Sunday, July 26, 2015

माओवादी मा व्यापक अन्यौल

माओवादी ले आफ्नो पार्टी को मेनिफेस्टो संविधान मा घुसाउने व्यापक चेष्टा गरेको छ। उसको आंशिक सफलता ले मस्यौदा मा मधेसी विरोधी बेइमानी को उ मुक दर्शक होइन सक्रिय पक्ष भएको कुरा को त्यो प्रमाण होइन? देशलाई समाजवाद उन्मुख देश भन्न भयाएको छ। संविधान मा भुमि सुधार! कहीं नभएको जात्रा। अरु पनि। संविधान मा लेखिने एउटा पनि राजनीतिक अधिकार राज्य (state) लाई पैसा पर्ने किसिमको हुनु हुँदैन। नत्र भने समस्या पर्छ पछि। सर्वोच्च मा मुद्दा हरु पर्न थालेर देश नै जाम हुने अवस्था आउन सक्छ। संविधान मा देशलाई धर्म निरपेक्ष होइन वाद निरपेक्ष पनि बनाउनु पर्छ।

भन्दैमा मैले म नेपाली हरु भूमिहीन भएर बसुन, घरवार विहीन भएर बसुन भन्ने सोंचको मान्छे भन्ने अर्थ लाग्दैन। संविधानमा प्रत्येक नेपाली ले एउटा साईकल पाउने अधिकार भनेर लेख्दिने हो भने नेपाल सरकार ले अरु सबै काम ठप्प गरेर एउटा एउटा सबै लाई साईकल किन्नै पर्ने हुन्छ। नकिने जोसुकै नागरिक ले मुद्दा हाल्न पाउने हुन्छ। र मुद्दा जित्छन् पनि। सर्वोच्च ले बनाएको कानुन संविधान को पालना गर्ने हो। अनि दुई तिहाई ले त्यो साईकल धारा नहटाए सम्म रहिरहन्छ त्यहाँ। अनि गाईजात्रा हुँदैन? त्यसै ले संविधान लाई वाद निरपेक्ष बनाउने।

राजनीतिक दर्शन आफ्नो पार्टी को कागजात मा राख्ने। कार्यक्रम हरु मेनिफेस्टो मा राख्ने। माओवादी पार्टी ले मेनिफेस्टो मा राख्नु पर्ने कुरा संविधान मा राख्ने प्रयास ले उ धराशायी पार्टी भन्ने सन्देश जान्छ। यो पार्टी लाई अब कहिले सत्तामा आउँछु भन्ने आश छैन त्यसैले आफुले गर्न चाहेको काम अरुले नै गर्दियोस् भन्न खोजे जस्तो देखिन्छ।

यो त पहिलो संविधान सभा को चुनाव जिते पछि प्रचण्ड को नेतृत्व मा भएको व्यापक अन्यौल जस्तो भयो ---- अन्यौल के भन्दा खेरी जनता सँग वोट माग्दा संविधान लेख्छु वोट देउ भनेर वोट मागेको पार्टीले सत्तामा आए पछि जनवादी क्रांति गर्ने कि संविधान लेख्ने, we are not so sure, भन्दै संविधान सभा नै तुह्याएको ---- यो त्यस्तो भयो। दोस्रो संविधान सभा चुनाव को घोषणा भए पछि संघीयता पक्षधर मधेसी दल हरु विरुद्ध जाइ लागेको अन्यौल। Confusion.

ती दुबै अन्यौल भन्दा यो अन्यौल अझ बढ़ी घातक हो माओवादी का लागि। संविधान र मेनिफेस्टो बीच को फरक नबुझ्ने पार्टी झन सानो भएर जान्छ। साइज सिकुरिने हुन्छ। जस्तै कि मधेसवादी दल ---- जनताले चुनाव ताका लोप्पा किन खुवाए -- अहिलेसम्म बुझेका छैनन्। धाँधली भएको हो, व्यापक भएको हो, तर जनताले लोप्पा पनि खुवायेकै हो।

लोकतन्त्रमा काम गर्ने कसरी भन्दा आफुले गर्न चाहेको मेनिफेस्टो मा लेख्ने, पाँच वर्ष भित्र गर्न सकने कुरा हरु मात्र, जनताको मा जाने, चुनाव जित्ने, मैंडेट लिने, सत्तामा आउने, त्यस पछि आफ्नो मैंडेट पाएको कुरा लाई फेरि कानुन बनाउनु पर्ने हुन्छ। संसदमा पास गराउने। काम गर्ने। माओवादी सँग मेनिफेस्टो छ। भुमि सुधार त्यस मेनिफेस्टो मा राख्ने। भुमि सुधार गर्छु, यसरी गर्छु भनेर भन्यो, चुनाव जित्यो, तर भुमि सुधार चाहिं गरेन भने अर्को चुनावमा जनताले लोप्पा खुवाउँछन्। लोकतंत्र मा त्यस्तो हुन्छ।

Federal Front (संघीय मोर्चा) को परिकल्पना
मधेसी पार्टी हरु बीच अन्यौल

No comments: