Tuesday, June 09, 2015

In The News

३० जिल्लामा सिडिओ हेरफेर (सूचीसहित)
१६ बुँदे सहमतिलाई मोेर्चाका १३ दलको समर्थन
बैठकमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम, राजेन्द्र महतो नेतृत्वको सद्भावना, महन्थ ठाकुर नेतृत्वको तमलोपा, महेन्द्र यादव नेतृत्वको तमसपा र अशोक राई नेतृत्वको संघीय समाजवादी उपस्थित भएनन् ।
संवाद समिति बैठकमा पनि १६ बुँदे सहमतिप्रति साना दलको विरोध
सभापतिसँग समय माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले घुमाउरो चार प्रमुख दलबीच भएको सहमति भनिए पनि चौथो ठूलो शक्ति आफ्नो दल भएको दाबी गरेका थिए। ..... कतिपय विषयमा आफ्नो दलको फरक धारणा भएपनि संविधान निर्माण प्रक्रियामा सकारात्मक भूमिका निर्वाह गर्न खोज्दा त्यसलाई कमजोरीका रुपमा लिई निषेधको राजनीति गर्न खोजे आफ्नो दल चुपचाप सहेर बस्न नसक्ने पनि थापाले बताए।
३० दलीय मोर्चाको बैठक सकियो: नामाङ्कन तथा सिमाङ्कन र थ्रेस होल्डमा चर्को विवाद
१६ बुँदेमा सबै दल सहमत हुन्छन्: ओली
सहमतिका लागी एमालले कुनै पनि अडान नत्यागेको उनको दाबी छ । पत्रकारहरुसँग उनले भने, 'एमालेको अडान सामाजिक सद्भाव र राष्ट्रिय एकता हो। समृद्धी तर्फको यात्रा हो। यो अडान हामीले छोडेको छैन।' ..... उनले अडान प्रदेशहरुको संख्या नभएर सिद्धान्तमा भएको बताएका छन्। सिद्धान्तममा दलहरु एक ठाउँ आएपछि सहमति भएको उनको दाबी छ। एक अर्को प्रसंगमा उनले भूकम्प पिडितको अस्थाई पुनर्वासका लागि एमालेले सरकारले भन्दा बढि काम गरेको दाबी गरे। उनीसँगै बसेका उपप्रधान एवं गृहमन्त्री तथा एमाले उपाध्यक्ष बामदेव गौतम तर्फ सङ्केत गर्दै नेपाल सरकारले एमालेले जति काम गर्न नसकेको बताए। ..... उनले एमालेका स्वयंसेवकहरुले सरकारको सहयोग बिना १५ हजार घर बनाएर पीडितलाई हस्तान्तरण गरेको सन्दर्भ जोड्दै भने, 'नेपाल सरकार एमाले जति काम गर्न सक्षम छैन। सरकारले यति छोटो अवधिमा १५ हजार घर बनाउन सक्छ? एमालेले बनायो।'

No comments: