Thursday, July 23, 2015

In The News (19)



जनकपुरका स्कुले बालबालिकाहरुमाथि आक्रमण गर्ने यो राज्य कसको हो?
नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनमा जनकपुरको नेतृत्वदायी भूमिका रहेको छ । पंचायतविरुद्धको आन्दोलनमा वीर दुर्गानन्द झाले राजा महेन्द्रमाथि बम प्रहार गरेर विद्रोहको विगुल फुकेका थिए । २०२६ सालताका नयाँ शिक्षा प्रणालीको विरोधमा भएको आन्दोलनमा धनुषाका कामेश्वर-कुशेश्वर शहिद भएका थिए । २०४६ को आन्दोलनमा यदुकुहाका ६ जना साहसी महिलाहरुले एकसाथ सहादत प्राप्त गरेका थिए । ..... यसपटक फेरि जनकपुरले आफनो क्रान्तिकारीता प्रदर्शन गरेको हो । युवाहरुको नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले बर्बर दमन गरेको छ । साना साना स्कुले बालबालिकामाथि क्रूरतापूर्वक लाठी प्रहार गरिएको छ । गत सोमबार (साउन ४) र मंगलबार (साउन ५) जनकपुर नगरक्षेत्रमा ५०० भन्दा बढी नागरिकहरुमाथि लाठी प्रहार भएको थियो । २५० बढी घाइते भएका थिए । लगभग ८० जना अस्पताल भर्ना हुनुपरेको थियो । दर्जनौंलाई हिरासतमा लिइएको थियो ।

प्रहरीहरुले आन्दोलनकारीहरुलाई जथाभावी साम्प्रदायिक शब्द प्रयोग गरेर गालीगलौज गरेका थिए

। ..... जनकपुरमा मानवअधिकारको घोर उल्लंघन भएको छ ।

काठमाडौंका कुनै मानवअधिकारवादीहरु यसबारेमा बोलेका छैनन्

, अपवादबाहेक । प्रहरी दमनबारे आज हामी तीन जना

विजयकान्त कर्ण, दीपेन्द्र झा

र म जनकपुरका सिडियोलाई भेटेर विरोध गरेका छौं । जनकपुर घटनाको न्यायिक छानविनको माग गर्दछौं ।


छुटटै राष्ट्रका लागि मधेसमा मोर्चाको आन्दोलन
विहीबार वीरगन्जमा मोर्चाले गरिएको संविधानको प्रारम्भिक मस्यौदाको विरोधसभामा मधेशी मोर्चामा आबद्ध चारवटै मधेसी दलका शीर्ष नेताहरुले १६ बुँदे सहमति गरेका चार दलले मधेसविरोधी संविधान बनाउने षड्यन्त्र गरेकाले अबको आन्दोलन अलग राष्ट्रका लागि हुने चेतावनी दिएका हुन् । .... 'अब मधेसी जनताको दिमागमा मधेलार्इ छुटटै देश बनाउनु पर्छ भन्ने सोच पलाउन थालिसकेको छ', उनले भने, 'यदि अहिलेकै मस्यौदाका आधारमा संविधान जारी भए मधेसवादी दलहरुले पनि यही विकल्प रोज्न बाध्य हुने छन् ।' ..... '१६ बुदे सम्झौता मधेसीका लागि धोका हो' उनले भने, 'यो अपवित्र र प्रतिगमनकारी सम्झौता हो ।' ...... कांग्रेस, एमाले, एमाओवादी र तिनका पछि लागेका केही मधेसी दलका नेताहरुलाई मधेसबाट जनताले लखेटनुपर्ने बेला आइसकेको उनको भनाइ थियो । ........ 'सर्वोच्चको फैसला गर्ने न्यायधीश गिरिशचन्द्र लाल, मधेसी भएकै कारण तीन दलका पहाडीया नेताहरुले मान्दैनौ भनेका हुन्', १६ बुँदे सम्झौता कार्यान्वयन नगर्न लागि सर्वोच्च अदालतले गरेको फैसला मान्दैनौ भनेर ठूला तीन दलका नेताले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सहअध्यक्ष कर्णले भने, 'यदि उनीहरुले फैसला मानेनन् भने भोलिका दिनमा पहाडीया न्यायाधीशले गरेको फैसला मधेशी जनताले पनि मान्दैनन् ।' ....... 'जुन दिन न्यायाधीश गिरिशचन्द्र लाल माथि महाअभियोग लाग्छ', उनले भने, 'त्यही दिनदेखि हामीले मधेसमा पहाडीया नेता छिर्न दिन्नौं ।' ...... संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवम् सभासद लालबाबु राउत गद्धीले नयाँ संविधानले मधेसीप्रतिको विभेद अन्त्य नगरे भारतबाट पाकिस्तान अलग भएजस्तै नेपालको पनि हालत त्यस्तै हुने चेतावनी दिए । ....... 'चार दलबीचको १६ बुँदे सहमति केवल सत्ता साझेदारीका लागि मात्र हो', उनले भने, 'त्यसैले उनीहरुले फास्ट ट्रयाकको नाममा हतार हतारमा मधेसविरोधी संविधान बनाउने षड्यन्त्र गरिरहेका छन् ।' ....... तराईमधेश लोकतान्त्रिक पार्टीका सह-महामन्त्री जितेन्द्र सोनलले पनि विगतमा मधेसी दलसँग गरिएको ८ बुँदे सम्झौता अबको संविधानमा समेटिएन भने मधेसले काठमाण्डौसँगको सम्बन्ध तोड्ने चेतावनी दिए । ....... चार दलका नेतालार्इ चेतावनी दिदै नेता सोनलले भने, ‘यदि तिमीहरुले आमाको दूध खाएका छौ भने अहिलेकै मस्यौदाको आधारमा संविधान बनाएर देखाउ ।' .....

'पहाडी दलका नेताहरुले मधेसप्रतिको रवैया नसुधारे मधेसका हरेक जिल्लामा गौरकाण्ड दोहोरिन सक्छ'

, उनले थपे । यदि अहिलेकै मस्यौदाका आधारमा संविधान बने मधेसीहरु खस शासकहरुको दास नबन्ने उनको भनाइ थियो ।

No comments: