Sunday, July 19, 2015

In The News (14)

सिरहामा प्रचण्डलाई कालो झण्डा देखाउने तयारी सुझाव संकलन बहिस्कार गरिने
‘राजेन्द्र, महन्थ र महेन्द्र जी, तपाईहरुबाट मधेसी समुदायले के पाए ?’
सीमाङ्कन र नामाङ्कनको जुन कुरा छ । त्यो पहिला नै हुनुपर्छ भन्नेमा मैले पनि संशोधन हालेको छु । यसमा सवैको सहमति छ । तर कसरी सीमाङ्कन र नामाङकन गर्ने भन्नेमा सहमति जुट्न सकेको छैन । हामीले के बुझ्नुपर्छ भने जनताले अहिले खोक्रो आश्वासन भन्दा पनि विकास निर्माण र रोजगारी चाहेका छन । जसले यी विषय संबोधन गर्छ, जनताले उसैलाई भोट हाल्छन । संविधान सभाको चुनावमा पनि त्यही देखियो । ..... जनतामा सेन्टिमेन्ट चाहिँ छ । नागरिकताको विभेद, विकासमा विभेद छ । स्वास्थ्य सेवा अझै पाउन सकेका छैनन । मधेसी जनताको त्यही सेन्टिमेन्टमा ठालु शासकहरुले खेलिरहेका छन । तर अहिलेको बजेटले त्यो सेन्टिमेन्टलाई सम्बोधन गर्ने प्रयास गरेको छ । मधेसी जनताले सेन्टिमेन्ट होइन, विकास चाहेका छन ।
मोदीले सीमाङ्कन र नामाङ्कन पहिल्यै टुङ्गो लगाउन भनेपछि प्रचण्ड निराश
काठमाडौंमा भाषण ठोक्दैमा मधेशमा हुँदैन आन्दोलन
कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले साउन २० गतेभित्र संघीयताबिनाको संविधान जारी गर्ने उद्घोष गरिसकेका छन् । त्यही लक्ष्यअनुरुप ती पार्टीका नेता तथा सभासद् सुरक्षा संयन्त्रका साथै आफ्ना दलबलका साथ मधेशका गाउँगाउँ पस्न थालिसकेका छन्, संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव संकलन गर्ने भनेर । तर मधेशी जनताको भावनाविपरीतको संविधान निर्माणको विरोधमा आन्दोलन घोषणा गरेका मधेशी पार्टीका अध्यक्ष तथा ठूला नेताहरु काठमाडौं छाड्न तयार छैनन् । ..... उनीहरुले कार्ल मार्क्सदेखि तमिल टाइगरसम्मका प्रसंग झिके । तर पहिचान र अधिकारबिनाको संविधान निर्माणलाई कसरी रोक्ने भन्ने सन्दर्भमा कुनै ठोस योजना राख्न सकेनन् । काठमाडौं छाडेर आन्दोलनमा सहभागी हुन सबै मधेशी मधेश जाऔं समेत भन्न सकेनन् । ..... यस्तो लाग्दै थियो, पार्टी अध्यक्षहरु घोषित आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्‍याउने विषयमा आफै स्पष्ट छैनन् । यस्तो लाग्दै थियो, या त उनीहरु आन्दोलन\सान्दोलनबाट थाकिसके या मधेशी राजनीतिबाटै अघाइसके । ..... त्यसैले नै होला, उनीहरु एक\दुई दिनमा नभई अधिकार प्राप्तिको लडाइँ लामो चल्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदैथिए । ..... विजय गच्छदारहरु संविधान बनाउन भनेर ठूला दलतिर लागेपछि

भन्नलाई त संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा चार दल छन् । तर ती दलबीच पनि कुनै तालमेल र सामञ्जस्य देखिन्न । नेताहरुबीच “मनमिलान” पटक्कै छैन । तँभन्दा म के कम भन्ने अहंकारी मानसिकताबाट चारै जना अध्यक्ष ग्रसित छन् ।

मोर्चाभित्रको बेमेल बुझ्न मोर्चाका दलहरुले प्रारम्भिक मस्यौदामाथिको जनमत संकलनमा सहभागी नहुन आमजनतालाई आह्वान गर्दै हालै निकालेको छुट्टाछुट्टै अपिलबारे थाहा पाए काफी हुन्छ । ......... मधेशी मोर्चाका नेताहरुको बेमेल र आलस्यको असर गत असार २९ गते काठमाडौंमा गरेको विरोध र्‍यालीमा समेत परेको थियो । चार पार्टीको भनिएको र्‍यालीमा ५ सय जना पनि सहभागी थिएनन् । नयाँ बानेश्वरमा भएको विरोधसभामा कसले सम्बोधन गर्ने विषयमा देखिएको अलमल र तानातानले पनि मोर्चाभित्रको नैराश्य र गडबड सजिलै देख्न सकिन्थ्यो । ...... ठूला चार पार्टीले १६ बुँदे सहमति गरेपछि काठमाडौंको मधेशी वृत्तमा चहलपहल बढेको छ । फलतः काठमाडौंका होटल, रेष्टुरेन्ट र सभाकक्षमा दिनहुँजसो संविधान निर्माण र मधेशका मुद्दासँग जोडिएका कार्यक्रम र सेमिनार हुने गरेका छन् । तर कार्यक्रमका विषयवस्तु, सहभागी, अतिथि र वक्ताहरुमा कुनै फरक र नयाँपन पाइन्न । ....... जुन कार्यक्रममा जानुस्, उही विषयवस्तु, उनै वक्ता र उही निष्कर्ष– बन्न लागेको संविधानले मधेशको चाहना र भावना सम्बोधन गर्न सक्दैन । पाँच हप्तादेखि काठमाडौंमा एउटै नाटक मञ्चन हुँदैछ । एउटै विषयवस्तु, एकैखालका पात्र र एउटै निष्कर्ष अथवा अन्त्य । यो कहिलेसम्म चल्ने हो ? ...... काठमाडौंमा मधेशका केही नेता, युवा नेता, बुद्धिजीवी, पत्रकार, वकिल, प्राध्यापक, एनजीओकर्मी, नागरिक अगुवा, इन्जिनियर, डाक्टर, लेखकको एउटा जमात छ, ५०\६० जनाको । जुन कार्यक्रममा जानुस् उनीहरुकै अनुहार दोहोरिन्छ । उनीहरुकै भाषण सुन्न पाइन्छ । उनीहरु “सौखिया” वक्ताजस्तो लाग्दछन् । उनीहरु दिनहुँ छलफल र गोष्ठीको खोजीमा हुन्छन् जहाँ गएर ठूल्ठूला भाषण ठोक्न पाइयोस् र आफ्नो बौद्धिक विलास गर्न सकियोस् । .... कार्यक्रममा भाषण ठोक्ने अम्मल लागेका ती कथित विद्वान नेता, बुद्धिजीवी, एनजीओकर्मी, मानवअधिकारवादी, वकिल, लेखक, पत्रकार, इन्जिनियर, डाक्टर, नागरिक अगुवाहरुले एउटै कुरा दोहोर्‍याइरहेका छन्– यो संविधानले मधेशको हित गर्दैन । त्यसैले आन्दोलनको विकल्प छैन ।




नेपाल टुक्राएर अर्को नयाँ देश बनाइदिने अमरेश सिंहको चेतावनी
कांंग्रेसका नेता एवम् सभासद् अमरेशकुमार सिंहले चार दलले अहिले ल्याएकै मस्यौदाले संविधान बने देश टुक्रिने चेतावनी दिएका छन् । ...... ‘यही मस्यौदाका आधारमा संविधान बन्यो भने निश्चितरुपमा देश टुक्रिन्छ’, उनले भने, ‘नेपालबाट छुटटै नयाँ राष्ट्रको जन्म हुन्छ ।’ ...... मधेशका नेताले भने देश टुक्रेको हेर्न नचाहेको उनको जिकिर थियो । ‘यस्तो कदापि चाहेका छैनौ’, उनले थपे, ‘राज्यसत्तामा रहेका शासक वर्गले नै मुलुकलाई विखण्डनको खाडलमा धकेलिरहेका छन् ।’ ...... उनले अब मधेशका नेताहरुले काठमाडौं र मधेशबीचको सम्बन्ध तोड्ने बेला आइसकेको बताए । ‘शासकहरुले सधै मधेशीलाइ विखण्डनवादीको आरोप लगाउछन्’, उनले भने, ‘यस्तै रवैया रहिरहने हो भने मधेशमा १० सिके राउत जन्मिछन् ।’ ...... भुटानबाट नेपालीभाषी लखेटिएजस्तै मधेसबाट मधेसीहरु लखेटिने खतरा बढेको दाबी गरे । ‘जसरी भुटानबाट सबै नेपाली भाषी लखेटिनु प¥यो, त्यसैगरी मधेसीहरु पनि मधेस छाडेर भाग्नुपर्ने दिन आउदैछ’, उनले भने, ‘त्यसैले अहिलेको मस्यौदाको विरोधमा सबै मधेसी सडकमा आउनु जरुरी छ ।’ ...... ‘मधेसविरोधी १६ बुँदे सहमतिको आधारमा ल्याइएको मस्यौदा पनि मधेसी, संघीयता, समावेशीता र अन्तरिम संविधान विरोधी छ’, उनले भने, ‘अहिलेको मस्यौदा चार दलका नेतालाई राजा बनाउने नियतले ल्याइएको छ ।’ ...... ‘चार दलका चार नेताले सार्वभौम संविधानसभालाई रबर स्टाम्प बनाए’, उनले भने, ‘यदि चार नेताले मात्रै संविधान बनाउने हो भने अर्बौको खर्च गरेर दुई पटक संविधानसभाको चुनाव किन गरियो त ?’
‘अहिलेकै मस्यौदाको संविधानले देश टुक्रन्छ’
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मस्यौदाले नेपाल भारतबीचको सदियौँदेखिको रोटीबेटीको सम्बन्धमा पर्खाल लगाउने काम गरेको बताए । ..... चार नेताले आफुलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख बनाउने योजनाअनुसार हतार हतारमा मधेसविरोधी संविधान जारी गर्ने षडयन्त्र गरिरहेको उनको आरोप थियो । ....... मस्यौदामाथि संकलन गर्न लागिएको नागरिकको रायसुझाव नौटंकी मात्र भएको उनको भनाइ थियो । ‘जनताको राय सुझाव बोरामा पोको पारेर यिनीहरुले मिल्काउँछन्’, उनले भने, ‘चार जना नेताको स्वार्थपुर्तिका लागि तीन करोड नेपाली जनताको भविष्यसँग खेलबाड गर्न पाइँदैन ।’


Jay Prakash Gupta
उपेन्द्र यादवको तत्कालिन फोरम नेपाल, तमलोपा, बिजय जीको फोरम लोकतान्त्रिक र राजेन्द्र जीको सदभावनाका बीच मधेसमा कतिवटा र कस्तो सीमांकनको प्रदेश बन्ने वारेमा कहिलेपनि सहमति भएन । ....... उपेन्द्र यादव, तमलोपा र राजेन्द्र जीका बीच मधेसमा कतिवटा र कस्तो सीमांकनको प्रदेश बन्ने वारेमा कुनै सहमति भएको वा एक धारणा बनेको कसैलार्इ थाहा छैन । यस वारे संवैधानिक संवाद समितिमा पनि यी तीनवटैले भिन्नाभिन्नै र भिन्नभिन्न प्रकृतिका सुझाव दिए ।

अहिलेपनि यिनीहरू यति मात्र भनिरहेका छन् कि सीमांकन बिनाको प्रदेश मान्दैनौ । ठिक छ, तर कस्तो सीमांकन बिनाको प्रदेश मान्दैनौ–यो कुरो खै त? यो स्पष्टता किन आउदैन?

No comments: