Sunday, July 26, 2015

In The News (22)

बाबुरामलाई प्रचण्डको कटाक्ष
कुरा एकातिर, काम अर्कैतिर
असन्तुष्ट दल र समूहसँग वार्ता गर्ने चार दलको निर्णय
'जनताबाट धेरै राम्रा सुझावहरु आएका छन् । संघीयतामा सीमांकन टुंग्याउने होस वा धार्मिक स्वतन्त्रता हुनुपर्ने विषय । प्रत्यक्ष निर्वाचित कार्यकारी होस् वा नागरिकताका विषय । ती सुझावहरुलाई अधिकतम रुपमा समेट्दै साउन मसान्तभित्रै संविधान जारी गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ,' फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले भने, 'मस्यौदामा अन्य कतिपय विषय छुटेका छन्, तिनलाई समेट्ने र भएका त्रुटीहरुलाई सच्चाएर परिस्कृत दस्ताबेजका रुपमा संविधान जारी गर्ने कुरा भएको छ ।' ...... नेता गच्छदारका अनुसार संविधान निर्माण प्रक्रियामा असन्तुष्ट, मस्यौदाको विरोध गरिरहेका दल तथा समूहसंग पनि छलफल गरी अधिकतम सहमतिको प्रयास गर्ने चार दलीय निश्कर्ष छ ।
संविधान “साउन २५ मा” चार दलको समझदारी
प्रमुख चार राजनीतिक दल साउन २५ गते संविधान जारी गर्न सहमत भएका छन् । ....... यससम्बन्धी कार्यतालिका औपचारिक रूपमै घोषणा हुने भएको छ । ...... ‘साउन २५ भन्दापछि कांग्रेसको महाधिवेशनका कारणले सम्भव छैन ।’ ..... कांग्रेसको १३ औं महाधिवेशन असोज २ देखि ५ सम्म राजधानीमा हुँदैछ । .... स्थानीय तहको अधिवेशन भदौ १ देखि नै सुरु हुँदैछ । ....... एमालेले २० गतेभित्रै संविधान जारी गर्नुपर्ने प्रस्ताव गरेको थियो । एमालेका प्रमुख सचेतक अग्नि खरेलले यसअघि साउन १५ भित्रै संविधान जारी गर्ने भद्रसहमति भएको बताउँदै ढिलोमा २० गतेभित्र जारी हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको बताए । ..... तर, कस्ता–कस्ता सुझाव ग्रहण गर्ने भन्ने विषयबारे छलफल केन्द्रित नभएको पौडेलको भनाइ छ ।


दिल्ली क्यान्टको कोठा नम्बर ३३८: जहाँ यसरी बुनिन्छ नेपालविरुद्ध षड्यन्त्र
प्रायःजसो शान्त रहने त्यहाँ रक्षा मन्त्रालय, विदेश मन्त्रालय हुँदै भारत सरकारको नीतिलाई दक्षिण एशियाली मुलुकहरुमा कसरी लागु गराउने भन्ने अध्ययन/अनुसन्धान गर्ने गरिन्छ र दिर्घकालीन रणनीति तय गर्ने गरिन्छ । ...... ‘मेरो नाम– निहार आर नायक’ । उनको संस्थाको नाम– इस्टिच्युट फर डिफेन्स स्टडिज एण्ड एनालाइसीस (अाइडिएसए) । यो भारतीय रक्षामन्त्रालय अन्तगर्तको थिंक ट्याङ्क हो, जसले भारतको सुरक्षा निकाय तथा विदेश विभागमा आफ्नो अध्ययन प्रतिवेदन बुझाउने गर्छ । ...... नायकले काम गर्ने संस्थाले आफ्नो अध्ययन प्रतिवेदन ‘रअ’लाई पनि बुझाउने गर्छ । ...... ‘हामीलाई नेपालको भूमिबाट सुरक्षा थ्रेट हुन्छ । नेपाल सरकार आफैमा यति सक्षम नै छैन कि उसले हाम्रो सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकोस् । अनि हामीले विभिन्न विषयमा बारम्बार भन्नु पर्ने हुन्छ– यसलाई रोक्नुस् । तर भनिएको काम नभएपछि हामीले स्वतः सेना, प्रहरीका अधिकारीहरुलाई हाम्रो अनुसार (अनुकुलतामा) चलाउनु पर्ने हुन्छ । यसलाई तपाईंले हस्तक्षेप पनि भन्न सक्नु हुन्छ र यसलाई तपाईले मित्रता र सहयोगको बलियो आधार पनि मान्न सक्नु हुन्छ ।’ ....... उनले नेपालमा पाकिस्तानीहरु बांगलादेशको बाटो भएर नेपाल आउने र नेपालको नागरिकता बनाएर भारतमा आतंकवादी गतिविधि गर्ने गरेको आरोप लगाए । ....... ‘मैले जनवरीदेखि अहिलेसम्म झण्डै आधा दर्जन पटक नेपाल भ्रमण गरी सकेँ । सबै भन्दा धेरै संविधानसभा चुनाव ताका गएको थिए । मैले नेपालको सुरक्षा व्यवस्था अत्यन्त कमजोर पाएँ । मेरो झन्डै २०–२५ दिनको लगातारको भ्रमणका क्रममा मैले मेरो ब्यागको भित्री खल्तीमा डिटोलको सिसी राखेर विभिन्न विमानस्थल गएँ–आँए तर त्यसलाई कतै पनि डिटेक्ट गरिएन । यो एउटा उदाहरण हो । जहाँ हामीहरु खुलेआम घुम्छौं त्यहाँ अरु आतंकवादीहरु पनि खुलेआम घुम्न सक्छन् ।’ (हतियार डिटेक्ट गर्ने मेसिनले डिटोललाई पनि डिटेक्ट गर्ने गर्छ तर नेपालका विमानस्थलमा त्यो मेसिन खराब भएका कारण कतै पनि डिटेक्ट गर्दैन भन्ने उनको कुरा थियो ।) ........ उनले भनेको कुरामा आंशिक सत्यता छ । नेपालको सुरक्षा व्यवस्था कमजोर, घस्रेर हिँड्ने र विकाउ प्रवृत्तिको छ । त्यस विकाउ प्रवृतिको सानो झल्को नेपालको उच्च सुरक्षा निकायमा रहेकाहरुको भारतमा सम्पत्ति राख्ने प्रवृति पनि हो । नेपालमा मजबुत सुरक्षा व्यवस्थाको कुरा गर्ने तर आफ्नो व्यक्तिगत सुरक्षाको खोजीमा नाता गाँस्दै भारतमा सम्पत्ति थुपार्नेहरुले कसरी भारतसँग आत्मसम्मानका साथ कुनै विषयमा अडान लिन सक्लान् ? ( यहाँ सवाल मात्र भारतको होइन अधिकांश सुरक्षा निकायका उच्च तहका अधिकारीहरुका परिवार र स्वंयम पनि विदेशमा गएर बस्ने चाहना राख्छन्) भारतीयहरु प्रति आफ्नो बफादारिता झल्काउने कुराको नाङ्गो रुप हामीले कटुवाल प्रकरणमा हेरिसकेका छौं कि कसरी एउटा राष्ट्रको प्रधानसेनापतिले प्रधानमन्त्रीद्वारा अवकास दिइँदा मेरा विदेशी मित्रलाई पहिलो फोन गरेँं भनेर भारतका अगाडि आफूलाई टिकाई दिन बिन्ती गर्छ र नेपालमा बडो गर्वका साथ त्यो कुरालाई सार्वजनिक गर्छ । यो हाम्रो मुलुकको विडम्बना नै हो । ......... उनले नेपालको कुनै अमुक ब्रोडसिट पत्रिकाका सम्पादकले कसरी ‘चाइनिज लविङ’ गरि रहेका छन्, चिनियाँ रेल नेपाल अउँछ कि आउँदैन तथा भारतीय स्वार्थका विषयमा कुरा राखे । स्वभाविक हो भारतीय स्वार्थको कुरा आउँदा भारतीय ‘फेक करेन्सी’को कुराले पनि स्थान पाउँछ । उनले कुराकानीका क्रममा भारतीय राज्यको चरित्रको कुरा गर्न पनि भ्याए र उनले भने– ‘भारतको काम गर्ने शैली आफ्नै किसिमको छ, यसलाई बदल्नु निक्कै अप्ठेरो छ यदि यो बदलिन्थ्यो भने नक्सलाइट मुभमेन्ट नै हुने थिएन ।’ ........ उनले नेपालमा चिनियाँ स्वार्थ के–कस्ता हुन सक्छन् भन्नेबारे समेत कुराकानीका क्रममा आफ्नो बुझाइ राखे र चीनले भारतबाट तिब्बत समस्यामा भारतले केही नबोलिदिओस भन्ने चाहेको समेत खुलाए । सायद यहीँ चीनियाँ र भारतीयहरुको स्वार्थ मिल्छ होला तिब्बतमा भारत नबोल्ने कश्मिरमा चीन नबोल्ने तर अरुणाञ्चल प्रदेशको विवाद र श्रीलङकामा बढेको चीनियाँ प्रभावलाई कसरी कम गर्ने ? मलाई लाग्छ समस्या यति मात्र छैन जति हामीले कुराकानीमा गर्छौं । समस्या त्यो भन्दा धेरै गहिरो छ ।
के एमाओवादी फेरी फुट्दै छ ?
बेला–बेला जनविद्रोहको कार्यनीतिप्रति प्रचण्डको अभिव्यक्ति आईरहनु, शान्ति र संविधानको पक्षमा आफूलाई उभ्याउँदै आएका भट्टराईलाई प्रचण्ड– मुखमा शान्ति र मनमा क्रान्तिको माला जप्ने नेताका रुपमा बुझ्न काफी थियो । ..... एमाओवादी पार्टीको अहिलेको अनेकौं समस्यामध्ये एक समस्या भनेको संगठनमा पकड भएको नेताको स्पष्ट राजनीतिक लाइन नहुनु र स्पष्ट राजनीतिक लाइन भएको नेताको संगठन नहुनु नै हो । पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक लाईन स्पष्ट छैन र भट्टराईको संगठनमा पकड छैन । ....... ‘बाबुराम जीले धेरै अघिदेखि नै भनि आएको कुरा हो शान्ति र संविधान भनेको मेरो लाइन हो, प्रचण्डको लाइन भनेको त किरणजीसँग मिलेर जनविद्रोह गर्ने हो । अहिले पार्टी घुमिफिरी शान्ति र संविधानको लाइनमा आएको त छ तर नेतृत्व प्रचण्डले गरी राख्नु भएको छ । त्यसैले जसको राजनीतिक लाइन हुन्छ त्यसैको नेतृत्व हुनपर्छ ।’
यस्तो रह्यो भ्रमण– ‘लिपुलेकको विषय उठाउँदा मोदीले उत्तर दिएनन्’
मोदीको चहाना छ । उहाँले सुझाव भनेर, सकेसम्म सबैको सहमतिबाट संविधान बनोस् । किन भने , सानो विऊ पनि भोलीलाई अस्थिरता आउनेखालको नरहोस् भन्ने, आफ्नो सुझाव पनि उहाँले राख्नुभएको थियो । ...... भेटघाट सकिएपछि म दुई दिनको लागि गुँजरातको भूज भन्ने ठाउँमा जहाँ झण्डै १३ हजार मानिस १४ वर्षअघि गएको भूकम्पका कारण ज्यान गुमाएका थिए । थुप्रै घरहरु क्षेत विक्षत भएको थियो । करिब हाम्रो जस्तै स्थिति त्यहाँ थियो । एक करोड मान्छे, त्यो भूकम्पबाट प्रभावित भएका थिए । त्यो ठाउँमा म गएँ । हाम्रो टिमले त्यहाँ भारत सरकारले निकै राम्रो गरेको पायो । समग्रमा त्यहाँ क्षति कसरी भयो ? तत्काल उद्धार राहत कसरी चल्यो ? र पुनर्निर्माणका काम कसरी गरियो भन्ने विषयमा सरकारबाट र विभिन्न संघ सस्थाको तर्फबाट व्यवस्थित रुपले प्रस्तुत गरिएको थियो । ....... हाम्रो स्वागतमा यति धेरै उत्साह देखिन्थ्यो । मोदीजी यहाँ आउँदा बानेश्वरतिर जस्तो स्वागत भएको जस्तो मैले महशुस गरेँ । त्यहाँ पनि स्वतस्फूर्त रुपमा जनता यति धेरै सडकमा आएका थिए । त्यहाँ नेपालीहरुको दुःख प्रति महिला बुढाबुढी सबैको सहानुभूति यति धेरै रहेछ । युवा विद्यार्थी बुद्धिजीवि सबैले सद्भाव राखे । किन भने हामीले जस्तै दुःख उनीहरुले पनि भोगेका हुनाले त्यस्तो भएको थियो । त्यो पिडाबाट पार पाएर अगाडी बढेको हुनाले त्याहाँबाट यस्तो सद्भाव आएको थियो । त्यहाँ सबै दूर्गम गाउँमा पनि सबै सुविधा थियो । भूजबाट झण्डै ६० किलोमिटर भित्र गाउँमा पनि खानेपानी स्कुल सबै थियो । सहरमा हुने सबै सुविधा गाउँमा पुगेको नमुना गाउँ थियो । त्यहाँको जनतासँग पनि हामीले कुराकानी गर्यौं । उनीहरु हरप्रकारले नेपालको आपतको बेलामा सहयोग गर्न चहान्छौं भन्ने मन छ । ......... उहाँले सिधै लिपुलेकै विषयमा भनेर कुरा गर्नुभएन । जसरी विदेश मन्त्रीसँग भएको थियो । सबै समस्या एकै चोटी समाधान गर्नुपर्छ भनेर सामान्य उत्तर दिनु भयो ।


कांग्रेसको नियतमाथि एमालेलाई शंकैशंका

फेरि पनि सत्तालाई लम्ब्याउन प्रधानमन्त्रीले बहाना खोज्ने हो की भन्ने भयबाट एमाले नेतृत्व सशंकित छ ।

..... एमाओवादीको बलमा सरकार फेर्नका लागि एमाले अध्यक्ष केपी ओलीले कम्मर कसेपछि यी सत्तासहयोगी अहिलेको सरकारमा बाध्याताले मात्र सँगै रहेको जस्तो देखिन्छ । ...... सत्ता सहयोगी दल भए पनि एकलौटी रुपमा कांग्रेसले बजेट ल्याएको भन्दै ओलीले नै बजेट पास हुन नदिने कडा टिप्पणी गरेपछि यी दुई दलबीचको असन्तुटी पुनः छताछुल्ल भएको हो । ओलीले प्रधानमन्त्रीलाई सुशील कोइरालालाई भेटेरै बजेट नसच्चाए पारित नै हुन नदिने कडा चेतावनी दिए । सोही चेतावनीपछि बजेटमा मदन भण्डारीको नाममा स्टेडियम बनाउनेसहितका केही प्रावधान थपिएका थिए । ...... यस्तो हुनुका पछाडि

एमालेले कांग्रेसको नियतमाथि शंका गरेको छ । संविधान निर्माणको बहानामा सुशील कोइरालाले पद लम्ब्याउने र १३ औं महाधिवेशनसम्म आफू नै प्रधानमन्त्री हुने

। कांग्रेसको महाधिवेशन २ असोजदेखि ५ सोजसम्म काठमाडौंमा हुँदैछ । ....... तर, एमालेलाई शंका भएको नै यो कुरामा हो की फेरि पनि संविधानका विवादलाई देखाउँदै महाधिवेशनसम्म सरकार नछोड्ने र निरन्तर ररिरहने ।
प्रचण्डले पटकपटक कुरा उठाएपछि लिपुलेकबारे बोल्न बाध्य भए मोदी
लिपुलेक बारे द्धिपक्षिय छलफलद्धारा सामाधान खोज्ने मोदी प्रतिवद्धता

मोदीले सकेसम्म संविधान निर्माणमा सबैको सहमतिबाटै अघि बढ्न सुझाएका थिए ।

How ‘Hindu’ is ‘new’ Nepal?
A badly mismanaged transition phase in Nepal’s politics is coming to an end. But there is no clear exit from the disorder yet प्रधानमन्त्री सुशील कोइरालाको ६ करोड चोरी
१३ औं महाधिवेशनमा नेता शेरबहादुर देउवालाई जुनसुकै शक्ति प्रयोग गरेर जसरी भए पनि पराजित गर्ने सुरमा छन् ..... प्रधानमन्त्री भएपछि सुशील कोइरालाले सम्पत्ति विवरणमा तीनवटा मोबाइनल फोनसेटमात्रै भएको उल्लेख गरेका थिए । प्रधानमन्त्री कोइरालाको आफ्नै नाममा बैंक खातासमेत छैन । तर, १२ लाख हराएको अहिले ६ करोड उनलाई कहाँबाट प्राप्त भयो भन्ने कुराले मानिसहरुमा उत्सुकता थपेको छ ।
'उपेन्द्रले मधेशमा नैतिक आधार गुमाए'

No comments: