Sunday, August 09, 2015

Gachhedar In Big Trouble



६ प्रदेशको सहमतिले गच्छदारको पार्टीमा भाडभैलौ, असन्तुष्टको पार्टी छाड्ने चेतावनी
६ प्रदेशको सम्झौतामा हस्ताक्षर गर्ने सो पार्टीका अध्यक्ष

विजयकुमार गच्छदार अहिले पार्टीमा एक्लोजस्तै भएका छन्

। विजयकुमार गच्छदारबाहके सबै पदाधिकारीले सो सहमतिको विरोध गरेका छन् । उनीहरुले सहमति नसच्चाए पार्टीमा नबस्ने चेतावनी समेत दिन थालेका छन् । ..... पार्टीका उपाध्यक्ष जितेन्द्र देव तथा महासचिव रामजनम चौधरीलगायतका नेताहरु विरोध जनाउँदै हिजो रातीका बैठक पनि बहिष्कार गरेका थिए । ..... हुन त शुरुमा अध्यक्ष गच्छदारले पनि ६ प्रदेशको सहमतिमालाई विरोध जनाएका थिए । तर पछि तीन दलका नेताहरुले उनलाई मनाएका थिए । उनले पछि मात्र सहमतिमा हस्ताक्षर गरेका थिए । आज उनको पार्टीमा असन्तुष्ट पक्षले विहानैदेखि बैठक गरिरहेका छन् । बैठक बसिरहेको ठाउँ बारे बोल्न चाहेका छैन । ...... यो एकदमै अवैज्ञानिक, पहिचान विरोधी र संघीयता विरोधी खाका हो । हामीले सोच्दै नसोचेको जस्तो खाका आयो । हामीले सोचेका थियौं कि मधेशका दुई तीनटा जिल्लालाई पहाडमा मिलाउलान् वा टुक्रा गर्लान् । त्यसमा कम्प्रमाइज गर्न सकिन्थ्यो । तर यो त बर्बादै भयो । ....... यसमा मेरो कुनै सहमति छैन । खाकाप्रति घोर आपत्ति र असहमति छ । ...... यो ६ प्रदेशको खाकाले मधेशलाई विभाजित गरिएको छ । मधेशको पहिचानलाई मेटाइएको छ । यो संघीयताविरोधी खाका हो । ...... यदि पत्रपत्रिकामा आएको जस्तो कुरा हो भने त्यो कदापी स्वीकार हुँदैन । पार्टी अध्यक्षको यो गलत निर्णय हो । ...... पार्टी अध्यक्षले गल्ति गर्ने र उहाँको साथमा सबै सती जाने कुरा पनि हुँदैन । ....... यो खाकालाई हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौ । मधेश तथा थरुहटको पहिचान नै समाप्त गरेको छ । यो त मधेशी जनताले कल्पना गरेको भन्दा धेरै फरकको खाका आएको छ । यसलाई हामी कदापी स्वीकार गर्दैनौ । ...... गर्नुभएको छ तर नोट अफ डिसेन्ट लेख्नु भएको छ । प्रचण्डले पनि यो सहमति प्रति असहमति जनाउँदै हस्ताक्षर गरेर नोट अफ डिसेन्ट लेख्नु भएको छ ....... यो ६ प्रदेशको खाका पार्टीलाई कुनै पनि हालतमा स्वीकार हुँदैन ।

No comments: