Monday, August 24, 2015

लोकतंत्र को भाषा बोल्न छाडेका नवराजा हरु द्वारा सेना परिचालन

देशको १५% भूभाग मा देशको १५% अन्यत्र को ९०% प्रतिनिधित्व भएको सुरक्षा इकाई हरु ७०% राखेको केही वर्ष बित्यो। जबरजस्ती मधेस विरोधी संविधान ल्याउने अनि त्यसको आडमा गोली चलाउने -- त्यो मास्टरप्लान मा कर्णाली र सुर्खेत ले भांजो हाल्यो। त्यस का लागि सीमांकन परिमार्जित गरे, जातीय चरित्र देखाए। ह्रितिक रोशन कांड को मास्टरमाइंड हुँदा बामे सत्ता मा थिएन। अहिले सत्ता मा छ। हेग जाने बाटो उसले आफ्नो लागि प्रशस्त गर्दै छ। पाकिस्तान बंगलादेश को पहिलो कदम बामे ले लियो।



कैलाली, सर्लाही र रौतहटमा सेना परिचलान
देशैभरी सेना परिचालन गर्न सुरक्षा परिषद्ले निर्ण गर्नुपर्ने भए पनि केही क्षेत्रमा मात्रै सेना परिचालन गर्न सुरक्षा समितिले निर्णय गर्नसक्छ ।
टीकापुरमा एसएसपीसहित २० जना मारिए : कैलाली प्रजिअ श्रेष्ठ
कैलालीकाे टीकापुरमा भएको भिडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्याैपानेसहित २० जनाको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार

सशस्त्र प्रहरीका ११, नेपाल प्रहरीका ६ र आन्दोलनकारी तर्फ ३ जनाको मृत्यु भएको छ ।

....... ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ । .... मृत्यु हुनेमा प्रहरी एसएसपी लक्ष्मण न्यौपाने र इन्सपेक्टरहरु केशव बाेहरा र बलराम बिष्ट छन् । उनीहरुलाई भालालगायतका हतियारले प्रहार गरिएको बताइएको छ । ..... प्रदर्शनकारी तर्फ पनि ठूलो हताहात भएकाे छ । .... तीनतिरबाट १० हजार जति प्रदर्शनकारी जम्मा भएका थिए । ..... यसै घटनालाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले केहीबेरमा बस्ने तयारी भइरहेको छ । गृहमन्त्रालयमा सुरक्षाा समितिको आकस्मिक बैठक अहिले चलिरहेको छ ।
लाठी र घरेलु हतियार सहित मलगंवामा प्रदर्शन

No comments: