Wednesday, July 22, 2015

In The News (18)

केपी ओलीसंग
‘Sonia Gandhi literally blasted Shashi Tharoor’
मस्यौदाबारेका सुझाव सम्बोधन गर्नुपर्छ: प्रचण्ड
सीमांकन सहितको संघीयता, प्रत्यक्ष निर्वाचित शासन प्रणाली र नागरिकताबारे जनताले दिएका सुझाव सम्बोधन गरिनुपर्ने ..... पछिल्ला दिनमा ती दलहरु भित्र केही समय थप गरेरै भएपनि प्रदेशहरुको सीमांकन टुङ्गो लगाउनुपर्ने आवाज उठिरहेको छ।
संविधानमा जनताका सुझाव राख्न समय 'थपिने'
सुझाव संकलनका क्रममा मस्यौदाबारेमा जनताले व्यक्त गरेका मतको सुनुवाई हुनेमा चौतर्फी रुपमा आशंका व्यक्त भैरहेका छन्। तर नागरिक सम्वन्ध समितिले सबैका सुझावलाई आफुहरुले समावेश गरेरै प्रतिवेदन बनाउने बताएको छ।
“आदिवासीहरुलाई पहिचानविहीन बनाउन मदन भण्डारीको नाम दुरुपयोग किन ?” (झापाको आदिवासी रंगशाला)
झापाको लखनपुर—१ मा निर्माणाधिन आदिवासी रंगशाला तथा स्मृति पार्कलाई सत्तारुढ एमाले–कांग्रेसले बजेटमार्फ्त ‘मदन भण्डारी स्टेडियम’ बनाउन सहमति गरेपछि स्थानीय आदिवासी जनजाति आक्रोशित भएका छन् । ...... एमालेको प्रस्तावमा झापा लखनपुर–१ मा निर्माणाधिन आदिवासी रंगशाला तथा स्मृति पार्कको नाम मदन भण्डारी स्टेडियम र मध्य पहाडी लोकमार्गलाई पुष्पलाल लोकमार्ग नामकरण गर्ने लगायतका सहमति भएको ..... रंगशाला बनेको स्थानमा ३५० भन्दा बढी आदिवासी पुर्खाहरूको कंक्रिट कपुरखान (चिहान) थियो । उक्त कपुरखान सशस्त्र प्रहरीले २०६० सालमा भत्काएर नष्ट गर्न खोजेपछि स्थानीय आदिवासी जनजातिहरूले पुर्खाको कपुरखानको रक्षाको लागि संघर्ष गरेका थिए । ..... रंगशालाको नाम परिवर्तन गर्ने निर्णय गरेर दुई पार्टीले आदिवासी जनजातिको अस्तित्वमाथि प्रहार गर्ने काम भएको बताएका थिए । ..... चिहान भत्काउने कुरा प्रचारमा आएपछि

किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, ताजपुरिया समाज कल्याण परिषद, नेपाल मगर संघ, सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ, तमु छोंज धि, राजवंशी विकास समिति, सन्थाल लगायतका दर्शन बढी आदिवासी सामाजिक संस्थाहरू, मुस्लिम र इसाइ समाजले

आफ्ना पुर्खाहरूको चिहान भत्काउने कुराको विरोध गर्न थाले । ....... सर्वपक्षीय छलफलबाट करिब १२ बिगाहा जग्गालाई पूर्वाञ्चल स्तरीय आदिवासी रंगशाला तथा स्मृति पार्क बनाउने निर्णय भयो । सोही जग्गामध्ये ३ विगाहा जग्गामा चिहानमा गाडिएका व्यक्तिहरूको नाम उल्लेखसहितको स्मृति स्तम्भ पार्क बनाउने निर्णय भयो । ...... पहिचानसहितको संघीय राज्य स्थापित गर्न संघर्षरत राजनीतिक तथा समाजिक संगठनका नेतादेखि कार्यकर्ताहरूसम्मले कांग्रेस–एमालेलाई पहिचानविरोधीको बिल्ला दिन्छन् । तर, देशको स्वास्थ्य, शिक्षा र मुख्यमुख्य सडकहरूको नाम हेर्दा व्यक्ति र कांग्रेस—एमाले दलगत स्वार्थपूर्ण पहिचानको लुछाचुँडी गरिरहेका देखिन्छन् । ...... सोलुखुम्बुको सदरमुकाम सल्लेरीलाई दुधकुण्ड नगरपालिका, भोजपुरमा षडानन्द नगरपालिका नाम राखिनु यसका पछिल्लो उदाहरण हुन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी राज तथा लोकमार्ग, मनमोहन स्वास्थ्य प्रतिष्ठान, पुष्पलाल लोकमार्ग, मदन भण्डारी स्टेडियम नाममा जोड गरिनुले कांग्रेस–एमाले व्यक्ति तथा पार्टीगत स्वार्थपूर्ण पहिचानको पक्षपातीका रुपमा देखिएका छन् ।
गच्छदार भन्छन्- अवरोधले केही फरक पर्दैन
संविधान जारी भएको भोलीपल्ट एमाओवादी फुट्ने
एमाओवादी अध्यक्ष प्रचण्ड भारत भ्रमण जान विमानस्थल पुग्दा उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै थिए । श्रेष्ठ मात्रै होइन अन्य पदाधिकारी पनि विमानस्थल सम्म पुगेका थिए । तर सोही पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराई भने देखिएनन् । ..... प्रचण्ड भारत भ्रमण सकेर विमानस्थल आउँदा पनि बाबुरामले वास्ता गरेनन् । भारत भ्रमणको प्रसंग होइन प्रचण्ड बाबुरामबीच लामो समयदेखि कुराकानी समेत भएको छैन । कारण बाबुराम छुट्टै पार्टीको अवधारणा सहित समानान्तर गतिविधिमा छन् । बाबुराम निकट स्रोतका अनुसार उनी संविधान जारी भएको भोलीपल्टै नयाँ पार्टीको घोषणा गर्ने तयारीमा छन् । ..... देशभरका निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाएका उनले कार्यकर्तालाई संविधान जारी लगत्तै छुट्टै पार्टी निर्माण तयारीलाई तिब्रता दिन निर्देशन समेत गरेका छन् । केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बाबुराम र प्रचण्डबीच घोचपेच समेत भएको थियो । विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा भएको सो भनाभनलाई फूटको अन्तिम संकेतको रुपमा समेत हेरिएको थियो । ...... समानान्तर गतिविधिमा सक्रिय रहेका बाबुराम पक्षका एक उच्च नेताका अनुसार संगठनात्मक संरचना समेत तयार भइसकेको छ ।
सुझाव संख्या लुकाउँदै संविधानसभा, यसरी तयार हुँदैछ सुझाव प्रतिवेदन
संविधानसभा सचिवालयमा मात्रै ३३ हजारभन्दा बढी सुझाव शंकलन भएको छ । ..... ‘यो जनमत संग्रह नभइकन जनमत संकलन मात्रै भएकाले यसमा संख्याभन्दा सुझावमा आएका विषयलाई समेटिने छ’–समितिका सदस्य तथा प्रतिवेदन मस्यौदा उपसमितिका संयोजक प्रेम गिरीले हामीलाई बताए । ...... २ सय ४० निर्वाचन क्षेत्रमा जम्मा भएका सुझावहरु जिल्ला–जिल्लामा एकीकृत पारिन्छ । एकीकृत सुझावलाई एउटै ‘डकुमेन्ट’ बनाएर उतारिन्छ । यसअर्थमा समितिलाई ७५ ओटा डकुमेन्ट प्राप्त हुन्छ । .... प्राप्त सुझावहरुलाई तीन भागमा वर्गीकरण गरिन्छ । प्रारम्भिक मस्यौदामा सहमति भएका विषयलाई सहमतिका रुपमा, असहमति भएका विषयलाई असहमतिका रुपमा र फरक विषय आएमा अन्यमा राखिनेछ । यसरी तयार पारिएको प्रतिवेदनलाई संविधानसभामा पेश गरिन्छ ।

No comments: