वार्ता गर्न खोजेको हुँदै होइन

एक्ला एक्लै महन्थ ठाकुर लाई पुरानो व्यक्तिगत सम्बन्ध को आधारमा अनौपचारिक रुपले भेट्ने अनि त्यसलाई लुकेर बसेका केपी ओली, प्रचंड र विजय गद्दार लाई एकाएक प्रकट गराएर "वार्ता भो" भन्ने newsflash गर्ने --- यो त अस्वस्थामा मर्यो, हात्ती भने जस्तो भएन र भन्या? सुशील विकास को काम मा मात्र किंकर्तव्यविमूढ़ हो, ethnic prejudice को राजनीति मा त बहुत तीक्ष्ण मान्छे हो। यो divide and rule को प्रयास हो। उपेन्द्र यादव लाई एक्लो पार्ने प्रयास हो। पहिला महन्थ ठाकुर लाई एक्लै भेट्ने। अनि राजेंद्र महतो लाई एक्लै भेट्ने प्रयास गर्ने। वार्ता को औपचारिक चिठ्ठी नभेजने। मोदी ले मधेसी दल लाई पनि मिलाएर लग भनेको बेला मा नाटक मंचन गरेको। हामीले त गफ गर्न खोजेको हो, उनी हरु वार्ता मा आउन नै चाहँदैनन् अनि हामी के गर्ने? त्यति भन्न का लागि नाटक गरेको। सुशील नौटंकी।



सुझाव मिलाउने जिम्मा शीर्ष नेताहरूलाई

संवाद समितिका सभापति बाबुराम भट्टराईको संयोजकत्वमा गठित सहमति निर्माण विशेष समितिमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार सदस्य छन् ।

....... विवाद मिलाउन शीर्ष नेताहरू नभई नहुने तर उनीहरूले गरेको निर्णयलाई 'अँध्यारो कोठामा भएका सहमति'का रूपमा चित्रित गरिने अभ्यासविपरीत यसपटक नेताहरूले संविधानसभाको औपचारिक संयन्त्रभित्रै आफूलाई राखेका हुन् । ..... विशेष समितिको प्रस्तावअनुसार समितिको पूर्ण बैठकले तयार गर्ने प्रतिवेदनका आधारमा संविधानसभाले संविधान मस्यौदा समितिलाई संविधानको प्रारम्भिक मस्यौदा परिमार्जनको निर्देशन दिनेछ । ..... अधिकांश सुझाव प्रत्यक्ष निर्वाचित कार्यकारी, तराई, पहाड र हिमालको अन्योन्याश्रति सम्बन्ध स्थापित गर्ने संघीयता, धार्मिक स्वतन्त्रता, समानता र समावेशीका पक्षमा छन् । शीर्ष नेताहरूले यी सुझावलाई ग्रहण गरे प्रारम्भिक मस्यौदामा पुरै पुनर्लेखन गर्नुपर्छ । ...... नेताहरूले सर्वोच्च अदालतसहितका संवैधानिक निकायहरूले दिएका मुख्य सुझावहरूलाई भने ग्रहण गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । '१६ बुँदे राजनीतिक सहमतिविपरीतका सुझाव ग्रहण गर्दा साउन मसान्तमा संविधान जारी गर्ने लक्ष्य पूरा हुन सक्दैन,' गृहकार्यमा सहभागी एक नेताले भने, 'यसको मुख्य मर्ममा प्रतिकूल असर नपर्ने विषयमा मात्रै जनताको सुझाव ग्रहण हुने सम्भावना बढी छ ।' ...... प्रत्यक्ष निर्वाचित कार्यकारीको सुझाव कांग्रेसले अस्वीकार गर्ने र धर्मनिरपेक्षतालाई एमाओवादीले अडानको विषय बनाउने विश्लेषण गर्दै उनले वडाध्यक्षको प्रत्यक्ष निर्वाचनको व्यवस्था राख्ने, प्रेस स्वतन्त्रतासम्बन्धी प्रस्तावित व्यवस्थालाई फराकिलो पार्नेलगायतका सुझाव सम्बोधन हुने बताए । जनताले संसदमा प्रतिनिधित्व गर्ने दलका लागि न्यूनतम मत प्रतिशतको सीमा (थ्रेसहोल्ड), जनप्रतिनिधिका लागि न्यूनतम शैक्षिक योग्यता, कार्यकाल र अधिकतम उमेरको हद तोक्न सुझाव दिएका छन् । ...... प्रमुख राजनीतिक शक्तिहरूबीच मस्यौदा परिमार्जनको प्रक्रियाभन्दा पछि जुट्ने सहमतिलाई संयुक्त संशोधनमार्फत संविधान विधेयकमा समावेश गर्न सकिन्छ । संविधान विधेयमाथिको सैद्धान्तिक छलफलपछि सभासदहरूले संशोधनका लागि समय पाउनेछन् ।
सार्थक वार्ताको खाँचो
वार्ताका लागि मौखिक नभई औपचारिक रूपमा आह्वान गर्नुपर्ने प्रतिक्रिया दिएर असन्तुष्ट मधेसी दलहरूले बैठकमा आउन असमर्थता जनाएका हुन् । असहमतिबाट ‘आन्दोलन’ कै दिशातर्फ होमिइसकेका दलहरू अनौपचारिक बोलावटमै कुराकानी गर्न आइहाल्छन् भन्ने ठानिएको थियो भने सायद त्यो वस्तुवादी निचोड थिएन । ...... या प्रस्तावित वार्तालाई देखावटी विषयमात्र बनाउन खोजिएको थियो भने त त्यो सरासर गलत भइहाल्यो । सार्थक वार्ता गर्ने हो भने संस्थापन पक्षले संविधान निर्माणको प्रक्रिया बाहिर रहेका दलहरूलाई लिखित रूपमै पत्र पठाएर अधिकतम लचकताका साथ आग्रह गर्नुपर्छ र त्यसअनुरूप वातावरण पनि बनाउनुपर्छ । ...... चार दलले चाहने हो भने संविधानसभाभित्रको प्रचण्ड बहुमतका बलमा राजनीतिक र कानुनी रूपमा संविधान जारी गर्न कुनै अवरोध छैन । तर जनसाधारणबाट आएका सुझावका आधारमा मस्यौदा संविधानका कतिपय बुँदाहरू संशोधन गर्ने तयारी चलिरहेको अवस्थामा क्षेत्रीय आकांक्षाहरूको प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरूको भिन्न मतलाई पनि यथोचित सम्मान गर्ने हो भने उपयुक्त बेला यही हो । त्यसकारण पनि तत्काल सघन संवादको खाँचो देखिएको हो । ...... चार दलले मधेसका एकथरी दलहरूलाई बाहिर राखेर संविधान जारी गर्दा समुदायविशेषमा रोष कायमै रहने र मधेसी दलहरू पनि संविधानसभाको प्रक्रियाबाट झन्झन् बाहिर हुत्तिँदै अतिवादतर्फ जाने विषम परिस्थिति निम्त्याउनुभन्दा परिणाममुखी वार्तामा बस्नु दुवै पक्षको हितमा छ । तर, प्रस्तावित वार्ता केका लागि भन्ने मूल मुद्दामा स्पष्टता हुनुपर्छ । मधेसी दलहरूले १६ बुँदे सहमतिमाथि पुनरावलोकन गर्नुपर्ने र त्यसका आधारमा संविधानको मस्यौदा संशोधन भएमात्रै वार्तामा बस्ने अडान राख्दै आएका छन् । यसलाई अस्वाभाविक पूर्वसर्त या पूरा गर्नै नसकिने मागका रूपमा लिन आवश्यक छैन । राज्यका सबैजसो प्रमुख अंगहरू, समाजका विभिन्न तह–तप्का र आम नागरिकहरूबाट मस्यौदा संविधान परिमार्जन गर्ने गरी राय–सल्लाह मागिएको अवस्थामा संविधानसभामै प्रतिनिधित्व गरेका दलहरूको आवाजचाहिँ नसुन्ने या सुन्न नसकिने भन्ने हुँदैन । प्रमुख चार दलले त्यसरी संकीर्ण ढंगले सोच्नु पनि हुन्न । असहमत पक्षलाई मूलधारको प्रक्रियामा सामेल गर्न माथि भनिएझैं अधिकतम लचकता अपनाएर यथाशीघ्र वार्ताको ढोका खोल्नुपर्छ । ...... असन्तुष्ट मधेसी दलहरूको आपत्तिको मुख्य विषयका रूपमा देखापरेको संघीय सीमांकनको विषयमा अहिले कुरै गर्न नसकिने जड्ता प्रमुख दलहरूले देखाउनु हुन्न । यसबारे दिमाग खुला राखेर बिनाआग्रह–पूर्वाग्रह छलफल गर्न तयार हुनुपर्छ ।

Comments