Wednesday, August 05, 2015

नेता हरुको "वार्ता" रोम जल्दै गर्दा नीरो बादशाह ले सुनेको संगीत जस्तो

चार दलका नेता हरुको "वार्ता" रोम जल्दै गर्दा नीरो बादशाह ले सुनेको संगीत जस्तो छ।

संविधान जलेको आगो आतिशबाजी र दियो हो भने

देशमा polarization बढ्दो छ। Middle ground खोज्ने हरु को संख्या घट्दै गइरहेको छ। यसै गति मा अगाडि बढे देश टुट्छ।

देश मधेसी क्रांति ३ तर्फ लम्केको हो?
मधेस, कोशी, कर्णाली: नारायणघाट, काठमाण्डु, पोखरा: तीन प्रदेश

संविधान आएको भोलि पल्ट जल्छ र क्रान्ति शुरू हुन्छ।



हिमाल, पहाड र तराई मिलाएर ५ प्रदेश बनाउन सुझाव
जेष्ठ नागरिक समाजका संयोजक महाप्रसाद पराजुलीले कोशी, गण्डकी र कर्णाली नदिको नामबाट तीन प्रदेश बनाउनु पर्ने भन्दै प्रकृतिले नै प्रदेशको बैज्ञानिक विभाजन गरेर दिएको बताए । ...... उनले शासकीय स्वरुपमा पनि बहुमत र अल्पमतको खेलबाट मुलुक लुटिएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनु पर्ने ब्यवस्था गर्न माग गरे ।
छ प्रदेशमा दलहरुवीच सहमति भइसक्यो : सचिव ज्ञावली
धर्मलाई राजनीतिसँग जोड्नु नहुने
नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले दलहरुवीच सीमांकनसहितको ६ प्रदेशमा सहमति भईसकेको बताएका छन् । ...... संविधान निर्माण सम्बन्धमा सर्वोच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गर्दै उनले संविधान बनाउने संविधानसभाको अधिकार कसैले खोस्न नसक्ने ठोकुवा गरे । उनले भने–सर्वोच्चको फुल कोर्ट नै बसेर मस्यौदामा न्यायपालिका सम्बन्धी ब्यवस्थामा सुझाव दिइसकेकोले उसले सुझाव दिएर ग्रिन सिग्नल दिइसकेको छ । ...... लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय संविधान लाई कसैले पनि नजलाउने भन्दै उनले नेत्र विक्रम चन्दसहितका संविधानसभा बाहिर रहेकाले पनि पोलिटिकल स्पेस खोजेकोले उनीहरुको साथ लिन पनि छलफल भईरहेको जानकारी दिए । सचिव ज्ञावलीले संविधानजारी भएको साताभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बन्ने ठोकुवा गर्दै त्यो सरकारको एकमात्र काम भुकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माण हुने बताए ।
ओली, सिटौला, देउवा र रावलको एउटै स्वर : ‘अरु जे होस्, मेरो निर्वाचन क्षेत्र टुक्रनुहुन्न’
अखण्ड सुदुरपश्चिम नभए आन्दोलन गर्ने सिचाइँ मन्त्रीको चेतावनी
सधैं जसो वार्ताबाट बाहिर निस्केर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदा वार्ता सकारात्मक भएको प्रतिक्रिया दिन समेत भ्याएका छन् । तर भित्र भित्रै आफ्नो निर्वाचन क्षेत्र सुरक्षित बनाउने योजनामा प्रमुख दलका शीर्ष नेता लागेका छन् । ....... वार्तामा सहभागी एक शीर्ष नेताकाअनुसार नेकपा(एमाले)का अध्यक्ष

केपी शर्मा ओलीलाई सबैभन्दा बढी सताएको विषय छ आफ्नो निर्वाचन क्षेत्र सुरक्षित होओस् भन्ने । उनले वार्ताको क्रममा आफ्नो निर्वाचन क्षेत्र सुरक्षित हुन्छ कि हुँदैन भन्ने मात्रै चिन्ता व्यक्त गर्दै आएका छन् ।

........... वार्ताका सहभागी शीर्ष नेताहरुका अनुसार एमाले अध्यक्ष ओलीले मोरङ र सुनसरी जहाँ राखेपनि झापालाई कुनै पनि हालतमा चलाउन नहुने तर्क गर्ने गरेका छन् । उनी मात्रै होइन, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला पनि झापालाई तल माथि गर्ने पक्षमा छैनन् । एमाले अध्यक्ष ओलीलाई झाप क्षेत्र नं ७लाई सुरक्षित राख्नुपर्छ भने सिटौलालाई झापा क्षेत्र नं ४ जसरिी भएपनि सुरक्षित राख्नुपर्नेछ । ...... उनीहरुले लिएको अड्डीका कारण दलहरुकोबीचमा निरन्तर जारी वार्ताले कुनै पनि सार्थकता पाउन सकेको छैन । अरु विषयमा सहमति गरौ, मेरो निर्वाचन क्षेत्र चाहि केही नगरौ भन्ने मान्यताका आधारमा ओली र सिटौला बैठकमा प्रस्तुत हुने गरेका छन् । ...... पूर्वमा ओली र सिटौला जसरी प्रस्तुत हुन्छन् त्यसैगरी कैलाली र कञ्चनपुरको हकमा काँग्रेस नेता शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीमबहादुर रावल प्रस्तुत हुने गरेका छन् । देउवा र रावलले कैलाली मधेसमा राखे पनि हुने पक्षमा पुगेपनि कञ्चनपुरलाई अखण्ड सुदुरपश्चिममा राख्नै पर्ने पक्षमा देखिएका छन् ।

मुलुक सङ्घीयतामा जानै पर्छ पनि भन्ने आफ्नो निर्वाचन क्षेत्र पनि केही नहोस् भन्ने पक्षमा उनीहरु अड्डी लिएर बसेपछि वार्तामा सार्थक परिणाम आउन नसकेको हो ।

........ सङ्घको वकालत गर्ने, तर आफ्नो निर्वाचन क्षेत्र कुनै पनि हालतमा टुक्रयाउन नहुने तर्क गर्दै आएका

ओली, सिटौला, देउवा र रावलका कारण जति वार्ता गरेपनि लुडो खेले जस्तै सर्पको मुखमा परेर खाएको जस्तै भएको छ

। वार्ताका सहभागी एक शीर्ष नेताले मिलीसकेको विषयमा समेत बखेडा झिक्ने काम भइरहेको छ । ....... पछिल्लो पटक हिजो राती ओली र एमाओवादी अध्यक्षबीच भएको छलफलमा आज दिनभरी विवादित विषयमा सहमति जुटाउने सहमति भएपनि आज ओली पूरानै शैलीमा प्रस्तुत भएका छन् । उनले बैठकमा

‘मोरङ सुनसरी जे गरेपनि गर्नुस् । झापालाई केही पनि गर्न पाइदैन, सम्म देखेको भरमा झापा तराईमा राख्न पाइदैन,’ भन्ने कुरा दोहोर्याए ।

ओलीले बोलेपछि सिटौला पनि खुसी हुँदै ओलीको सर्मथन गर्ने गरेका छन् । ....... प्रमुख चार दलका बैठकमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग विवाद परेका रावलले आज

सुदुरपश्चिमबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३५ जना सभासद्को संयुक्त हस्ताक्षर

गराएर प्रमुख दलका शीर्ष नेता सम्मिलित बैठकमा ज्ञापनपत्र दिन लगाएका छन् ।
झापा, मोरङ, सुनसरी पूर्वी प्रदेशमै राख्ने सहमति
हिजो साँझ एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौला बसेर झापा, मोरङ र सुनसरीलाई पहाडका जिल्ला सहित पूर्वी प्रदेशमा राख्ने सहमतिमा पुगेको ती शीर्ष नेताले बताए। ...... लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले मोरङ, सुनसरी, सप्तरी, सिराह, र उदयपुरलाई मिलाएर छुट्टै प्रदेश बनाउनु पर्ने जोड गरेका थिए। यी जिल्लामा थारु समुदायको उल्लेख्य उपस्थिति भएकोले गच्छदारले छुट्टै प्रदेशको जोड गरेका हुन्। एमाओवादीले पनि यी जिल्लालाई मिलाएर छुट्टै प्रदेश बनाउनु पर्ने अडान हिजो दिउँसोसम्म राखेको थियो। तर साँझ आएर झापा, मोरङ र सुनसरीलाई पूर्वी प्रदेशमै राख्न एमाओवादी सहमत भएको भयो। .....

नागरिकताको सवालमा एमालेले खुल्ला सीमाले गर्दा धेरै लचिलो हुन नसकिने अडान राखेको छ। आमा वा बाबुको नामबाट नागरिकता दिने सवालमा सहमति जुट्न कठिन रहेको एक नेताले बताए।

दलहरू सहमति नजिक, भोलि सबै टुंगो लाग्ने
एमाले अध्यक्ष केपी शर्मा ओ‌लीले भोलि सम्ममा सबै टुंगोमा पुग्ने बताए। उनले कुनै पनि जिल्ला नटुक्रिने बताए।
सञ्जयकुमार साहलाई थुनामै राख्न सर्वोच्चको आदेश



एमालेले अघि सार्‍यो ५ देखि ६ प्रदेशको प्रस्ताव
नेकपा एमालेले उत्तर दक्षिण जोडिएका ५ देखि ६ प्रदेश बनाउने प्रस्ताव गरेको छ। बुधबार सिंहदरवारमा बुधबार बसेको स्थायी कमिटी बैठकले यस्तो प्रस्ताव अघि सारेको हो। सीमांकनसहितको संविधान जारी गर्न पहल गर्ने निर्णय गर्दै एमालेले साउन मसान्त सम्ममा संविधान जारी गर्नु पर्ने बताएको छ।
जिम्मेवारीबाट बाहिरिन आतुर छुः प्रधानमन्त्री

No comments: