Sunday, July 05, 2015

नेपालमा हिन्दु कति?

खस ३०%, जनजाति ३०%, मधेसी ३०%, दलित १०% ----- खस पुरा हिन्दु, जनजाति पुरा गैर हिन्दु, मधेसी ७०% हिन्दु, ३०% मुसलमान र अन्य। यस हिसाबले नेपालमा हिन्दु ६०% काट्दैन। पंचायतले ९५% भन्यो --- गलत भन्यो। बहुदल आए पछि शुरुमा ९०% भने, पछि केहीले ८०% भने --- त्यो पनि शायद होइन कि? 

दलित जुन १०% छन ---- तिनले जति सक्दो चाँडो हिन्दु धर्म छाड़ेको राम्रो। 

धर्म निरपेक्ष भनेको लोकतंत्र, मानव अधिकार, संघीयता जस्तो, संविधान को प्रस्तावना मा नै आउनुपर्यो। नेपाल आधुनिक देश बन्ने हो भने, नेपाल समृद्ध देश बन्ने हो भने। जुन सुकै धर्म मान्ने, अथवा धर्म नमानेर नास्तिक बन्ने अथवा धर्म परिवर्तन गर्ने --- यो मानव अधिकार हो। धर्म परिवर्तन गर्न पाउँछ त। त्यसमा किन दुविधा को कुरा गरिँदैछ? 


No comments: