Monday, July 20, 2015

In The News (16)

दुई प्रहरीको विवादमा सेनाको चिन्ता
पक्राउ पुर्जीको विषयलाई लिएर सुरु भएको दुई प्रहरी संगठनको विवाद कार्य क्षेत्रमा समेत देखिन थालेको ...... दुुई संगठनबीचको विवाद नेतृत्वदेखि तल्लो तहसम्म पुगिसकेकाले भविष्यमा यसकै कारण भयावह स्थिति निम्तिन सक्ने निष्कर्ष
मस्यौदा संविधानजस्तो भएन : प्रधानसेनापति
प्रधानसेनापति गौरवशमशेर राणाले

नयाँ संविधानको प्रारम्भिक मस्यौदा राजनीतिक घोषणापत्रजस्तो भएको

आरोप लगाएका छन् । उनले मस्यौदाका प्रावधान हुबहु पारित भए नेपाली सेनाको अस्तित्वसमेत समाप्त हुने दाबी गरेका छन् । जंगी अड्डामा सोमबार आयोजित पृतनापतिहरूको बैठकमा प्रधानसेनापति राणाले नयाँ संविधानको प्रारम्भिक मस्यौदा दलहरूको राजनीतिक घोषणापत्र भएको आरोप लगाएका हुन् । ....... राष्ट्रिय सुरक्षालगायतका मामिलामा दलहरूले आफ्ना घोषणापत्र उल्लेख गरेर लम्बेतान बनाएको ...... ‘नयाँ संविधानको मस्यौदा संविधानजस्तो छैन । मस्यौदा राजनीतिक घोषणापत्रभन्दा फरक छैन, प्रतिबद्धतापत्र मात्रै छ । संविधानमै सबै कुरा लेखिसकेपछि कानुन किन चाहियो ...... ‘सुरक्षासँग सम्बन्धित विषयमा संविधानको मस्यौदा गम्भीर छैन । सेनालाई खुम्च्याउन खोजिएको छ । म त दुई महिनापछि घर जान्छु, तर अहिलेकै मस्यौदा पास भयो भने नेपाली सेनालाई भविष्यमा काम गर्न अप्ठ्यारो हुन्छ ।’ ...... मुलुकमा सुरक्षा चुनौती थपिँदै गएका वेला

सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच मनमुटाव बढाएर अप्ठ्यारो पारेको

.... प्रधानसेनापति राणाले प्रहरी र सशस्त्रको माथिल्लो तहको विवादले तल्लो तहमा शान्तिसुरक्षा कायम हुन अप्ठ्यारो परिरहेको भन्दै यसलाई सेनाको तल्लो निकायले सतर्कतापूर्वक अनुगमन गर्नुपर्ने बताए
तराईका जिल्लामा अवरोध(फोटो)
संविधानको मस्यौदामा सुझाव संकलन
संघीय समाजवादी फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना र तराई मधेस सदभावना पार्टीका कार्यकर्ताले ठाउँ ठाउँमा सुझाव संकलनमा अवरोध पुर्‍याएर बिथोल्ने प्रयास गरेका छन् । .... कतिपय स्थानमा मोहन वैद्य, नेत्रविक्रम चन्द र मातृका यादव नेतृत्वको माओवादी साथै राप्रपा नेपालका कार्यकर्ताले पनि अवरोध गरेका छन् । .... मोरङदेखि पर्सासम्मको १० जिल्लामा सुझाव संकलनको क्रममा झडप भएको छ । .... धनुषा, सप्तरी र रौतहटमा प्रहरीसँगको झडपमा मधेसी दलका कयौं नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् । कतिपय स्थानमा प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ । पश्चिम तराईको नवलपरासी, कपिलवस्तु, बाँके र कैलालीमा पनि सुझाव संकलनमा अवरोधको प्रयास गरिएको थियो । ..... सुझाव संकलन केन्द्रलाई ब्यारेक बनाएर जनताभन्दा पनि सत्तारुढ दलका कार्यकर्ता जम्मा पारेर सुझाव संकलनको नाटक मात्र रचिएको मधेसी दलले आरोप लगाएको छ ।
गौरमा गोली चल्यो, डिएसपीसहित १६ प्रहरी घाइतेे
मधेसी दलका समर्थकहरुले छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालको गाडी पनि तोडफोड गरेका छन्। उनी चढ्ने बा१३च १४५१ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीले अन्य ६ वटा गाडीसमेत तोडफोड गरेका छन्। ..... माधव नेपाललाई भने नगरपालिको सभा हलमै प्रहरी घेरामा राखिएको छ। बन्द कोठामा कार्यक्रम गरेको र आफूहरुलाई सहभागी नगराएको भन्दै नेपाल सद्‍भावना पार्टीलगायतका नेताहरु विरोधमा उत्रिएका हुन्। ...... नेकपा एमाले नेता माधव कुमार नेपालमाथि कुर्सी प्रहार भएको छ। रौतहट क्षेत्र नम्बर १ गौरस्थित नगरपालिकाको सभा हलमा मस्यौदामाथि छलफल भइरहेकै बेला नेपाल सद्‍भावना पार्टीका समर्थकहरुले नेपालमाथि कुर्सी प्रहार गरेका छन्। ........ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बन्द कोठाभित्र, सुरक्षाकर्मी परिचालन गरेर, सीमित जनतामाझ मात्र छलफल गराएको भन्दै नेपाल सद्‍भावना पार्टीका कार्यकर्ताहरुले नाराबाजी सुरु गरेका थिए। प्रहरीले नेपाल सद्‍भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत भवनमा प्रवेश रोक लगाएपछि उनका कार्यकर्ताहरुले नेपालमाथि कुर्सी प्रहार गरेका हुन्। नेपाल भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
अमरेशले भने-काठमाडौंसँग जबरजस्ती नाता जोड्न सकिँदैन 'नवगणतन्त्रका नवराजले तयार पारे मस्यौदा'
फेरि पनि मधेस र मधेसी समुदायले हक अधिकार नपाए काठमाडौंसँग मधेसको सम्बन्ध टुट्न सक्ने उनले चेतावनी समेत दिए । ..... ‘नवगणतन्त्रका नवराजले तयार पारेको मस्यौदामा मधेसी, दलित, जनजाती, महिला, पिछडिएका क्षेत्रसहितका नागरिकको अधिकार काठमाडौंले सुरक्षित गर्न सक्दैन भने काठमाडौंसँग जबरजस्ती नाता जोड्न सकिँदैन ।’ ...... अधिकारसहितको संविधान नपाए मधेसमा विद्रोह हुने र त्यसलाई कसैले रोक्न नसक्ने धारणा राखे । ....... प्राध्यापक बिजयकान्तलाल कर्णले बर्षौंदेखिको एकात्मक शासन प्रणालीलाई विकेन्द्रीकरण गर्ने काम मधेस विद्रोहबाट भए पनि त्यसताका भएको सम्झौता बिपरित संविधानको मस्यौदा आएको बताए ।
Upendra Yadav (Subedi Loknarayan)
संविधान सभाको दोश्रो निर्वाचन गराउने निर्दलीय प्रपञ्चदेखि २०७२ जेष्ठ २५ गते चार दलका बीच भएको १६बूँदे सहमतिसम्मका बिभिन्न घटनाबलीको मूल्यांकन गर्दै नेपाली जनताले अग्रगामी र उन्नत परिबर्तनका लागि चलाएका ऐतिहासिक महत्वका संयुक्त राष्ट्रिय राष्ट्रिय आन्दोलन तथा सामुदायिक आन्दोलनहरुको दिशा निर्देश, अन्तरिम संविधानको मर्म र भावना बिपरीत आउने संविधानले देशलाई सामन्ती साम्प्रदायिक निरंकुशता तथा त्यसलाई आडधाप दिने बिदेशी प्रतिकृयावादी र पुनरुत्थानबादी शक्ति र नेपाली समाज बीचको अन्तरबिरोधलाई समाधान गर्न सक्तैन ....... रेग्मी सरकारलाई विस्थापन गरी राजनीतिक दलहरुको नेतृत्वमा राष्ट्रिय सरकार गठन गरेर मात्र निर्वाचनमा जान पालर्टीले गरेको आग्रह अस्वीकृत हुनुको परिणाम निर्वाचनमा यथास्थितिबादीहरुलाई बलियो बन्ने अवसर मिल्यो । ...... चार दलले हस्ताक्षर गरेको १६ बुँदे सहमतिमा उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनताको मागको सम्बोधन नगरेको मात्र होइन उपेक्षासमेत गरेको ......

स्थानीय निर्वाचन हुनु पूर्ब संविधान जारी भएको मितिले ६ महिना भित्र प्रदेशसभाको निर्वाचन गराउनु पर्छ र अर्को ६ महिनामा संघीय संसदको निर्वाचनको सुनिश्चितता गर्नु पर्दछ ।

...... संबिधानमा नेपालको नाम 'संघीय गणतन्त्र नेपालक अग्रेजीमा (फेडरल रिपब्लिक नेपाल) को संबिधान २०७२' प्रष्टसँग लेखिनु पर्दछ । ..... मस्यौदामा नेपाल राज्यको व्याख्या यसरी गरिएको छ : "नेपाल स्वतन्त्र, अविभाज्य, सार्बभौम सत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रिक, समाजवाद उन्मुख, गणतन्त्रात्मक राज्य भनिएको यसलाई सङ्क्षेपमा 'संघीय गणतन्त्र नेपाल' भनि लेखिनु पर्दछ । ........ बंशजको नाताले नागरिक प्राप्त गरेका नेपाली आमा वा बाबु जोसुकैको सन्तानले बंशजकै नाताले नागरिकता पाउने कुरा प्रष्ट हुनु पर्दछ । ...... मस्यौदाले शान्ति र मैत्री, सुरक्षा र सामरिक सम्बन्ध, नेपाल राष्ट्रको सीमाना र प्राकृतिक श्रोत तथा त्यसको उपभोगको बा“डफा“ड समेत सम्बन्धी सन्धि र सम्झौताहरू दुवै सदनका दुइ-तिहाई वहुमतले अनुमोदन गर्ने व्यवस्था ....... पैतृक र पतिको सम्पत्तिमा महिलाको समान अधिकार र सम्बन्ध विच्छेद वा पुनर्विवाह सहितका कुनै पनि अवस्थामा त्यो अधिकारबाट वञ्चित नगर्ने सुस्पष्ट प्राबधान राखिनु पर्दछ । ..... भारत तथा विश्वका विभिन्न देशमा रोजगारीका निम्ति गएका प्रवासी नेपालीहरूको मताधिकार र संसदमा समानुपातिक रूपले चुनिने अधिकार पनि सामेल गरिनु पर्दछ । .....

प्रत्यक्ष चुनावतर्फमहिला र दलितका लागि सुरक्षित निर्वाचन क्षेत्रहरू निश्चित गरिनु पर्दछ ।

....... सञ्चार जगतलाई घुमाउरो तरीकाले नियन्त्रण गर्ने प्रकृतिको प्रावधानहरु राखिएका छन् । तिनलाई सच्याइनु पर्दछ । ..... देशको राष्ट्रिय सुरक्षा नीति, सुरक्षा निकायमा जनशक्तिको संख्या र तिनको लोकतान्त्रिकरणको ब्यवस्था मस्यौदामा छैन । त्यो प्रष्ट पारिनु पर्दछ । ..... यो मस्यौदाका लागि सुझाव दिने समय एकदमै छोटो र औपचारिकता पूरागर्ने खालको मात्र छ र दिइएका सुझावहरु संविधानमा राख्ने कुरा त टाढाको कुरा छ, अभिलेखमा सुरक्षित राखिने कुरामा पनि सन्देह छ । सुझाव दिने समय थप गरिएन र दिइएका अग्रगामी र र्सार्थक राष्ट्रिय महत्वका साझा सुझावहरुलाई संबिधानमा समावेश गरिएन भने त्यो नेपाली जनताको अपनत्व भएको संविधान नहुने कुरा पनि एकदमै प्रष्ट छ ।
मधेश की संतति के भविष्य के साथ खिलवाड़ किया जा रहा है : श्वेतादिप्ती
सवाल यह है कि जब किसी भी हालत में संविधान बना लेने की जिद सत्ता की है, जो स्वयं सर्वोच्च के फैसले को न मानकर कानूनन गलत कर रहे हैं उनके सामने जनता की सलाह और सुझाव का क्या अस्तित्व ? हालत ये है कि जनता ये जान रही है कि उनकी बात या सलाह सत्ता के गलियारों में कोई मायने नहीं रखती है, फिर भी किसी उम्मीद के सहारे अपनी सुझाव दिए जा रहे हैं । संविधान की धाराओं को आम जनता सहजता से समझ नहीं सकती । आज भी कई दुर्गम प्रदेश देश में हैं जो विकास और शिक्षा से कोसों दूर हैं, ऐसे में वहाँ की भोली और अशिक्षित जनता संविधान की बारीकियों और धाराओं में उलझे शब्दों को कहाँ तक समझ पायेगी ? और ऐसे में वो भला क्या सलाह देंगे ? और रही बात सभासदों की भूमिका की तो, वो भला जनता को कितनी पारदर्शिता के साथ मसौदे के गुण और अवगुण से परिचित करा पाएँगे । उनपर तो यह यकीन किया ही नहीं जा सकता कि वो मसौदे के कमियों से जनता को अवगत कराएँगे । ऐसे में आखिर यह ढकोसला क्यों किया जा रहा है ? जनता तो इतनी नादान है कि वो सुझाव देने की अपेक्षा सभासदों को अपनी समस्या सुना रहे हैं । आखिर वो भी क्या करें इन सभासदों के चेहरे भी तो कभी कभी देखने को मिलते हैं और यही जनता के प्रतिनिधि हैं, ऐसे में समस्या सुनाने के लिए भी सम्भवतः यही उपयुक्त समय है उनके लिए । ........ सरकार को इससे क्या वास्ता वो तो औपचारिकता निर्वाह करने में लगे हुए हैं और इसी बहाने एक बार फिर भत्ता और पैसों का खेल जारी है । उन्हें क्या परवाह कि आज भी त्रिपाल में रह रहे बच्चे मौनसून की इस मार को कैसे झेल रहे हैं ? दोलखा, सिन्धुपाल चौक आदि जगहों से आए भूकम्प पीड़ित कैसे जी रहे हैं ? इन बातों से इन्हें कोई फर्क नहीं पड़ता । इनका तो निर्माण की बातों और बजट निर्धारण करने तथा दातृसंगठनों से आए राहत सामग्री में ही दिमाग उलझा हुआ है और जनता को तो इन्होंने संविधान के मसौदे में उलझा दिया है । ...... विरोधों के बावजूद संघीयता के बिना संविधान लाया जा रहा है, नागरिकता के मुद्दे पर मधेश की संतति के भविष्य के साथ खिलवाड़ किया जा रहा है, शक्तिविहीन बनाने की पूरी तैयारी की जा रही है, जिसकी वजह से मधेश सुलग रहा है अगर सरकार को इसकी परवाह नहीं है तो ऐसे में सुझाव संकलन कर के सरकार क्या दिखाना चाह रही है ? ..... इन सुझावों पर कार्यान्वयन होने की कोई सम्भावना दिखाई नहीं पड़ती । एक मुहावरा है हाथी के दाँत खाने के और, दिखाने के और ।


डा. सीके राउत समर्थकले पनि थाले विरोध कार्यक्रम
हुलाकी न्यूजकर्मीमाथि कुटपिट, दर्जनौ घाइते
सुझाव संकलनको विरुद्धमा जनकपुरमा भईरहेको बन्दसहितको आन्दोलनको रिपोर्टिङ्ग गरिरहेका पत्रकार महतोलाई प्रहरीले लखेटी लखेटी टाउको, खुट्टा, हात, पिठ्यू, पेटसहितको भागमा जनावर जस्तो निर्घात कुटपीट गरेको प्रत्यक्षदर्शी पत्रकार रामएकवाल महराले बताए । -...... जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निरञ्जन थापाको कमाण्डमा रहेको प्रहरी टोलीले पत्रकार महतोलाई कुटपीट गरेको हो । ....... जनकपुर उपमहानगरपालिका कार्यालयको मुल गेटमा दुईतर्फी पत्थरबाजीको फोटो खिचिरहेको बेला आफुलाई गाईवस्तु जस्तो लखेटी–लखेटी कुटेको घाईते पत्रकार महतोले बताए । आफुलाई प्रहरीले लखेटी लखेटी कुट्न थालेपछि भागेर उद्योग वाणिज्य संघमा पुगेपछि डिएसपी कृष्ण प्रसाईँले समेत पिट्न खोजेपछि मानवअधिकारकर्मी बिनोद महराले बचाएको घाईते पत्रकार महतोले बताए । घाईते पत्रकार महतोले भने–‘डिएसपीले समेत कुट्न खोजेपछि मानवअधिकारकर्मी महराले हेर्दा बचाउनुभयो ।’ ....... घटनाको नेपाल पत्रकार महासंघ धनुषा शाखाले भत्र्सना गरेको छ । महासंघले विज्ञप्ति जारी गरि घट्नाको भत्र्सना गर्दै एसपी गणेश बहादुर थापा तथा दोषी प्रहरीलाई पहिचान गरि कारवाहि गर्न माग गरेको छ । ..... सुझाव संकलन टोलीलाई अवरोध गर्न सोमबार जनकपुर बन्दको आह्वान गरिएको छ । सोही बन्दको क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएपछि दुई दर्जन भन्दा बढी आन्दोलनकारीहरु घाईते भएका छन् । ....... प्रहरीले लाठी चार्ज गर्दा नेकपा–माओवादीका नेता रोशन जनकपुरी, सुशिल कर्ण, सद्भावना नेता लालकिशोर साह, संजय सिंहलगायत दुई दर्जन बढी घाईते भएका छन् । घाईते सुशिल कर्णको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ भने अन्यको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको छ ।
असन्तुष्ट भएर संविधानलाई कति रोक्ने?
मस्यौदामा केही असन्तुष्टी र गुनासा भए पनि यसलाई परिमार्जन र संशोधनबाट सच्चाउन सकिने बताएका छन् । ...... 'म पनि सन्तुष्ट छैन। तर असन्तुष्ट भएर संविधानलाई कति रोक्ने ? यसलाई पछि पनि परिमार्जन र संशोधन गर्न सकिन्छ। त्यसैले प्राप्त उपलब्धीलाई संस्थागत गर्न संविधान ल्याउनुपर्छ । अब ढिलाइ गर्नुहुँदैन।' ..... उनले २००७ सालदेखि संघर्ष गर्दै आएका सबै बिषय नसमेटिएकाले नयाँ संविधान बन्द यसरी असन्तुष्टी आएको हुनसक्ने उनको भनाइ छ । जनताले पहिलोपटक नयाँ संविधान बनाउन लाग्दा असन्तुष्टी, विरोध र गुनासा आउनु स्वभाविक हो, उनले भने, ‘म आफै र मेरो पार्टी पनि यो संविधानप्रति सन्तुष्ट छैन’ उनले भने ‘हामीले २००७ सालदेखि बिभिन्न एजेण्डा लिएर लड्यौं। अरु पनि लडे । तर सबैको कुरा यो संबिधानमा समेटिएको छैन ।’...... दलहरुबीच संझौता गरेर बनाइएकाले कसैको पनि सतप्रतिशत एजेण्डा पूरा नभएको स्पष्ट पार्दै उनले भने, ‘यो सविधानमा सबैको सबै एजेण्डाहरु पूरा भएका छैनन्’ उनले थपे ‘तर संविधान परिवर्तनीय, लचिलो र संशोधनीय छ । दुई तिहाइ बहुमत पुर्‍याएर आवश्यक बुँदा थपघट गर्न सकिने अवसर छ ।’ ...... ‘पहिलो चोटी सर्बभौमसत्ता सम्पन्न नेपाली आफैले संबिधान बनाउन पाएका छौं’ उनले भने ‘संबिधान ढुंगामा लेखिएको अक्षर हैन। केही कुरामा चित्त बुझेन भने र चाह्यौ भने फेरि थपघट गर्न सक्र्छौं। त्यसैले अहिले जति उपलब्ध हाँसिल गरेका छौं, त्यत्ति नै संस्थागत गर्नुपर्छ ।’
मधेश ने आन्दोलन का बिगुल फुका, माधव नेपाल भागें, जनकपुर में २ दर्जन घायल
लोकतन्त्र मे मसौदा उपर सुझाव देना सभी नागरिक का अधिकार है । लेकिन वर्तमान सरकार ने सिर्फ पार्टी के पदाधिकारीयों और कर्मचारी कों लेकर सुझाव संकलन सम्पन्न करने का प्रयाश किया है । यह सरकार की बदनियतपूर्ण प्रयास दिख रहा है । सभा हल के अन्दर प्रवेश हो कर सदभावना के नेता अनिल झा ने बाहर सर्वसाधारण को रोके जाने पर आपत्ति जतायी थी । सदभावना नेतृ डिम्पल झा पर भी दुव्र्यवहार किए जाने का आरोप स्थानियवासी ने लगाया है । उस के बाद हल मे रहे पूर्व सभासद् बबन सिंह भी विरोध मे उतरने के बाद तनाव सुरु हुआ । पुलिस ने पूर्व सभासद सिंह को बल प्रयोग कर के सभा हल से बाहर निकाला था । नेपाल सद्भावना पार्टी के केन्द्रीय सदस्य श्री मन नारायण नें अध्यक्ष अनिल झा और नेतृ डिम्पल झा घायल होने की जानकारी दी है । गौर में भी सरकार अपनी विभेद निति के साथ प्रस्तुत होते नजर आ रही हैं । इसीतरह मधेसवादी दल द्वारा एमाले नेता माधव नेपाल पर कुर्सी प्रहार किया गया है । प्रदर्शनकारीयों ने आक्रोस में आकर एमाले वरिष्ठ नेता माधव नेपाल के बा १३ च १४९१ नम्बर की गाड़ी तथा दर्जन से ज्यादा गाड़ीयों मे तोडफोड किया गया है । एमाले नेता नेपाल उस जगह से भाग कर २ नम्बर क्षेत्र में चले गयें है । नेता नेपाल को पुलिसों ने घेरा डालकर सुरक्षा कर रहा है । .....

धनुषा नगरपालिका के विभिन्न गांव–गांव से आन्दोलनकारी जुट रहें है ।

No comments: