संघीय मोर्चा (Federal Front) को सत्ता सम्म पुग्ने बाटो



तर्क र शक्ति

उपेन्द्र र अशोक एक ठाउँ मा आए। राम्रो। बिजय गद्दार लाई फाले। राम्रो। बिजय गद्दार को चरित्र चिन्ने नेपाल को राजनीति को अंतिम मान्छे उपेन्द्र यादव। चार दल को मधेसी मोर्चा बन्यो। राम्रो। उपेन्द्र ले चन्द र वैद्य लाई एक ठाउँ ल्याए। कसरी ल्याए उसै लाई थाहा होला। तर ल्याए। त्यो राम्रो हो।

जनजाति आदिवासी ले पद्म रत्न तुलाधर लाई गणेशमान मानेका छन। मैले आफैले बीपी कोइराला को भन्दा पहिले पद्म रत्न तुलाधर को नाम सुनेको। मधेसी मा महेंद्र नारायण निधि, नेवार मा पद्म रत्न तुलाधर प्रधान मंत्री भइ सकेको हुनुपर्ने मान्छे हरु। त्यस गोलबंदी मा जय प्रकाश गुप्ता पनि छन। लेख हरु लेख्ने थोरै नेपाल का नेता हरु मध्ये जय प्रकाश गुप्ता। अहिले प्रचंड र बाबुराम को बाहुनवादी चरित्र घाम जस्तै जुन छर्लङ्ग भएको छ त्यसले जय प्रकाश गुप्ता को ती दुई ले मलाई छेड़की लाए भन्ने claim लाई बल पुगेको छ।

बहुदल का गणेशमान गणेशमान, संघीयता/समावेशीता को गणेशमान एउटा चाहिएको अवस्था छ। पद्म रत्न तुलाधर भनेको पहाड़ी रामराजा प्रसाद सिंह, खाँटी गणतन्त्रवादी। भावी राष्ट्रपति।

अनन्त माओवादी लाई दुई फ्याक गर्न सक्ने, त्यस्तै अमरेश ले काँग्रेस लाई। एमाले का जनजाति पनि गोलबंद छन।

नेपालको राजनीति मा के छ भने पैसा को थैली हुन्छ पार्टी अध्यक्ष सँग। अनि पार्टी अध्यक्ष सँग निहुँ खोज्दैनन्। राजा सँग निहुँ खोजेका हरु नवराजा हरु सँग थुरु थुरु भएर बस्छन्। भोलि चुनाव लड़न टिकट दिएन, चुनाव खर्च दिएन भने, यो आइरहेको मासिक तलब भत्ता गोल मात्र हुन्छ भन्ने छ।

भने पछि बगावत गर्ने त कसरी गर्ने? सुतिरहेको हनुमान ले सोधेको प्रश्न।

यो संविधान सभा हो। तर संसद पनि हो। संविधान लेखन को सन्दर्भ मा दुई तिहाई बहुमत चाहिन्छ। तर कानुन बनाउन साधारण बहुमत ले पुग्छ। संसद को रुपमा कानुन पनि बनाउन सक्छ यस संविधान सभा ले।

बागी सभासद जति सबै ले मिलेर एउटा कानुन पास गर्ने। कुनै पनि राजनीतिक पार्टी ले चुनाव मा ल्याएको मत को समानुपातिक पैसा पार्टी चलाउन सरकार बाट नै पाउने, अरु कतै बाट पैसा लिन नपाउने। अनि पार्टी को आय व्यय को हिसाबकिताब पैसा पैसा पारदर्शी किसिमले इंटरनेट मा राख्न पर्ने। यति गरे पछि देश को राजनीति को गंगा साफ़ हुन्छ।

अनि मजा सँग बगावत गर्ने। देखावटी बगावत होइन, साँचीको बगावत।

संसद मा जुन सुकै सांसद ले बिल ल्याउन पाऊँछ। त्यस का लागि पार्टी अध्यक्ष हुनु पर्दैन। शीर्ष नेता हुनु पर्दैन।

काँग्रेस का ९०, माओवादी का ५०, एमाले का ८० सभासद ले फुटेर नया पार्टी खड़ा गरे तिनले पछिल्लो चुनाव मा ल्याएको मत ले नै पैसा पाउने गर्न सकिन्छ।

मत को पनि र पैसा को पनि स्रोत जनता भए पछि राजनीति अर्कै उचाइ मा पुग्छ। गंगा सफाइ हुन्छ।

एमाले को जुन माफियाकरण भएको छ, त्यसको औषधि पनि यही हो।

काँग्रेस का ९०, माओवादी का ५०, एमाले का ८० सभासद। रामेश्वर राय यादव लगायत का मधेसी दल का ५०। अन्य ३०। बहुमत नै बागी हरु को छ।









Comments