Wednesday, August 12, 2015

संविधान सभा बाट मधेसी दल बाहिरीने सही समय कुन?

संविधान सभा बाट मधेसी दल बाहिरीने सही समय कुन? शीतल निवास ले पनि यदि धोका दिएछ भने अनि मधेसी सभासद जति सबै जनकपुर मा भेला हुने, त्यसमा सीके राउत पनि रहेको, केही अरु शीर्ष मधेसी रहेको नया संविधान सभा को घोषणा गर्ने अनि त्यस संविधान सभा को पहिलो बैठक ले मधेस अलग देश को घोषणा गर्ने।

अहिले काठमाण्डु को संविधान सभा छोड्ने समय आएको छैन। अहिले त लडाइ नै संविधान सभा मा छ। मैदान कहाँ छोड्ने?



संविधानसभाबाट राजिनामा दिने कुरा तमलोपामा पनि उठ्यो
संविधानसभाबाट राजिनामा दिनुपर्छ भने मुद्दा तराई मधेश लोकतान्त्रिक पार्टीमा पनि प्रवेश गरेको छ । यसअघि राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीले मात्र संविधानसभाबाट राजिनामा दिनुपर्ने कुरा जोड तोडले उठाएको थियो । सद्भावना पार्टीले जसरी अन्य कुनै मधेशवादी दल राजिनामा बारे खुलेर बोलिरहेका थिएनन् तर मंगलबार तमलोपामा औपचारिक रुपमै राजिनामाको विषयले ठाउँ पाएको छ । .......... तमलोपाका अध्यक्ष महन्थ ठाकुर आफ्नो कार्यकक्षमा बसिरहेको बेला सोही पार्टीका केन्द्रीय सदस्य एवं विद्यार्थी संगठनका अध्यक्ष सुरेश मण्डल प्रवेश गरेका थिए । उनले नै अध्यक्ष ठाकुर समक्ष जनताको चाहना मधेशवादी दलहरु संविधानसभाबाट राजिनामा दिएर सडकमा आउनु पर्ने हो तर मधेशवादी दलहरुले यस विषयमा हालसम्म कुनै निर्णय लिन नसकिरहेको र तमलोपा पनि चुपचाप रहेको कुरा राखेका थिए । ‘मधेशवादी दलले राजिनामा दिएन भने मधेशी जनताले साथ दिँदैनन्’ भन्ने कुरा मण्डलले राखेपछि अध्यक्ष ठाकुर गम्भिर भएका थिए र काठमाडौमा उपलब्ध पदाधिकारी र सभासद्को बैठक तत्कालै बोलाएका थिए । ....... बैठकमा मुख्य रुपमा संविधानसभाबाट राजिनामा दिने कुरा नै उठेको थियो । बैठकमा सहभागि सभासद्हरुले पार्टीले निर्णय गरे त्यसलाई स्वीकार गर्ने धारणा राखेका थिए । ...... राजिनामा दिने विषय संवेदनशिल विषय भएकाले यस विषयलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट नै टुगों लगाउने छलफल भएको बताए । एक्लै पार्टीले राजिनामा दिएर केही हुँदैन, मधेशी मोर्चामा आवद्ध दलले संयुक्त रुपमा राजिनामा दिए राम्रो सन्देश जाने भएकाले यस विषयमा मोर्चामा ब्यापक छलफल पछि टुगों लाग्छ, उनले भने ।

No comments: