Face Saving Opportunity: संशोधन प्रस्ताव

राष्ट्रिय झण्डा र जनावर फेर्न सभासदको संशोधन प्रस्ताव
एमाले र कांग्रेसका सभासदलाई संशोधन नहाल्न निर्देशन
संविधानको परिमार्जित विधेयकमा संशोधन खुला भएको पहिलो दिन तीनवटा साना दलका केही सभासदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । ..... राप्रपा संसदीय दलका नेता दीपक बोहोरा, जनमुक्ति पार्टीका शिवलाल थापा र सीमा बिक तथा समाजवादी दलका प्रेमबहादुर सिंहले संशोधन प्रस्ताव दर्ता गराएका छन् । ......

संशोधन दर्ताका लागि ७ दिनका समय रहेकाले अन्य सभासदहरुले पनि संशोधन हाल्ने तयारी गरिरहेका छन् ।

..... चन्द्र र सूर्य अंकित राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने र राष्ट्रिय जनावर गाईको साटो एकसिंगे गैंडा राखिनुपर्ने भन्दै संशोधन दर्ता गराएका हुन् । ...... दीपक बोहोराले

प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरुलाई हटाई एकीकृत नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश बनाउन संशोधन प्रस्ताव हालेका छन् ।

......

ठूला दलका तर्फबाट भने सभासदहरुले व्यक्तिगत रुपमा संशोधन हाल्ने सम्भावना देखिएको छैन । कांग्रेसले सभासदहरुलाई भेला गरेर फकाइरहेको छ ।

..... एमालेले कुनै पनि सभासदलाई पार्टीको अनुमतिबिना संशोधन नहाल्न निर्देशन दिइसकेको छ । एमाले स्रोतका अनुसार आदिवासी जनजाति सभासदहरुको आग्रहबमोजिम पार्टी नेतृत्वले केही विषयमा कांग्रेस एमाओवादीसहितको सहमतिमा संशोधन हाल्दैछ । ....... अबको संशोधनमा आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेसी आयोग र थारु आयोग थप्ने गरी छलफल चलिरहेको छ । .....

एमाओवादीले शासकीय स्वरुप लगायतका केही विषयमा संशोधन प्रस्ताव ल्याउने भएको छ ।



संसोधन ल्याउन पाउने यो सात दिनको जुन मौका छ त्यो एउटा मौका हो। झापा देखि नारायणी सम्म एउटा, अनि नारायणी देखि कंचनपुर सम्म अर्को गरेर मधेसमा दुई प्रदेश मा मोटामोटी मधेसी दल मानेका छन। ती दुई प्रदेशको प्रतिनिधि सभा र राज्य सभा मा जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्यो। अहिले ५०% छ। मलाई लाग्छ १० वर्ष पछि त्यो ६०% बन्छ। पहाड़ बाट तराई झर्ने क्रम रोकिने वाला छैन। तेस्रो नागरिकता को कुरा छ। मधेसी अनागरिक र दोस्रो दर्जाको नागरिक भएर बस्छ भन्ने नसोंचे हुन्छ। ४३ लाख अनागरिक र अर्को ३० लाख दोस्रो दर्जा का नागरिक र तिनका नातेदार परिवार ३० लाख। त्यति १ करोड़ ले त हाम्रो छुट्टै देश नै बन्छ। क्रांति ले गैर कानुनी हाउस अरेस्ट मा रहेको सीके राउत लाई मुक्त गर्न के नै गार्हो पर्ला र! बरु यी सबै कुरामा सहमति गरेर अनि मधेसी मोर्चा र तीन दल ले मिलेरै संसोधन विधेयक ल्याए हुन्छ। तर पहिला सहमति हुनुपर्यो ताकि मधेसी थारु क्रांति को सेफ लैंडिंग हुन सकोस्।

राजतन्त्र फर्किने कुरामा पूर्वराजा ज्ञानेन्द्र ढुक्क



नेपाली राज और उसकी राजनीति, जातीय विभेद एवं नस्लीय उदण्डता का पराकाष्टा है : कैलाश महतो
चाणक्य के बौद्धिक सन्तान हैं हम । प्राचीन काल से आधुनिक कालों तक किसी भी राजा, महाराजा, शासक या अधिकारियों को सम्बन्धित राज्य और जनता ने तब ही अपना राजा, शासक या अधिकारी माना है, जब वे चाणक्य के सर्वकालिन वैज्ञानिक सूत्रों के अपने शासन का आधार स्तम्भ बनाया है । सत्य युग में महापुरुष भगवान् विष्णु द्वारा समाज की सेवा हेतु राजा बनाये गये पृथु को मानव जाति का प्रथम राज्य का प्रथम राजा बनाये जाने के बाद उनके कई पुस्तों ने राज्य का संचालन कुशलतापूर्वक करने के कारण ही उनके सम्मान में समाजों ने इस भूमि का नाम भी पृथ्वी रखा । ....... अपने देश का सीमा निर्धारण उत्तर में हिमालय के गोद में अवस्थित महाभारत श्रृंखला, दक्षिण में विन्ध्याचल तथा विशाल गंगा नदी की तट, पूरब के प्रयागनाथ से लेकर पश्चिम के सतलज-सरस्वती नदीयों तक के मध्य (बीच) के भूमिबाले अपने देश के क्षेत्र को ही मध्यदेश कहा, जिसकी चर्चा हमारे हर पौराणिक धर्म ग्रन्थ, ऐतिहासिक ग्रन्थ, वेद, पूरण, रामायण, महाभारत, बुद्घ ग्रन्थ से लेकर आज के काठमांडू कहे जाने बाला पौरा०िाक सत्यवती, संग्रीला, नागदह, नेपाल के रजोटो के साथ साथ गोर्खाली अत्याचारी शासक पृथ्वीनारायण शाह से लेकर जंङ्ग बहादुर राणा के नेपाल के पहला मुलुकी ऐन की कानुनी किताब से लेकर वि. सं. २०१५ तक भी नेपालियों के लेखनी और बोलनी दोनों में मधेश शब्द का ही प्रयोग होना, मधेश से काठमांडू -नेपाल जाने के पूर्व मकवानपुर के चिसपानीगढ़ी में नेपालियों द्वारा प्रवेशपत्र (भिसा) की व्यवस्था की गयी थी । विदेशी इतिहासकार तथा लेखकों के दस्तावेजों लगायत के प्रमाणों के आधार पर भी मधेश अलग देश होने की सत्य तथ्य है तो फिर मधेश नेपाल में होने की दावा करना नेपालियों की बेतुक की काशिशें हैं ।
सामाजिक सामञ्जस्यको बाटो
वर्गीय, क्षेत्रीय, लैङ्गिक, नश्लीय एवं जातीय असमानताका साथै अस्पृश्यता (छुन–समात्न नहुने प्रथा) नेपाली समाजमा स्वाभाविक सद्भावका शत्रुका रुपमा रहेका छन्
घोर दक्षिणपन्थी एवं अति वामपन्थी विचारधाराहरुमा त शान्तिपूर्ण द्वन्द्व समाधानको सम्भावनालाई समेत निषेध गरिएको छ । .... साम, दाम, दण्ड र भेद ... भेद विधिलाई चालबाजीका रुपमा अथ्र्याउने गरिन्छ ... दाम अर्थात् आर्थिक प्रलोभन .... यो उपयोगी हतियार हो । असमान प्रतिस्पर्धीहरुबीच आर्थिक लेनदेनका आधारमा ठूलठूला विवाद टुङ्गिएका उदाहरण पाइन्छन् । भेद र दण्डसग दाम संयोजन गर्न सक्ने पक्ष प्रायशः सफल ठहरिन्छ । ....... दिगो द्वन्द्व समाधानको प्रक्रिया भनेको त अन्ततः सामै हो । साम अर्थात् सामञ्जस्य ..... तथाकथित लडाकु संस्कृतिको संस्कारले गर्दा होला, नेपालमा साम विधिबारे कमै चर्चा हुने गर्दछ । ...... ‘सम्झिराख्नु तर क्षमा दिनु’ भन्ने मान्यता इसाई धर्मबाट उब्जिएको हो .... बलि दिने र बध गर्ने संस्कारमा क्षमा दिएर स“गै बस्ने कुरासमेत असङ्गत लाग्ने गर्दछ । ...... सामञ्जस्य अवधारणामा भने विगतभन्दा पनि आगतलाई महङ्खव दिइन्छ । त्यसैले यस अवधारणामा क्षमा वा दण्ड होइन, सहअस्तित्व प्रधान बन्न पुग्दछ । साम नीतिलाई ६ थरी प्रक्रियाका रुपमा हेर्ने गरिन्छ:
आपसी लाभ–हानिको आँकलन
एक–अर्काका सबल एवं दुर्बल पक्षको पहिचान
परस्परताका फाइदाहरुको लेखाजोखा
अविश्वास भए पनि निश्चित कार्यविधिअनुसार स“गै काम गर्ने प्रतिबद्धता
एक–अर्कालाई बिझाउने शब्दावली प्रयोग नगर्ने सजगता
समान लक्ष्यका लागि सहभागिता रहने निक्र्यौल

नेपालका बहुआयामिक सुषुप्त द्वन्द्वहरु अर्थात् मधेशी–पहाडी, जनजाति–जनैजाति, दलित–बिष्ट, हिन्दू–मुसलमान इत्यादि द्वन्द्वहरु त्यसअघि माओवादको वैचारिक आवरणभित्र छोपिएका थिए । सबै कुरा सतहमा आएपछि भने नेपालको वैचारिक एवं राजनीतिक नेतृत्वस“ग यस्ता जटिलतालाई सम्बोधन गर्ने कुनै उपाय नै नरहेको स्पष्ट भयो । ...... सम्पर्क र संवादपछि मात्र वार्ताको चरणमा प्रवेश गर्नु राम्रो हुन्छ । आत्मीयताबेगरको वार्ता प्रायशः प्ररस्पर लाभ–हानिको लेखाजोखामा अल्झिन पुग्ने रहेछ । सम्पर्क र संवादपछि समझदारी सिर्जना हुन्छ । ...... सम्पर्क र संवादपछि समझदारी सिर्जना हुन्छ । समझदारीले अधिकार र दायित्वको अनुबन्ध–आधारित (कन्ट्राक्टयूल) सम्बन्ध स्थापना गर्न सघाउ“छ । ...... द्वन्द्वरत समाजमा भने निस्प्रभावी सरकार, शङ्कालु समुदाय एवं तनावपूर्ण व्यक्तिगत सम्बन्धहरुले गर्दा समझदारीले सहजरुपमा सद्भावतिर डोर्याउँछ भन्ने निश्चित छैन । .....

वर्गीय, क्षेत्रीय, लैङ्गिक, नश्लीय एवं जातीय असमानताका साथै अस्पृश्यता (छुन–समात्न नहुने प्रथा) नेपाली समाजमा स्वाभाविक सद्भावका शत्रुका रुपमा रहेका छन् । अन्याय गर्ने, अन्याय गर्न सघाउने, अन्याय सहनेका साथै अन्याय भइराख्दा मूकसाक्षी भएर बस्नेहरुले सद्भावको मर्म ठम्याउन सक्दैनन् । अज्ञान, अल्पज्ञान, डर, डाहा एवं बदलाको भावबाट उत्पन्न असहिष्णुताले सद्भाव उत्पन्न हुन दि“दैन । शक्ति, सौन्दर्य, विद्या, धन, चातुर्य एवं सत्ताबाट उत्पन्न अहङ्कारले सद्भावका लागि अग्रसरता देखाउनबाट समेत रोक्छन् ।

....... तर, सशक्तताले मात्रै शताब्दियौंदेखि व्याप्त असमानतालाई हटाउन सक्दैन । हकदाबीबाट प्रतिरोध पनि आउन सक्छ । .....

समृद्धि सिद्धान्तका पक्षधरहरुले सद्भावको अभावलाई गरिबीको व्यापकता मान्ने गर्दछन् ।

........ पछौटेपनले गर्दा पूर्वाग्रह कम गर्न गाह्रो हुन्छ । विकासले आधुनिकता भित्र्याउँछ । खुलापन बढाउँछ । र, बढ्दो अन्तरक्रियाले गर्दा सद्भाव वृद्धि हुन्छ । ...... पछौटेपनले गर्दा पूर्वाग्रह कम गर्न गाह्रो हुन्छ । विकासले आधुनिकता भित्र्याउँछ । खुलापन बढाउँछ । र, बढ्दो अन्तरक्रियाले गर्दा सद्भाव वृद्धि हुन्छ । ....... सङ्घीयताले बहिष्कृत समूहको सम्मान स्थापित गर्न सहयोग गर्दछ । समावेशिताका नीतिहरुको प्रभावकारी कार्यान्वयनले तिरस्कृतहरुले मूलधारमा सम्मिलित हुन पाउ“छन् । ...... सङ्घीयता एवं समावेशिताका बाबजुद सद्भाव कायम हुन नसकेका उदाहरण कैयौ छन् । ...... संसर्ग शब्दलाई संगसंगै रहँदा–बस्दा आफै बस्न जाने सम्बन्धका रुपमा बुझ्न सकिन्छ । ..... अत्यन्त कठिन अवस्थामा एकसाथ राख्ने तथा पहाड चढ्ने, जङ्गलमा हिड्ने वा खोलामा पौडी खेल्नेजस्ता जोखिमपूर्ण काममा सहभागी गराउने प्रचलन व्यवस्थापन विधामा अद्यापि लोकप्रिय छ । ...... संसर्गको परिष्कृत रुप सत्सङ्ग हो । ......

युरोपमा राष्ट्रिय संस्कृतिमा सबभन्दा बढी एकाकार (इन्टेग्रेटेड) सम्भवतः जर्मन यहूदीहरु थिए । सबभन्दा बढी मानव–हिंसा तिनैले व्यहोर्नुपर्यो ।

......... सचेत र निरन्तर अभ्यासबाहेक यस प्रक्रियाका अरु कुनै विकल्प उपलब्ध छैनन् ।


भूमिगत समूह भेट्दै आन्दोलनकारी
संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव भदौं ७ मा झापा, विर्तामोडको सभालाई सम्बोधन गरेलगत्तै काँकडभिट्टा हान्निए । सीमावर्ती सहर काँकडभित्ता पुगेपछि उनले गाडी र सरकारले सुरक्षामा खटाएको पिएसओ यतै छाडे र सीमापारी गए । ..... सद्भावनाका केन्द्रीय सदस्य किशोरदयाल मिश्र र रविदत्त मिश्र ४० जनाको टोलीसहित भारतको बुटबंगला पुगे र उत्तर प्रदेश विधान सभाका सभामुख माताप्रसाद पाण्डेलाई तराईमा जारी आन्दोलन सघाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाए । भदौ पहिलो साता सभासद अभिषेकप्रताप साह, तमलोपाका बृजेशकुमार गुप्ता, सदभावनाका नरसिंह चौधरी सिद्धार्थनगर गएर उत्तरप्रदेशका भारतीय जनता पार्टीका लोकसभा सदस्य जगदम्बिका पालसँग भेटेर फर्किए । ...... पहिलो साता फोरम र सद्भावना पार्टीका नेता भारतीय सीमावर्ती क्षेत्र पुगेर जयकृष्ण गोइत र भगत सिंहसँग भेटेर आन्दोलनबारे छलफल गरेका थिए ।
हामी सबै नेपालीय
पहिचानको द्वन्द्वात्मक राजनीतिबाट सम्मानको समन्यवात्मक राज्य पुनः संरचनाको बाटोमा तेर्सिएका प्रतीक एवं धर्मभन्दा पनि ठूलो तगारे भने भाषा विवादको हुने गर्दछ
झण्डै दुई शताब्दीदेखि एउटै शासन संयन्त्रअन्तर्गत स्थिर भौगोलिक सीमा कायम राखेको मुलुक दक्षिण एसियामा नेपाल मात्रै हो । भूगोल एवं इतिहासमा यस प्रकारको निरन्तरता भएका देश विश्वमा धेरै छैनन् । ....... राष्ट्रियताको परिचय निर्माणका कम्तीमा पाँच आयामहरु हुने गर्छन्ः नाम, भाव, प्रतीक, संस्था, एवं संरचना । ...... नाम जस्तो प्राथमिक कुरामा पनि बहस गर्न हच्किनु हुँदैन । ...... हजारौं वर्षदेखि ‘नेपाल’ परिचय काठमाडौं उपत्यकाले मात्र बोकोको थियो । पृथ्वीको विजय अभियान एवं जंगको सैनिकीकरणपछि पनि ‘नेपाल’ दरबारको पर्याय थियो, राष्ट्रको समग्र पहिचान थिएन । यो संस्कार अद्यापी कायम छ: मधेसमा बस्ने पहाडियाहरुले आफ्नो समुदायलाई ‘नेपाली’ भनेर अन्यलाई होच्याउनु भन्दा पनि काठमाडौंको सत्तासँग सांस्कृतिक सम्बन्ध स्थापित गर्ने प्रयत्न मात्र गरेका हुन् । एक प्रकारले यो पनि हीनताकै अभिव्यक्ति हो, जसलाई महत्ताको आवरणभित्र लुकाउन खोजिएको हुन्छ । ...... ‘गौतम बुद्ध नेपालमा जन्मिएका थिए’ वा ‘सीता नेपालकी छोरी हुन्’ जस्ता दाबीहरु जति नै हावादारी भए पनि तिनको भावनात्मक शक्ति भने बलियो छ । ...... भूगोल यथार्थ हो, इतिहास व्याख्या एवं विश्वास । .....

६०–७० वर्ष अगाडि सम्म भारतवर्षभित्र झण्डै ६०० राज्यहरु थिए । सन् १९७१ भन्दा पहिले बंगलादेश थिएन । सुगौली सन्धि अगाडि नेपालको नक्सा बेग्लै थियो । जंगले सन् १८५७ मा ‘नयाँ मुलुक’ बक्सिस पाएपछि अर्कै भयो, जुन त्यसभन्दा ६०–७० वर्ष अगाडि राजा पृथ्वीले कल्पना समेत गर्न नसक्ने अवस्था थियो ।

...... अंग्रेजीमा नेपाली र नेप्लीज भन्ने शब्दहरुलाई क्रमशः नेपालीत्व र

नेपालीय

बनाउन धेरै ठूलो भाषिक कसरत गर्नुपर्ने पनि होइन । ........

मुलतः राष्ट्रियता एउटा राजनीतिक परिचय भएकाले त्यसभित्र सबै सांस्कृतिकता अँटाउने नाम बढी उपयुक्त हुन्छ । भोलि अफ्रिकी मूलका काला जातिका व्यक्तिहरुले नेपालको अंगीकृत नागरिकता पाउन सक्नेछन् । तिनका सन्तान नेपालको ओबामा (अमेरिकाका वर्तमान राष्ट्रपति ओबामा केन्याली बुबा र अमेरिकी आमाका सन्तान हुन्) बन्न सक्नेछन् । गतिशील परिचय मिथक वा इतिहासभन्दा पनि भविष्यमुखी हुनुपर्दछ ।

........ व्यक्तिको प्राथमिक लगाव उसको मातृभाषासँग गाँसिएर आउँछ ........ मातृभाषासँग जोडिएर आउने सांस्कृतिक पहिचान सबभन्दा प्राथमिक सामुहिक परिचय हुने गर्दछ । नागरिकता प्रमाणपत्र वा राहदानीको छापले त्यसलाई छोपे पनि धुमिल बनाउन सक्दैन । सबै ‘राष्ट्र’ राज्य बन्न लायक हुन्छन् एवं आत्मनिर्णयको अधिकार तिनमा अन्तरनिहित हुन्छ भन्ने राजनीतिक मान्यता यही यथार्थबाट उब्जिएको हो । ........ चन्द्रले निर्माण गर्न खोजेको जापानी, जर्मन, वा फ्रान्सेली ढाँचा अनुसारको ‘शुद्धता’ नेपालमा सम्भव छैन । हजारौं वर्षदेखि उत्तर, दक्षिण, र पूर्व एवं पश्चिमका आगन्तुकहरुको सुरक्षित एवं जीवन्त आश्रयका रुपमा विकसित भएको

अहिलेको नेपालरुपी भूखण्डमा ‘शुद्ध’ जनीय समूह थोरै मात्रै छन्, बाँकी सबै सांस्कृतिक मिसमास भएका समुदायहरु हुन् । त्यसैले पितृभूमि (फादरल्याण्ड) अवधारणा नेपालका लागि उपयुक्त छैन ।

........ बीपी र उनका पुस्ताका संस्कृतिकर्मीहरुले चिताएको उत्तर–उपनिवेशवादी (पोस्ट कोलोनियल) सदृशीकृत राज्य–राष्ट्र (एसिमिलेटिभ नेशन स्टेट) पनि नेपालका लागि त्यति उपयुक्त होइन । त्यो किनभने नेपाल एउटा यस्तो राज्य हो जहाँ समुदायहरुबीचको भिन्नता सामान्य प्रयासले हटाउनै नसकिने किसिमका छन् । ....... महेन्द्रको राष्ट्रवाद उनका सल्लाहकारहरु जस्तै अमेरिकी पगाल्ने कसौंडी सिद्धान्त (अर्थात अर्थ राजनीतिको तापले सबै किसिमका सांस्कृतिक समूहहरुलाई पगालेर एकनासको परिचय निर्माण गर्दछ भन्ने अमेरिकी अवधारणा) मा आधारित थियो जसअन्तर्गत सम्पन्नताको निर्वाध खोजीको रापमा पग्लिएर सबै धातु तरल घोल र पुनः चिसिएपछि नयाँ खाले मिश्रित धातु (अलोए) बन्न पुग्दछन् । नेपालमा यो प्रारुप सफल हुन नसकेको मुख्य कारण यहाँ व्याप्त रहेको आध्यात्मिकताका कारण घृणाको राजनीतिले प्रश्रय पाउन नसक्नु हो ।

अमेरिकी सम्पन्नता निरन्तर युद्धको अर्थशास्त्रमा आधारित छ

........ जनआन्दोलन २०४६ पछि क्वाँटी परिचय प्रारुप (अर्थात अर्थ राजनीतिको तापले विभिन्न किसिमका गेडागुडीको रुप यथावत रहे पनि स्वाद भने एकनासको बनाउँछ भन्ने परिचय निर्माणको बेलायती प्रारुपमा आधारित अवधारणा) वा सलाद कचौरा एकता (अर्थात अर्थ राजनीतिमा सहभागिता भए पनि सबै समूहले आफ्नो सांस्कृतिक पहिचानलाई बृहत राष्ट्रिय परिचयभित्र कायम राख्न सक्दछन् भन्ने स्विट्जरल्याण्ड प्रारुपमा आधारित अवधारणा) जस्ता वौद्धिक वहसहरु नभएका होइनन् । तर सदृशीकृत राज्य–राष्ट्र एवं मिश्रित धातु राष्ट्र–राज्य अवधारणाअगाडि टिक्न सकेनन् । वर्षौंको सशस्त्र संघर्ष, ऐतिहासिक वसन्त विद्रोह एवं मधेस विष्फोटका बाबजुद

विवादको मूल विषय अझै पनि शुद्धतावादी ‘नेपाली को हो’ मै सीमित छ, नेपालीय हुनलाई के हुनुपर्छ वा गरिनुपर्छ भन्नेमा पुग्न सकेको छैन ।

.......... राष्ट्रियता भाव परिवार, कुल, कविला वा जनीयता जस्तो नभएकाले नै कृत्रिम रुपमा त्यसलाई ठड्याउन राज्य एवं सरकारहरुले निरन्तर प्रयत्न गरिरहेका हुन्छन् । अरु राष्ट्रियताहरु जस्तै नेपालीयता पनि कुनै नैसर्गिक भाव होइन भन्ने कुरा स्वीकार गरेर मात्र त्यस्तो अवधारणाको संस्थाकरणका आयामहरुबारे मतैक्य सम्भव हुन्छ । ........ विवादित प्रतीकहरु अरु पनि छन्, लबेदा–सुरुवाल कि धोति–कुर्ता, गाई कि गैंडा, लाली गुराँस कि सयपत्री, डाँफे वा मैना चरी आदि इत्यादि । यस्ता कुराहरुको पछाडी संवैधानिकताको ऊर्जा खर्च गर्न थाल्ने हो भने त्यसभन्दा महत्वपूर्ण मुद्दाहरुमा मतैक्य स्थापित गर्न गाह्रो हुन्छ । ...... २००७ साल अघिका शहीदहरु, २००७–२०१७ अवधिका द्रष्टा, २०१७–२०४७ बीचका संघर्ष उत्प्रेरक एवं माओवादी तथा मधेस विद्रोहका केही योद्धाहरु समावेश गरी राष्ट्रिय पूज्य व्यक्तित्वको सूची खडा गर्नु उपयुक्त ठहरिन सक्छ । ....... इसाई धर्मका विभिन्न सम्प्रदायबीचको द्वन्द्व, यहुदी–इसाई संघर्ष एवं इसाई–मुसलमान धर्मयुद्धपछि युरोपमा सांसारिकतामा आधारित राजनीति (सेक्युलर पोलिटिक्स) को अवधारणाले व्यापकता पाएको हो । अहिले पनि संसारका धेरै राज्यहरु प्रस्ट वा छद्य रुपमा धर्ममा आधारित छन् । तर नेपालको बहुलतालाई सांसारिकताले मात्र संरक्षण गर्न सक्दछ । सांसारिकता राज्यको धर्म निरपेक्षता होइन, बरु त्यसलाई सबै धर्म समान भन्ने अवधारणाको संरक्षक एवं संवद्र्धकका रुपमा अथ्र्याउन बढी उपयुक्त हुनेछ । कोही ईश्वरीय सत्तामा विश्वास नगर्ने नास्तिक छ भने पनि राज्यको सुरक्षा वा सेवाबाट उसलाई वञ्चित गर्न सकिँदैन । अरु धर्म मान्ने सरह नै उसलाई व्यवहार गरिनुपर्छ । ....... नेपाली रुपियाँदेखि हुलाक टिकसम्म, लालपुर्जादेखि नागरिकता प्रमाणपत्रसम्ममा भएको नेपाली भाषाको प्रयोगले यसलाई देशव्यापी व्यापकता प्रदान गरिसकेको छ । यस लगानीलाई इन्कार गर्नु बुद्धिमानी हुने छैन । ....... पहिचानको द्वन्द्वात्मक राजनीतिबाट सम्मानको समन्यवात्मक राज्य पुनः संरचनाको बाटोमा तेर्सिएका प्रतीक एवं धर्मभन्दा पनि ठूलो तगारे भने भाषा विवादको हुने गर्दछ । त्यसैले कतिपय नवस्वतन्त्र राज्यहरुले पूर्व औपनिवेशिक शक्तिको भाषालाई राज्यभाषा बनाएका छन् । अंग्रेजी भारतको भाषा होइन, तर सरकार र सञ्चारको भाषा भने त्यही नै छ । पाकिस्तानले उर्दूलाई राज्य भाषाको दर्जा दिएको छ, यद्यपि त्यहाँ शरणार्थीहरुका सन्तानबाहेक कसैले त्यस भाषाको प्रयोग गर्दैनथे । नेपालमा भने नेपाली भाषाको प्रमुखता स्थापित गर्न राष्ट्रको धेरै ठूलो लगानी भएको छ । यसलाई गोर्खाली साम्राज्यको अवशेषको रुपमा मान्ने हो भने पनि मेचीदेखि महाकालीसम्म सबभन्दा धेरैले बुझ्ने भाषा नेपाली नै हो । नेपाली रुपियाँदेखि हुलाक टिकसम्म, लालपुर्जादेखि नागरिकता प्रमाणपत्रसम्ममा भएको नेपाली भाषाको प्रयोगले यसलाई देशव्यापी व्यापकता प्रदान गरिसकेको छ । यस लगानीलाई इन्कार गर्नु बुद्धिमानी हुने छैन । भोलिको नेपालमा समेत नेपाली भाषाको प्रमुखतालाई सायदै कसैले चुनौती देला । तर समस्या त्यसबेला देखिन सक्छ जब नेपालीलाई निर्विकल्प तुल्याउने चेष्टा पुनः सुरु हुनेछ । ....... भाषा भावाभिव्यक्ति सम्प्रेषणको माध्यम मात्र नभएर सांस्कृतिक पुँजी पनि हो, त्यसैले समाजका शक्तिशाली समूहहरुले भाषालाई नियन्त्रणको संयन्त्रका रुपमा पनि प्रयोग गर्छन् । नेपाली भाषा निर्विकल्प रहेन भने यस महत्वपूर्ण स्रोतमा एकाधिकार कायम गरिरहेका ठूलो समुदायको दशकौंको लगानी न्यून प्रतिफल दिने व्यवसायमा परिणत हुनेछ । तसर्थ नेपालीको एकाधिकार जोगाउन एउटा ठूलो समूह अझ बढी तयारीका साथ अगाडि आउने निश्चित छ । ....... भारतको अनुभवमा आधारित त्रिभाषा सूत्र नेपालमा पनि उपयोगी ठहरिन सक्छ । अन्तर्राष्ट्रिय भाषा अंग्रेजी एवं सम्पर्क भाषा नेपाली सँगसँगै राज्यले स्थान अनुसारको राष्ट्रिय भाषालाई समान स्तर प्रदान गर्ने हो भने भाषा विवाद केही साम्य हुन सक्छ । अहिले समस्याको एउटा मुख्य पाटो के हो भने मातृभाषा नेपाली हुनेहरु अन्य राष्ट्र भाषा बोल्नेहरुको तुलनामा अग्रताको सुविधा पाउँछन् । त्यो सुविधा कसैले खोस्न सक्दैन । तर, नेपाली मातृभाषा भएकालाई सही अर्थमा राष्ट्रिय भाषा सिक्नैपर्ने अनिवार्य व्यवस्था गर्दा कसैलाई घाटा हुँदैन, भावनात्मक एकता अझ मजबुत हुन्छ । ......... पुराना सबै मिथकहरु साम्प्रदायिक छन् ... एबीसीडी (आसाम, बनारस, कलकत्ता र दार्जिलिंग) का गाथाकारहरुले रचेका .... त्यस्ता गाथाहरुको सृजना अब नेपालीहरुले सत्ताविरुद्ध गरेका विभिन्न संघर्षहरुका आधारमा हुनुपर्दछ । सात साल अगाडिका शहीदहरु मात्र होइनन्, तिनको परिवेश एवं परिस्थिति चित्रण सामाजिक ऊर्जाको स्रोत हुन सक्दछ । तिब्बती मूल एवं हिमाली क्षेत्रका बासिन्दाहरुको उद्यमशीलता, काठमाडौं उपत्यकाको रचनात्मकता, भित्री मधेसको तितिक्षा, मधेसीहरुको जिजीविषा, दलितहरुको सहिष्णुता वा विभिन्न जनीय समूहहरुको सहज ज्ञान कुनै पनि प्रकारले ब्राह्मणहरुको विद्वता, क्षत्रीहरुको बहादुरी वा लडाका भनिने जनजातिहरुको दुस्साहसी चरित्र भन्दा कम रुचिकर छैन । भविष्यको नेपालले नयाँ प्रकारको साहित्य, कला, नाटक, चलचित्र एवं कल्पानशीलताको माग गर्नेछ ।

Comments