BP Koirala (2)

कसैले रोक्न सक्दैन : माथेमा
अमेरिकाको एक स्कुलका प्रधानाध्यापक अब्राहम फ्लेक्सनर यस्तै चिकित्सा शिक्षा नीति बनाउने कार्यदलका संयोजक थिए। उनले सन् १९१० मा प्रतिवेदन निर्माण गर्दै १ सय ५५ मेडिकल कलेजमध्ये मापदण्ड नपुर्‍याउनेलाई घटाएर जम्म ३१ वटामा झारेका थिए। गुणस्तरमा सम्झौता नगर्ने उनको सय वर्षअघिको सपना आज साकार भएको छ। त्यसैले आज विश्वकै उत्कृष्ट मेडिकल शिक्षा अमेरिकामा उपलब्ध छ।
दलितको धर्नामा हस्तक्षेप गर्ने नियत थिएन: गृहमन्त्री
गृहमन्त्रीको प्रष्टिकरणमा प्रदर्शनकारीलाई झन् आक्षेप लगाइएको भन्दै सभासद मानबहादुर विश्वकर्मालगायतले असन्तुष्टि जनाए ।
बीपीको साहित्यशास्त्र
उहाँको बाल्यकालमा एक योगाभ्यासी महानुभावको ठूलो प्रभाव परेको थियो । .... त्योबाहेक उहाँको जीवनको किशोरावस्थामा साहित्य नै मुख्य व्यसन थियो । ‘आफ्नो कथा’ मा बीपीले शरद्चन्द्र, रवीन्द्रनाथ, प्रेमचन्द, जयशंकरप्रसाद आदि भारतीय लेखकहरूको सरस चर्चा गर्नुभएको छ । पछि बनारसमा उहाँ शान्तिप्रिय द्विवेदीको संगतमा पुग्नुभयो । शान्तिप्रिय तिनताक हिन्दी साहित्यमा एक प्रतिष्ठित नाम थियो । शान्तिप्रियले बीपी कोइरालालाई प्रेमचन्दसँग परिचय गराए । शान्तिप्रियको प्रेरणा र प्रोत्साहनले कोइरालाका प्रारम्भिक कृतिहरू हिन्दीमा छापिन थाले । शान्तिप्रियले नै उहाँको साहित्यिक अभिरुचिलाई शुद्ध र गहन बनाए । धेरै दिनसम्म उहाँले हिन्दीमै लेख्नुभयो । पछि साथीहरू खासगरेर सूर्यविक्रम ज्ञवालीको प्रवोधनले गर्दा उहाँलाई नेपाली साहित्यमा प्रवृत्त गरायो । ...... नेपाली राष्ट्रिय कांग्रेसको कार्यकारी अध्यक्ष नियुक्त हुनुहुँदा बीपी कोइराला नेपालको साहित्य जगत्मा एक कथाकारका रूपमा प्रतिष्ठित भइसक्नुभएको थियो । भारतीय पत्रपत्रिकामा उहाँका लेखहरू छापिन थालेका थिए । खास गरेर ‘हजारीबाग’ जेलको कारावासले उहाँको अध्ययन र लेखनलाई अझ प्रखर बनाएको थियो । राष्ट्रिय कांग्रेसको नेताका रूपमा प्रतिष्ठित हुने क्रममा यो योग्यता उपयोगी सिद्ध भएको थियो । तर राजनीतिमा होम्मिएपछि साहित्य उहाँका निमित्त मुख्यत: सोखको विषय भयो, साधना भएन । ...... ....राजनीति यस्तो पेसा होइन जसबाट उमेर पुगेपछि मानिसले अवकाश ग्रहण गर्छ । यो त एक प्रकारको अदम्य आह्वान हो जसलाई हृदयभित्रबाट सुनेर मानिस लाग्छ । कम से कम मलाई त्यस्तै भएको छ । यसबाट छुट्कारा छैन ।’ ...... सन् १९७० मा उहाँलाई इलाहावादको साहित्यक संस्था ‘परिमल’ ले आफ्नो रजतजयन्ती समारोहमा प्रमुख अतिथिका रूपमा आमन्त्रित गरेको थियो । ...... उहाँले लेख्नुभएको छ, ‘म साहित्यद्वारा राजनीतिक जीवनको कटुता र नीरसतालाई केही हदसम्म पन्छाउने कोसिस गर्दछु । यो मेरो मन बहलाउने माध्यम पनि हो । यस्तो माध्यम जसद्वारा मानसिक र मनोवैज्ञानिक सन्तुलन कायम राख्न सकिन्छ ।’ ..... साहित्य अराजकतावादी पनि हुन सक्छ भन्ने कुरो पनि ‘कला कलाको लागि’ भन्ने मान्यताको विस्तार मात्र हो । तर आचार्य नरेन्द्रदेवदेखि बीपी कोइरालासम्म कुनै पनि प्रजातान्त्रिक समाजवादीले कला कलाको लागि भन्ने कित्तामा आफूलाई उभ्याएका थिएनन् । ....... परिमल–प्रवचनमा बीपीले कला कलाको लागि वा कला जीवनको लागि भन्ने द्वन्द्व नै गलत हो भनेर किटेर लेख्नुभएको छ । ..... भारतमा आचार्य नरेन्द्रदेव र जयप्रकाश नारायण प्रजातान्त्रिक समाजवादका प्रमुख व्याख्याता थिए । उनीहरूकै सान्निध्य, परिवेश र परिस्थितिमा बीपी कोइरालाको प्रशिक्षण भएको थियो । ...... ‘परिमल’ आचार्य नरेन्द्रदेवका शीष्यहरूद्वारा स्थापित संगठन थियो । तद्नुरूप उनीहरूले बीपी कोइरालालाई प्रमुख अतिथि बनाएका थिए । ......

‘कलाकारले कुनै दल विशेषको अधीनमा बसेर सिर्जना गर्न सक्दैन ।’

....... बेला–कुबेलामा बीपीले आफूलाई साहित्य वा राजनीतिमा जेसुकै भन्नुभएको भए पनि अन्तत: हरेक प्रश्नमा उहाले आफैंले आफ्नो परिस्कार गर्नुभएको थियो । त्यो नै उहाँको विशेषता थियो । बीपीले ‘परिमल–प्रवचन’ मा प्रस्ट भन्नुहुन्छ, ‘कला कलाको लागि भन्ने कुराले कुनै अर्थ राख्दैन ।’ ....... कोइराला मूलत: एक राजनेता हुनुहुन्थ्यो । त्यस दृष्टिले उहााको तुलना चर्चिल, नेहरू वा चाउ एनलाईसँग गर्न सकिन्छ । परिस्थितिको लौहशृंखलामा रहेको नेपालले उहाँको शासकीय सेवा लिन सकेन । उहाँको जीवनका बहुमूल्य भाग कारावास र निर्वासनका कष्टकर वर्षमा बिते । कारावासमा उहाँसँग प्रशस्त समय थियो तर उहाँले त्यहाँ कुनै सैद्धान्तिक कृति लेख्नुभएन । उहाँका लेनिन वा माओ त्से तुङ्जस्ता दार्शनिक कृति छैनन् । जयप्रकाश नारायण वा लोहियाजस्तो वैकल्पिक समाजवादी दर्शन बनाउने कोसिस उहाँले कहिल्यै गर्नुभएन । तद्नुरूप उहाँले समाजवादको व्याख्यामा पनि विशेष समय बिताउनुभएन । ....... कोइराला नेपाली समाजका आजसम्मका महानायकमध्येका एक हुनुहुन्छ । ...... एउटा अप्ठेरोमा परेको समाजले पनि आफ्ना नेतामा महानायकको सबै गुण आरोपित गर्दछ । ...... कोइराला क्यारेसमेटिक नेता हुनुहुन्थ्यो । तद्नुरूप अनुयायीले उहाँमा समानुकूलको सामथ्र्य र सर्वज्ञता देख्दथे । यसअघि पनि हाम्रा समाजमा लगभग यस्तै परिस्थितिका साथ पृथ्वीनारायण शाह वा जंगबहादुर राणामा गुणहरूको आरोपण भएको थियो । यसैले कोइरालाले बोल्नुभएको हरेक शब्द शास्त्रोक्त र अकाट्य छ भन्नु भक्तिपुराणको विस्तार मात्र हो । .........

१९८९ पछि विश्व फेरिएको छ ।

........ अथवा भनौं राजासँग घाँटी जोड्ने बीपीको आह्वानलाई आज हामी कसरी हेर्छौ ? आज अर्थ भए पनि नभए पनि त्यस समय अवश्य अर्थ थियो । ...... कोइराला परम अध्ययनशील व्यक्ति हुनुहुन्थ्यो । उहाँका डायरीहरू यसका प्रमाण छन् । उहाँको जेल डायरीका अधिकांश पाताहरू अझै अप्रकाशित छन् । त्यहाँ उहाँले पढ्नुभएका र टिप्पणी गर्नुभएका नामावली मात्र पनि विष्मयजनक छन् । हिन्दीका अज्ञेय, निर्मल बर्मा र मोहन राकेशदेखि लिएर अमेरिकी कविहरू एमिली डिकिन्सन, रबर्ट फ्रस्ट, ई.ई. कमिन्स सबैको त्यहाँ चर्चा छ । इङ्ल्यान्ड, फ्रान्स, रुस र जर्मनीका उपन्यासकारहरू छन् । स्टेफेन ज्विग्ले लेखेको ‘मेरी एन्तोनियत्’ भन्ने उपन्यासका उपर टिप्पणी छ । टी.एस. इलियट् र एजरा पाउन्ड छुटेका छैनन् । तर त्यहाँ साहित्यशास्त्रका प्रारम्भिक सूत्रसमेत छैन । .......... कोइरालाले कुनै समय ‘चम्चाले दूध बाँड्नु हुँदैन,’ भनेर भन्नुभएको तथ्य हो । तर, त्यस एउटा पदावलीको दुरुपयोग गरेर उहाँको सिंगो समाजवादी अवदानलाई कांग्रेसले अहिले खारेज गरेको छ । यो अर्को अफसोसको कुरो छ । ......... मूलत: अराजकतावाद राज्यलाई एक अनावश्यक र अत्याचारी संस्थानका रूपमा लिन्छन् । तर तिनै अराजकतावादीहरू राज्यमा रहन, बस्न र तिरो तिर्न बाध्य हुन्छन् । साहित्यिक अराजकतावाद पनि भन्ने बोल्ने एउटा कुरो हो । होइन भने यो एक विसंगत वक्तव्य हो । अनुशासनका अभावमा साहित्य लेखिंदैन । भाषाका अभावमा सम्प्रेषण हुँदैन । समाज नभई मानिससम्म पनि मानिस हुँदैन । समाजवादको केन्द्रीय शिक्षा यही हो । ....... प्रकाश र अन्धकारजस्तै अनुशासन र अराजकता एक–अर्काका पूरक धारणा देखिन्छन् । ...... ज्याँपाल सात्र्र .. का अनुसार नोबेल पुरस्कारको राजनीतिले पश्चिमी साम्राज्यवादको निर्लज्ज सेवा गर्दछ । ..... अल्वेयर कामुलाई सात्र्रभन्दा धेरै पहिले पुरस्कार दिइएको थियो । सात्र्र आफूलाई कामुभन्दा धेरै ठूलो दार्शनिक सम्झन्थे । थिए पनि । त्यसले गर्दा पनि सात्र्र चिढिएका थिए । .... आज पश्चिमी सभ्यताले सिंगो संसारलाई आक्रान्त बनाएको छ । पश्चिमाले जे लेखे/भने पनि उनीहरू श्रेष्ठ कहलिन्छन् । नोबेल पुरस्कारमा उनीहरूको एकलौटी छ । पश्चिमका दोस्रो कोटीका लेखक पनि अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्दछन् । तेस्रो विश्वका लेखकहरू हीनताबोधमा बाँचिरहन बाध्य हुन्छन् । त्यसै प्रभावमा कुनै पनि विषयमा वाद–संवाद गर्दा हामी सात्र्र, कामु, नित्से, फ्रायडजस्ता नाम ओकल्छौं । ....... आज नेपालमा कोइरालाका नाममा जसले जे भने पनि हुन्छ । उहाँको उद्धरणसमेत ठीक–बेठीक जहाँबाट दिए पनि हुन्छ । दुर्भाग्यवश कोइरालाका नाममा झन्डै २५ वर्षदेखि शासन गरिरहेको नेपाली कांग्रेसले अझै पनि उहाँको एउटा विश्वसनीय जीवनी लेख्न/लेखाउन सकेको छैन । विडम्बना के छ भने उहाँसँगै खाएका, पिएका र हुर्किएका, उहाँकै पारिवारिक दायराका सदस्यहरू लगातार मन्त्री–प्रधानमन्त्री छन् । कोइरालाका रचनाहरूको एउटा आधिकारिक संकलनसमेत छैन । बीपी कोइरालाको नाम वा नाराको उपयोग मात्र छ । .... आज हाम्रा पाठक वा लेखकले बुझेको बीपी कोइराला उनीहरूको चाहनाको तस्बिर हो, यथार्थ होइन ।

Comments