MaHa: National Treasure



मधेशी बुद्धिजीवीका तीन सुझाव : रोस्ट्रम घेर, मस्यौदा जलाऊ, भएन भने संविधानसभा छोड
चार पार्टीको १६ बुँदे सहमतिको आधारमा संघीयताविनाको संविधान निर्माण प्रक्रिया अगाडि बढिरहेको छ । संघीयतालाई थाती राखेकोबाहेक प्रदेशलाई दिइएको अधिकार र नागरिकतासम्बन्धी प्रावधानलगायत संविधानका दर्जनौं विषयमा मधेशवादी पार्टीहरुको गम्भीर असहमति हुँदाहँदै पनि ती पार्टी ‘नोट अफ् डिसेन्ट’ दर्ज गर्दै संविधान निर्माणमा सहभागी हुन चाहेको देखिन्छ । ....... तर मधेशका बुद्धिजीविहरु भने मधेशी पार्टीहरुको यस्तो भूमिकादेखि सन्तुष्ट छैनन् । उनीहरुले संविधानसभामा रोस्ट्रम घेराउदेखि संविधानसभाभित्रै संविधानको मस्यौदा जलाउने र संविधानसभा परित्याग गर्नेसम्मको सल्लाह दिन्छन् । ........ ‘संविधानसभा परित्याग अन्तिम हतियार हो । मधेशी जनताको हकअधिकारविनाको संविधान पास हुँदैछ भन्ने निश्चित नभएसम्म मधेशी पार्टीका सभासद्हरुले शान्तिपूर्ण र तर्कपूर्ण दबाब दिनुपर्दछ । त्यसका लागि उनीहरुले संविधानसभाभित्र आफ्नो स्पेसलाई भरपूर सदुपयोग गर्नुपर्दछ’ ...... चन्द्रकिशोरले काठमाडौंमा संविधान निर्माणका क्रममा भइरहेको छल, कपट र बेइमानीबारे मधेशी पार्टीहरुले मधेशका जनतालाई समेत जानकारी गराउनुपर्ने र त्यसका लागि अभियान नै चलाउनुपर्ने बताए । ...... पूर्वराजदूत तथा नागरिक अभियन्ता विजयकान्त कर्ण भने मधेशीको हकअधिकारविनाको संविधान निर्माण हुने स्पष्ट भइसकेकोले मधेशी नेताहरुले संविधानसभालाई तत्काल बाइबाइ गर्नुपर्ने बताउँछन् । ... ‘संविधानसभाभित्र मधेशी सभासद्को कुनै काम छैन । उनीहरुले झोला झिँगटी बोकेर मधेश झरे हुन्छ । मधेशी नेतृत्वले काठमाडौं परित्याग गर्ने जोखिम तत्काल मोल्नुपर्दछ,’ कर्णले भने । ...... ‘कांग्रेसकै विमलेन्द्र नीधि, अमरेश सिंह र गगन थापाजस्ता नेताहरुले संविधानसभाबाटै संघीयतासहितको संविधान बन्नुपर्ने अभिव्यक्ति दिएका छन् । यसले पनि सकारात्मक परिणाम ल्याउने संकेत गर्दछ । मधेशी पार्टीका सभासद्हरुले पनि तत्काल दबाबबाटै संघीयतासहितको संविधान ल्याउने पक्षमा हरसम्भव प्रयास गर्नुपर्दछ,’ अध्येता साहले भने । ...... संविधानको अन्तिम छिनोफानो हुने बेलासम्म चौतर्फी दबाबका बाबजुद संघीयतासहितको संविधान आउने सम्भावना नदेखिए संविधानसभा परित्याग गरेर मधेशमा जानुको विकल्प नरहने साहको भनाइ छ ।


‘जब बडामहारानी मज्जाले हाँसिदिनुभो, मेरो तलव सय रुपैयाँ थपियो’
हरिवंश आचार्यले सुरुमा आफ्नो बाल्यकाल सुनाए । उनका अनुसार बा-आमाले उनलाई ठूलो पुरेत बनाउने आकांक्षा राखेका थिए । ...... तर, उनी भने बा-आमाको सपनालाई पन्छाउदै म संस्कृत विद्यालय विद्यालयबाट भागेर सिनेमा हल जान्थे । उनले अघि भने-सिनेमा घरलाई नै मैले आफ्नो विद्यालय बनाएँ । जयनेपाल चित्रघरलाई जयनेपाल माध्यमिक विद्यालयका रुपमा लिएँ । रञ्जना हल मेरो लागि रञ्जना उच्चमावि बनिदियो । विश्वज्योति हललाई विश्वज्योति विश्वविद्यालय मानेँ । ..... ती विद्यालय र विश्वविद्यालयमा मैले धेरै पढेँ । साह्रै ध्यान दिएर, मन लगाएर पढेँ । त्यहाँ मेरा गुरुहरु हुनुहुन्थ्यो जितेन्द्र, राजेश खन्ना, अमिताभ बच्चन । गुरुआमाहरु हुनुहुन्थ्यो, हेमामालिनी, सायरा बानु । ....... सैद्धान्तिक कक्षा जयनेपाल माविमा लिन्थेँ, अनि प्राक्टिकल पद्मोदयमा गर्थेँ । प्राक्टिकल पनि सित्तैमा गर्दिनथेँ । एक सिफ्टको एक रुपैयाँ लिन्थे । मेरो प्रयोगात्मक कक्षा सञ्चालन गर्ने स्थान पद्मोदयको चौर थियो । ....... म अरु विद्यार्थीलाई आफूले हेरेका सिनेमाका कथा सुनाउँथे । विथ एक्सन, विथ डायलग, विथ फाइट, विथ डान्स । एकै जनाले यति धेरै विधा सम्हाल्नु गाह्रो काम थियो । तर, आखिर काम हो गाह्रो मानेर भएन । कहिलेकाहीँ दिनमा ३-४ सिफ्टसम्मको ओभरटाइइम पनि गर्थे । ....... एसएलसीमा पाएको असफलता ..... तीन वर्ष लगातार एसएलसीको झापड खाएँ । एसएलसी गुल्टिएपछि मैले जसरी पनि पैसा कमाउनुपर्ने भयो । ...... म एकदम दुब्लो-पातलो थिएँ । स्वर पनि नछिप्पिएको मरञ्च्यासेँ थियो । मलाई नोकरको छोटो रोल प्राप्त भयो । ....... पछि त नोकरको रोलमा राम्रैसित स्थापित भएँ । जितेन्द्र दाईले त मलाई नोकरको रोल नराखी नाटक नै लेख्न छोडन्नुभो । उनले अघि भने-‘उहाँले नै पछि मलाई राष्ट्रिय नाचघरमा लिएर जानुभो । त्यहाँ पहिलोचोटी अमरसिंह भन्ने नाटकमा सानो भूमिका पाएँ । त्यो बेला राजारानीलाई नाटकहरु देखाउने चलन थियो । ........ राजाका सचिव नारायणप्रसाद श्रेष्ठज्यूले मलाई औंल्याएर यो भाई एकदम राम्रो छ है भनेर त्यतिबेलाका राष्ट्रिय नाचघरका महाप्रवन्धक नगेन्द्रप्रसाद काफ्लेलाई भनिदिनुभो । उहाँले त्यति शब्द भन्दिनाले मैले करार सेवाबाट अस्थाई सेवामा जागिर खान पाएँ । ...... पछि जितेन्द्र दाईले लेख्नुभएको ‘हाम्रो पनि कथा छ’ भन्ने नाटकमा अलि लामो र सभ्य रोल पाएँ । त्यो हेरेर बडामहारानी धेरै नै हाँस्नुभएछ । उहाँ कृपापूर्वक त्यसरी हाँसिदिनाले मेरो तलव महिनाको एक सय रुपैयाँ बढ्यो । ५-६ महिनापछि रानी फेरि नाटक हेर्न आउनुभो । फेरि कृपापूर्वक मज्जाले हाँसिदिनुभो । र, फेरि मेरो तलव एक सय रुपैयाँ थपियो । यसरी मेरो कस्तुरीको रेट मासिक चार सय रुपैयाँ पुग्यो । ....... मदन कृष्ण श्रेष्ठसँगको भेटलाई ठूलो कस्तुरी भएको मन्छे भेट्टाएको बताए । ...... ‘प्रज्ञाभवन गाइजात्रा महोत्सवमा चार वर्ष आफ्नो प्रस्तुति गरेँ । गाइजात्रा गर्ने क्रममा नै मैले अझ ठूलो कस्तुरी भएको मान्छे भेट्टाएँ । उहाँको नाम हो मदनकृष्ण श्रेष्ठ । (तालीको गड्गडाहट) मदनकृष्ण दाई र मेरो कस्तुरी मिलाएर दुई पोको कस्तुरी हुन पुग्यौं । त्यसपछि पछाडी फर्केर हेर्नुपरेको छैन ।’ .......... संसार एसएलसीमा डिस्टिसन ल्याउने र फस्र्ट डिभिजन ल्याउनेको मात्रै होइन । जस्ट पास र फेल हुनेको पनि हो । पास हुनेको मात्रै होइन फेल हुनेको पनि धेरै ठूलो आवश्यकता छ यो संसारमा । व्यवसायीक शिक्षामा हामी रुची लिदैनौं, घोकन्ते शिक्षामा मात्रै ध्यान दिन्छौं । हामीलाई खरदार-सुब्बाको जागिर चाहिएको छ । तर, एउटा डकर्मी र सिकर्मीले दिनमा १५ सयदेखि २ हजार कमाउछ । जबकी खरदार-सुब्बाको तलब घुसबाहेक १५-१६ हजार मात्रै हुन्छ । ........... धेरै पढेको मान्छेले मात्रै संसार जित्ने भए बिल गेट्स विश्वकै धनी मान्छे हुँदैनथे होलान् ।

हामी नपढेकाहरु विल गेट्सको नाममा गौरव गरौं ।

..... हामीले बनाएको अभिनन्दन सिरियलमा पुलिसले चोरलाई सम्मान गर्छ । तपाईंहरुकै कारणले हाम्रो रोजीरोटी चलेको छ भनेर ढोग्छ । चोरले लामो भाषण दिन्छ । उसले भन्छ : हामी चोरले गर्दा आज देशमा पुलिसले जागिर खान पाएका छन् । जहान, छोराछोरी पाल्न सकेका छन् । .... चोर नभएका भए झ्यालमा गि्रल नै लगाउनु पर्दैनथ्यो । हामीले गर्दा नै देशमा यति धेरै ग्रील उद्योगहरु खुलेका छन् । वेल्डिङ गर्दा कति मान्छेका आँखा चट् हुन्छन् । त्यसले गर्दा कति आँखाका डाक्टरले काम पाएका छन् । कति चश्मा पसलहरु खुलेका छन् । आँखाका डाक्टरलाई घर भाडामा दिँदा कति घरबेटीहरुले भात खान पाएका छन् । ...... हामी नभएका भए घरमा पातला-पातला गाह्रो लगाउने थिए । ठूलो-ठूलो गाह्रो लगाउनुपर्दैनथ्यो । ठूलो गाह्रो लगाउनाले कति धेरै इंट्टा उद्योगहरु खुलेका छन् । सिमेन्ट उद्योगहरु चलेका छन् । रोडा, बालुवाहरुका लागि क्रसर उद्योग स्थापना भएका छन् । रोडा-बालुवा ढुवानीका लागि गाडीहरु चलेका छन् । गाडीहरु चल्नाले पेट्रोलपम्म खुलेका छन् । पञ्चट टाल्ने वर्कसपहरु खुलेका छन् । ....... विजुली खपत नभए विद्युत प्राधिकरण बन्द हुन्छ । विद्युत प्राधिकरण बन्द भए वल्र्ड बैंक, एशियन डिभलपमेन्ट बैंकले लगानी कहाँ गर्छन् ? यिनीहरुको लगानी भित्रिएन भने डिपार्टमेन्ट स्टोरहरु कसले किन्ने ? गाडीहरु कसले चढ्ने ?

चोरहरुले गर्दा नै बैंकहरु खो ल्नुपरेको हो । नत्र मान्छेले घरमै पैसा राख्थे । बैंक नभएको भए उद्योगमा कसले लगानी गर्थ्यो ?

..... नेपालमा अहिलेसम्म जिउँदो मान्छेलाई पात्र बनाएर कसैले लेखेको छैन । मलाई पनि किताब आउने अघिल्लो दिन सुइकिन्छु कि भन्ने डर लागेको थियो । धन्न बाँचेको छु । ...... म पनि लेखक भइटोपलेको मान्छे । मेरो किताब त कस्तो भयो भने अलि साहित्य बुझेका एकजनाले पनि राम्रो छ भनेनन् । तर, कहिल्यै किताब नपढ्ने र साहित्य नबुझेकाहरुले दोहोर्‍याई तेहेर्‍याइ पढ्नुभएको पाएँ । फाइन पि्रन्ट खुशी छ । नत्र फाइनपि्रन्टका साथीहरु मलाई भेट्दा उज्याले मुख लाउनुहुन्नथ्यो होला । म पनि खुशी छु लेखक हुन पाएर । ........ कतिले त चिना हराएको मान्छे मैले लेखेको होइन अमर गिरीले लेखेको हो पनि भने । उहाँले सम्पादन गर्नुभएको हो । अब उहाँ आफैंले लेखेको किताब पढ्नुस् । यो किताब आˆनो नाइटोमा रहेको कस्तूरी नचिनेका करोडौं मान्छेहरुको कथा हो । ..... यसमा रहेको एउटा असफल पात्र, जसको अनुहार र व्यवहार मसँग मिल्छ र नाम पनि हरिवंश नै छ, उसलाई भेट्न पाए एउटा प्रहशनमा भूमिका दिन चाहन्थेँ । मदन दाइसँग कुरा गरेर ‘मह’ मा अर्को ह मिसाएर अर्को ‘महह’ बनाउन सकिन्थ्यो ।


त्रिपुरेश्वर-नागढुंगा सडक : अब यस्तो हुनेछ !

Comments