Tuesday, August 11, 2015

In The News (14)

संविधानको नयाँ तिथि भदौ १५
संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले आइतबार ६ प्रदेशको सीमांकनसहितको प्रतिवेदन अवरोध र नारावाजीबीच संविधानसभाको बैठकमा पेश गरेपछि देसव्यापी उत्पन्न बिद्रोहलाई समयमै साम्य पार्न नसके संविधान जारी गर्ने मिति

भदौं १५ गते पनि अनिश्चित हुन सक्ने

देखिएको छ। ..... सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले अन्नपूर्णसँग भने, 'संविधान साउन समान्तभित्र नै जारी हुने छ। अझै पनि नियम निलम्वन गरेर साउन मसान्तमै संविधान जारी गर्न सकिन्छ तर त्यसका लागि प्रमुख दलहरुको सक्रियता र सजगताका साथै कार्यान्वयनमा लाग्ने दृढता चाहिन्छ।'
मधेसलाई चीनसँग जोड्न माग
प्रमुख चार दलले पर्सा देखि सप्तरीसम्मको सीमाङकन गरेर निमार्ण गर्न खोजेको प्रदेश नम्बर २ लाई उत्तर छिमेकी चीनसँग नजोडेको भन्दै नेपाल सदभावना पार्टीकी नेतृ सरिता गिरीले आपत्ति जनाएकी छिन् ।
६ प्रदेशको बिरोध गर्दै बेलबारीमा पनि मस्यौदा जलाइयो
मोरङ को बेलबारिमा पनि जलाएको छ। .... पूर्व-पश्चिम् लोक मार्गमा सङघीय समाजबादी फोरमले खाका जलाएको हो। मदेश आन्दोलन, आदिवासी आन्दोलन, जनआन्दोलन २ ले स्थापित अन्तरिम संविधान बिपरित आएकोले औचित्यहिन खाका जलाएको फोरमका जिल्ला उपाध्यक्ष केशरमान गुरुङले जनाए। ..... फोरम सचिव राछमी किँरातिले जिल्लाका ९ वटै निर्वाचन क्षेत्र ६ प्रदेश सहितको खाका जलाइने कार्यक्रम रहेको बताए।
एमाओवादीमा चर्को असन्तुष्टि

एमाओवादी संसदीय दलको बैठकमा सभासदहरुले पार्टी नीतिविपरित नेतृत्वले जथाभावी गरेको भन्दै चर्को आलोचना गरेका छन् ।

No comments: