Saturday, July 25, 2015

Police Brutality In Janakpur

इसका हिसाबकिताब होगा।

A Case Of Police Brutality: Unlawful And Wrong
Insane Act In Janakpur
मधेसी क्रान्ति ३ कति बेला र केका लागि?
सुझाव संकलन?



मधेशमा प्रहरी-प्रशासन अनियन्त्रीत देखिन्छ - मोहना अन्सारी
गएको ४/५ गते नयां संविद्यानको प्रारम्भिक मस्यौदा माथी सुझाव संकलनलाई लिएर मुख्यगरी मधेशका जिल्लाहरु प्रतिकारको अवस्थामा सिर्जना भयो । मधेशका मुख्य सहरहरुमा झडप देखि भिडन्त सम्मको अवस्था सिर्जना भयो ।

केन्द्रको रुपमा देखिए जनकपुर

। ..... र अन्य सहरहरु, गौर, विरगंज, लहान, राजविराज, भैरहवा लगायतका ठाउहरुमा पनि व्यापक प्रतिरोधका कार्यक्रमहरु भयो । ...... जनकपुर र गौर पुग्दा जाहा सम्म तपाईले म के पाए भनेर सोध्नु भयो । म चाही एकदमै निराशजनक अवस्था भेटाए । खासगरी संविद्यानले आफुलाई चित नबुझेको कुरामा शान्तिपुर्ण विरोध गर्ने अधिकार सबैलाई दिएको छ । तर जनकपुरमा मात्रै म २ सय भन्दा वढी यस्ता मानिस भेटे जो प्रहरीको लाठी खाएका थिए । केहीले १ लठी मात्रै खाएको पनि पाए भने को कोहीले १२/१२ ओटा टाका लगाएको पनि पाए । यो चाही साच्चिकै नराम्रो अवस्था हो । .......

प्रहरी प्रशासनहरु अनियन्त्रीत चाही भएकै देखिन्छ । खासगरी भिडलाई नियन्त्रण नै गर्नु परेको खण्डमा पनि प्रहरीले घुडा भन्दा तल मात्रै हानेर भिड नियन्त्रण गर्नु पर्ने हुन्छ । तर जनकपुरमा अधिकांशलाई टाउकोमा हानिएको अवस्था छ । यसरी सिधा ताकेर टाउकोमा हानेको अवस्थ देखिन्छ ।

यसले प्रहर िप्रशासनहरु अनियन्त्रीत चाही भएकै देखियो । ...... प्रहरीले आम मानिसहरुको घर घरमा पसेर कुटपिट गरेको देखिन्छ । पसलहरुको सटर जर्वदस्ती तोडफोड गरेको पाइयो । ..... यस्तो आन्दोलनहरु जाहा पनि पहिला नियन्त्रण गर्न खोजीन्छ अनि नसकेको खण्डमा जाई लाग्ने प्रचलन देखिन्छ । ..... कतिपय यस्ता घटनाहरु हामीले पायौ कि प्रहरीले जानेर नियत वस बुटेको पनि देखियो । जनकपुरमा १ जना युवा भाई कर्ण थरका छन । जो अहिले पनि गम्भिर धाईते छ । हामीले उनको सन्दर्भमा संकलन गरेको सवै प्रमाणहरुले प्रष्ठ के देखिन्छ भने नियतवर जानी जानी केटेको छ । तर कुटने त्यो काहा स्व्किार गर्छन र । ......

तपाईले जनकपुरमा युवाहरुको आन्दोलन संघर्ष समितीका अध्यक्षकै कुरा गर्नु हुन्छ भने , उहालाई प्रहरीले बोलाएरु घेरा हालेर कुठेको देखिन्छ । उहालाई प्रहरीले आफलै फोन गरेर जुलुसको ठुलो भिड आईरहेको छ, तपाई विना नियन्त्रणन नै गर्न सकिन्न भनेर बोलायो अनि वोलाएर चारै तिर वाट घेरेर कुटेको देखियो । यो त एकदमै सरासर गलत कुरा हो । अर्को एउटा बच्चा जो अहिले पनि विराटनगरमा उपचारार्थ छन, त्यसको पनि साह्ै नराम्रो संग कुटेको देखिन्छ । जव की उक्त बच्चा न जुलुसमा गएको देखिन्छ, न त आन्दोलनमा । उनलाई परिवारले पसलवाट समान किन्नका लागी पठाएका थिए तर प्रहरीले समातेर भित्र लगेर कुटेको देखिन्छ ।

हेर्नुस यस्ता अनेकन कुराहरु छन । ....... मधेशमा प्रहरी प्रशासन माथी समाजको ठुलो असन्तुष्टि मैलै पाएको देखीरहेको छू । .... र यसमा स्थानिय प्रहरी प्रशासनकै ठुलो भुमिका हुन्छ । ...... हामीलाई त जाहा जाहा गयौ सबै ठाउमा एउटै कुरा भन्थ्यो कि,

हामीले त मस्यौदा हेर्न पनि पाएका छैनौ । अर्को सशक्क्त आवाज हामीले के पायौ भने, हामीलाई मैथलीमा चाहियो मस्यौदा ।

र मस्यौदा माथी सुझाव संकलनको लागी तय गरिएको कार्यक्रमहरुमा सतारुढ दलहरुको कार्यकर्ताहरु वाहेक अरुलाई प्रवेश गर्न आदेश नै दिएन । जुन एकदमै खेदजनक कुरा हो । तपाई सुझाव संकलनको लागी सार्वजनिक कार्यक्रम भन्नु भाको छ अनि एउटा पार्टीको कार्यकर्ता बाहेक अरुलाई त्याहा प्रवेश निषेध गरिएको छ । यसलाई के भन्ने के । कम से कम विरोध गर्नेहरुले पनि ठाउमा गएर विरोध गर्न पाउनु पथ्र्यो । १२ बजे सम्म उनीहरु कुरेको देखिन्छ र त्यस मात्रै त्यो भित्र आक्रोशित भएको हामीले पायौ । ......... अधिकांश मानिसहरु हामीहरुलाई त सुझाव संकलनमा सहभागी गराईनन भनेर आक्रोश पाए । उहाहरुमा त हामी जनता होईन भन्ने सम्मको भावना पलाएको देखिन्छ । .....तर याहा के देखियो भने देखिनै वितिकै भरमार कुटने ..... मधेशमा प्रशासन र समाज विच दुरी चाही वढदै गईरहेको देखिन्छ । ..... हामी निरन्तर तराई, मधेश, पहाड, हिमाल सबै ठाउमा आफनो काम गरीरहेका छौ । तर मधेशी समुदायको पछिल्लो ४/५ गतेको मात्रै होईन कि सम्रगमा कुरा गर्दा पनि राज्यसंग आत्मसम्मान महसुस गरीरुहेको हामीले पाईराखेका छैनौ । .... जस्तो कि हामी त सबै ठाउमा अनुगमन हुन्छौ नि तर मधेश तिर कहिले काही केही कारणवस हामी अली मात्रै ढिला भयौ भने , उहाहरुको यसरी प्रतिक्रिया दिनु हुन्छ कि मानौ कि उहाहरु ले हामी याहाका नागरिक नै होईन, त्यसैले हेपेको भन्नु हुन्छ ।

No comments: