Friday, August 07, 2015

सुशील ले आफ्नै पार्टी का मधेसी सभासद को कुरा सुन्ने

झापा बाट चितवन हुँदै कंचनपुर समेटने गरी देशमा ८ भए मधेस मा ४, देश मा ६ भए मधेस मा ३ ----- राम्रो फोर्मुला हो त्यो। अनि प्रतिनिधि सभा र राज्य सभा मा प्रत्येक राज्य को जनसंख्या समानुपातिक प्रतिनिधित्व।

देश टुक्रिने डर छ भनेर सचेत गराउने मान्छे लाई देश टुक्र्याउने प्रयास गरेको भन्ने आरोप लगाउने?

अमरेश लाई काँग्रेस ले कारवाही गर्न मिल्दैन
अमरेश को पक्षमा तर्क
शेखर गोल्छा, Public Space, Private Space, नेपाली नागरिकता र मधेसी पहिचान



सिमाकंनमा आज पनि सहमति जुटेन कांग्रेसका २८ सभासदको असन्तुष्टिपत्र
प्रदीप गिरिको ऐक्यबद्धता
कांग्रेसका मधेसी सभासद्ले सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई पाचबुदे ज्ञापनपत्र बुझाएका छन् । छ प्रदेश निर्माण हुन गइरहदा तराई-पहाड मिलाएर संघहरु घोषणा गर्न नहुने उनीहरुको जोड छ ।...... 'छ प्रदेश निर्माण गर्दा तराईमधेसको मात्र जिल्ला मिलाई तीन प्रदेश हुनुपर्ने हाम्रो मान्यता हो,' २८ मधेसी र थारु सभासदको असन्तुष्टिपत्रमा भनिएको छ, 'मौलिक हकमा समानुपातिक समावेशी हुनुपर्ने हाम्राे मान्यता हो ।' भूगोलको सट्टा जनसंख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चितता गर्नुपर्ने, अन्तरिम संविधानमा भएको नागरिकताको व्यवस्थाअनुरुप नया संविधानमा व्यवस्था हुनुपर्ने उनीहरुले माग गरेका छन् । पहिलो मस्यौदामा आठ प्रदेश प्रस्ताव हुदा तराईमधेसका जिल्लामात्रै मिलाई चार प्रदेश हुनुपर्ने माग दोहोर्‍याउदै उनीहरुले छ प्रदेशको नया सहमति भएको अवस्थामा तीन प्रदेश हुनुपर्ने माग गरेको कांग्रेस सभासद् तेजुलाल चौधरीले कान्तिपुरलाई बताए ।

प्रधानमन्त्री कोइरालाको भनाई उद्धृत गर्दै उनले भने, 'तपाईंहरुको मागले गम्भीर बनाएको छ । दलहरुको बैठकमा म सकारात्मक ढंगले अघि सार्नेछु ।'

....... फरमुल्लाह मन्सुर, सुरेन्द्र चौधरी, रामअयोध्याप्रसाद यादव, चन्द्रमोहन यादव, तेजुलाल चौधरी, अमरेशकुमार सिंह, मीनाक्षी झा, सीताराम महतो ..... कांग्रेस सभासद् प्रदीप गिरीले २८ सभासदको पाचबुदे मागप्रति ऐक्यबद्धता जनाएका छन् ।
मैले नेपाली हुन अरु के गरौं?
मेरो हजुरबुबा रामलाल गोल्छा– जसले यो देशमा पहिलो उद्योग खोलेर रोजगारी सिर्जना गर्दै औद्योगिक क्रान्तिको शुभारम्भ गर्नमात्र नभएर राणाकालीन नेपालमा प्रजातन्त्रको जग बसाल्न पनि त्यत्तिकै ठूलो योगदान गर्नुभएको थियो ...... मलाई सधैं नेपाली हुनुमा गर्व छ र रहिरहनेछ । ..... विदेश भ्रमणमा जाँदा हरियो पासपोर्ट देखेर हेयको दृष्टिले हेरिंदा मेरो पनि मन पोल्छ । गत मंगलबार साँझ राजधानीको एउटा रेस्टुरेन्टमा साथीहरूसँग भलाकुसारी गर्दैगर्दा भोगेको एउटा घटनाले भने अहिले मलाई भित्रभित्रै पोलिरहेको छ । त्यहाँ जब मैले अत्यन्तै सम्मान गर्ने एकजना वरिष्ठ व्यवसायी हामी बसेको टेबलतिर आइरहेको देखें, म उहाँको सम्मानमा आफू बसेको कुर्सीबाट उठेँ र स्वागत गरेँ । तत्पश्चात उहाँले केही दिनअघि नेपाल उद्योग वाणिज्य महासंघमार्फत हामीले गरेको मुम्बई (भारत) को उच्चस्तरीय व्यापारिक भ्रमणबारे कुरा गर्दै भन्नुभयो,

‘मैले त हाम्रो राजदूतलाई भनिदिएँ– त्यस्तो भ्रमणमा नेपालीलाई पनि लगेको भए हुन्थ्यो ।’ ....... मेरो मनमा चिसो पस्यो । तुरन्तै सोधैं, ‘दाइ, त्यो भ्रमणमा त म पनि गएको थिएँ । के हामी नेपाली होइन र ?’ उहाँले सिधै जवाफ दिनुभयो, ‘मैले रगत नेपाली भनेको ।’

.... त्यो घटनाले उब्जाएको सोचले गर्दा नै आज म आफ्नो जीवनको पहिलो लेख लेख्दैछु । ..... बुबा हुलासचन्द गोल्छा, जो नेपाली साहित्यमा अत्यन्तै रुचि राख्ने लेखक एवं कवि हुनुहुन्थ्यो .....

आज मलाई नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना, जुन निजी क्षेत्रको तर्फबाट सबैभन्दा बढी (१८,००० भन्दा बढी व्यक्तिलाई) रोजगारी दिने संस्था हो, त्यसको सदस्य हुँ भन्न पाउँदा गर्व लाग्छ ।

..... देशको सबैभन्दा बढी कर तिर्ने संस्थाहरूमा आफ्ना तीन संस्थाहरूको नाम देख्दा मलाई हर्ष ...... देशकै ठूलो आँखा अस्पताल सञ्चालन ..... हामीले आर्थिक सहयोग गरिरहेको सामाजिक अभियान ‘टिच फर नेपाल’ काशिशिर खनाल भाइले फोनमा ‘दाइ, हामीले पढाएको सरकारी स्कुलका विद्यार्थी पहिलोपटक ७८ प्रतिशत पास भएका छन्, हामी सबै नेपालीलाई बधाई छ’ ....... देशमा भूकम्प जाँदा राहतको लागि के गर्न सकिन्छ भनेर दोस्रो दिनदेखि लागिपरेको पनि ढोंग नै पो गरेको रहेछु कि भन्ने प्रश्न आफैंलाई तेर्साएको छु । ..... सहयोग जुटाउने क्रममा आफ्नो व्यापारिक सम्बन्ध प्रयोग गर्दै बजाज अटोका मालिकलाई फोनमार्फत ‘हाम्रो देशलाई सहयोगको खाँचो छ, तपाईंहरूले सहयोग गर्नुपर्‍यो’ भनेर अनुरोध गर्दा उनले

१६ करोड

रुपैयाँ सहयोग गर्छु भन्दा खुसी भएको सम्झना अझै ताजा छ । ..... मैले भूकम्पको बेला सिकेको पाठ भनेकै जोसुकै भए पनि, जति नै सम्पन्न वा विपन्न भए पनि, विपद्को बेला सबै एकै छानोमुनि अटाउनुपर्दो रहेछ । .....

‘मैले नेपाली हुन अरु के गर्नु पर्नेछ ?’

अमरेशले कांग्रेसलाई बुझाए ७ बुँदे स्पष्टीकरण
‘राष्ट्र टुक्रयाउने कुरा कल्पनाभन्दा धेरै टाढा’
अमरेशले पार्टीले स्पष्टीकरण सोधेकोमा आफू स्तब्ध र आश्चर्यचकित भएको भन्दै ‘पार्टीले यस्तो त्रुटी सच्याउने छ’ भनेका छन् । ...... ‘राष्ट्र भनेको जनता हुन्, मधेशी जनता पनि राष्ट्र हुन् । मैले मधेशी जनताको भावनाको कुरा गरेको हुँ, अहिलेको छलफलको विषयमा उठेका विषयमा बोलेको हुँ,’ उनले भनेका छन्, ‘राष्ट्रको अखण्डता जसरी हाम्रो लागि अहम विषय हो, राज्यका सबै नागरिकको न्यायोचित अधिकारको रक्षा हुनुपर्दछ भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छ ।’ ..... स्पष्टीकरणमा उनले मधेशलाई लामो समयदेखि कांग्रेसको ‘भोट बैंक’का रुपमा व्याख्या गर्दै मधेशी जनताको भावना विपतिर राय संकलन गर्न आफू असमर्थ रहेको बताएका छन् । ‘तोकिएको दिन साउन ४ र ५ मा म मेरो क्षेत्र सर्लाहीको गहरियामा जनता उच्च माविमा हज्जारौं जनताका माझ सुझाव संकलनका लागि उपस्थित थिएँ तर जिम्मा लिएका माननीय सभासद् तथा संविधान सभा सचिवालयका कर्मचारीहरु अनुपस्थित रहेका थिए,’ उनले भनेका छन् । ........ सुझाव लिँदा आफू र पार्टीलाई समेत आगामि चुनावमा घाटा लाग्ने भन्दै उनले सुझाव संकलन नगरेको कुराले दीर्घकालीन रुपमा पार्टी र देशलाई फाइदा पुग्ने बताएका छन् । ...... ‘मैले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै बोलेको हुँ, मैले बोलेको कुरा पत्रकारले के बुझे र लेखे, त्यसको जावफ मैले किन दिने ?’ उनले भनेका छन् ।

No comments: