Saturday, August 29, 2015

अवध का प्रथम मुख्य मंत्री?


मेरो नजरमा कांग्रेस, एमाले र एमाओवादी
कांग्रेसमा सदस्य संख्या थप्न पार्टीका नेता–कार्यकर्ताले दु:ख गरिरहन पर्दैन । वंशजका नागरिकले नागरिकता पाएजस्तो सदस्य बढिरहन्छन् । आफ्ना हजुरबुबा र बुबा तथा परिवारका अग्रज सदस्य कांग्रेस भए पछिल्लो पुस्ताका सदस्य पनि स्वत: कांग्रेस भइहाल्छन् । परिवारका अग्रज सदस्य कांग्रेस भएपछि कांग्रेसबारे केही नबुझी पछिल्लो पुस्ता कांग्रेस बनिहाल्छ । पार्टीबारे कुनै अध्ययन–अनुसन्धानविना सदस्य बन्न सकिने पार्टीका रूपमा पनि कांग्रेस परिचित छ । कांग्रेसको सदस्य बन्न पार्टीबारे बुझिराख्न र पढिराख्नै पर्दैन । त्यसैले अहिले मै हुँ भन्ने कांग्रेसका नेता पनि कमै पढ्छन् । दर्शनको विषयमा पनि केहीबाहेक प्रायलाई कमै ज्ञान छ । ......... विश्व परिस्थिति, नेपालको परिस्थिति, विविधता र नेपाली जनताका परिवर्तित चाहनाबारे

कांग्रेसका नेता पढ्ने प्रयास नै गर्दैनन्, जसका कारण जतिसुकै जल्दोबल्दो विषय होस्, कांग्रेसले ढिलो मात्रै बुझ्छ

र अन्त्यमा यथार्थ रहेछ भन्दै स्विकार्छ । .......... संघीयता कांग्रेसको चाहना होइन बाध्यता हो, जुन कांग्रेसकै नेताहरूले सार्वजनिक रूपमै स्विकारिसकेका छन् । तर, संघीयता हाम्रा लागि नभई नहुने आवश्यकता थियो । ...... अरू पार्टी एकत्रित भएर संगठन सुदृढीकरण र विस्तार गर्छन् । तर, कांग्रेसलाई एकत्रित र संगठित हुन वैचारिक रूपमा एउटा ‘थ्रेट’ चाहिन्छ, भय चाहिन्छ । लोकतन्त्र, प्रजातन्त्र, बहुदलीय प्रणालीमाथि कोबाट भय छ भन्ने निक्र्योल गरेर मात्र कांग्रेस एकत्रित हुन्छ । त्यसमा पनि बढी भय केबाट छ भन्ने बुझेर त्यसमा आफ्नो ध्यान केन्द्रित गर्छ । डरलाग्दो भय रहेको ठानेन भने छिन्नभिन्न हुने क्रमलाई न्यून गर्दैन । ...... पहिला उसले राजतन्त्रलाई भय मान्दै केही समय आफ्नो खेतिपाती चलायो । अब कम्युनिस्ट भय हुन् भन्दै केही समय खेतिपाती चलाउँछ । .......

अहिले कांग्रेसका लागि अर्को ठूलो भयको विषय नेपाली भूमिमा विद्यमान विविधता भएको छ ।

अहिले मधेसी समुदाय, आदिवासी, दलित, मुस्लिम, महिला आदि कांग्रेसका लागि भयका विषय हुन् । भयका यी विषय नहुन्थे भने कांग्रेस लोकतन्त्रका लागि भय हुने गोबरको गणेशजस्तै कुनै थपना स्थापना गर्ने बिन्दुमा पुगेको हुन्थ्यो ।

जुन दिन भयमुक्त नेपाली समाज बन्छ, त्यसदिन कांग्रेस विचारशून्य अवस्थामा पुग्नेछ ।

........... कांग्रेस समावेशिता चाहँदैन । यो मध्यमवर्गीय पहाडी समुदायको नेतृत्वको पार्टी हो । ..... यसबाट ठूलो परिवर्तनको आशा राख्न सकिन्न । .................

मदन भण्डारीको अवसानपछि एमालेको पनि अवसान भयो भन्दा हुन्छ ।

.... अहिले एमाले पार्टी नै होइन भन्दा पनि हुन्छ । एमालेमा एउटा राजनीतिक पार्टीमा हुनुपर्ने सिद्धान्त, उद्देश्य, निष्ठा र लक्ष्य कुनै पनि बाँकी छैन । जता–जता पानी बग्छ, त्यतै–त्यतै बग्ने पार्टी हो एमाले । त्यसैले पनि एमालेबाट हामी परिवर्तनको आशा गर्न सक्दैनाँै । ..... एमाले पार्टी नभई एनजिओ र आइएनजिओकर्मीको जमघट हो । यसैबाट एमालेले आफ्नो जालो बनाएको छ । एमाले अरू पार्टीसँग वितृष्णामा परेकालाई एकत्रित पार्ने थलो बनेको छ । .... अहिले एमाले अध्यक्ष रहनुभएका केपी शर्मा ओली ०६२/६३ को आन्दोलनमा सहभागी नै हुनुभएको थिएन । हामीले आन्दोलनमा आउन आग्रह गर्दासमेत घोर विरोधी बनेर बस्नुभयो । आन्दोलनमा जान आग्रह गर्दा एमालेले ‘घाम ताप्ने आन्दोलन नगर्ने’ बताउनुहुन्थ्यो । साक्षी मै छु । ............. एमाओवादी : कांग्रेस–एमालेकै बाटोमा ...

जब मन्त्रीदेखि प्रधानमन्त्रीसम्म बनेका नेताले सत्ताको रस चाखे, उनीहरू पनि कांग्रेस, एमालेका नेताजस्तै बन्न थाले ।

..... सफलताका मूल बाहक एमाओवादीका नेता होइनन्, इमानदार कार्यकर्ता हुन् । तिनै कार्यकर्ताले एमाओवादीले सुरु गरेको जनयुद्धमा दिलो–ज्यान दिएर लडेका थिए । उनीहरू आफ्नो मुक्तिका लागि लडेका थिए । विभिन्न जातीय, राष्ट्रिय समूह, मगर, गुरुङ, राई, लिम्बू, तामाङ, नेवार, थारू आफ्नो मुक्तिको लडाइँको नेतृत्व माओवादीले गर्दै छ भन्ने भ्रम पालेर लडेका थिए । ..... तर, एमाओवादी नेतृत्वले युद्ध लड्दा राखेको उद्देश्यविपरीत आफ्नो व्यवहार र कार्यक्रम परिवर्तन गर्दै लग्यो । आत्मसमर्पणका लागि तीव्र गतिले अघि बढेपछि यी समुदाय सबैभन्दा बढी निराश भए । अरूबाट आशा मारिसकेका समुदाय एमाओवादीले पनि गर्दैन भन्ने थाहा पाएपछि निराश हुन बाध्य भएका हुन् । पञ्चहरूले गर्ने कुरा भएन । राजतन्त्रले गर्ने कुरा थिएन । कांग्रेस–एमालेले गर्ने कुरा थिएन । एमाओवादीबाट हुन्छ कि भनी आशा पालेर उसको लडाइँमा साथ दिए पनि अहिलेको आचरण र व्यवहारबाट ती इमानदार कार्यकर्ता आश्चर्यचकित भएका छन् । कतिपय त नेतृत्वबाट भयंकर ठूलो गद्दारी भएको महसुस गर्दै छन् । ........

ती समुदाय अब एमाओवादी नेतृत्वबाट अलग हुने तयारीमा छन् ।

एमाओवादी नेतृत्वबाट धोका पाएपछि उनीहरू अहिले आफ्नो लडाइँ आफैँ गर्नुपर्ने रहेछ भन्ने निष्कर्षमा पुगेका छन् । प्रोक्सीमा लडाइँ हुँदो रहेनछ भन्ने ज्ञान हासिल गरेका छन् ।



यो हृदयेश sharp मान्छे। महन्थ ठाकुर मा नभएको dynamism र charisma उसमा छ। कुनै दिन प्रधान मंत्री बन्ने मान्छे।

जनजातिले काठमाण्डु छोपे यस क्रांति ले सरकार ढाल्छ

No comments: