,‘नेपाली सत्ता खरानी बन्नेछ’
अखिल तराई मुक्ति मोर्चा १२ वर्षमा
मधेश मुक्तिको आन्दोलन निकै उचाईमा पुगि सकेकोले अव कसैले रोक्न नसक्ने
मधेशी महिलामाथि कष्टडीमै प्रहरीद्धारा दुरव्यवहार
सल खोसेर सडकमा घुमाएको ... मधेशी महिला भनेर वृतभित्र गाली गलौज गर्नुको साथै हातको चुरा समेत खोल्न लगाएको र जीउ ढाकिएका सल पनि राख्न लगाएर वृतमा राखिएको
गच्छदारले भने, ‘पार्टीमा गुड वाई नमस्ते भइरहन्छ, ज–जसलाई पार्टी छाडेर जानुछ जानुस्’
‘जसले जे भनेपनि आफूले नेपालको राजनीतिकमा इतिहास रचेको र यसलाई कसैले मेटाउन सक्दैन । तपाईहरु जति विरोध गर्नुस् अरुले जति पुतला जलाओस मैले गरेको निर्णयबाट म कुनै पनि हालतमा ब्याक हुँदैन । कसैले गोली हानेपनि म आफ्नो निर्णयबाट ब्याक हुँदिन । ...... उनले पार्टीहरुमा गुड वाई नमस्ते भइरहन्छ जसलाई बस्नु छ बस्नुस् जसलाई जानु छ जानुस् भनि कडा जवाफ दिएका थिए । उनले

आफूलाई मधेशवादी दल (मधेशी मोर्चा) का नेताहरुले इगनोर गरेको कारण यस्तो कदम उठाएको पनि धारणा राखेका थिए । ....... दुई घण्टाभन्दा बढी समय लिएर बोलेका गच्छदारले अधिकाँश समय आफैले आफैलाई प्रशंसा गरेर समय विताएको

स्रोतले बताए ।
समाजवादी फोरमका दुई नेतृमाथि सार्वजनिक मुद्दा लगाइने (डीएसपीले भने, “यति राम्री भएर ढुंगा बोक्न सुहाउँछ ?”)
समाजवादी फोरमका केन्द्रीय सदस्य तथा

सङ्घीय समाजवादी फोरम महिला संघका अध्यक्ष निर्मला यादव

र केन्द्रीय सदस्य सुनिता रामलाई गिरफ्तार गरेको छ ।
आन्दोलन रोकिदैंन, बन्दको विकल्प खोजिदैंन : लक्ष्मणलाल कर्ण

‘चार दलका बाहुनहरुले बाहुनका लागि लेखेको संविधान हामीलाई मान्य छैन,’

उनले भने । ..... ‘दाहालमात्र होइन, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि गौरमा टिक्न सक्नुभएन ।’ .... संघीयताका नाममा ल्याइएको ६ प्रदेशको अवधारणा पुरानै पाँच विकास क्षेत्रको नयाँ रुप भएको बताए । ..... मधेसवादी दलसँग विगतमा भएको सम्झौता र अन्तरिम संविधानको मर्म विपरीत आउने संविधान आफूहरुलाई कदापी मान्य नहुने उनको भनाई थियो ।
नेपाल सदभावना पार्टी सम्लित संघिय मधेसी मोर्चाद्वारा अनिश्चितकालिन मधेस बन्दको घोषणा
अनिश्चितकालिन मधेस बन्द संगै नाका बन्दी, सरकारी कार्यालय घेराउ तथा अवरोध, स्थानिय स्तरमा नागरिक समाज बिभिन्न राजनितीक दल तथा बिभिन्न संर्घष समितीहरुको कार्यक्रममा सहयोग ,सर्मथन एवं सहकार्य गर्दै अगाडी बढने जनाएको छ । सो बिज्ञप्तीमा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झा, लोकदलका अध्यक्ष कौशल कुमार सिंह,बहुजन समाज पार्टी नेपालका अध्यक्ष गंगा महरा, जनता दल लोकतान्त्रिकका अध्यक्ष हरीनारायण कामती,लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष जिवन साह र संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितीका संयोजक मातृका यादवले हस्ताक्षर गरेका छन् ।
जुम्लामा बालबालिकाको अर्धनग्न जुलुस निकाल्ने आयोजक खोज्दै सरकार
अर्धनग्न जुलुस जिल्ला प्रशासन कार्यालय अघि पुगेर कोणसभामा परिणत भएको थियो। .... कोणसभामा ७ वर्षिय आरबीस कार्कीले भाषण गरेका थिए। .... उनीहरुले बोकेको प्लकार्डमा 'हाम्रो भविष्य अन्धकार छ', 'जय माता कर्णाली', 'कर्णाली स्वयत्त प्रदेश घोषणा गर' जस्ता नारा लेखिएका थिए। .... जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले कर्फ्यु हटेपछि खोजी कार्य अझ तीव्र पार्ने बताएका छन्। .....

‘चारदलको सहमतिले गरेको सिमांकन विरुद्ध जुम्ला नै उर्लिएको छ, आफ्ना अभिभावक आएको देखेर बच्चाहरु आफै आएका होलान्।’

लिम्बुले नै नबुझेको ‘लिम्बुवान'
आत्मनिर्णयको अधिकारसहित ‘लिम्बुवान राज्य'को माग हुँदा कुनै बेला ह्वार्रै उत्रिने लिम्बु समुदाय हिजोआज बेपत्ता भएको छ। खुँडा, खुकुरी, लठ्ठीसहित लिम्बुवान नाममा आन्दोलनमा देखिने त्यस्तो समूहको प्रभावले त्रसित हुन्थ्यो इलाम जिल्ला। ...... अहिले सदरमुकाममा ‘लिम्बुवान'का दुई चार कार्यकर्ता देखिन्छन्, ‘लिम्बुवान' राज्यको माग आफैं कमजोर भएर गइसकेको छ। ताप्लेजुङ र पाँचथर जिल्लामात्र हैन, झापामा पनि ‘लिम्बुवान'को प्रभाव अहिले पुरापुर हराएको छ। ‘लिम्बुवान' राजनीति बुझेका केही पुराना व्यक्तिले ‘लिम्बुवान राज्य'को कुरा गर्ने समूह वा पार्टीले जनतालाई ‘लिम्बुवान के हो?' बुझाउन नसकेको बताएका छन्। ...... संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ आम्बुङका अनुसार विभिन्न सात वटा पार्टी मिलेर नयाँ पार्टी गठनको अभ्यास सुरू भइसकेको छ।

संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, थरुहटलगायत पहिचानसहितको संघीयता माग्दैआएका पार्टीबीच एकीकरण चाँडै हुँदैछ।

....... ‘एकपटक काठमाडौंमा वार्ता भइसक्यो, पहिचानवादीहरूको छुट्टै शक्ति निर्माण गरौं भन्ने हाम्रो उद्देश्य छ,' आम्बुङले सेतोपाटीसँग भने, ‘क्षेत्रीय रुपमा मात्र कुरा उठाउँदा राज्यले सुनेन, त्यसकारण एउटा राष्ट्रिय पार्टीसँग समायोजन भएर नयाँ पार्टी गठन गर्ने तयारी थालिएको हो।' आम्बुङका अनुसार तीन दिनअघि काठमाडौंमा केही पार्टीबीच छलफल भएको थियो। ........ २०६२/०६३ को आन्दोलनपछि क्षेत्रीय पार्टी स्थापना हुने क्रम बढेको हो। एकीकृत नेकपा माओवादीले जातीय राज्यको कार्ड फाल्न सुरु गरेपछि जातीय नाममा समूह र पार्टी गठन हुन थाले। एमाओवादीभन्दा एनजिओ र आइएनजिओको प्रभावमा नेपालमा धेरैभन्दा धेरै जातीय राजनीति सुरू भएको इतिहासविद् वैद्य बताउँछन्। ....... मुलुकमा जातीय राजनीति सुरू गरिएपछि जातीय राजनीति गर्नेले आफ्नो सशक्तिकरणभन्दा आरक्षणलाई बढी प्राथमिकता दिए। जसका कारण व्यक्तिले आफ्नो सिर्जनशील जीवन ‘आरक्षण' माग्दै बिताउन थालेको वैद्य बताउँछन्। ......

‘लिम्बुवान' क्षेत्रमै ‘लिम्बुवान' आन्दोलनबारे बुझाउन नसक्दा अहिले लिम्बुवानवादी संगठन हराएका छन्।

...... त्यसो त लिम्बुवान भनिने गरिएको क्षेत्रमा लिम्बुवानै बर्चश्व छैन। २०७० सालको केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार इलाम जिल्लामा ३५.६०७ प्रतिशत किराँत समुदाय थिए। हिन्दु सामुदाय ४४.४९२ र बौद्ध १५.२८५ प्रतिशत थिए। अरुणपूर्व लिम्बुवान भनिएका क्षेत्रमा यस्तैयस्तै प्रकारको तथ्यांक रहेको इतिहासविद् वैद्य बताउँछन्। ‘संघीयता र प्रदेश भनेको जातीय रुपमा हैन, सामर्थ्यको आधारमा हुने हो,' वैद्य भन्छन्, ‘सामर्थ्यको आधारमा हुँदा अरुणपूर्वका ९ जिल्लाको छुट्टै लिम्बुवान राज्य बन्दैबन्दैन।' .... जातीय राजनीतिको पछाडि एनजिओ आइएनजिओको बढी हात छ। ....

पृथ्वीनारायण शाहले किराँती लिम्बूहरूलाई ‘तिमी भाइ राजा, हामी दाइ राजा' भनी दिएको

छुट्टै राज्य भएकाले ‘लिम्बुवान राज्य'को कुरा उठेको उनी बताउँछन्। ‘बसाइँसराइको हिसाबले कम जनसंख्या देखिनु स्वभाविक हो,' उनी भन्छन्, ‘राज्यले लिम्बुवान नसुनेकै कारणले तेस्रो शक्ति निर्माण गर्ने भनेर हामी अहिले कसरतमा जुटेका छौं।'
देश टुक्र्याउने अभिव्यक्ति दिने सभासदको अडियो रेकर्ड संसदमा
सरकार गम्भीर : गृहमन्त्री

Comments