Thursday, July 09, 2015

In The News (4)

ध्रुव, खड्गप्रसाद हुँदै केपी ओली '४ महिनाको हुँदा ओलीलाई कालो सर्पले बेरेको थियो'
गाउँमा कान्छो छोरा जेपी ओलीसँग खेतीकिसानीको अलावा ज्योतिष काम गरिरहेका मोहनप्रसाद ..... ‘पोहोर साल चाहिँ यसको ग्रह दशा अलि बिग्रिएको थियो,’ केपीतिर लक्षित गर्दै मोहनले भने, ‘यसपाली ग्रह दशा सबैतिरबाट राम्रो छ । पक्का पनि प्रधानमन्त्री हुन्छ ।’ ..... छोरो देशको ठूलो मान्छे हुने कुरा उसको बाल्यकालले संकेत गरेको मोहन सम्झन्छन् । २००८ साल फागुनमा तेह्रथुमको छातेढुंगामा जन्मिएका ओलीलाई चार महिनाको हुँदा कालो सर्पले बेरेको थियो । पानी लिएर आउँदै गरेकी आमाले छोरो मरिसकेको सम्झेर गाउँले गुहारिन् ।‘ बिस्तारै सर्प भाग्यो । ध्रुब चलमलाउन थाल्यो,’ मोहनले अतित सम्झे, ‘सानामा यसलाई ध्रुब भनेर बोलाउथ्यौं । स्कूलमा नाम लेखाउने बेलामा खड्ग प्रसाद लेखाइयो । राजनीतिमा चढ्दै गएपछि केपी भयो ।’ छिमेकीहरुले सर्पले छोडेपछि भनेका थिए रे, ‘यो मान्छे देशको उच्च ओहोदामा पुग्छ ।’ ....... ‘सारै दु:खले हुर्कियो । १६/१७ वर्ष जेल बसेर झन् दुख पायो ।’ ...... भाइ जेपीका अनुसार उनीहरु १५ कठ्ठा जग्गा खनजोत गरेर जीवन गुजारा गरिरहेका छन् । ...... केपीले अक्सर घरमा फोन गरिरहन्छन् । .... गाडीमा चढिसकेका मोहनलाई गाउँले भने, ‘ठुल्दाइको फोन उठ्दैन । अब तपाइलाई फोन गरेर यहाँका समस्या भन्छौं । ठुल्दाइलाई भनेर विकास पठाइदिनु बडाऊ ।’
नेपाल प्रहरी र सशस्त्रबीच विवाद चर्कियो सशस्त्रका सुराकीलाई नेपाल प्रहरीले समात्यो आफ्नै सुराकीको हतियार अर्काको भन्दै पक्राउ
सरकारले सशस्त्र प्रहरी बललाई व्यक्ति पक्राउ पुर्जीको अधिकार दिएलगत्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच विवाद चर्किएको छ । .... समितिलाई गोंगबुबाट कटुवा पेस्तोलसहित पक्राउ परेका व्यक्ति र सीतापाइलामा सशस्त्र प्रहरी बलको गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिँदा ज्यान गएको घटना अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ । ...... गत जेठ १५ मा सशस्त्र प्रहरी बलको ना१ख ६५५ नम्बरको ट्रकले सीतापाइलामा ठक्कर दिँदा मोटरसाइकल चालक सरोज बसेलको मृत्यु भएको थियो । दुर्घटनापछि चालकलाई कारबाही गर्नुको साटो उक्त ट्रक मुख्यालयमा लुकाएर राखेको र अर्कै भाडामा चल्ने बसको नम्बर दिएर सशस्त्र प्रहरी बलले अपराधको ढाकछोप गरेको नेपाल प्रहरीको भनाइ छ । स्थानीय प्रत्यक्षदर्शीले सशस्त्रकै गाडीले दुर्घटना गराएको कागज गरिदिएपछि मात्र सशस्त्रले दुर्घटना गराउने सवारीका चालक अयोध्याप्रसाद चौधरीलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो । ...... महानगरीय प्रहरी वृत्त महाराजगन्जले गुरुङलाई म्याद थप गरेर अनुसन्धान गर्दा पक्राउको कहानी अर्कै निस्कियो । त्यो हतियार गुरुङको नभई सशस्त्र प्रहरी बलका लागि सुराकीको काम गर्ने पूर्वमाओवादी कमान्डर विनोद कटवालको निस्कियो । पेस्तोलमा ‘सीपीयूएन’ लेखिएको थियो । ...... भट्टराईका अनुसार कटवालले आफू पूर्वमाओवादी लडाकु भएकाले हतियार राख्दा फरक नपर्ने भन्दै गुरुङलाई राख्न दिएका थिए । ...... दसवर्षे द्वन्द्वपछि कुनै पनि अपराधमा संलग्न व्यक्तिलाई आँखा छोप्ने या हात बाँध्ने किसिमको कार्य सुरक्षा निकायले गर्दैनन् । तर सशस्त्र प्रहरी बलका कर्मचारीले गरेको यो कार्यले मुलुक अझै सैनिक शासन वा द्वन्द्वमा रहेको झल्को दिने प्रहरी अधिकारीको टिप्पणी । कानुनत: पक्राउ पर्नेबित्तिकै नजिकैको प्रहरीलाई जिम्मा लगाउनुपर्ने हुन्छ । तर सशस्त्रले आरोपीलाई ७ घण्टा नियन्त्रणमा राखेको छ ।
अब प्रधानमन्त्री हुने पालो ओलीकोः खनाल

‘मलाई प्रस्ताव आए नाइँ भन्दिन’


खनालले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको र मस्यौदाले बाहिर आए जस्तो स्वतन्त्रतालाई कुण्ठित नगर्ने
मधेश अधिकार संघर्ष समितिद्वारा आन्दोलन घोषणा (आन्दोलनका कार्यक्रमसहित)
जनकपुरधाम, २३ असार । मधेश अधिकार संघर्ष समितिले विरोध तथा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । समितिले मंगलबार शंखनाथ गरेको थियो ।

No comments: