Wednesday, August 12, 2015

नागरिकता मा बेइमानी कायम

नागरिकतामा “र” तथा “वा” को बहस by Dipendra Jha

२०७२ साउन २४ गते जनताको सुझावको आधारमा नागरिकताको प्रावधानमा संशोधन गरिएको भनि पनि “र” हटाएर “वा” गर्नुको कुनै अर्थ छैन । मस्यौदाकारले शब्दमा अल्झाएको बाहेक अरु केही होइन ।

मस्यौदाको ११(२) को खण्ड (ख) मा बाबु “वा” आमाको प्रावधान राखियो, पहिले बाबु “र” आमा थियो । तर मस्यौदाको धारा ११(४) मा कुनै व्यक्तिको जन्म हुँदा निजको बाबु र आमा नेपाली नागरिक हुनु पर्ने व्यवस्था रहेको छ । यसरी धारा ११(२)(ख) लाई धारा ११(४) ले काटेको अवस्था छ । यसमा ११(२) (ख) को कुनै औचित्य नै छैन ।

साथै धारा ११(५) मा कुनै बच्चाको बाबु आमा थाहा नभएमा वंशज पाउने र धारा ११(६) मा बाबु पत्ता नलागेको खण्डमा बंशज पाउने प्रावधान छ तर यसलाई प्रतिबन्धानात्मक वाक्यांशले काटेको अवस्था छ ।

यदि नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा त्यस्तो पुरुषले नेपाली नागरिकता लिन चाहेमा कस्तो नागरिकता पाउने प्रावधान छैन । त्यसैले १२(२) अनुसार त्यस्तो महिलाबाट जन्मिएको सन्तानले अंगीकृत नागरीकता पाउनेछन् ।

पहिलो “र” भएको अवस्था तथा अहिलेको “वा” राखेको अवस्थामा केही परिवर्तन छैन, बरु अझ बल्झाएको छ । एउटा कुरा पक्का के छ भने विदेशी पुरुषसंग विवाह गरेका नेपाली महिलाको सन्तानले नेपालमा अंगीकृत नागरीकता पाउने छन् । अथवा वंशज नागरीकता लिन चाहेमा बाबु र आमा दुवैको नागरीकता अनिवार्य हुनु पर्ने छ, जहाँ वा को अर्थ भएन ।





No comments: